इटहरी । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने बताउनुभएको छ । मंगलबार बालुवाटारमा जेनजी आन्दोलका घाइतेहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने र प्रक्रिया सम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी काम गर्ने बताउनुभयो । त्यस्तै जनेजी आन्दोलनले दिएको म्यान्डेट अनुसार चल्ने र सरकारले तोकेको समयमा नै निर्वाचन हुने उहाले बताउनुभयो । त्यस्तै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको अनुसन्धान पनि हुने भन्दै राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेको जानकारी दिनुभयो । छलफलका क्रममा जेनजी आन्दोलनका घ
इटहरी । गृहमन्त्री ओमप्रकाश अर्यालले कानून भन्दा माथि बस्ने छुट केपी ओलीलाई नभएको बताउनुभएको छ । सोमबार सिंहदरबारमा जेनजी आन्दोलनका घाइतेसंगको छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै अर्यालले देशका हरेक नागरिकले कानून मान्नुपर्ने भन्दै कानून भन्दा माथि बस्ने छुट केपी ओलीलाई नभएको बताउनुभएको हो । उपत्यका छाड्न नपाउने निर्देशन सरकारको नभइ छानविन आयोगको भएको उहाको भनाइ छ । त्यस्तै मन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा लुटिएका हातहतियार राजनीतिक दलले राखेको भनेर आफुले नभनेको उल्लेख गर्दै हातहतियार संग्रह गर्ने चाहना राख्ने केहि दल हुनसक्ने अभिव्यक्ति दिएको स्पष्ट पार्नुभयो । मुलुक हिंसाको नभइ अह
इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस नगरेको बताउनुभएको छ । काठमाडौंमा सम्पादकहरुसंगको छलफलका क्रममा अध्यक्ष ओलीले जेनजी आन्दोलनका क्रममा सेनाको सुरक्षामा रहँदा राष्ट्रपतिलाई निकासका लागि आवश्यक कदम सिफारिस गरेको तर सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस भने नगरेको बताउनुभएको हो । आफुले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गरेको भन्दै प्रचण्डले गरेको टिप्पणी झुठ बाहेक केहि नभएको उहाले बताउनुभयो । उहाले सुशीला कार्कीलाई प्रधानमन्त्रीका लागि सिफारिस गरेको प्रमाण देखाउन प्रचण्डलाई चूनौति दिनुभयो । अध्यक्ष ओलीले भदौ २३ को घटनामा गोली चल
इटहरी । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आगामी मंसिरभित्र विधिवत् महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन गर्नुपर्ने अडान कायमै राखेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशनलाई ढकेल्न खोजेको आशंका समेत गरेका छन् । वर्तमान कार्यसमितिको मनसाय नै समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्नतर्फ उद्धत देखिएको उनीहरुको आरोप छ । कांग्रेस नेता गुरु घिमिरेले विशेष महाधिवेशनको माग गर्ने सार्वभौम अधिकार महाधिवेशन प्रतिनिधिहरूमा निहित रहेकोले कुनै पनि कारण देखाएर यसको अवमूल्यन गर्ने छुट कसैलाई नभएको बताउनुभयो । प्रतिनिधि
इटहरी । विप्लव नेतृत्वको नेपाल कम्युष्टि पार्टीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खोरेजीको माग गरेको छ । नेकपाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनपछि बनेको सरकार आन्दोलन, बिद्रोह र निकासको आवश्यकतासंग मेल नखाने र यसका कारण आगामी दिनमा अर्को संघर्ष र विद्रोह सृजना हुने देखिएकाले अन्तरिम सरकार खोरेज हुनुपर्ने माग राखेको हो । पत्रकार सम्मेलनमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले वर्तमान सरकारलाई खारेज गरेर सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने बताउनुभयो । उहाले नयाँ बन्ने अन्तरिम सरकारले बिशेष परिस्थितिमा कार्यकारी अधिकारको प्रयोग गर्दै संविधान संशोधन गर्नुपर्नेम
