राजनीति

    Showing ७७१-७८० of २,३०० items.
  • विद्यालय शिक्षा ऐनको मागसहित शिक्षकहरूको काठमाडौंमा प्रदर्शन, सोमबारदेखि अनिश्चितकालीन हड्ता

    काठमाण्डौ । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिठी जुलुस निकालेका छन् । गएको बुधवारदेखि काठमाण्डौ केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले आज काठमाण्डौको माइतीघरमा सिठी जुलुस निकालेका हुन् । उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म सिठी बजाएर सरकारको ध्यानाकर्षण गराएका छन् । शिक्षकहरूले हिजो सडकमा सुतेर विरोध जनाएका थिए । यसैबीच शिक्षक आन्दोलनलाई अझ सशक्त बनाउन भन्दै नेपाल शिक्षक महासङ्घले भोलिदेखि शैक्षिक हडतालको घोषणा गरेको छ । महासङ्घले आज विज्ञप्ति निकालेर शैक्षिक हडतालको घोषणा गर्दै देशभरका शिक्षक र कर्मचारीलाई विद्यालय बन्द गरेर काठमाण्डौ आउन भनेको छ । त्यस्तै शैक्षिक हडतालको अव

    • प्रकाशित मितिः चैत २४, २०८१
    • ३६१ पटक पढिएको
  • बार एसोसिएसनको मतदान सम्पन्न

    काठमाडौं, २३ चैत । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान सम्पन्न भएको छ ।प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले आज बिहान ८ बजेदेखि सुरु भएर अपराह्न ४ बजेतिर मतदान सम्पन्न भएको जानकारी दिए । नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा डा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् ।महासचिवमा वरिष्ठ अधिवक्ता प्रा डा मिश्रको समूहबाट वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला र वरिष्ठ अविधक्ता श्रेष्ठको

    • प्रकाशित मितिः चैत २३, २०८१
    • २६७ पटक पढिएको
  • काम गर्न नदिने र छेक्ने मनोदशा भएमा विकासको गति रोकिन्छ : प्रधानमन्त्री

    काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमणबाट नेपालमा लगानी र सहकार्य वृद्धिका सम्भावनाका ढोकाहरु खुलेको बताएका छन् ।बाह्रखरी अनलाइनले आज गोकर्णमा आयोजना गरेको ‘एनसेन–बाह्रखरी गल्फ तथा आर्थिक सङ्गोष्ठी’ मा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेपाली र थाइल्याण्डका व्यासायिक समुदायबीचको अनुभव आदानप्रदान र विभिन्न सम्झौता हुनु अन्त्यन्त फलदायी कार्य भएको बताएका हुन् ।थाइल्याण्डको पहिलो औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनबाट स्वदेश फर्किए लगत्तै गोकर्णमा आयोजित कार्यक्रममा सम्

    • प्रकाशित मितिः चैत २३, २०८१
    • ३५१ पटक पढिएको
  • रुपन्देही ल्याइएका रवि लामिछाने सोमबारसम्म हिरासतमा, सहकारी ठगी मुद्दामा कारागार पठाउने तयारी

    काठमाडौं । सहकारी ठगी र संगठित अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही ल्याइएको छ । शुक्रबार साँझ काठमाडौँमा पक्राउ परेका रविलाई शनिबार बिहान हवाई मार्ग हुँदै रुपन्देही ल्याइएको हो । शनिबार र आइतबार सार्बजनिक बिदा भएकाले उनलाई सोमबारसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिने छ । प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा भएकोले सोमबारसम्म प्रहरी हिरासतमा रहने भएका हुन् । सहकारीको रकम अपचलनकै कसूरमा यसअघि पक्राउ गरेर पुर्पक्षमा कारागारमै रहेका सुप्रिम सहकारीका अध

    • प्रकाशित मितिः चैत २३, २०८१
    • ३८१ पटक पढिएको
  • बाढीले क्षति पुर्‍याएका खोलामा पुल बनाउन प्रतिबद्व रहेको कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राईको भनाइ

    इटहरी। कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राईले असोज महिनामा अविरल वर्षा पछि आएको बाढीले पुल बगाएका खोला नालामा पुनः पुल निर्माणका लागि आफु प्रतिबद्व रहेको दोहोर्‍याउनु भएको छ । शनिबार बाढी प्रभावित जिल्ला पाँचथर आइपुग्नु भएका राईले फिदिम र फालेलुङलाई जोड्ने फेमे खोलामा तत्कालका लागि सङ्घीय सरकारले उपलब्ध गराउने बेलिब्रिज ल्याएर जोड्दै पक्की पुल निर्माणको प्रकृया अगाडि बढाउने बताउनुभयो ।  बाढीले क्षतिग्रस्त पुल पुनर्निर्माणका लागि प्रदेशभरका लागि ४० करोड रुपियाँ स्रोत सुनिश्चित गरेको पनि राईको भनाइ थियो । पर्याप्त बजेटसँगै स्रोत सुनिश्चित नहुँदा पनि पुल निर्माण ढिलाई भए

