सुनसरी / इटहरी उपमहानगरपालिकाले खोला-पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन निर्देशन जारी गरेको छ । इटहरी स्थित टेंग्रा खोला,खेती खोला र सुकुमारी पैनीको क्षेत्राधिकार भित्रको जग्गा खाली गर्न मेयर ३५ दिने सुचना सार्वजनिक भएको छ । टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६–६ मिटर छोडेर मात्र भवन बनाउन उपमहानगरपालिकाले जारी गरेको सुचनामा भनिएको छ । मेयर पौडेलले इटहरीलाई बाढीमुक्त बनाउनको लागि धेरै कामहरु अघि बढेको भन्दै खोला, पैनी मिचेर बनाएका संरचना भत्काउने अभियान पनि सँगै सञ्चालन गरिने बताएका छन् । उनले योसँगै सार्वजनिक ऐलानी जग्गाको संरक्षणसमेत व्यवस
इटहरी / दाताहरुको सहयोगबाट सञ्चालन हुदै आएको इटहरीमा रहेको निःसहाय बालबालिका सेवा आश्रमलाई १ लाख ११ हजार नगद सहयोग गरिएको छ ।अमेरिकामा बसोबास गर्दै आएका आचार्यले आश्रममा एक लाख एघार हजार एक सय एघार रुपैया नगद सहित बालबालिकाहरुलाई लत्ताकपडा लगायत सहयोग गरेका छन् ।आश्रमका बालबालिकाहरुलाई सहयोग गर्न अमेरिकामा बसोबास गर्ने नेपालीहरुले स्थापना गरेको लायन्स क्लब अफ क्वीन्समा रहेका तथा आफु काम गर्ने होटलका साथीहरु समेतबाट संकलित रकम र आफुले थप गरेर सहयोग उपलब्ध गराएको आचार्यले बताए ।वि.स.२०४४ सालमा स्थापित निःसहाय बालबालिका सेवा आश्रममा दाताहरुको सहयोगले ठुलो महत्व राख्ने बताउदै आश्रमकी सञ्चालिका गित
सुनसरी / मोरङको रतुवामाई नगरपालिकामा आज अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा प्रवाह स्थगित हुने भएको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजय बहादुर राजलवटले एक सूचना जारी गर्दै नगरपालिकाको १२ औँ नगरसभाको दोस्रो बैठक हुने भएकाले सेवा प्रवाह स्थगित हुने भएको हो ।नगरसभाको बैठक आइतबार रतुवामाई ८ स्थित दाम्राभिट्टा सामुदायिक भवनको हलमा बस्दैछ
इटहरी । मोटर स्पोर्ट्समा काम गर्ने संख्या नासा नेपालको कोशी प्रदेश संघ गठन भएको छ ।मोटर स्पोर्ट्स र अटोमोबाइल मोबिलिटी, टुरिजम , रोड सेफ्टी र खेलकुद क्षेत्रमा संलग्न युवाहरुको भेलाले सनिबार इटहरीमा १६ सदस्यीय प्रदेश संघ गठन गरेको हो । नासा नेपालका सचिब निरज खड्का क्षेत्रिको अध्यक्षता तथा कोशी प्रदेश खेलकुद बिकाश वोर्ड सदस्य सचिव हंसराज वाग्ले को प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले व्यवसायी प्रकाश कपुरीको अध्यक्षतामा प्रदेश संघ गठन गरेको हो । संघको उपाध्यक्षमा रमण भट्टराई, सुमन भट्टराई र डा. राम बाबु गिरि रहेका छन् भने सचिवमा सन्तोष कुमार थापा र
विराटनगर : नेकपा एमालेले कोशी प्रदेशमा संविधान विपरीत सरकार गठन भएको भन्दै त्यसलाई विघटन गर्न माग गरेको छ ।शनिबार केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले संविधान विपरीत सभामुखको हस्ताक्षर लिएर सरकार बनेको भन्दै त्यसलाई भंग गरेर नयाँ प्रक्रिया सुरु गर्न माग गरेको उपमहासचिव प्रदीप ज्ञावलीले जानकारी दिए ।बैठकले असंवैधानिक ढंगले गठन गरिएको कोशी प्रदेश सरकार भंग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल सुरू गर्न माग गरेको उनले बताए ।बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ज्ञावलीले संविधानले कहीँ पनि सभामुखको पक्षधरताको परिकल्पना नगरेको बताउँदै सरकार गठनमा सभामुखको संलग्नता असंवैधानिक
