इटहरी । इटहरी उपमहानगरपालिकाका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । गत शुक्रवार उपमेयर सङ्गीता चौधरी सहित वडा अध्यक्षहरूले प्रशासन शाखा प्रमुख सञ्जीव खड्कामाथि आक्रामक ढङ्गबाट प्रस्तुत भएपछि आन्दोलन सुरु भएको हो । प्रशासन शाखा प्रमुख खड्काले वडा कार्यालयहरूमा ुसर्भर डाउनु गर्दिएको भन्दै उपप्रमुख चौधरी सहितका वडाध्यक्षहरू प्रशासन शाखा प्रमुख खड्का माथि आक्रामक बनेका थिए । सोही आक्रमणको निन्दा गर्दै कर्मचारीहरू आइतबार कार्यालय प्रवेश गरेका छैनन् । उपमेयरले लिखित आत्मालोचना गर्नुपर्ने र कर्मचारीलाई सुरक्षाको अनुभूति दिलाउनुपर्ने भन्दै विरोध सुरु भएको हो । कर्मचारीले मेयर हमकर्ण पौडेल सहित जिल्
इटहरी / व्यक्तिगत स्वभावमा नम्र देखिने इटहरी उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीता चौधरीको शुक्रबार आक्रोशित भिडियो सार्वजनिक भयो । उपमहानगरको प्रशासन शाखा प्रमुख संजिव खड्कामाथि उपप्रमुख चौधरीले आक्रामक ढङ्गले प्रस्तुत भएकी थिइन् ।शान्त स्वभावमा देखिने उपप्रमुख चौधरी आक्रामक रूपमा उत्रिएको कारण भने उपमहानगरभित्रका वडा कार्यालयहरूको नियमित काम-कारबाहीको सर्भर बन्द गरेको विषय थियो । एमालेले जितेका वडाका वडा कार्यालयहरूमा 'सर्भर डाउन' गरिदिएको भन्दै उपप्रमुख चौधरीसहितका वडाध्यक्षहरू प्रशासन शाखा प्रमुख खड्कामाथि आक्रामक बनेका हुन् ।एमालेबाट वडाध्यक्ष निर्वाचित भएका वडा कार्यालयहरूको सर्भर बन्द
काठमाडौं । रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीले अबदेखि निःशुल्क औषधि पाउने भएका छन् । निकै महँगो औषधि आवश्यक पर्ने रोगको उपचारका लागि बिरामीहरूले सरकारसँग आग्रह गर्दै आएका थिए । जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधि अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध गराउनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस औषधिका लागि राज्यकोषमा भार नपर्ने गरी विश्व हिमोफिलिया महासंघमार्फत प्राप्त गर्ने मन्त्रालयअन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा। कृष्ण पौडेलले
इटहरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद् र शान्ति स्थापनाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १ बाहिनी मुख्यालय पकलीको २४औँ स्थापना दिवसका अवसरमा आज इटहरीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद्का समयमा उद्धारमा देखिआएको सक्रियता, समाजमा शान्ति स्थापनामा पुर्याएको योगदानको चर्चा गर्नुभयो । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बोडरपोस्ट र कतिपय ठाउँमा भवनहरू नहुँदा सीमा सुरक्षामा निर्वाह गरेको भूमिका उल्लेख्य रहेको उहाँले बताउनुभयो । उहाँले सीमि
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीको समस्या चालु वर्षभित्रै समाधान हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मङ्गलबार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले मन्त्री यादवले धरानको खानेपानीको समस्या समाधान गर्न खानेपानी मन्त्रालय पहिलादेखि नै लागिरहेको बताउनुभयो । उहाँले धरानको खानेपानीको समस्या यही वर्षभित्र समाधान हुने र टेण्डर चाँडै निकाल्ने जानकारी दिनुभयो । जग्गा अधिग्रहणको काम बाँकी रहेकाले उपमहानगरपालिकाले जग्गा व्यवस्थापन गरेसँगै छिट्टै टेण्डर आह्वान हुने बताउनुभयो । धराने जनताको माग पूरा गर्न खानेपानी मन्त्रालय प्