    • प्रकाशित मितिः चैत २३, २०८१
    • ३१७ पटक पढिएको
  • रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

    रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश। बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालतले थुनामा पठाउने आदेश भएको छ। यसअघि रूपन्देही जिल्ला अदालतले रविलाई रू १ करोड धरौटीमा रिहा गर्न गरेको आदेशबिरूद्ध जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त पुनरावेदनमा सुनुवाई गर्दै जिल्ला अदालतको आदेश बदर गरी थुनामा पठाउने आदेश गरेको हो।

    • प्रकाशित मितिः चैत २२, २०८१
    • ३६५ पटक पढिएको
  • नेकपा एमाले हरिनगर गाउँपालिका कमिटी द्वारा आगलागी पिडितलाई राहत वितरण

    सुनसरी हरिनगर गाउँपालिका वडा नम्बर ५ स्थित वसन्तपुरमा यही चैत्र महिनाकाे १८ गते साेमबार भएको भिषण आगलागीबाट ११ घर परिवारकाे २९ वटा घर पुर्ण रुपमा जलेर नष्ट भए पछि आज नेकपा एमाले हरिनगर गाउँपालिकाकाे कमिटीले राहत वितरण गरेकाे छ । राहत वितरणमा खाध्यन सामग्री चामल,तेल,भुजा,चुरा,दाल,बिस्कुट,चाउचाउ,चिनी,नुन,लत्ताकपडा,त्रिपाल,र नगद सताइस हजार पाँच सय रकम समेत वितरण गरिएका छन् ।  पीडित परिवारलाई हौसला प्रदान,घाउँमा मलहम थप्ने काम नेकपा हरिनगर गाउँपालिका कमिटीले गरिएको छ । र नेकपा एमाले हरिनगर गाउँपालिकाले हरिनगर भित्ररहेकाे हरेक जनताकाे दुख सुखमा हरपल साथ रहने रमेत गाउँपालिका अगुवा नेता लस्

    • प्रकाशित मितिः चैत २१, २०८१
    • ६३५ पटक पढिएको
  • तिनजुरेमा कोशी प्रदेश पर्यटन वर्ष २०८२ को उद्घाटन, १६ लाख पर्यटक भित्र्याउने लक्ष्य

    इटहरी । कोशी प्रदेशले मनाउन लागेको पर्यटन वर्ष २०८२ को तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । सुनसरीको इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरेको पर्यटन, वन तथा वातावरण मन्त्रालयले कोशी प्रदेश पर्यटन वर्ष २०८२ को तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । पत्रकार सम्मेलनको आयोजना गरी दिइएको जानकारी अनुसार कार्यक्रमको उद्घाटन चैत २७ गते हुने छ । कोशी प्रदेश पर्यटन वर्ष २०८२ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले जानकारी दिनु भयो । मन्त्री मण्डलका अनुसार रोजगारीको वृद्धि र राष्ट्रिय पूँजी निर्माणका लागि पर्यटन क्षेत्रको

    • प्रकाशित मितिः चैत २१, २०८१
    • ५८९ पटक पढिएको
  • अवरोधका बीच काठमाण्डौ महानगरका प्रमुख प्रशासकीय अधिकृत कार्यालय प्रवेश

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले कार्यालय पुगेर हाजिर गर्नुभएको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोल र महानगरका कर्मचारीहरूको सहयोगमा उहाँले हाजिर गर्नुभएको हो । साढे तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा महानगरका कर्मचारीहरूले तलब पाएका थिएनन् । यसअघि प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश गर्न खोज्दा नगर प्रहरी र कर्मचारीबीच तनाव उत्पन्न भएको थियो । कर्मचारी र जनप्रतिनिधिले घेराउमा राखेर गुरागाईंलाई कार्यकक्षतिर लगेका थिए । महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको कोठामा तालासमेत लागाइएको थियो

    • प्रकाशित मितिः चैत २१, २०८१
    • ३७० पटक पढिएको
  • नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशनको तयारी तिब्र

    इटहरी । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशनको तयारी तिब्र पारिएको छ । बुधबार बसेको महानगर कमिटी सचिवालय बैठकले विभिन्न ९ वटा समिति बनाएर अधिवेशनलाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । वैशाख २ र ३ गते हुने अधिवेशनका लागि चैत्र २८ गते एकैदिन एकै समयमा भूगोलका प्रतिनिधि चयन गर्ने निर्णय गरेको बैठकले जन संगठनहरुको प्रतिनिधि चयन चैत्र २९ गते गर्ने महानगरका सचिव बलराम गिरीले बताउनुभयो । उहाँका अनुसार महानगरका अध्यक्ष रोहित कोइरालाको संयोजकत्वमा महानगर कमिटी तथा वडा कमिटीका अध्यक्ष र सचिव रहनेगरी २ सय ५१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । यस्तै सचिव बलराम गिरीको संयोजकत्वमा प्

    • प्रकाशित मितिः चैत २१, २०८१
    • २३६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]