इटहरी / रिटर्नी फेडेरेसन नेपाल संगठनको प्रदेश स्तरिय दुई दिने प्रशिक्षण इटहरीमा सुरू गरिएको छ ।रिटर्नी फेडेरेसन नेपाल संगठनले कोशी प्रदेशका १४ वटा जिल्लाका प्रतिनिधि , कोशी प्रदेशका कार्यबाहक अध्यक्ष धर्मेन्द्र खड्का सचिव , उपाध्यक्ष लगाएत प्रतिनिधिलाई इटहरीमा प्रदेश स्तरिय दुई दिने प्रशिक्षण कार्यक्रम गरिएको छ ।रिटर्नी फेडेरेसन नेपाल केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय प्रशिक्षण विभाग प्रमुख विनोद भट्टराईको प्रमुख आतिथ्यता तथा रिटर्नी फेडेरेसन नेपाल संगठन कोशी प्रदेशका कार्यबाहक अध्यक्ष धर्मेन्द्र खड्काको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे ।शुक्रबार पहिलो दिनको प्रशिक्षणमा नेपाली सम
सुनसरी / राष्ट्रिय युवा संघ नेपाल कोशि प्रदेश कमिटिको कार्यालय इटहरीमा उद्घाटन भएको छ । इटहरी उपमहानगरपालिका वडा नं ६ हटिया लाइनमा भएको कार्यालय राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका महासचिव सुमन पुरी, कोषाध्यक्ष राकेश राई, सुनसरी जिल्ला अध्यक्ष सुजन लामा लगाएत केन्द्रीय, प्रदेश, जिल्ला तथा नगर कमिटीका युवा हरुको उपस्थितिमा रहेको थियो। कोशी प्रदेशमा युवा संघले राजनितिक तथा सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गरिरहेकोले बिभिन्न कार्ययोजनाका साथ अघि बढ्ने बताउँदै अब सम्प
भोजपुर / नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटि भोजपुरको दशौं पुर्ण बैठकको निर्णयअनुसार पार्टीको नवौं जिल्ला अधिवेशनका लागि बिभिन्न समितिहरु गठन गरिएको छ ।एमाले भोजपुरको जिल्ला अधिवेशन आगामी बैशाख २० र २१ गते जिल्ला सदरमुकाममा हुदैछ । जिल्ला अध्यक्ष शरण कुमार राईको अध्यक्षतामा जिल्ला कमिटि सदस्य, नौ वटै स्थानीय तहका इन्चार्जहरु, भोजपुर नगर कमिटि अध्यक्ष रहेको मुल अधिवेशन आयोजक कमिटि गठन गरिएको छ । नवौं जिल्ला अधिवेशनका लागि बिभिन्न तयारी समितिहरुसमेत गठन भएका छन् । जस अन्तर्गत राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति संयोजक जिल्ला अध्यक्ष शरण कुमार राई, आर्थिक प्रतिवेदन लेखन समिति
पाँचथर । नेकपा (एमाले) पाँचथरको जिल्ला अध्यक्षमा विश्नु सापकोटा विमल सर्वसम्मत भएका छन् । अरु पदमा सहमतिको प्रयास भईरहेकाले घोषणा भने भएको छैन् ।अध्यक्षमा मनोनय दर्ता गरेका मेघराज घिमिरेले फिर्ता लिएपछि सापकोटा सर्वसम्मत भएका हुन् । सापकोटा यस अघिका कार्यवाहक अध्यक्ष थिए भने पूर्व जिसस प्रमुख हुन् । सचिव पदमा पृथ्वि लावतीको नाममा सहमति भएको छ । अर्का आकाक्षी विलास योङ्यले मनोनयन फिर्ता लिएका छन् ।उपाध्यक्ष र उप सचिवमा सहमति हुन सकेको छैन्। कार्यकर्ता सहमती गर्न दबाव दिएका छन् । उपाध्यक्षमा नर बहादुर गुरुङ र विर बहादुर कुरुम्बाङ प्रतिस्पर्धा मा छन् ।उपसचिवमा पुरुषतर्फ जेपि केरूङ र तुलसी थापा, म
दुहवी / नेकपा एमाले दुहवी नगरपालिका वडा नं. ८ को वडा अधिवेशन सनिवार सम्पन्न भएको छ । अधिवेशनले रेवती श्रेष्ठको अध्यक्षतामा ३१ सदस्य वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा चतुर लाल चौधरी, सचिवमा दिपक पराजुली, सहसचिवमा कमल गिरि र चुडामणि ढकाल चयन भएका छन् । यसैगरी कमिटीको सदस्यमा भिम बहादुर कार्की, रचना राइ, कमल गिरी,सहरेज आलम लगायत रहेका छन् ।कार्यक्रम नेकपा एमाले दुहवीका इन्चार्ज सुशील साह को प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले दुहबि स-इन्चार्ज अमित राइ , क्षेत्र नं ३ सदस्य ग्यान बहादुर राइ, जिल्ला कमिटी सदस्य सरोज गिरी, हरि राइ दुहवी नगर स. सचिव मो ताजिब हुसैन ल
