मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को चर्को विरोध गर्दै आएका नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभा सदस्य भीम रावलले आज एमसिसी सम्झौता संसदबाट अनुमोदन नगराउन भन्दै प्रधानमन्त्री, सभामुख तथा सरोकारवालाहरू खुला स्मृतिपत्र सार्वजनिक गरेका छन् ।सोमबार नेता रावलले प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, दलका नेता तथा सांसदहरूका नाममा खुला स्मृति पत्र सार्वजनिक गर्दै एमसिसी सम्झौता राष्ट्र हितमा नरहेकाले संसदबाट अनुमोदन नगराउन ध्यानाकर्षण गराए । उनले एमसिसी सम्झौता अनुमोदन नगरी राष्ट्रिय स्वाधीनता, हित र अस्मिताको दीर्घकालीन सुरक्षाका लागि सबैले पदीय जिम्मेवारी बहन गर्ने अपेक्षासमेत गरे । स्
बैतडी । बैतडीमा २२ जना वडासचिव जिल्ला प्रशासन कार्यालयको स्पष्टीकरणमा परेका छन् । व्यक्तिगत घटना अनलाइनमा दर्ता नगरेको र २० वर्ष नपुगेकै अवस्थामा विवाह दर्ता गरेको भन्दै यहाँ २२ वडा सचिवलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।स्पष्टीकरण सोधिनेमा सुर्नया गाउँपालिका–६, दशरथचन्द नगरपालिका– २, पाटन नगरपालिका–५, दोगडाकेदार गाउँपालिका–२, डिलाशैनी गाउँपालिका–२, मेलौली नगरपालिका–२, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका एक/एक वडाका सचिव रहेका छन् ।राष्ट्रिय पञ्जीकरण विभागले व्यक्तिगत घटना अनलाइनमा दर्ता गर्नुपर्ने नीति बनाएको भए पनि बैत
उर्लाबारी, १७ माघ । स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै नेकपा एमालेका भातृ संगठनले सोमबार उर्लाबारीमा विरोध प्रदर्शन गरेका छन् । एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्वबियुले विरोध प्रदर्शन गरेका हुन् ।उर्लाबारीको स्कुलडाँडादेखी मुख्य चौकसम्म एमालेका नेता कार्यकर्ता, युवा संघ र अनेरास्वबियुका कार्यकर्ताले विरोध जनाएका थिए । सरकारले बैशाखभित्र हुने गरी स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने एमालेको माग छ ।संबिधान र लोकतन्त्रको रक्षा, मुल्यबृद्धि खारेज लगायतको माग गर्दै विरोध प्रदर्शन गरिएको राष्ट्रिय युवा संघ उर्लाबारीका अध्यक्ष योगेश बस्नेतले जानकारी दिनुभयो । कोणसभामा एमाले केन्द्रीय
काठमाडौं / अमेरिकन सहयोग मिलियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई लिएर सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच दोहोरी चलेको छ । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच सार्वजनिक रूपमै एमसीसीको पक्ष र विपक्षमा दोहोरी चलेको हो ।पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई एमसीसी पारित गर्ने पक्षमा देखिएका छन् भने श्रेष्ठ संशोधनपछि मात्रै पारित गर्नुपर्ने धारणा सार्वजनिक रूपमा राखेपछि सत्तारुढ गठबन्धनमा दुईथरी धारणा निर्माण हुन गएको छ । जसले नेपाली कांग्रेसले नेतृत्व गरेको सत्ता गठबन्धनमा एमसीसीको विषय पेचिलो बन्न गएको देखिन्छ । ‘एमसीसी सम्झ
सुनसरी । सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा गुन्डागर्दी बन्द गर्नुपर्ने र शान्ति सुरक्षा कायम गर भन्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले नाराबाजी गरेका छन् । नेपाली कांग्रेस पार्टीले आज आयोजना गरेको विरोध सभा कार्यक्रमपछि लाैकही बजारको परिक्रमा गर्दै शान्ति सुरक्षा कायम गर र सुनसरीमा जनमत पार्टीको गुन्डागर्दी बन्द गर भन्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले नाराबाजी गरेका हुन् । सोमबार लाैकही स्थितमा रहेको नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का पार्टी कार्यालयमा विरोध सभा सम्पन्न भए पश्चात् पालिकाको मुख्य बजार लाैकहीको परिक्रमा गर्दै विभिन्न नाराबाजी गरेका हुन् । नाराबा
काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एमसीसीबारे छलफल भएको छ । अग्निप्रसाद सापकोटालाई सभामुखबाट हटाए एमसीसी पारित गर्न प्रमुख प्रतिपक्षी दल एमाले सहमत रहेको भन्दै समाचार आएपछि सोमबार बालुवाटार पुगेका प्रचण्डले प्रधानमन्त्री देउवासँग एमसीसीबारे छलफल गरेका हुन् । सो क्रममा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । ‘प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने प्रस्ताव गरेका हुन्,’ बालुवाटार स्रोतले भन्यो ।एमसीसी पारितका लागि सदनमा दर्ता भइसकेको छ । तर, हालसम
प्रदेश नम्बर १ सरकारले हाल कायम रहेका मन्त्रालयहरु फुटाएर १२ वटा मन्त्रालय बनाउने भएको छ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै पारित गरेसँगै प्रदेशमा मन्त्रालय संख्या बढ्ने भएको हो।मन्त्रिपरिषद् कार्यविभाजन नियमावली पारित गर्ने निर्णयबारे सरकारले औपचारिक जानकारी भने दिएको छैन।मन्त्रिपरिषद् बैठकपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले गरेका अन्य निर्णय मात्रै सार्वजनिक गरेका थिए।मन्त्रिपरिषद स्रोतकाअनुसार सरकारले सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र उद्योग पर्यटन, वन तथा वाताव
पाँचदलीय सत्ता गठबन्धनबीच संसदको अर्को बैठकमा एमसिसी टेबल गर्न सहमति भएको छ।मिलेनियम च्यालेन्स कम्प्याक्ट (एमसिसी) भनिने अमेरिकी सहयोग परियोजना संसदबाट पारित गर्ने कि नगर्ने भन्ने विषयमा लामो समयदेखि प्रमुख राजनीतिक दलहरूबीच सहमति हुन सकेको थिएन।यसबारे छलफल गर्न गठित तीन सदस्यीय कार्यदलले शनिबार गठबन्धन दलका शीर्षनेताहरूलाई ब्रिफिङ गरेको थियो। उक्त ब्रिफिङपछि नै एमसिसी टेबल गर्नेबारे सहमति भएको सूचना तथा सञ्चारमन्त्री र कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताए।'हामी पास गर्ने लाइनमा छौं,' कार्कीले आइतबार राति सेतोपाटीसँग भने, 'अहिलेलाई भन्नुपर्दा यसलाई बिथो
लैनचौरस्थित शहीद पार्कमा ठड्याइएको कलशसहितको स्मारकमा लेखिएको छ, ‘शहीद स्मारक, नेपाल र नेपाली जनताको विकास गर्न, मानव अधिकार कायम गर्न र नेपालमा प्रजातन्त्र ल्याउन बेलाबेलामा बलिदान भएका ती वीर शहीदहरूको सम्झनामा १९५८ एडी विक्रम संवत् २०१५ नेपाल संवत् १०७८ ।’ स्मारकमा यस्तो लेखिएको भए पनि पार्क संरक्षणमा देखिएको उदासीनताले शहीदको सपना र बलिदानको राज्यबाट उचित कदर हुन नसकेको आभास हुन्छ ।राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्री नियुक्त भएपछि स्मारकमा माल्यार्पण गर्न जाने चलन छ । त्यससँगै हरेक वर्ष शहीद दिवसका दिन स्मारकको कलशमा फूलमाला चढाएर सामान्य कार्यक्रम गर्नेबाहेक अन्य समयमा खासै कसैले सम्झँद
नेकपा (एकीकृत समाजवादी)का नेता डाक्टर दुमनिसिंह थापाको निधन भएको छ । अर्घाखाँची जिल्लाबाट पहिलो संविधानसभामा निर्वाचित थापाको ह्याम्स अस्पताल काठमाडौँमा आइतबार साँझ निधन भएको हो । केही समय अघि उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य भएका थिए । उनी मेगा बैंकका संस्थापक तथा पूर्वसञ्चालक समेत हुन् ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.