सुनसरी / सप्तकोसी नदीमा शुक्रबार खसेको मालवाहक ट्रक निकालिएको छ ।बससँग ठोक्किएर कोसीमा खसेको मे १ ख ३००७ नम्बरको ट्रक आज निकालिएको हो । क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।सुनसरी र सप्तरीको सीमा छुट्याउने कोसी ब्यारेज पुलको १० नम्बर ढोका अगाडि बससँग ठक्कर हुँदा ट्रक सप्तकोसी नदीमा खसेको थियो ।ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा ब्यारेजको १० नम्बर ढोकाको बार भत्किएको छ । ट्रकका चालक २४ वर्षीय दिनेश खत्री सामान्य घाइते भएका थिए भने अन्य दुई जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । बसमा सवार यात्रु भने सकुशल छन् । घटनाबारे अझै अनुसन्धान भइरहेको सुनसरी
सुनसरी / मोरङको बेलबारी नगरपालिकाको १३ औँ नगर अधिवेशन सम्पन्न भएको छ । बेलबारी नगरपालिकाको बेतना सभाहलमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनको अवसरमा बिभिन्न व्यक्तिहरुलाई सम्मान र बिदाई समेत गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा नेपालि फिमेल युुसपेएरिङतर्फ ५१ देखि ५५ के.जी.तर्फ बेलबारी नगरपालिकाको प्रतिनिधित्व गर्दै प्रथम हुने कुशुम राजवँशीलाई लगद रु ५०,००० सहित सम्मान गरेको थियो । त्यस्तैगरी चालु आ.व २०७९/८० मा सबै भन्दा बढि कर तिर्ने रमिते सामुदायिक वन उपभोक्ता समितीलाई सम्मान गरेको थियो । कपील प्र. पौडेल, अमर ब. मगर, राम कु. राजवँशी,
सुनसरी / धनकुटा नगरपालिका वडा ९ त्रिवेणी-मुलघाट भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको भएको छत्रिवेणी-मुलघाट भित्री सडक खण्डमा को ६ प २१४९ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा पछाडि सवार शहिदभुमी वडा नम्बर - १ का ६५ बर्षीय नर बहादुर राई घाइते भएका थिए ।राईलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा तर्फ लाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
सुनसरी / इटहरी ६ मा रहेको कस्तुरी कलेजमा विद्यार्थीको आकर्षण र अभिभावको पनि रोजाइ परेको छ ।विद्यालयले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको छ । यस विद्यालयमा करिब एक हजार चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।स्थापनकालमा २६ जना विद्यार्थीबाट सुरु भएको र हाल विद्यार्थीको चाप बढेको छ । स्थापनाकालदेखि उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको कलेजले यसअघि दुईपटक नेपाल प्रथम भइ स्वर्ण पदक समेत प्राप्त गरिसकेको कलेजका प्रधानाध्यापक भूपेन्द्र न्यौपानेले बताए ।आगमी दिनका समाज र विद्यार्थीहरूको माग अनुसार विषयहरू थप गर्दे जाने लक्ष्य रहेको उनले बताए । कलेजले २५ बर्ष पार गरेको शुखद अवसरमा १ स
काठमाडौं / आदिकवि भानुभक्त आचार्यको २ सय १० औँ जन्मजयन्ती हो । आज शुक्रवार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । काठमाण्डौ, तनहुँसहित दार्जिलिङ, सिक्किमलगायत नेपालीभाषी रहेका धेरै क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन् ।विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिनुभएका आचार्यले ‘अध्यात्मरामायण’ को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको बीजारोपण गरेका थिए । उनले ‘प्रश्नोत्तर’ ‘भक्तमाला’ ‘वधूशिक्षा’, ‘रामगीता’ लगायत दर्जनौँ साहित्यिक कृति प्रकाशित छन् ।नेपाली साहित्यका प्राथमिककालका प्रति
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.