समाज

    Showing १,३०१-१,३१० of १०,२९९ items.
  • ग्राजुएसन सेरेमोनीले हिमालय इङ्ग्लिस स्कुलमा थप्यो नयाँ उत्साह

    इटहरी । मोरङको सुन्दरहरैंचा–१०, विराटचोकस्थित हिमालय इङ्ग्लिस स्कुल मा २०८३ सालको ग्राजुएसन सेरेमोनी, नयाँ विद्यार्थी स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ ।विद्यालयका प्रिन्सिपल कमल खनाल का अनुसार कार्यक्रममा अध्ययनमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। उहाँले विद्यालयले पाठ्यपुस्तकको शिक्षासँगै विद्यार्थीहरूको व्यक्तित्व विकास, अनुशासन, सिर्जनशीलता तथा नेतृत्व क्षमताको विकासमा समेत विशेष ध्यान दिँदै आएको बताउनुभयो। साथै आगामी दिनमा अझ गुणस्तरीय

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • २५८ पटक पढिएको
  • लालीगुराँस नगरपालिकामा बाँदर धपाउन जेठ १ गते सार्वजनिक बिदा दिइने

    इटहरी ।  तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउन आउँदो जेठ १ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बाँदरको आतंक नियन्त्रण गर्न सामूहिक रूपमा बाँदर धपाउने अभियान सञ्चालन गर्न बिदा दिन लागिएको हो । नगर प्रमुख अर्जुन माबोहाङका अनुसार कृषकले दुःख गरेर उत्पादन गरेको अन्नबाली र तरकारी बाँदरले नष्ट गर्न थालेपछि समस्या समाधानका लागि बिदा दिई अभियान सञ्चालन गर्न लागिएको हो । बाँदरका कारण कृषकले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको, रातदिन खेतबारी कुरेर बस्नुपर्ने अवस्था सिर्जना भएको तथा विद्यालय उमेरका बालबालिकासमेत पढाइ छाडेर बाली जोगाउन बाध्य भएकाले बिदा दिई अभियान सञ्चालन गर्न

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • १६२ पटक पढिएको
  • धनकुटाका करवीर राईले गरे ६६ वर्षको उमेरमा एसइई उत्तीर्ण

    इटहरी ।  धनकुटा–६ मा बसोबास गर्दै आउनुभएका ६६ वर्षीय करवीर राईले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नुभएको छ । इच्छाशक्ति भए पढाइमा उमेर बाधक नबन्ने सन्देश दिँदै उहाँले निरन्तर मेहनत र लगनशीलताका कारण सफलता हासिल गर्नुभएको हो । राईको सफलतापछि सामाजिक सञ्जालमा उहाँप्रति बधाई तथा शुभकामनाको ओइरो लागेको छ । धेरैले उहाँको प्रयासलाई प्रेरणादायी उदाहरणका रूपमा लिएका छन् । शिक्षा प्राप्त गर्ने उमेरको कुनै सीमा नहुने सन्देश दिन सफल राई अहिले धेरैका लागि उदाहरण बन्नुभएको छ । पारिवारिक तथा सामाजिक जिम्मेवारीबिच पनि उहाँले अध्ययनलाई निरन्तरता दिनुभएको आफन्तले बताएका छन् । स्थानीयवासीले उहाँक

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • २४७ पटक पढिएको
  • गौवध मुद्दामा दोषी ठहर भई फरार भएका एक व्यक्ति सात वर्षपछि पक्राउ

