सुनसरी / मोरङको बुढिगंगा गाउँपालिकाकाको आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाइ भएको छ । सार्वजनिक सुनुवाइमा बजेट नीति तथा कार्यक्रममा लेखिएका विषयमा गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष , वडा अध्यक्ष , वडा सदस्य , शिक्षक , विद्यार्थी , स्थानीय व्यक्तिहरूले उठाएका समस्या गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत लगाएतले प्रस्तुत गरि समाधानका कुरा प्रष्ट पारेका थिए ।शिक्षा तथा खेलकुद , जनस्वास्थ्य , सामाजिक विकास , कृषि पशु वन, विपद् व्यवस्थापन , खानेपानी तथा सिचाइ व्यवस्थापन ,वातावरण र फोहोर व्यवस्थापन , प्राकृतिक श्रोतहरुको संरक्षण र व्यवस्थापन , प्राकृतिक स्रोत
विराटनगर / कोशी प्रदेश सरकारमा तीनजना मन्त्री थपिएका छन् । उनीहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिईसकेका छन् ।मुख्यमन्त्री उद्धव थापाले माओवादी केन्द्रका जीवन आचार्य, राजेन्द्र कार्की तथा काङ्ग्रेसबाट रामकुमार खत्रीलाई मन्त्रीमा नियुक्त गरेका हुन् । आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । दुईजना हाल बिना विभागीय मन्त्रीका रुपमा छन् ।तीनजना थपिएसँगै कोशी प्रदेशको मन्त्रीमण्डल ६ सदस्सीय बनेको छ । यसअघि मुख्यमन्त्री थापाले कांग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा एसबाट कमल जबेगु मन्त्री बनाएका थिए ।
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता नपाउने भनेर आफ्नो पार्टीले कहिले नभनेर भनेको दाबी गरेका छन् ।रास्वपा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा शनिबारदेखि भैरहवामा आयोजित प्रदेशस्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनु हुँदैन भनेर रास्वपाले कहिलै नभनेको र के कुरामा विरोध गर्ने र के कुरामा विरोध नगर्ने भन्नेमा रास्वपा स्पष्ट रहेको बताए।उनले रास्वपा सरकारमा जाँदा पनि जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर गएको समेत टिप्पणी गरका छन् । रास्वपाले कुनै दलसँग गठ
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले छ महिनाका लागि धरान उपमहानगरपालिका जाने बताएका छन्।हिजो शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा पार्टीलाई स्थानीय तहसँग जोड्नका लागि आफूले छ महिना त्यहाँ बिताउने बताएका हुन् ।नयाँ तरिकाले पार्टीलाई अघि बढाउने उदेश्य रहेको बताए । लिङ्देनले केही महिनाभित्र पार्टीको सबै कमिटीमा ३३ प्रतिशत महिला र ४० वर्षमुनिका युवालाई अनिवार्य सहभागी गराउने अभियान थालिने उनको भनाइ छ ।अध्यक्ष लिङ्देनले देश संघीयतामा गए पनि निर्णयको केन्द्र काठमाडौं नै भएको भन्दै गणतन्त्र, धर्म निरपेक्षता र संघीयतालाई सुधार नगरेसम्म देश ठिक बाटोमा
सुनसरी / नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नम्बर ६ को प्रथम क्षेत्रिय सम्मेलन सम्पन्न भएको छ ।प्रजा परिषदबाट प्रारम्भ नेपाली काङ्ग्रेस १४ औं महाधिवेशन पश्चात् सम्पन्न हुन गइरहेको प्रथम सम्मेलनको उद्घाटन समारोह मोरङको सन्दरहरैंचामा भएको छ ।काङ्ग्रेसमा सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य माननिय डाक्टर शेखर कोइरालाले कोशी प्रदेश सरकार सभामुखका कारण लोकतन्त्र खतरामा परेको आरोप लगाएका छन् । विधिको शासन भन्दा माथि रहेर नवगठित सरकार बनेको भन्दै सभामुखले संविधान मिचेको आरोप लगाएका हुन् ।उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो नागरिकता र राहधानी बोकेर
काठमाडौं / कोशी प्रदेश सरकार गठन प्रक्रिया असंवैधानिक भएकाले मुख्यमन्त्री नियुक्त गर्ने निर्णय खारेज गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमा सुनुवाइ गर्न भोलि आइतबार पेसी तोकिएको छ ।सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार रिटमाथिको सुनुवाइका लागि आइतबारको पेसी तोकिएको हो । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमालेले रिट दायर गरेको हो ।एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत् रिट दर्ता गराएका हुन् । कार्कीले नवनिर्वाचित मुख्यमन्त्री समेतलाई विपक्षी बनाइ रिट दर्ता गराएका हुन् । रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मु
सुनसरी / कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।सभामुखसहितको मत जोडेर बिहीबार साँझ मुख्यमन्त्री नियुक्त भएका थापाले आज प्रदेश प्रमुख पर्शराम खापुङसँग शपथ लिएका हुन् । थापाले आजै सानो मन्त्रीमण्डल गठन गर्ने भएका छन् । काँग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा (एकीकृत समाजवादी) बाट कमल प्रसाद जबेगुले पनि मन्त्रीमा शपथ लिने तयारी छ । माओवादी केन्द्रबाट कसलाई मन्त्री बनाउने भन्ने टुङ्गो लागि नसकेको बताइएको छ । खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा दुई बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र),
विराटनगर / कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीमा उद्धव थापाले शुक्रबार शपथ लिँदैछन्।मुख्यमन्त्री थापाले प्रदेश प्रमुख पर्शुराम खापुङसँग पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।शुक्रबार बिहान ९ बजे मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय गरिएको छ । शपथ ग्रहणलगत्तै मुख्यमन्त्री उनले केही मन्त्री नियुक्त गर्ने तयारी समेत गरेका छन्।बिहीबार नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा दुई बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी जनता समाज पार्टी
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा बनेको नयाँ सरकारका असंवैधानिक भएको टिप्पणी गरेका छन् ।उनले हिजो केपी ओलीले संविधानविपरीत गरे भनेर संयुक्त आन्दोलन गरेकाहरुले नै कोशी प्रदेशमा लोकतन्त्रविरोधी हर्कत गरेको उनको भनाइ छ ।उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले जो अगुवा उसैले यस्तो हर्कत कसरी गर्न सकिन्छ भनेर प्रश्नसमेत गरेका छन् ।‘हिजो के पी ओलीले संविधान विपरीत काम गरे भनेर हामीले संयुक्त आन्दोलन गर्यौ; अदालत र जनताले पनि साथ दिएर हामीले प्रतिगमन रोकियो भन्यौं !’, भट्टराईले लेखेका छन्, ‘आज तिनै साथीहरू
विराटनगर : कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले हस्ताक्षर गरेपछि उनी विवादमा तानिएका छन् ।सभामुख गौतमले थापालाई मुख्यमन्त्री बनाउन दलको सदस्यको हैसियतमा हस्ताक्षर गरेपछि उनी विवादमा तानिएका हुन् ।थापाले सभामुखसहित ४७ सांसदको हस्ताक्षर लिएर प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।संविधानविद्हरुले पनि सरकार गठनमा सभामुख संलग्न हुने कुरा संविधान विपरीत भएको बताउँछन् । संविधानविद् डा. भीमार्जुन आचार्यले सभामुख कै संलग्नतामा सरकार गठनक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.