इटहरी । सरकारले शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले शान्तिसुरक्षा कायम गर्दै निर्वाचन गर्ने वातावरण बनाउन सुरक्षा फौजको संयुक्त पेट्रोलिङलाई अघि बढाउने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । देशैभरका प्रमुख जिल्ला अधिकारीमार्फत सुरक्षाको योजना कार्यान्वयन गराइने भन्दै उहाले प्रमुख जिल्ला अधिकारीको पहिलो प्राथमिकता नै निर्वाचन हुने जिकिर गर्नुभयो । जेनजी आन्दोलनपछि अझैपनि चार सय हतियार रिकभर हुन बाँकी रहेको अवस्थामा हतियार रिकभर गर्न बिशेष कार्यक्रम चलाउने उहाले बताउन
इटहरी । नेपाली कांग्रेस ओखलढुङ्गाका २७ जना महाधिवेशन प्रतिनिधिमध्ये ११ जनाले पार्टीको विशेष महाधिवेशन आह्वान गर्न नेतृत्वसमक्ष माग गरेका छन् । जेन–जेड पुस्ताको भावना अनुसार कांग्रेसलाई पुनःनिर्माण र पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनीहरूले औपचारिक रूपमा हस्ताक्षरसहित माग अघि सारेका हुन् । विशेष महाधिवेशनको पक्षमा उभिनेहरू नेताहरू कुमार लुइटेल, रुद्रप्रसाद अधिकारी, सविता राई, सर्वधन तामाङ, हरिप्रसाद दाहाल, बेदबहादुर रोक्का, कुमारबहादुर श्रेष्ठ, प्रकाश दाहाल, दुर्गाकुमारी तामाङ, होमबहादुर विक र अर्चना लुइटेल हुनुहुन्छ ।त्यसैगरी, केन्द्रीय सदस्यद्वय रामहरि खतिवडा र प्रदीप सुनुवार तथ
इटहरी । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको सोमवार बसेको मन्त्रिपरिषद् बैठकले २५ प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् प्रवक्ता रेवतीरमण भण्डारीले २५ प्रतिशत बजेट कार्यान्वयनमा नल्याउने गरी रोक्का गर्न निर्णय गरिएको जानकारी दिए। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बेला भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त कार्यालयको पुननिर्माण र केही दिनअघि आएको बाढी पहिरोले भएको क्षतिको पुनर्निर्माणका लागि खर्च गर्नका लागि ती बजेट कटौती गर्ने निर्णय गरिएको मन्त्री भण्डारीले जानकारी दिए। प्रदेश सरका
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई ललितपुर महानगरपालिका–२६, खुमलटारस्थित निवासबाटै पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रमुख एआईजी मनोज केसीले जानकारी दिए । सीआईबीका अनुसार, सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट भेपमा भन्सार छलेर सुन ल्याइएको सुनबाट आपराधिक लाभ लिएको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनीमाथि झन्डै आठ करोड ५५ लाख रुपैयाँबराबरको सुन बेचबिखनमा संलग्न रहेको आरोप लागेको छ । भन्सार ऐन, २०६४ तथा संगठित अपराध कसुरमा पक्राउ गरिएको सीआईबीले जनाएको छ । प्रहरीका अनुसार, ०७९ पुस १० गते फ्लाई दुबईको विमानबाट नेपाल
इटहरी। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गर्नुभएको छ । हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने कन्काई पुलको स्थलगत निरीक्षण गरी मन्त्री घिसिङले निर्माण प्रगतिबारे जानकारी लिनुका साथै स्थानीयसँग छलफल गर्नुभएको छ । करिब ७२३ मिटर लम्बाइ भएको पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि आर्थिक वर्ष २०६७(६८मा पप्पु महादेवखिम्ती संयुक्त उपक्रम जेभी सँग करिब ५१ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणको भौतिक र वित्तीय प्रगति करिब
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.