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सप्तकोशी नदीको कटान रोक्न तत्काल अस्थायी र दीर्घकालीन योजना तयार गरिने बताएका छन् । उदयपुरको बेलका नगरपालिका क्षेत्रस्थित सप्तकोशी नदीको कटान क्षेत्रको मंगलबार अनुगमन गर्दै उनले कटान रोक्न आवश्यक पहल गरिने बताए। तत्कालका लागि विपद् व्यवस्थापन विभागबाट अस्थायी योजना सञ्चालन गरेर भए पनि कटान रोक्न पहल गरिने उनको भनाइ थियो। तर, स्थायी रूपमा कटान रोक्न मित्र राष्ट्र भारतसँग सहमति गरेर अघि बढ्ने मन्त्री लेखकले उल्लेख गरे। गृहमन्त्री लेखकले आज बेलका नगरपालिका– ८ को, सिसौली, सप्तकोशी पुल क्षेत्रको लाहुरेखोँच र वडा नं ७ का कोठु क्षेत्रको नदी कटान क्षेत्रको अवलोकन गरेक
काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ९टिचिङ हस्पिटल० ले सोमबारदेखि स्वास्थ्य बीमा कार्यक्रम पूर्णरूपमा पुनः सञ्चालनमा ल्याएको छ । गत १२ भदौदेखि आंशिक रूपमा स्थगित गरिएको यो सेवा पाँच महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएको हो । अस्पतालका निमित्त निर्देशक डा। घनश्याम गुरुङका अनुसार स्वास्थ्य बीमा बोर्डले ल्याएको नयाँ प्याकेजप्रतिको असहमति र बोर्डबाट प्राप्त हुनुपर्ने सोधभर्ना रकम नपाएका कारण सेवा आंशिक रूपमा स्थगित गर्नु परेको थियो । अस्पताल प्रशासनका अनुसार गत पाँच महिनादेखि स्वास्थ्य बीमाबाट हुने गरेको भर्ना, शल्यक्रिया लगायत सेवा पूर्णरूपमा ठप्प थियो । स्थग
इटहरी। कोसी प्रदेशका पूर्वमुख्यमन्त्री उद्वव थापालाई सरकारले हलुका सवारीसाधन दिन गरेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले आदेश दिएको छ । थापा सत्तासीन दल कांग्रेस संसदीय दलका नेता पनि हुन् । थापालाई हलुका सवारीसाधन, चालक र इन्धन सुविधा उपलब्ध गराउने प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । त्यो निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले सोमबार अन्तरिम आदेश दिएको छ । अदालतका न्यायाधीशद्वय राजेन्द्र अधिकारी र केशवप्रसाद बास्तोलाको इजलासले रिटको सुनुवाइ गर्दै सुविधा नदिन आदेश दिएको हो । सरकारको निर्णयविरुद्धअधिवक्ताद्वय कर्णबहादुर राई र प्रेमकुमार घिमिरेले गत पुस २१ गते रिट दायर गरेका थि
कठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम संघीय संसद्को अधिवेशन आह्वान गरेका छन् ।मन्त्रिपरिषद्को सिफारिसमा यही माघ १८ गते शुक्रबार संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरिएको हो । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को यही माघ ७ गतेको सिफारिसका आधारमा माघ १८ गते शुक्रबार दिउँसो १स्०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
कठमाडौं । खानेपानीको समस्याका कारण सिंहदबार पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङको गाग्री प्रहरीले नियन्त्रणम लिएको छ । एक दिन अगाडि देखि नै रितो गाग्री सहित काठमाडौंको सडकमा विरोद्ध प्रदर्शन गर्दै आएका हर्क सम्पाङ आज सिंहदरवारस्थित खानेपानी मन्त्रालय पुगेका हुन् । उनी रितो ग्रागीसहित खानेपानी मन्त्रालय प्रवेश गर्न खोज्दा उनलाई प्रहरीले मन्त्रालय प्रवेशमा रोक लगाएको हो । त्यस्तै सम्पाङले बोकेको रितो गाग्री प्रहरीले निय्रन्त्रणमा लिएको छ । धरनालाई खानेपानी माग्दै मेयर सम्पाङ रितो गाग्री बोकेर माघ ७ गते सोमवार नै काठमाडौ आइपुगेका हुन् । संघीय सरकारले खानेपानी समस्या समाधान नगरेकोले उनी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.