राजनीति

    Showing २१-३० of २,३२७ items.
  • शिक्षा नियमावलीको दशौँ संशोधनप्रति आपत्ति, तत्काल सच्याउन माग

    इटहरी । नेपाल सरकारले हालै जारी गरेको शिक्षा नियमावली २०५९ को दशौँ संशोधनप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आपत्ति जनाएको छ । महासङ्घका केन्द्रीय अध्यक्ष काशीनाथ दंगालले आइतबार  जारी गरेको विज्ञप्तिमा देशभरका २६ हजार भन्दा बढी सामुदायिक विद्यालयका व्यवस्थापन समितिहरूको क्षेत्राधिकार सङ्कुचन गर्ने, समुदायको अस्तित्व र भूमिकालाई अवमूल्यन गर्ने तथा विद्यालय र समुदायबिचको सम्बन्ध विच्छेद गराउने अभिप्रायले यो संशोधन ल्याइएको आरोप लगाइएको छ ।  नयाँ विद्यालय शिक्षा ऐनको पर्खाइमा रहेको बेला नियमावली संशोधन गरेर सामुदायिक विद्यालयलाई ध्वस्त बनाउने कुत्सित मनसाय राखिएको

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ११६ पटक पढिएको
  • कोशी प्रदेशका ५२ भूमि प्रशासन तथा नापी कार्यालयका प्रमुख सहभागी समीक्षा गोष्ठी सम्पन्न

    इटहरी । कोशी प्रदेशअन्तर्गत रहेका भूमि प्रशासन तथा नापी कार्यालयहरूको काम, सेवा प्रवाह तथा समसामयिक विषयमा समीक्षा गर्न आयोजना गरिएको समीक्षा गोष्ठी सम्पन्न भएको छ। कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका ५२ वटा भूमि प्रशासन कार्यालय तथा नापी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको गोष्ठीमा भूमि प्रशासन तथा नापी क्षेत्रका समस्या, सेवा प्रवाहमा देखिएका चुनौती तथा समाधानका उपायबारे छलफल गरिएको थियो। गोष्ठीको अध्यक्षता कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रदेश सचिव कृष्णप्रसाद सापकोटाले गर्नुभएको थियो भने आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली प्रमुख अतिथिका रूपमा सहभा

    • प्रकाशित मितिः साउन २९, २०८३
    • १७९ पटक पढिएको
  • कोशी सरकारबाट नेपाली कांग्रेस औपचारिक रूपमा बाहिरियो, ४ मन्त्री र १ राज्यमन्त्रीको सामूहिक राजीनामा

    इटहरी । कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका ४ जना मन्त्री र एक जना राज्यमन्त्रीले सामुहिक राजीनामा दिएका छन् । विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेपाली कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवारले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई सामुहिक राजिनामा बुझाए पछि औपचारिक रुपमा सरकारबाट बाहिरिएको हो । कोशी प्रदेशमा नेपाली कांग्रेसका मन्त्रीहरु ४ वटा मन्त्रालय सहित ५ जना सहभागी थिए । राजिनामा बुझाउने बेला मन्त्री सुनुवार सहित पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु, उद्योग, कृषि तथा सहकारी मन्त्री इसराइल मन्

    • प्रकाशित मितिः साउन २८, २०८३
    • १५८ पटक पढिएको
  • कोशी प्रदेशमा शान्ति–सुरक्षा मजबुत बनाउन सर्वपक्षीय सहयोगको अपेक्षा, बोली र व्यवहार सुधारेर जनविश्वास जित्न प्रहरी परिचालन गरिने

    इटहरी । कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले जनतामा प्रहरी प्रतिको जनविश्वास बढाउनुका साथै शान्ति सुरक्षाको अनुभूति दिलाउन प्रहरीको बोली व्यवहार र सेवाप्रवाहलाई सुधार्दै लैजाने बताउनुभएको छ । मंगलवार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा आयोजित पत्रकार अन्तक्रिर्यामा बोल्दै खनालले ट्राफिक दुर्घटना न्यूनिकरण, सामाजिक संजाल तथा र्साईबर अपराध नियन्त्रण, खुला सिमाबाट हुने तस्करी नियन्त्रण आफ्नो प्राथमिकता रहेको बताउनुभयो । उहाँले लागूऔषध दुव्र्यसन र ओसारपोसार अत्यन्त भयावह ढंगले बढिरहेकोले लागूऔषध नियन्त्रणलाई पनि प्राथमिकताका साथ अघि बढाइने जानकारी दिनुभयो । डिआइज

    • प्रकाशित मितिः साउन २६, २०८३
    • १३५ पटक पढिएको
  • संघीय कानुन र निजामती ऐन नबन्दा कोशी प्रदेशमा काम गर्न सास्ती, ट्राफिक जरिवाना र प्रहरी समायोजनमा केन्द्रको हस्तक्षेपविरुद्ध आक्रोश

    इटहरी । कोशी प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठक विराटनगरमा सम्पन्न भएको छ। बैठकले प्रदेशमा देखिएका विकाससम्बन्धी समस्या समाधानका लागि संघीय सरकारसमक्ष उठाउने विषयहरू तय गरेको छ। ती विषय राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा समेत उठाउने निर्णय गरिएको छ। बैठकले संघीय निजामती ऐन नआउँदा प्रदेशमा कर्मचारी व्यवस्थापनमा असर परेको भन्दै संघीय निजामती ऐन छिटो ल्याउनुपर्ने विषय पुनः उठाएको छ। प्रदेशलाई आफ्ना संरचना निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन र जग्गा संरक्षण एवंम भोगाधिकार दिनुपर्ने विषयलाई पनि बैठकमा जोडदार रुपमा उठाइएको छ। त्यस्तै, ट्राफिक प्रहरीले उठाउँदै आएको जरिमाना स

