समाज

    Showing ११,०९१-११,१०० of ११,३०१ items.
  • मोरङको सुन्दरहरैँचामा बालिका बलात्कृत

    सुन्दरहरैँचा ।  मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीमा एक जना बालिका बलात्कृत भएकी छन् । स्थानीय ५३ वर्षीय रामदेव चौधरीले १२ वर्षीया बालिकालाई बुधबार साँझ बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार ललाईफकाई घरनजिकको बाँसघारीमा लगेर चौधरीले बालिकालाई बलात्कार गरेका हुन् । घटना बाहिरिएपछि प्रहरीले बालिका बलात्कारमा संलग्न चौधरीलाई पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर घटनाका बारेमा थप अनुसन्धान अघि बढाइएको डिएसपी श्रेष्ठले बताए । बलात्कार पीडित बालिकालाई उपचार र स्वास्थ्य परीक्

    • प्रकाशित मितिः माघ २०, २०७८
    • २०२ पटक पढिएको
  • सुन्दरहरैँचामा भूमि समस्या समाधान आयोग सेवा केन्द्र उद्घाटन

    सुन्दरहरैँचा / राष्ट्रिय भूमि आयोगले सुन्दरहरैँचामा भूमि सम्बन्धी समस्या समाधान आयोगको सेवा केन्द्र उद्घाटन गरेको छ । मंगलबार सुन्दरहरैँचा नगरपालिकाको वडा नं ८ स्थित वडा कार्यालयको भवनमा एक कार्यक्रमका बीच सो सेवा केन्द्रको स्थापना गरिएको हो ।कार्यक्रममा राष्ट्रिय भूमि आयोगका केन्द्रिय अध्यक्ष केशवप्रसाद निरौला र नगरप्रमुख शिवप्रसाद ढकालले सेवा केन्द्रको औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो । सुन्दरहरैँचा नगरपालिकाभित्र बसोबास गर्दै आएका भुमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाण पत्र (लाल पुर्जा) वितरण गर्ने उद्देश्यका साथ कार्यालयको स्थापना गरिएको कार्यक्रम

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १४५ पटक पढिएको
  • साप्ताहिक राशिफल माघ १६–२२ गते २०७८

    मेष - ARIESचु, चे, चो, ला, लि, लु, ले, लो, अप्रारम्भमा स्वास्थ्य कमजोर रहनेछ र काममा पनि बाधा हुन सक्छ। सोमवारदेखि स्थिति अनुकूल हुनाले विभिन्न अवसर पाइनेछ। मिहिनेतले प्रतिष्ठित काम गर्ने अवसर दिलाउन सक्छ। राजनीति तथा नोकरीमा विशेष जिम्मेवारी प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नाम, दाम र इनाम हातलागी हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। बुधवारदेखि आयस्रोत सबल बन्नुका साथै प्रशस्त आम्दानी हुनेछ। उठ्नुपर्ने रकम पनि लाभांशसहित हातलागी हुनेछ। सप्ताहान्तमा भने फजुल खर्च बढ्न सक्छ।वृष - TAURUSइ, उ, ए, ओ, बा, बि, बु, बे, बोप्रारम्भमा केही चुनौतीसँग लड्नुपर्ला। अस्वस्थताबीच कामको ब

    • प्रकाशित मितिः माघ १९, २०७८
    • ६२ पटक पढिएको
  • टेम्पु दुर्घटना हुँदा धनकुटा छथरजोरपाटीका मगरको मृत्यु

