इटहरी । भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू स्टेडियममा सम्पन्न दोस्रो सुटिङ बल विश्वकप प्रतियोगितामा नेपाली महिला टोली उपविजेता बन्न सफल भएको छ भने पुरुष टोलीले चौथो स्थान हासिल गरेको छ । माघ १८ देखि सञ्चालन भएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल सहित विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको थियो। विश्वकपमा भारत, क्यानडा, नेपाल, श्रीलंका, सुडान, म्यानमार, न्यूजिल्याण्ड लगायतका देशहरू सहभागी थिए । कडा प्रतिस्पर्धाबीच नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा उजागर गरेका छन् । नेपाली महिला टोलीले प्रतियोगिताको सुरुदेखि नै सन्तुलित, अनु
इटहरी । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजित प्रथम सहिद कप पुरुष फुटबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा सडन डेथमा ५–४ गोल अन्तरले सिरिजङ्घा गाउँपालिकालाई पराजित गर्दै सिदिङ्वाले उपाधि जितेको हो । सुरुवाती अग्रता सिदिङ्वाले लिएपछि निर्धारित समयावधिमा दुवै टोलीले बराबरी दुई–दुई गोल भएर खेल समाप्त भएको थियो । सिदिङ्वाका तर्फबाट दुवै गोल विवेक सुनामले गर्नुभएको थियो भने सिरिजङ्घाका तर्फबाट हप्पु लिम्बूले पहिलो र भाइचुङ शेर्पाले दोस्रो गोल गर्नुभएको थियो । यसरी दुवै टोलीबाट दुई–दुई बराबरी गोल भएपछि निर्णयका लागि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो
इटहरी। इलामको सूर्योदय नगरपालिका १० मा खेलमैदान निर्माणका लागि १८ रोपनी बढी जग्गा खरिद गरिएको छ । खेलमैदानको अभाव रहेको फिक्कल क्षेत्रमा चाँडै सुविधा सम्पन्न खेलमैदान निर्माण गर्नका लागि स्थानीय युनाइटेड फिक्कल क्लबले रमितेमा १८ रोपनी १२ आना जमिन खरिद गरेको हो । क्लबको सचिव श्रृजन गदालका अनुसार खेल मैदान निर्माणका लागि २५ रोपनी जमिन पुर्याइने छ । १८ रोपनी १२ आना जमिनको लालपुर्जा क्लबले प्राप्त गरी सकेको छ भने थप जग्गाको लालपुर्जा लिने काम भइरहेको छ । क्लबले जग्गा खरिदका लागि रकम जुटाउन विभिन्न सांस्कृतिक कार्यक्रम, सडक महोत्सव, हाउसी खेल सञ्चालन गर्दै आएको थियो । सचिव गदालका अनुसार जग्गा
सुनसरी — भोक्राहा नरसिंह गाउँपालिका–८, सोनियाहीमा आयोजना हुने तेश्रो अध्यक्ष कप फुटबल प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ। प्रतियोगिता २०८२ माघ २० गतेदेखि २०८२ माघ २७ गतेसम्म सञ्चालन हुनेछ।भोक्राहा नरसिंह–८ स्थित श्री राष्ट्रिय आवि खेल मैदानमा हुने प्रतियोगिताका खेलहरू दैनिक दिउँसो २:०० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।प्रतियोगितामा दुई समूह बनाएर खेल सञ्चालन गरिनेछ। Group–A मा BFC बर्जु, जनता युवा क्लब, मिलन स्पोर्टिङ क्लब र सुनसरी कल्याण समाज सहभागी छन्। त्यसैगरी Group–B मा NBFC इटहरा, मधुवन खेलकुद समिति, सरकार युवा क्लब र आयोजक टिम सहभागी रहनेछन्।प्रतियोगिताको फाइनल खेल २०८२ माघ २७ गते
इटहरी । धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो समय गल्फ खेलाडीको ध्यान तान्न थालेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको यो गल्फ कोर्स हाल गल्फप्रेमीहरूको मुख्य खेल केन्द्र नै बन्दै गएको छ । यहाँ इटहरी, विराटनगर, बर्दिबासलगायत पूर्वी क्षेत्रका खेलाडी मात्र होइन, पोखरा, काठमाडौँ र साथै यहाँ देश तथा विदेशी खेलाडीसमेत आउन थालेका छन् । यसले धरानमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको धरान गल्फ क्लबका अध्यक्ष हरिबहादुर राईले बताउनुभयो । उहाँका अनुसार हाल यहाँ इङल्यान्ड, इटाली, फ्रान्स, अस्ट्रेलिया, सिङ्गापुर
