इटहरी। लोकतन्त्रवादी पेशाकर्मीहरुको साझा संस्था नेपाल ट्रेड युनियन काँग्रेसको कोशी प्रदेशको अध्यक्षमा पुन नारायणबाबु कार्की चयन भएका छन । इटहरीको नेवा पाटी प्यालेसमा भएको सातौं अधिवेशनले पुनः नारायणबाबु कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।अधिवेशनले खुल्ला उपाध्यक्षद्धयमा गोपालप्रसाद भट्टराई र डिकप्रसाद घिमीरे , महिला उपाध्यक्षमा सुनिता घिमीरे , उपाध्यक्ष अनौपचारिक क्षेत्र गंगाराम ओडारी , उपाध्यक्ष उत्पादन क्षेत्र पंछी वाइवा, उपाध्यक्ष सेवा क्षेत्र सुमन अधिकारी , सचिव उमानाथ आचार्य चयन भएका छन । त्यसै गरी अधिवेशनले खुल्ला सहसचिवमा हरिनाथ फुँयाल , सहसचिव सेवा क्षेत्रमा पदम सुन्दर
बराहक्षेत्र / नेपाल राष्ट्रिय शिक्षक संगठन बराहक्षेत्रले ७० जना शिक्षकहरुलाई एक विशेष कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरेको छ । सम्मानित हुनेहरुमा बराहक्षेत्रमा नव नियुक्त भएका शिक्षक, सरुवा भई आएका शिक्षक र बढुवा भएका शिक्षक रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले सुनसरीका शिक्षा बिभाग संयोजक निलम खनालले यस्तो प्रकारको उत्कृष्ट कार्यक्रम आयोजना गरेकोमा संगठनको मुक्तकण्ठले प्रशंसा समेत गर्नु भयो । साथै आफू हाल जनप्रतिनिधि नभए पनि ब्यक्तिगत रुपमै बराहक्षेत्रको शिक्षा क्षेत्रमा सक्दो सहयोग गर्ने बताउनु भएको छ । खनाल बराहक्षेत्र निवर्तमान नगर प्रमुख समेत हुन् ।का
सुन्दरहरैंचा : नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ इन्भाइरोमेन्ट फरेस्टी इकाई समितिले अन्तर कलेज स्तरीय फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।शुक्रबार एक समारोहबीच कांग्रेस मोरङ क्षेत्र नं ६ का क्षेत्रीय सभापति देवराज तामाङले प्रतियोगिताको उद्घाटन गरे ।प्रतियोगिताको उद्घाटन गर्दै सभापति तामाङले खेलले क्याम्पस क्याम्पससँगको आपसी भाइचारा कायम गर्न मद्दत पु¥याउन सफल हुने विश्वास व्यक्त गरे । उनले अनुशासनको पालनका साथ प्रतियोगिता सम्पन्न गर्न आग्रह समेत गरे ।कार्यक्रममा कांग्रेस सुन्दरहरैंचा नगर सभापति भक्तिप्रसाद सिटौलाले खेल मानव जीवनको महत्त्वपूर्ण पक्ष रहेकाले यसको व्यवहार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नवौँपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरूङ, मोहनबहादुर बस्ने र डिगबहादुर लिम्बू मन्त्रीमा नियुक्त गरेका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले गत ११ पुसमा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई मन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । गुरूङलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र लिम्बूलाई युवा तथा खेलकुद मन्त
झापा । दश बुँदे सहमति गर्दै चारवटा पार्टीबीच एकीकरण भएको छ । नागरिक उन्मुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता संघर्ष समिति र नागरिक सशक्तीकरणका लागि जागरण अभियानबीच एकता भएको हो ।झापाको बिर्तामोडमा बुधवार पत्रकार सम्मेलन गर्दै एकीकरणबारे जानकारी दिइयो । पहिचानका मुद्दालाई एक ढिक्का भएर अघि बढाउने उद्देश्यसाथ चारपार्टी एकीकरण गर्दै नागरिक उन्मुक्ति पार्टी (एकीकृत) घोषणा गरिएको संघीय अध्यक्ष ज्ञानवहादुर गुरुङले जानकारी दिए ।