    धनकुटा / धनकुटा नगरपालिका–७ जिरोप्वइन्टस्थित कोशी लोकमार्गमा मंगलबार साँझ टेम्पु दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनकुटा बजारबाट जिरोप्वइन्टतर्फ जाँदै गरेको मे.१ ह ४४७४ नम्बरको अटोटेम्पु साँझ करिब ८ः३० बजे जिरोप्वइन्टको खोल्सी नजिक नालीमा पल्टिएको हो ।  दुर्घटनामा टेम्पु चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ हात्तिखर्कका ६० बर्षीय लाल बहादुर दर्लामी मगरको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए ।,‘बजारबाट कोठातिर जाँदै गर्दा जिरोपइन्ट मास्तिर टेम्पु पल्टिएर उहाँको मृत्यु भयो ।’ टेम्पु पल्टिदा गम्भीर घाइते भएका   मगरलाई उपचारका लागि जिल्ला

    • प्रकाशित मितिः माघ १९, २०७८
    • ७७ पटक पढिएको
  • इटहरी पीपल चौकमा दुर्घटना हुँदा बजगाईँको मृत्यु

    इटहरी / सुनसरीको इटहरी स्थित पीपल चौकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तरहराबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ६१०८ नम्बरको तेलको ट्याङ्करमा सोही दिशाबाट आउँदै गरेको को १ ह ६४४१ नम्बरको ट्याम्पो पछाडिबाट ठक्कर हुँदा एकको मृत्यु भएको हो । मृत्यु हुनेमा धरान १५ बस्ने ५६ वर्षीय योगेन्द्र बजगाईँ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएपनि डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार चार जना घाइते भएका छन् ।घाइतेहरूमा ट्याम्पोमा सवार धरान १३ बस्ने ३४ निलु बर्मा, उ

    • प्रकाशित मितिः माघ १९, २०७८
    • ८३ पटक पढिएको
  • कोशी टप्पु वन्यजन्तु आरक्षको सुनसरी र सप्तरी दुवै तर्फको भूभागमा सिमसार दिवस मनाइयो

    इनरुवा / कोशी टप्पु वन्यजन्तु आरक्षको सुनसरी र सप्तरी दुवै तर्फको भूभागमा आज सिमसार दिवस मनाइएको छ । दिवसका अवसरमा वातावरणीय संरक्षण र सिमसारको महत्व केन्द्रीत कार्यक्रमहरु आयोजना गरिएका छन । कार्यक्रममा अव्यवस्थित दोहनसँगै मिचाहा प्रजातीको प्रकोप जस्ता कारणले सिमसार संकटमा परेकाले संरक्षणमा सबैको अपरिहार्यता माथि जोड दिइएको छ ।कार्यक्रमका क्रममा सहभागिहरुले सिमसार आसपासका खेतबारीमा बढ्दो विषादीको प्रयोग, अव्यवस्थित माछा मारिनु र मानवीय कृयाकलापहरु प्रकृति र सम्पदा संरक्षण विपरित देखिएको बताए । उनीहरुले बढ्दो संकटको वेलैमा समाधान खोजिनु पर्ने औल्याए ।कार्यक्रममा कोशी टप्पु लर्निङ ग्राउण्डका अध

    • प्रकाशित मितिः माघ १९, २०७८
    • ७४ पटक पढिएको
  • स्थानीय तह निर्वाचनको माग गर्दै अनेरास्ववियुद्धारा सडक बहस

    विराटनगर : एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु प्रदेश १ कमिटीले स्थानीय तह निर्वाचनको माग गर्दै आज विराटनगरमा सडक बहस गरेको छ ।विराटनगर ट्राफिक चौकमा आयोजित कार्यक्रमका वक्ताहरूले स्थानीय तहको निर्वाचन तत्काल घोषणा हुनुपर्ने बताएका छन् । निर्वाचन मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेको उनीहरूको भनाई छ । प्रदेश १ का पूर्व महान्यायाधिवक्ता चूडामणि आचार्यले सरकारले संविधानको बर्खिलाप गर्नेगरी निर्णय गर्न नसक्ने बताए । संविधानले एक दिन पनि जनप्रतिनिधि विहिन स्थानीय तहको परिकल्पना नगरेको उनको भनाई छ ।सरकारको भजन गाउने कानुन व्यवसायीलाई बोलाएर संविधानको छिद्र खोज्ने काम भइरहेको उनको भनाई छ । उन