इटहरी : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) सुनसरीले खेल उत्सवको रूपमा मनाउँदै आएको प्रतियोगिता सुरु हुन लागेको छ । २०६९ सालदेखि खेल उत्सवको रूपमा परिचित "हिसान स्पोर्टस् मिट २०८२" माघ १५ देखी २८ गतेसम्म तय भएको हो । सुनसरी जिल्लाभरिका २५ सय विद्यार्थीको प्रत्यक्ष सहभागिता रहने महोत्सवमा १५ हजारभन्दा बढी विद्यार्थी तथा शिक्षकले अवलोकन गर्ने भएका छन् । १२ औँ संस्करणको स्पोर्ट्स मिटमा कक्षा १० सम्म १० विधामा ४१ खेल र कक्षा ११ र १२ का विद्यार्थीको लागी ११ विधाका ३४ खेल हुँदैछ्न् । स्पोर्ट्स मिटलाई विद्यार्थी, अभिभावक र विद्यालयले उत्सवकै रूपमा ग्रहण गर्ने गरेको हिसान सुनसर
इटहरी। ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपमा सम्पन्न प्रथम लिङ्तेप गोल्डकप फुटबल प्रतियोगिताको उपाधि पाँचथरको कुम्मायक कुसायकले जितेको छ । साथीभाइ सामाजिक युवा क्लब फुङ्लिङलाई फाइनल खेलमा ४–२ गोलअन्तरले पराजित गर्दै कुम्मायक कुसायकले उपाधि जितेको हो । उपाधि जितसँगै कुम्मायक कुसायकले तीन लाख दुई हजार ८२ रुपियाँ पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको साथीभाइ सामाजिक युवा क्लबले एक लाख ५२ हजार ८२ रुपियाँ तथा ट्रफी, पदक र प्रमाणपत्र पायो । बसन्त पञ्चमीको अवसरमा स्थानीय प्रगतिशील युवा क्लबले आयोजना गरेको प्रतियोगिता माघ ९ गते सुरु भई मङ्गलबार सम्पन्
इटहरी । प्रथम ‘एलाइट’ कप क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ । कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा यही माघ १४ देखि १७ सम्म विराटनगर–६ स्थित मरिलेबन क्रकेट खेलमैदान उक्त प्रतियोगिता हुने यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगितामा झापा, मोरङ र सुनसरीको टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताअन्तर्गत माघ १४ गते मोरङ र सुनसरी, १५ गते झापा र मोरङ, १६ गते सुनसरी र झापाबीच खेल हुनेछ भने माघ १७ गते प्रतियोगिताको फाइनल खेल हुने कोशी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सर्वजित अध्यक्ष पाण्डेले बताउनुभयो । उक्त प्रतियोग
इटहरी । नेपाल सितोरियो कराते सङ्घ शाखा डोजो रामधुनी–४ मानपुरको आयोजनामा एक दिवसीय चौथो रामधुनी नगर जिल्ला स्तरीय कराते प्रतियोगिता २०८२ सम्पन्न भएको छ। प्रतियोगिता कार्यक्रम संयोजक तथा कराते प्रशिक्षक हरिबहादुर राउतको अध्यक्षतामा तथा रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रम संयोजक हरिबहादुर राउतले स्थानीय स्तरमै प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी गराउँदै खेलाडीहरूको उत्साहले आगामी दिनमा अझ ठूला प्रतियोगिता आयोजना गर्ने प्रेरणा मिलेको भनाइ राख्नुभयो । प्रतियोगिताको उद्घाटनमा प्रमुख अतिथि नगरप्रमुख शंकरल
इटहरी । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी आमन्त्रित प्रथम लिङ्तेप गोल्डकपमा सोमबार सेमिफाइनलका खेल हुने भएको छ । बसन्त पञ्चमीको अवसरमा प्रगतिशील युवा क्लबको आयोजनामा सञ्चालित गोल्ड कपमा सोमबार सेमिफाइनलका खेल हुने भएको हो । जसअन्तर्गत पहिलो सेमिफाइनल खेलमा लालिमा युवा क्लब ढुङ्गेसाँघु र साथीभाई सामाजिक युवा क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । लालिमाले शुक्रबार भएको उद्घाटन खेलमा प्रगतिशील युवा क्लब आयोजक निलोलाई ७–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यता आइतबार भएको खेलमा साथीभाईले पुवाजुङ युथ क्लब इलामलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा लालिमासँग भेट
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.