विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने दिनको टुंगो भएसँगै प्रदेश सभा सदस्य मनाउन सत्ता गठबन्धन दलका नेताहरुले चलखेल सुरुभएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।‘पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरु प्रदेश सभा सदस्यहरुको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौंसम्मै आइपुग्यो त,’– लिङ्देनले लेखेका छन् ।कोशी प्रदेशमा कुनै पनि दलको स्पष्ट बहुमत छैन । संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन भएको छ । कोशीमा मुख्यमन्त्री थापालाई विश्वास
सुनसरी / राष्ट्रिय युवा संघ नेपाल इटहरी नगर कमिटीले इटहरी १८ को पञ्चायत आधारभुत निम्न माध्यामिक विद्यालयमा वृक्षारोपण गरेको छ ।राष्ट्रिय युवा संघ नेपालको देशब्यापी अभियान १ युवा ५ विरुवा अन्तर्गत राष्ट्रिय युवा संघ इटहरी उप-महानगर कमिटीले इटहरी १८ मा रहेको पञ्चायत आधारभुत निम्न माध्यामिक विद्यालय मा वृक्षारोपण तथा महाकलेश्वर मन्दीर परिसरमा सरसफाइ गरेको हो ।वृक्षारोपण कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल इटहरी का अध्यक्ष कमल दाहाल , इटहरी १८ का जनप्रतिनिधि राम कुमार चौधरी , सुनसरी जिल्ला कमिटीका अध्यक्ष सुजन लामा , सुनसरी जिल्ला युथफोसका प्रमुख सविन श्रेष्ठ , कोशी प्रदेश युथफोस प्रमुख
काठमाडौं : नेकपा एमालेले केन्द्रीय काठमाडौंले सात वटै प्रदेशको अधिवेशन सार्वजनिक गरेको छ । नेताहरूको जिम्मेवारी फेरिएको छ । बाग्मती प्रदेशको इञ्चार्जमा गुरू बराल र सामाजिक सेवा विभागको प्रमुखमा झपटबहादुर बोहरालाई जिम्मेवारी दिइएको छ । अधिवेशन भदौ १६ र १७ गते लुम्बिनी प्रदेश, असोज ५ र ६ गते मधेस प्रदेश, असोज १० र ११ गते बाग्मती प्रदेश, असोज १२ र १३ गते कोशी प्रदेश, असोज १५ र १६ गते गण्डकी प्रदेश, असोज १९ र २० गते उपत्यका विशेष प्रदेश र २१ र २२ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन आयोजना हुने एमालेले जनाएको छ ।एमालेले प्रदेश अधिवेशनका लागि ४० वर्षमुनिका युवा सहभागिता सुनिश्चित हुनेगरी प्रतिनिधि
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । विश्वास मत लिने सम्बन्धी आज प्रदेससभा नया सूचना दर्ता गराएका छन् । विश्वासको मत दिनु अगावै सभामा सूचना दर्ता गराउन पर्ने प्रावधान छ ।गठबन्धन दलका तर्फबाट थापा दोस्रो पटक साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । पहिलो पटक सभामुख समेतको हस्ताक्षरमा सरकार गठन गर्दा सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।प्रदेशसभा सचिवालयले विश्वास मत लिने सम्बन्धमा सूचना दर्ता भएको जानकारी दिएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा २(१) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बनेका थापाले ३० दिनभित्
विराटनगर / विराटनगर नेकपा एमाले नकिट राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि विरोध प्रदर्शन गरेको छ ।नेपाल आयल निगम लिमिटेडले मंगलबार रातिबाट लागू हुने गरी प्रतिलिटर पेट्रोलमा पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलमा समान १४ रुपैयाँले वृद्धि गरेपछि युवा संघले विरोध गरेको हो ।विराटनगरस्थित नेपालले आयल निगमको कार्यालय घेराउ गर्दै उनीहरुले विरोध जनाएका हुन् ।
काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारतबीचको सम्बन्ध इतिहासले बनाएको बताए । भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा नेपाल–भारत मैत्री समाजले बुधबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले दुई देशको सम्बन्धलाई स्थायीरुपमा रहेकाले कसैले पनि बिगार्न नसक्ने बताए ।भारतसँगको सम्बन्धलाई साच्चैको मित्रताका रुपमा अगाडि बढाइरहेको अध्यक्ष ओलीको भनाइ छ । उहाँले दुई देशबीचको सम्बन्ध अत्यन्त पुराना, प्रकृतिले दिएका र इतिहासले बनाएका मित्रको सम्बन्ध रहेको उनको भनाइ छ ।“नेपाल र भारतबीचको सम्बन्ध कहिलेकहिले, कुनैकुनै कारणले, थोरै घोचपेच भए पनि यस सम्बन्धलाई स्थायीरूपमा सधैँका लागि कसैले पनि बिगार्
सुनसरी / कोशी प्रदेशसभाका जेष्ठ सदस्य गयानन्द मण्डल उद्योग,कृषि तथा सहकारी राज्यमन्त्री बनेका छन् । नवनियुक्त मन्त्री मण्डलले पद तथा गोपनीयताको शपथग्रहण पनि गरिसकेका छन् ।मण्डल मोरङ क्षेत्र नम्बर ५ को प्रदेश ‘क’ बाट निर्वाचित कांग्रेस सांसद हुन् । साउन १६ गते कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थापाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।थापाले मुख्यमन्त्री नियुक्त भए लगत्तै माओवादीका बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार विकास र कांग्रेसका
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लेका केन्द्रीय सदस्य केशव स्थापित पार्टीबाट अलग भएका छन् । स्थापितसहित दुई जना केन्द्रीय सदस्यलाई पार्टीले बिदाइ गरेको हो ।स्थापितसँगै सिराहका प्रमोद नारायण यादवलाई बिदा दिने निर्णय एमालेको सचिवालय बैठकले गरेको हो । स्थापित र यादवको राजीनामा पार्टीले भर्खरै मात्र स्विकृत गरेको बुझिएको छ ।सोमबार बसेको पाटीको बैठकले अर्थ तथा योजना विभागको सचिवमा युवा संघकी पूर्व उपाध्यक्ष क्रान्ति बुर्लाकोटीलाई मनोनित गरेको छ । उनी २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार थिए।२०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वा
काठमाडौं / नेकपा एमालेले प्रदेश अधिवेशनको मिति टेङ्गो लगाएको छ । पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रदेश अधिवेशन भदौ र असोजमा गर्ने निर्णय गरेको हो ।अनुसार भदौ १६ र १७ लुम्बिनी, असोज ५ र ६ मधेश, असोज ८ र ९ बागमती, असोज १० र ११ कर्णाली, असोज १२ र १३ कोशी, असोज १५ र १६ गण्डकी, असोज १९ र २० उपत्यका विशेष र असोज २१ र २२ सुदुरपश्चिम प्रदेशको अविधेशन गर्न लागेको पार्टीका सचिव योगेश भट्टराईले बताए ।एमालेले पार्टी सदस्यता नवीकरणको काम साउन १५ गतेसम्म अद्यावधिक गरी प्रमाणीकरण गरेको थियो ।
राष्ट्रिय युवासंघ नेपाल तेह्रथुमले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा वृक्षारोपण गरेको छ। संरक्षण प्रकृतिको, सुरक्षा सन्ततीको’ भन्ने मुल नारालाई आत्मसात गर्दै संघले तेह्रथुमको म्याङलुङ नगरपालिका तेर्ह्रथुम थुम जिल्ला अध्यक्ष राजकुमार थापाले वताए ।संघको आयोजनामा सम्पन्न वृक्षरोपण कार्यक्रमको उद्घाटन नेकपा एमाले स्थायी कमिटी सदस्य डा. विजय सुव्वाले व्यानर वाचन गरि गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. सुव्वा युवा संघले राखेको यस वृक्षारोपण कार्यक्रमले आफ्नो ठाँउलाई हरियाली र रमणीय बनाउन मद्दत पुग्ने बताए साथै
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.