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १२३ पटक पढिएको
  • षडानन्द नगरपालिका ६ का ८९ जनालाई वडाको सम्मान, कम्बल,खाद्यान्न वितरण

    आफू बसोबास गरेको वडा कार्यालयले आफैंलाई सम्मान गरेपछि भोजपुरको षडानन्द नगरपालिका वडा–६ का नागरिक खुसी भएका छन् । वडाले सम्मान गरेपछि स्थानीय ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले स्थानीय सरकार अनुभूत भएको प्रतिक्रिया दिएका छन् । वडाले यहाँका ८९ जनालाई सम्मान गर्दै जाडोबाट बचाउन कम्बलसमेत वितरण गरेको छ ।वडा कार्यालयले ७५ वर्षभन्दा माथिका ६५ ज्येष्ठ नागरिक र अशक्त, अपाङ्गता भएका २४ जनालाई सम्मान गरेको हो । वडाबाट सम्मान पाउँदा ९५ वर्षीया विष्णुमाया श्रेष्ठले खुसी व्यक्त गरिन् । आगामी दिनमा पनि यस्तै कार्यक्रमको आयोजना गर्नुपर्ने सम्मानित नागरिकको भनाइ छ ।लामो समय योगदान दिएर समाजलाई यो अ

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १२६ पटक पढिएको
  • गढी गाउपालिकाका युवाको डिजिटल आर्दश गढी निर्माण अभियान सुरु

    परिर्बतन सुरु गर्नका लागी सबै भन्दा पहिला आफु अनी आफ्नो परिबार समाज परिर्बतन भए आफै राष्ट्र परिर्बतन हुन्छ भन्ने गरिन्छ । यसैलाइ आधार मानी सुनसरीको गडी गाउपालीका परिर्बतनका लागी युबाहरुले डिजिटल आर्दश गढी निर्माण अभियान सुरु गरेका छन् । मानिश शिक्षीत भए  मात्र समाज तथा देश परिर्बतन हुर्ने भन्दै  गाउपालिकाका सबै स्थानमा नि शुल्क पढनपाढन सुरु गर्न थालिएको छ । गरिब तथा बिपन्न भएकै कारण शिक्षा बाट केही पनी बन्चीत नहुन भन्ने उदेश्यले सुरु गरेको छ । नेपालको शैक्षिक लगानीको इतिहास हेर्दा राष्ट्रिय बजेटको १३% देखि १९% सम्म खर्च छुट्याउँदै आएको छ । तर पनि यसले शिक्षाको गुणस्तर, उत्पादकत्

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १४६ पटक पढिएको
  • रोटर्याक्ट क्लब अफ सुनसरी द्वारा दुर्घटना रोक्न लाइट रिफ्लेक्टर

    इटहरी / इटहरीमा रहेका छाडा कुकुरलाई दुर्घटना बाट रोक्न नियोन लाइट रिफ्लेक्टरसहितको ब्यान्ड लगाइएकाे छ । इटहरीकाे मुख्य चाेक आसपासमा रहेका छाडा कुकुरहरू रातिकाे समयमा दुर्घटना हुने क्रम बढेपछि रोटर्याक्ट क्लब अफ सुनसरीले उक्त कार्य गरेकाे हाे । १५ माघ गते शनिबार इटहरीकाे मुख्य चाेक, संगित चाैक, वीपी चाेक लगायतका क्षेत्रका ३२ वटा कुकुरहरूलाई रिफ्लेक्टर लगाइएकाे संस्थाकी अध्यक्ष माला धितालले जानकारी दिइन् । संस्थामा आवद्ध १६ जनाकाे समुहले कुकुर बिस्कुट लगायतका खाने कुरा समेत वितरण गरेकाे उनले बताइन् ।

    • प्रकाशित मितिः माघ १८, २०७८
    • ३१८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]