    • प्रकाशित मितिः साउन २६, २०८३
    • ६१ पटक पढिएको
  • कोशी प्रदेश सरकारद्वारा कप्तानगन्जका पीडितलाई राहत घोषणा; मुख्यमन्त्री कार्कीद्वारा सद्भाव कायम राख्न आग्रह

    इटहरी ।  कोशी प्रदेश सरकारले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज घटनामा मृत्यु भएका व्यक्तिको परिवारलाई २ लाख रुपैया राहत दिने निर्णय गरेको छ । देवानगन्ज घटनाका सम्बन्धमा बुधबार विराटनगरमा आयोजना गरिएको सर्वपक्षीय बैठकमा प्रदेश सरकारको निर्णयबारे जानकारी गराउदै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सो घटनामा घाइते भएकाहरुलाई ५०÷५० हजार रुपैया र आगजनी गरिएका घर पसलका परिवारलाई अधिकतम ५० हजार रुपैया सम्म राहत उपलब्ध गराउने समेत जानकारी दिनुभयो । उहाले जिल्ला प्रशासन कार्यालयको सिफारिश अनुसार राहत उपलब्ध गराइने बताउनुभयो । मुख्यमन्त्री कार्कीले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता काय

    • प्रकाशित मितिः साउन १३, २०८३
    • १५९ पटक पढिएको
  • सुनसरी घटनालाई लिएर केशी प्रदेशका मुख्यमन्त्रीबाट सर्वदलीय बैठक आह्वान

    इटहरी । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक दिउँसो साढे १२ बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बस्नेछ ।सुनसरीमा भएको घटनाका विषयलाई लिएर सर्वदलीय बैठक आह्वान गरिएको प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र कुमार पौडेलले जानकारी दिए । बैठकमा सुरक्षा निकायसहित सुनसरीका प्रदेश सभासद र राजनीतिक दलका नेताहरूलाई पनि बोलाइएको छ । बैठकमा शान्ति सुरक्षा र सामाजिक सद्भावलाई कायम राख्न छलफल हुने र प्रदेश सरकारको उपस्थितिलाई प्रभावकारी रूपले नागरिकसम्म पुर्‍याउनका लागि अगाडि बढाइने तयारी भएको छ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले

    • प्रकाशित मितिः साउन १३, २०८३
    • १५९ पटक पढिएको
  • कप्तानगन्ज घटनापछि सुनसरीमा सामाजिक सद्भाव जोगाउन साझा प्रतिबद्धता

    इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको साम्प्रदायिक झडपपछि जिल्लाका राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि तथा सरोकारवाला पक्षले निष्पक्ष छानबिन, कानुनी प्रक्रिया र सामाजिक सद्भाव कायम गर्न साझा प्रतिबद्धता व्यक्त गरेका छन्।प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालय इनरुवामा बसेको सर्वपक्षीय बैठकले घटनाको सत्यतथ्य बाहिर ल्याउन गृह मन्त्रालयले गठन गरेको पाँच सदस्यीय छानबिन समितिलाई आवश्यक सबै सहयोग गर्ने निर्णय गरेको हो। बैठकले कुनै पनि व्यक्ति वा समूहलाई कानुनभन्दा माथि नराखी निष्पक्ष अनुसन्धानमार्फत दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने

    • प्रकाशित मितिः साउन ११, २०८३
    • १७६ पटक पढिएको
  • सुनसरीमा पुस्पलाल स्मृति दिवसका अवसरमा फलफूल बितरण

    इटहरी ।  नेपाल कम्युनिस्ट पार्टी ९एमाले०, ईनरुवा नगर कमिटीले  ४८ औँ  पुस्पलाल स्मृति दिवसका अवसरमा सुनसरीको जिल्ला  अस्पताल ईनरुवामा फलफूल बितरण कार्यक्रम गरेको छ।नेपाल कम्युनिस्ट पार्टीका सस्थापक महासचिव पुस्पलाल श्रेष्ठको स्मृतिमा अस्पतालमा वेड भर्ना भएर बसेका सम्पूर्ण बिरामीहरुलाई  विभिन्न तहका नेता–कार्यकर्ता, वाम बुद्धिजीवीहरुको उपस्थितिमा फलफूल बितरण कार्यक्रम  गरेको आयोजकले जनाएको छ। कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्री राम प्रसाद मेहेता, ईनरुवा नगरपालिकाका पूर्वमेयर तथा एमाले नेता खेमराज पोखरेल, एमालेका पूर्व केन्द्रीय अनुशासन आयोग सदस्य पोस्ट नेपाल, जि

    • प्रकाशित मितिः साउन ७, २०८३
    • १९३ पटक पढिएको
  • पुष्पलालको ४८औँ स्मृति दिवसमा इटहरीमा माल्यार्पण, जनताको पक्षमा उहाँको विचार अझै सान्दर्भिक: बस्नेत

    इटहरी । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसको अवसरमा इटहरी उपमहानगरपालिका–८ गैसारस्थित पुष्पलालको सालिक रहेको स्थानमा माल्यार्पण तथा स्मृति कार्यक्रम सम्पन्न गरिएको छ।पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला समिति सुनसरीको आयोजनामा सम्पन्न कार्यक्रममा पुष्पलालको तस्वीरमा माल्यार्पण गरी उहाँको योगदानको स्मरण गरिएको थियो। जेन्जी आन्दोलनका क्रममा गत भदौ २४ गते तोडफोड गरिएको सालिक रहेको सोही स्थानमा कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा कोशी प्रदेशसभा प्रमुख सचेतक रमेश कुमार बस्नेतले पुष्पलाल

    • प्रकाशित मितिः साउन ७, २०८३
    • १८१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]