    इटहरी ।  ताप्लेजुङमा गौवध मुद्दामा दोषी ठहर भई फरार भएका एक व्यक्ति सात वर्षपछि पक्राउ परेका छन् । अदालतबाट दोषी ठहर भई फरार भएका व्यक्तिलाई प्रहरीले मङ्गलबार  पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयल ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार फरार व्यक्तिलाई लुकिछिपी बसिरहेको अवस्थामा फुङ्लिङ नगरपालिका–५ बाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–३ का ३२ वर्षीय व्यक्त रहेका र प्रतिवादीको नाम भने प्रहरी गोप्य राखेको छ । गौवध मुद्दामा दोषी ठहर गर्दै ती व्यक्तिलाई ताप्लेजुङ जिल्ला अदालतले २०७६ जेठ १६ गते छ महिना कैद सजाय हुने फैसला सुनाएको थियो

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • १५६ पटक पढिएको
  • युडब्लुएस नेपालको सहयोगमा बालमैत्री विद्यालय भवन हस्तान्तरण

    इटहरी । भोजपुरको षडानन्द नगरपालिका–२ स्थित श्री जनोदय आधारभूत विद्यालयलाई युडब्लुएस नेपाल को साझेदारी र दातृ निकाय ट्रोपिक कम्पनीको सहयोगमा निर्मित ११ कोठे बालमैत्री विद्यालय भवन, ५ कोठे अपाङ्गमैत्री शौचालय तथा खानेपानी धारासहितका भौतिक संरचना हस्तान्तरण गरिएको छ ।दुर्गम क्षेत्रका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्ने, पठनपाठनमा सहजता ल्याउने र शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले युडब्लुएस नेपालले सामुदायिक विद्यालयमा भवन निर्माणलगायत शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ । सोहीअनुसार जनोदय आधारभूत विद्यालयलाई भवन निर्माण गरी हस्तान्तरण गरिएको हो । भवन उद्घाटन गर्दै दातृ निकाय ट्रोपिकका उ

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • २११ पटक पढिएको
  • फिक्कलमा सञ्चालित फिक्कल अस्पतालमा इको सेवा सञ्चालन

    इटहरी । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा सञ्चालित फिक्कल अस्पतालमा इको सेवा सञ्चालनमा ल्याइएको छ । थप स्वास्थ्य सेवा विस्तार गरी नागरिकलाई सेवा प्रदान गर्नका लागि अस्पतालमा इको सेवा सञ्चालन गरिएको हो । वार्षिक ६० हजारभन्दा बढी नागरिकले सेवा लिँदै आएको अस्पतालले स्थानीयस्तरमै सेवा उपलब्ध गराउने उद्देश्यले इको सेवा सञ्चालनमा ल्याएको अस्पतालका प्रमुख डा। सरोज दर्नालले जानकारी दिनुभयो । अस्पतालमा आयोजित कार्यक्रममा सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बराल र प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । कार्यवाहक नगर प्रमुख बरालले इको मेसिन सञ्चा

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • १२८ पटक पढिएको
  • कालाज्वर सङ्क्रमण देखिएका वडामा सचेतना र कीटनाशक अभियान

    इटहरी । पाँचथरको हिलिहाङ गाउँपालिकाले गत वर्ष कालाज्वर देखिएका विभिन्न वडाहरूमा कीटनाशक विषादी छर्कने तथा चेतनामूलक अभियान सञ्चालन गरेको छ ।गाउँपालिकाको स्वास्थ्य शाखाले वडा नम्बर ५, ६ र ७ मा कालाज्वर सङ्क्रमित व्यक्तिका घर तथा गोठहरूमा पुगेर कीटनाशक विषादी छर्केको हो । यो अभियानसँगै स्थानीयवासीलाई रोगको लक्षण, सावधानी र उपचारका बारेमा जानकारीसमेत दिइएको स्वास्थ्य शाखा प्रमुख चन्द्र घिमिरेले जानकारी दिनुभयो ।यस गाउँपालिकामा विगत तीन वर्षयता ३४ जनामा कालाज्वर पुष्टि भइसकेको छ । तथ्याङ्क अनुसार गत वर्ष मात्रै नौ जनामा कालाज्वर सङ्क्रमण पुष्टि भएको अभिलेख छ । स्वास्थ्य शाखाका अनुसार कालाज्वर नियन

