इटहरी / किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीको सहकारी रणनीति ब्यवसायीक योजनामा छलफल तथा अन्तरक्रिया कार्यक्रम इटहरीको त्रियुगा होटलमा संस्थाका अध्यक्ष सालिग्राम ढकालको अध्यक्षतामा गरिएको कार्यक्रममा कोशी प्रदेश पुर्व उपसभामुख सरस्वती पोखरेल र इटहरी उपमहानगरपालिका नि.वर्तमान उपप्रमुख लक्ष्मी गौतमले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले संस्थाको रणनीति ब्यवसायीक योजनामा र प्रगति हरूको बारेमा प्रजेन्टेशन गर्दै सहजिकरण गर्नुभएको थियो ।
इलाम / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा यही हिउँदमा चिया सम्मेलन आयोजना गर्ने बताउनुभएको छ। इलामको सूर्याेदय नगरपालिकाको वर्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले हिउँद महिनामा कोशी प्रदेशकमा चिया सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो । कृषिसँग पर्यटन जोड्नलाई चिया सम्मेलन आवश्यक भएकाले चिया सम्मेलन गर्न लागिएको उहाँले बताउनुभयो । २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ घोषणा गरिएको भन्दै उहाँले यसले इलामको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउदै यस लाइ सफल पार्न समेर आग्रह गर्नुभयो । पर्यटकलाइ सहजीकरण गर्न कोशी प्रद
इटहरी / इटहरीमा श्रम संसार सुचना प्रणाली सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल तालिम तथा रोजगार ब्यवसायी महासंघ कोशी प्रदेशको आयोजना तथा कोशी प्रदेश सामाजिक बिकास मन्त्रालय र आस्मान नेपाल/ स्टेप अप प्रोजेक्ट स्विस कन्ट्रयाक्ट को सहकार्यमा गरिएको कार्यक्रम नेपाल तालिम तथा रोजगार ब्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष कृष्ण शाह को अध्यक्षता तथा कोशी प्रदेश सामाजिक बिकास मन्त्री पांचकर्ण राईको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रम बिषेश अतिथि इटहरी उपमहानगरपालिका उपप्रमुख संगिता चौधरी, CTEVT पुर्व क्षेत्रीय कार्यालय निर्देशक संजय न्यौपाने, समाजिक बिकास मन्त्रालय उपसचिव कृष्ण प
नेपाल भ्यालुयर्स एसोसिएशन कोशी प्रदेशको दोस्रो अधिवेशन कोशी च्याप्टरका अध्यक्ष ई. आमोद आचार्यको सभापतित्वमा भएको भएको छ । साथै प्रमुख अतिथीमा केन्द्रिय अध्यक्ष वरिष्ठ ई. ऋषि कोइराला हुनुहुन्छ। इटहरी सोल्टी होटलमा शुक्रबार सुुरु भएको कार्यक्रम नेपाल भ्यालुयर्स एसोसिएशन कोशी प्रदेश सचिव इन्जिनियर सुमन तिमिल्सिनाले सन्चालन गर्नुभएको छ । अधिवेशनमा इन्जिनियरिङ्ग एसोसिएसन कोशी प्रदेश अध्यक्षजयनाथ यादव, मेची च्याप्टरका अध्यक्ष ई. रोसन सुबेदी कोशी प्रदेश सल्लाहकार लगायतको आतिथ्यतामा सुरु भएको कार्यक्रमले यसै अधिवेशन बाट नयाँ नेतृत्व चयन गर्ने नेपाल भ्यालुयर्स एसोसिएशन कोशी प्रदेश सल्लाहकार ई. इ
धनकुटा । धनकुटा नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका सहकारीलाई समयमा ऋण नतिर्ने ऋणी सदस्यको तीन पुस्ते विवरण बुझाउन निर्देशन दिएको छ । साउन १५ गतेसम्म ऋणी सदस्यको तीन पुस्ते विवरणबुझाउन र नबुझाएमा सञ्चालक समितिलाई कानुन बमोजिम कारबाही हुने जनाएको छ । सहकारी संस्थाका ऋणी सदस्यहरुले सहकारी संस्थालाई सर्त अनुसार बुझाउनु पर्ने रकम नबुझाएको कारण संस्थामा समस्या भएको भन्दै गुनासो आउन थालेपछि सहकारीको समयमा ऋण नतिर्ने ऋणी सदस्यको तीन पुस्ते विवरण सहकारी संस्थासँग माग गरिएको धनकुटा नगरपालिकाले जनाएको छ । ऋणी सदस्यहरको विवरण नबुझाइ आगामी दिनहरुमा सदस्यको बचत फिर्तामा समस्या भएमा सहकारी संस्थाका सञ्चालक
