समाज

    Showing १,४०१-१,४१० of ११,१४१ items.
  • दुई समूहबिच भएको झडपपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

    इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा दुई समूहबिच भएको झडप नियन्त्रणका क्रममा गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको आदेशअनुसार सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम तोकिएका क्षेत्रमा चार जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्नाजस्ता गतिविधि गर्न निषेध गरिएको छ। प्रशासनले न

    • प्रकाशित मितिः साउन ११, २०८३
    • १३१ पटक पढिएको
  • झापामा ‘आईभीटी रोटा मोक पार्लियामेन्ट २०२६’ सम्पन्न, युवामा संसदीय र उद्यमशीलता अभ्यास

    इटहरी । झापाको धुलाबारी माध्यमिक विद्यालयको सभाहलमा दुईदिने ‘आईभीटी रोटा मोक पार्लियामेन्ट २०२६’ नमुना संसद सफलतापूर्वक सम्पन्न भएको छ । रोट्रयाक्ट क्लब अफ इटाभट्टा म्युनिसिपलको आयोजनामा सम्पन्न उक्त कार्यक्रम युवाहरूमा संसदीय अभ्यास, नेतृत्व विकास तथा उद्यमशीलता प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले गर्नुभएको थियो। उहाँले युवाहरूलाई संविधान, लोकतन्त्र र संसदीय प्रणालीप्रति जागरूक बनाउँदै नेतृत्व क्षमता निखार्न यस्ता व्यावहारिक अभ्यासहरू प्रभावकारी हुने बताउनुभयो। विशेष मन्तव्यका क्रममा झापा जिल्ल

    • प्रकाशित मितिः साउन ११, २०८३
    • ९५ पटक पढिएको
  • जीवन विज्ञान प्रयोगशाला सुन्दरहरैँचा–४ को दोस्रो वार्षिक साधारण सभा सम्पन्न

    इटहरी । जीवन विज्ञान प्रयोगशाला सुन्दरहरैँचा–४ को दोस्रो वार्षिक साधारण सभा नेवा सामुदायिक भवनमा सम्पन्न भएको छ । साधारण सभाले संस्थाका वार्षिक गतिविधिको समीक्षा गर्दै आगामी कार्यक्रमबारे गहन छलफल गरेको छ। संस्थाकी अध्यक्ष बिमला श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कोषाध्यक्ष गोमामाया ढकालले आय–व्यय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।  कार्यक्रममा भूमि चौधरीले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन विज्ञानले समाजमा सकारात्मक सोच, अनुशासन र स्वस्थ जीवनशैलीको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो। प्रमुख अतिथि निवर्तमान वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले मानसिक त

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १८७ पटक पढिएको
  • सिङ्गो गाउँ पहिरोको जोखिममास् चार परिवार विस्थापित, ३५ घर उच्च जोखिममा

    इटहरी । पाँचथरको फालेलुङ गाउँपालिका–५ लुङमादिनमा शनिबार बिहान गएको पहिरोका कारण चार परिवार विस्थापित भएका छन्। यहाँका ३५ परिवार पहिरोको उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।बस्तीको पुछारमा रहेको हेवा खोला नजिकैबाट बगेको पहिरोले घर तान्न थालेपछि स्थानीय विक्रम साँवा, चन्द्रप्रसाद साँवा, विष्णु साँवा र गणेशप्रसाद लिम्बूको परिवार पूर्ण रूपमा विस्थापित भएको हो। बस्तीको पुछारबाट निरन्तर पहिरो झरिरहेकाले फालेलुङ–५ लुङमादिनका ४२ मध्ये ३५ घरपरिवार उच्च जोखिममा रहेको स्थानीय वडाध्यक्ष भरतकुमार खपाङ्गी मगरले बताउनुभयो।पहिरोका कारण नरेन्द्र केरुङ, लाखबहादुर केरुङ, सुकराज केरुङ, लक्

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १५६ पटक पढिएको
  • अभिषेक गिरीसँग सम्बन्धको आशंकामा विराटनगरबाट पक्राउ परेका मुकेश कार्की सर्तसहित रिहा

    इटहरी । आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग सम्बन्ध रहेको आशंकामा पक्राउ परेका विराटनगरका मुकेश कार्की प्रारम्भिक सोधपुछपछि परिवारको जिम्मामा रिहा भएका छन्। प्रहरीले थप अनुसन्धानका लागि आवश्यक पर्दा उपस्थित हुने सर्तमा उनलाई छाडेको जनाएको छ।मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार कार्कीमाथिको अनुसन्धान भने रोकिएको छैन। आवश्यक परे पुनः बोलाएर सोधपुछ गरिने उनले बताए। विराटनगर महानगरपालिका–७ का ४६ वर्षीय कार्कीलाई वडा प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाको संयुक्त टोलीले शनिबार बिहान घरबाटै नियन्त्रणमा लिएको थियो। त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा लगेर सोधपुछ गरिएको