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • २४२ पटक पढिएको
  • खेलमै जीवन समर्पित गरेका अनिरुद्र चौधरी : परालको ओछ्यानदेखि राष्ट्रिय खेलकुदसम्मको प्रेरणादायी यात्रा

    सुनसरी/ सुनसरीको दुहबी नगरपालिका–९ छाताबेलीमा जन्मिएका अनिरुद्र चौधरीले पठनपाठनसँगै खेलकुदलाई आफ्नो जीवनको मुख्य आधार बनाउँदै २०४५ सालदेखि एथलेटिक्समार्फत खेल यात्रा सुरु गर्नुभएको हो।कोशी अञ्चलबाट विभिन्न प्रतियोगितामा सहभागी हुँदै उहाँले दोस्रो, तेस्रो हुँदै कतिपय समयमा पहिलो स्थानसमेत हासिल गर्नुभएको छ। “सानैदेखि मलाई दौड अत्यन्त मनपर्थ्यो, त्यसैले एथलेटिक्स खेल रोजें,” चौधरीले भन्नुभयो।परिवारको निरन्तर साथ र समर्थनकै कारण खेल यात्रालाई निरन्तरता दिन सफल भएको उहाँ बताउनुहुन्छ। खेल क्षेत्रमा अहिलेको जस्तो सुविधा नभएको स्मरण गर्दै उहाँले त्यतिबेला खेलाडीहरूले निकै कठिन परिस्थितिमा समेत खेलप्र

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • १,००७ पटक पढिएको
  • किरात राई समाजद्वारा स्पेनमा मनाए उभौली साकेला

    इटहरी । किरात राई समाज स्पेनले उभौली चाड मनाएका छन् । स्पेनको राजधानी म्याड्रिडमा मे १० तारिक सोमबारका दिन किरात राई समाजले किरात सम्बत ५ हजार ८६ उभौली चाडको अबसरमा साकेला नाच नाचेर मनाएका हुन् । उक्त उभौली कार्यक्रममा साकेला नाच, नेपाली मौलिक गीत–संगीत तथा नुत्य प्रस्तुत गरेका थिए । किरात राई समाज स्पेनका अध्यक्ष युबराज चाम्लिङ राई सहित प्रवासमा रहेका किरात राई समुदायका अग्रज व्यक्तित्वहरुले विधिवत रूपमा पुजा गरि उभौलि साकेलाको उद्घाटन गनुृभएको थियो । समाजका अध्यक्ष राईले  किरात राई समुदायले प्रकृति, भूमि र पुर्खाको पूजा गरी  धुमधामका साथ उभौली चाड विगत ३ वर्षदेखि स्पेनमा मनाउदै आएक

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • २५७ पटक पढिएको
  • दशनामी समाजको केन्द्रीय महिला समिति विस्तार, सपना गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    इटहरी । दशनामी समाजले आफ्नो साङ्गठनिक संरचनालाई थप सुदृढ बनाउँदै केन्द्रीय महिला समिति विस्तार गरेको छ । पोखरामा सम्पन्न महिला समितिको प्रथम अधिवेशन मार्फत कास्कीकी सपना गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो। समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रा पुरी गिरी (कर्णाली), उपाध्यक्षमा तुलसा गिरी (मोरङ), सचिवमा तारा गिरी (सुनसरी), सहसचिवमा अस्मिता गिरी (बागमती), कोषाध्यक्षमा रेखा गिरी (सुनसरी) र सहकोषाध्यक्षमा रेनुका गिरी (स्याङ्जा) चयन हुनुभएको छ । सदस्यहरूमा राधिका भारती, तुलसी गिरी, जानकी गिरी, ममता पुरी र कोपिला गिरी फुटी रहनुभएको छ । अधिवेशनको उद्घाटन गर्दै समाजका केन्द्रीय अध्यक

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • ३७३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]