धनकुटा । कुनै समय जिल्लाकै बाक्लो बस्ती रहेको धनकुटाको चौबिसे गाँउपालिकाको कुरुले बन्दुके डाँडा पछिल्लो समय रित्तिदै गएको छ। अबसर र सुबिधाको खोजीमा बसाइसराईको क्रम बढी रहँदा भारतिय मुलका अमेरीकन नागरीक राजिव गोयल सहित स्थानीयले तमोर पर्माकल्चर सञ्चालनमा ल्याएपछि स्थानीयलाई सिकाइको केन्द्र सहित बसाँइसराइँ रोक्ने माध्यम बनेको छ । बसाइँसराइँ बढीरहँदा विदेशी नागरिक सहित कुरुलेका स्थानीय लोकेन्द्र कुमार याखा, भोजकुमार काफ्ले, गोपि कृष्ण भण्डारी, दीर्घमान तामाङले २०७३ सालमा तमोर पर्माकल्चर नामक कम्पनी दर्ता गर्नुभयो। त्यही कम्पनीले कुरुलेमा गरेको कार्य देखेपछि कुरुलेमा बसाइसराइ गर्नेको संख्या घट्दै
संखुवासभा / विकासको मेरुदण्डको रूपमा लिइने शिक्षाको समयानुकुल विकास र विस्तारको लागि धक फुकाएर लगानी गर्न कञ्जुस्याइँ गरिनु हुन्न । शिक्षाको विकास भए मात्र सबैखाले विकासका गतिविधिमा प्रभावकारिता आउने वास्तविकता हो ।गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि मानवीय तथा भौतिक साधन स्रोत सम्पन्न शिक्षण संस्था पहिलो प्राथमिकता हो । साथै शिक्षामा गरिएको लगानीको प्रतिफलको औचित्य विद्यार्थीको उपलब्धिस्तरले पुष्टि गर्न सक्नुपर्छ । विभिन्न अध्ययन अनुसन्धानले राष्ट्रिय बजेटको कम्तीमा पनि २० प्रतिशत शिक्षामा लगानी गर्नुपर्ने पुष्टि गरेको छ । तर खै किन उपेक्षामा शिक्षा सर्वत्र गुनासोको विषय बनेको छ ।गुणस्तरीय
विराटनगर : प्रतिनिभिसभाको सार्वजनिक लेखा समितिमा परेका उजुरी अध्ययन गरी छानविन गर्न उपसमिति गठन भएको छ । लेखा समिति सभापति ऋषिकेश पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानविन उपसमिति गठन भएको हो ।उपसमितिमा योगेशकुमार भट्टराई, राजेन्द्रकुमार केसी, अमनलाल मोदी र मनिष झा सदस्य रहेका छन् ।पोखरेलका अनुसार समितिले प्राप्त उजुरी अध्ययन र छानबिन गरी निर्णयसहितको प्रस्ताव पेस गर्न उपसमिति गठन गरेको हो ।उनले समितिको वर्तमान कार्यकाल सुरू भएयता ६६ वटा विषयमा उजुरी परेका छन् । उजुरीमध्ये टेरामक्स प्रविधि, लुम्बिनी विकास कोष, एनसेल शेयर खरिद बिक्री र बीमा कम्पनीको प्रिमियम शेयर जारीलगायतका विषयमा भने छलफल भइसक
इटहरी : इटहरी उपमहानगरपालिकाको बजेट पास भएपछि एमाले भित्र असन्तुष्टि र आन्तरिक समस्या बढ्दै गएको छ । केन्द्रीय सदस्यहरू जगदीश प्रसाद कुसियैत र तयब हुसैनको सक्रियतामा बजेट जस्ताको त्यस्तै पास गर्ने सहमति भएपछि स्थानीय नेताहरू रुष्ट भएका हुन् ।एमालेले सानो आकारको बजेट ल्याउन माग गरिरहेको बेला केन्द्रीय नेताहरूले जस्ताको त्यस्तै पास गर्न निर्देशन दिएपछि लफडा चुलिएको छ । एमाले भित्र आन्तरिक विवाद बढिरहेको बेला मेयर हेमकर्ण पौडेल भने आफ्नो मुद्दामा सफल भएका छन् ।३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट पेस गरेको इटहरी उपमहानगरपालिकाले ९६ करोड आन्तरिक आय प्रक्षेपण गरेको छ । असार १० गते वडा अध्यक्ष दिवस
भोजपुर / कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी राज्यमन्त्री सिर्जना राईले बसाइसराइ नियन्त्रणका लागि कृषिमा लगानी बढाउन आवश्यक रहेको बताएकी छन् ।आइतबार भोजपुरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय उद्घाटन गर्दै राईले सरकारले कृषि क्षेत्रमा थप लगानी गरेर रोजगार सिर्जना गर्न काम गर्नुपर्ने बताइन् ।उनले भनिन्, ‘गाउँमा युवालाई रोजगार दिन, व्यवसाय वृद्धि गर्न, बसाइसराइ नियन्त्रण गर्नका लागि कृषिमा लगानी आवश्यक रहेको छ । यसका लागी प्रदेश सरकार योजना नै बनाएर लागि परिरहेको छ । कृषिमा लगानी गरेर बसाइसराइ रोक्न सरकारले योजना बनाएर काम सुरु गरेको छ ।’यस्तै राईले प्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.