सुनसरी / निरन्तर परेको बारीको बर्षाका कारण सुनसरीको इटहरी , मोरङको विराटनगर ,सुन्दरहरैंचा , झापा , सप्तरी लगाएत विभिन्न जिल्ला डुबानमा परेको छ ।पछिल्लो तीन घण्टामा मोरङमा १ सय १५ मिलिलिटर, सप्तरीमा १ सय ८ दशमलव ४ र सुनसरीमा ९७ दशमलव ८ मिलिलिटर वर्षा भएको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।लगातार परेको वारि वर्षाका कारण कोशी प्रदेशका सुनसरीको इटहरी , धरान इनरूवा , बराहक्षेत्र , रामधुनी , दुहबी, मोरङको विराटनगर ,सुन्दरहरैंचा , बेलबारी , बुढीगंगा , कानेपोखरी , रंगेली , पथरी र झापाको , दमक , मेचिनगर , भद्रपुर र सप्तरी जिल्ला लगाएत ठाउँमा डुबानमा परेको छ ।यहाँ रह
विराटनगर / विराटनगरको हाटखोलास्थित जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका मोरङको पथरीशनिश्चरे नगरपालिका- ३ घर भएका ६८ वर्षीय दलबहादुर दमाईको मृत्यु भएको छ।उनी कर्तव्य ज्यान मुद्दामा जेल जीवन बिताइरहेका थिए । बिहीबार अचानक बिरामी परेर बेहोस भएपछि उनलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियोे । उच्च रक्तचापका कारण उनको मृत्यु भएको चिकित्सकको अनुमान रहको छ ।दमाईलाई खुट्टा सुन्निने, छात्ती दुख्नेलगायत स्वास्थ्य सम्बन्धी पुरानै समस्या थियो। यसअघि पनि पटक–पटक उपचारका लागि लैजाने गरिएको कारागारका जेलर कृष्ण खड्काले जानकारी दिए । कर्तव्य ज्यान मुद्दामा अदालतको आदेश अनुसार दमाई गत वैशाख ७ गत
काठमाडौं / अनलाइन जुवा अर्थात् ‘बेटिङ’ प्लेटफर्मको प्रचारमा संलग्न रहेको आरोपमा पक्राउ परेका कलाकार रिहा भएका छन् ।काठमाण्डौ जिल्ला अदालतको आदेशपछि कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), (भटभटे) भनेर चिनिने बेगम नेपाली, (म्याकुरी ) भनेर चिनिने पवन खतिवडालगायत कलाकार रिहा भएका हुन् ।५ हजार रुपैयाँ धरौटीमा बुझाएर उनीहरु रिहा भएका हुन् । उनीहरु गएको जेठ ३१ गते पक्राउ परेका थिए । सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ अदालतले १० लाख रुपैयाँ धरौटी मागेको छ । यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन् ।सरकारी वकिल कार्यालयले भने दिनेश खड्का र अनिता ध
सुनसरी / इटहरी उपमहानगरपालिकाले विपतका लागि हटलाइन नम्बर जारी गरेको छ । लगातार परेको वर्षाका कारण इटहरी उपमहानगरपालिकाले सम्भावित क्षति न्यूनीकरणका लागि हटलाइन जारी गरेको हो । नगरस्तरीय हटलाइनका रूपमा मेयर हेमकर्ण पौडेलको मोबाइल नम्बर ९८५२०४८६८८ र उपमेयर सङ्गीता चौधरीको मोबाइल नम्बर ९८५२०७४९९१ जारी नम्बर र वडा स्थतरीय नम्बर सार्वजनिक गरेको छ ।प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताको मोबाइल नम्बर ९८४२०५७५२६, स्वास्थ्य महाशाखाका दिनेश चौधरीको मोबाइल नम्बर ९८५२०२५९७६ र विपत् फोकल पर्सन पुष्पनारायण चौधरीको मोबाइल नम्बर ९८५२०४६५६२ नम्बर उपमहानगरपालिकाले जारी गरेको छ ।बाढी, ड
विराटनगर / मोरङको जहदा गाउँपालिका- ३ मा नहरले बगाउँदा बेपत्ता भएका एक युवक मृत फेला परेका छन्। नहरले बगाएर बेपत्ता भएका भारतको बिहार सिनुवारी घर भइ जहदामा बस्दै आएका २० वर्षीय गणित राजवंशीको आज शव फेला परेको हो।जिल्ला प्रहरी कार्यलय मोरङका अनुसार जहदा- ३ स्थित मामा घरमा बस्दै आएका उनलाई पौडी खेल्ने क्रममा बुधबार साँझ नहरले बगाएर बेपत्ता भएबा थिए । खोजतलास गर्ने क्रममा बेपत्ता बनाएकै स्थान नजिक आज दिउँसो ४ बजेतिर गणितलाई मृत फेला पारिएको हो ।गणितसँगै पौडी खेल्न नहरमा छिरेका जहदा- ३ का १८ वर्षीय दिपेश राजवंशीलाई भने प्रहरीले सकुशल उद्धार गरेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहर
काठमाडौं / आगामी तीन दिन देशको पूर्वी भेगमा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले मनसुनी न्यूनचापीय प्रणाली दक्षिण–पूर्व तथा उत्तरको नेपालतर्फ केन्द्रित भएकोले थप वर्षाको सम्भावना बढेको हो ।देशको पूर्वी भूभागसँगै बागमती, गण्डकीको पोखरा क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएका छन् । अन्य क्षेत्रमा घाम लाग्दै फाट्टफुट्ट वर्षा हुने सम्भावना छ ।नेपालको वायुमण्डलमा जलवाष्पयुक्त वायुभन्दा सुक्खा वायुसहितको बादल मात्र घुमिरहेकाले सरदरभन्दा वर्षा कम हुनेतिर लक्षित रहेको मानन्धरले बताए ।
सुनसरी / लगातार परेको बर्षात तथा चट्याङको जोखिमका कारण इटहरीका सामुदायिक तथा निजि विद्यालय आज सार्वजनिक विदा दिएको छ ।केही बेरअघि इटहरी उपमहानगरपालिकाको शिक्षा महाशाखाको सबैको बैंठकले यस्तो निर्णय गरेको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताए ।बर्षाका कारण धेरै वडाहरु जलमग्न भएको र विद्यालय अध्ययन गर्ने विद्यार्थीहरुमा त्रास बढेकाले उनिहरुको मनोवैज्ञानिक रुपमा असर नपरोस् र कुनै अप्रिय घटनामा हुन नदिनका लागि यस्तो निर्णय गरेको मेयर पौडेलले बताए । उनले केही समयपछि निर्णयको सूचना केही बेरपछि शिक्षा महाशाखाले जारी गर्ने जानकारी दिए ।
काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको अन्त्येष्टि गरिएको छ ।पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ दाहालको अन्त्येष्टि गरिएको हो । दाहालको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए ।पत्नीलाई प्रचण्डले दागबत्ती दिएका थिए। अन्त्येष्टिमा नेता, कार्यकर्तासहित हजारौं सर्वसाधारणको उपस्थिति रहेको थियो । राजकीय सम्मानस्वरुप नेपाली सेनाको टुकडीले अन्तिम सलामी दिएको थियो।दाहाल पार्किन्सनजस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित थिइन्। दाहालको बुधबार आज बिहान बजेर ३३ मिनेटमा उपचारको क्रममा नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा निध
काठमाडौं / जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई कार्यालय परिसरभित्र अभियुक्तलाई झैं हतकडी लगाएर यातना दिएका छन् ।रायलाई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक हेमन्त राईको नेतृत्वमा सोमबार साँझ यातना दिएको भिडियो सार्वजनिक भएको छ । रायलाई सिरहा बजारबाट साँझ नियन्त्रण लिएर कार्यालयभित्रै हतकडी लगाउनुका साथै बाँधेर राखिएको थियो ।महोत्तरीको जलेश्वर नगरपालिका–८ फुलहट्टाका रायलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिइएको हो । हतकडी लगाएर लडाइएको दृश्य देखिएको भिडियोमा प्रहरी जवान रायले पटकपटक ‘यस्तो यातना नदिनु न सर’ भनेको सुनिन्छ । मदिरा सेवन गरेको भने पनि रायले प्
सुनसरी / इटहरीको संगित चोकमा सपना फैन्सी स्टोर सञ्चालनमा आएको छ । जे एण्ड वि एप्रेल्स प्रालि गार्मेन्ट सञ्चालन गर्दै आएका इटहरीका पुराना व्यवसायी राजु रायले आफनै गार्मेन्ट तथा भियतनाम , चाइना लगायतका देशहरुका ब्राण्डेड कपडाहरु विक्री गर्ने गरी इटहरीको संगित चोकमा सपना फैन्सी होलसेलमा कपडा स्टोर सञ्चालनमा ल्याएका छन् । कार्यक्रममा कपडा पसलको प्रिमीयर फेसन लिमिटेडका सञ्चालक जमालउदिन राजभीले रिवन कारेट कपडा पसल उद्घाटन गरेका हुन । सपना फैन्सी स्टोरले कपडाको होलसेल कारोवार गर्ने सञ्चालक राजु रायले जानकारी गराए । यहाँ मानिसका आवश्यक अनुसारका लुगा कपडाहरू किन्न पाइने सुविधा रहेको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.