विराटनगर / नेपाली कांग्रेस नेतृत्को कोसी प्रदेश सरकार ढाल्न कांग्रेसका नेता र प्रदेश सांसद नै सक्रिय भएको खुलासा भएको छ ।नेपाली कांग्रेसका प्रदेशसभा सदस्य अमृत अर्यालको नेतृत्वमा केही नेता कांग्रेसकै सरकार ढाल्न अग्रसर भएका हुन् ।अहिले कोशी प्रदेशका कांगेसका केदार कार्की नेतृत्वको सरकार छ । स्रोतका अनुसार अर्याल बुधबार साँझ नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटघाट गर्न ओली निवास बालकोट पुगेका छन् । उनले ओलीसँग कार्की नेतृत्वको सरकार ढालिदिन र फेरि नयाँ कोर्सबाट सरकार गठनको कार्य थालनी गरिदिनु पर्यो भन्दै जिरह गरेको स्रोतले जनाएको छ । “कार्की सरकारले जनअपेक्षा अनुसार काम गरेन त्यसैले यो सरकार ढ
इटहरी । इटहरीका एमाले जनप्रतिनिधिहरुले मेयर हेमकर्ण पौडेलले रातारात कीर्ते गरेर ऐन फेरेको आरोप लगाएका छन् । शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस विषयमा आफूहरुले पनि छानविन गर्ने बताएका छन् । ऐनमा पोशाकसम्बन्धि निर्णय स्कुलले गर्ने व्यवस्था रहेकोमा मेयर पौडेलले उपमहानगरपालिकाले पोशाकको व्यवस्था गर्ने भनेर ऐन नै कीर्ते गरेको आरोप लगाए । उपमेयर संगीता चौधरीले मेयर पौडेलले आजसम्म एउटै पनि प्रमाणित ऐन आफूहरुलाई नदिएको बताइन् । उनले ऐन बनाउँदा प्रक्रियागत छलफलहरुको रेकर्डसमेत नरहने गरेको बताउँदै आफूहरु गम्भीर रहेको बताइन् ।त्यसैगरी नगरसभाबाट पारित ओएनएमको कर्मचारी दरबन्दी पनि आफूह
इटहरी । अमेरिका दुनियाँका लागि सपनाको संसार भनिन्छ । नेपाली उच्चतम् नागरिक पनि अमेरिका भासिएका छन् । तर, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीका लागि भने अमेरिका भन्दा आफ्ना मतदाता महत्वपूर्ण भए । यूएन वुमनको विश्वस्तरिय कार्यक्रममा सहभागी हुन आज अमेरिका जाने पूर्व निर्धारित कार्यक्रम थियो । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने कार्यक्रम तय भएको थियो । तर, मन्त्री चौधरी अमेरिका भ्रमण छाडेर गृह जिल्लाको आउनु भएको छ । दुहबी १० मा रहेको
बिर्तामोड / नेकपा एमालेको शहीद सप्ताह समापनको दिन पारेर आयोजना गरिएको केपी ओली रोड रेस २०८० लाई सम्बोधन गर्न सुखानी आउनुभएका नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष परशुराम बस्नेतले खेलकुदको माध्यमबाट राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न नेपाल महासंघको भूमिका महत्वपूर्ण रहेको बताउँदै विद्यालयदेखि विश्वविद्यालयसम्म र गल्लीबाट चोकचोकसम्म खेलाडी उत्पादन र खेल जीवनको भविष्यको लक्ष्य बनाएर अघि बढिएको बताउनुभएको छ।केन्द्रीय अध्यक्ष बस्नेतले स्वस्थ जीवनको लागि र भएकोले खेल जीवनबाट नै युवाहरूको भविष्य सुनिश्चित गर्न लागि परेको बताउनुभयो ।बिर्तामोडको चारपाने चोकबाट सुरु भएको १
काठमाडौं / नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सानो आकारको मन्त्रिपरिषद् बनाएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त ३ मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए । तीनैजनाको मन्त्रालय तोकिएको छैन ।नेकपा एमालेले पर्वतका सांसद एवं प्रमुख सचेतक पदम गिरीलाई पहिलो चरणमा पठाएको छ । गिरी यसअघि स्वास्थ्यमन्त्री थिए । त्यस्तै माओवादीले हितबहादुर तामाङलाई अघि सारेको छ । तामाङ नुवाकोट-१ बाट निर्वाचित सांसद हुन् ।रास्वपाबाट पहिलो चरणमा उपसभापतिसमेत रहेका डीपी अर्याल मन्त्री बनेका छन् । समानुपातिक सांसद अर्याल यसअघि श्रम तथा रोजगारमन्त्र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.