नागरिक उन्मुक्ति पार्टीका प्रदेश संयोजक जीवन धामी चौधरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङ, कोचिला एकता संघर्ष समितिका संयोजक त्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही सरकार रहिरहने हो भने देश टाट पल्टिने दाबी गर्नु भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले मुलुकको अर्थतन्त्र पूर्ण रूपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरासमेत रहेको औँल्याउनुभयो ।मंगलबार नेकपा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पैसा नभएका कारण देशमा आयातमा कमी आएको देखिएकोतर्फ पनि सचेत गराउनुभयो । पूर्ण रुपमा अर्थतन्त्र ओरालो लाग्यो ,असफलतातिर लाग्यो भनेर प्रतिवेदन सार्वजनिक भएका छन । अब डेढ वर्षमा अर्थतन्त्र सही बाटोमा
काठमाडौं। चितवनबाट उपनिर्वाचन जितेपछि रवि लामिछानेले निरन्तर रूपमा सरकारलाई दिएकाे समर्थन फिर्ता लिने भन्दैछन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा ल्याउन गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाहिं प्रयास थालेका छन् । प्रचण्डले सभापति रवि लामिछानेलाई टेलिफोन गरेर जितको शुभकामना र बधाई दिने नाममा सम्बन्ध विस्तारको प्रयास थालेका हुन् ।चुनावअघि पनि उनी प्रचण्डसँग निरन्तर संवादमा रहेका थिए । तर, सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डाको क्रममा कुरा नमिलेपछि उनी सरकारमा गएका थिएनन् ।रवि लामिछानेकाे दल सरकारलाई दिएकाे समर्थन फिर्ता लिएपनि नेापली कांग्रेसले साथ दिएसम्म
काठमाडौँ । सरकारले राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनको माग सोमबारसम्ममा पुरा गर्ने प्रतिबद्धता जनाएकोभनेको छ । आज सिंहदरबारमा भएको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले सकेसम्म आज साँझसम्ममा सहमति खोज्ने नभए भोलिसम्ममा सहमति जुटाएर माग पुरा गर्नेगरी निर्णय भएको बताए ।प्रधानमन्त्रीको निर्देशनमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बोलायाका थिए । हाम्रो मागका बारेमा सल्लाह सुझावहरु माग्नुभयो’, पुनले भने, ‘अहिले हामीले आज बेलुका पाँच बजेभित्रमा दुबै पक्षको एउटा टोली गठन गरेर सकेसम्म आज रातारात गर्ने नभए भोलिसम्ममा यो समस्या समाधान गर्ने भनेर निर्णय भएको छ । छल
फिदिम । पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुण्डागर्दीबाट पहिचान प्राप्त नहुने बताएका छन् ।एमाले पाँचथरद्वारा फिदिममा आयोजित अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले पहिचानको राजनीति भन्दै दौडिनेले आफ्नो समुदायको हितमा लाग्नुपर्ने बताए । उनले कोशी प्रदेश नमाङ्कनको विरुद्धमा आन्दोलनरत पहिचावादी आन्दोलनकारीहरुलाई लक्षित गर्दै भने, ‘गुण्डागर्दीबाट पहिचान प्राप्त हुँदैन ।’ओली फिदिममा रहँदा पहिचानवादी आन्दोलनकारीले अध्यक्ष ओलीको विरुद्धमा कालो झण्डा देखाउनुका साथै मसाल जुलुस प्रदर्शन गरेका थिए । कोशी प्रदेश नामाकरण पहिचान विपरीत रहेको र सो नामाकरण हुनमा एमाले जिम्म
काठमाडौँ । मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनको शालिकमा माल्यार्पण गरेका छन् ।२४ औं स्मृति दिवसको अवसरमा बुधवार सानेपास्थित मनमोहन स्मृति प्रष्ठिानमा पुगेर उनले माल्यार्पणहित पुष्पगुच्छा अर्पण गरेका हुन् । सो अवसरमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो ।अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष थिए । नेपालका लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौँको गोठाटारमा हृदयघात भएपछ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.