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १३६ पटक पढिएको
  • धनकुटाको तल्लो टुँडिखेल सरसफाइ र मर्मतपछि पुनः सञ्चालनको तयारीमा

    इटहरी ।  करिब डेढ महिनादेखि खेलकुद गतिविधिका लागि बन्द रहेको धनकुटाको तल्लो टुँडिखेल पुनः सञ्चालनको तयारी सुरु गरिएको छ। जिल्ला खेलकुद विकास समितिले शनिबारदेखि मैदानको सरसफाइ तथा व्यवस्थापन अभियान थालेसँगै खेलाडी र खेलप्रेमीका लागि मैदान खुलाउने प्रक्रिया अघि बढाएको हो।जिल्लाको प्रमुख खेलमैदानका रूपमा रहेको टुँडिखेलमा सशस्त्र प्रहरी, नेपाली सेना, पूर्वखेलाडी, वर्तमान खेलाडी तथा स्थानीयवासीको सहभागितामा सरसफाइ अभियान सञ्चालन भइरहेको छ। मैदानमा बढेको घाँस–झार हटाउने, सतह सफा गर्ने र खेल सञ्चालनका लागि उपयुक्त बनाउने काम भइरहेको छ। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज चाम्लिङ राईले केही

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १९० पटक पढिएको
  • मोरङको पथरीशनिश्चरेमा विद्यार्थी कुटपिट गरेको आरोपमा शिक्षक प्रकाश अधिकारी पक्राउ

    इटहरी । मोरङको पथरीशनिश्चरेस्थित एक विद्यालयका विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पथरीशनिश्चरे नगरपालिका–५ स्कुलचोकस्थित श्री अमरसिंह माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरी घाइते बनाएको उजुरीपछि सोही विद्यालयका शिक्षक ३८ वर्षीय प्रकाश अधिकारीलाई पक्राउ गरिएको हो।झापाको गौरादह नगरपालिका–४ निवासी अधिकारीलाई आइतबार ९साउन ९० इलाका प्रहरी कार्यालय पथरीको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटना साउन ६ गते बिहान करिब १०ः१५ बजे भएको थियो। उजुरीका आधारमा इलाका प्रहरी कार्यालय पथरी र अस्थायी प्

    • प्रकाशित मितिः साउन १०, २०८३
    • २६३ पटक पढिएको
  • झापाको शरणामतिमा फोन विवादपछि खुकुरी–छुरी बोकेर आक्रमण गर्न पुगेका चार युवक पक्राउ

    इटहरी ।  सामान्य फोन विवादले उग्र रूप लिँदा झापाको झापा गाउँपालिकामा खुकुरी र छुरीसहित आक्रमणको प्रयास गरेको आरोपमा चार युवक पक्राउ परेका छन्।   शनिबार राति करिब ११ बजे झापा गाउँपालिका–५ पुरानो शरणामति निवासी २६ वर्षीय सुरेश हेमरमको घरमा पुगेर आक्रमणको प्रयास गरेको आरोपमा झापा गाउँपालिका–६ शरणामति चन्द्रबस्तीका २० वर्षीय आकाश मुर्मु, १७ वर्षीय किरण कर्मकार, १९ वर्षीय लोकबहादुर विक र १८ वर्षीय रोहन कर्मकारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।  प्रहरीका अनुसार उनीहरू धारिलो हतियार बोकेर हेमरमको घर घेराउ गर्दै ‘काटिदिन्छु, मारिदिन्छु’ भन्दै धम्की दिइरहेका बेला स्थानीयले प्रहरीलाई

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १९० पटक पढिएको
  • लियो डिस्ट्रिक्ट ३२५ सी नेपालको पीभीएसटीएम ट्रेनिङ सम्पन्न

    इटहरी । लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी नेपालको आयोजनामा तथा रिजन–२ को आतिथ्यतामा पीभीएसटीएम ट्रेनिङ कार्यक्रम सम्पन्न भएको छ । २५ जुलाई २०२६ मा प्रिमियर ग्लोबल स्कुलमा आयोजित प्रशिक्षण कार्यक्रम लियो सदस्यहरूमा नेतृत्व क्षमता तथा जिम्मेवारी अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रमको अध्यक्षता रिजन–२ चेयरपर्सन अमरदीप पौडेलले गर्नुभएको थियो। कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नर विकास अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा लियो डिस्ट्रिक्ट प्रेसिडेन्ट प्रवेश बास्ताकोटी, लियो क्लब चेयरपर्सन निराकर पोखरेल तथा डिस्ट्रिक्ट एडिसनल क्याबिनेट ट्रेजरर लोकेन्द्रप्रस

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १८२ पटक पढिएको
  • बर्जुतालको विकास र संरक्षण सङ्घीय सरकारको प्राथमिकतामा,मन्त्री खडकराज पौडेल

    इटहरी। सुनसरीको ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र बर्जुतालको संरक्षण र विकासका लागि सङ्घीय सरकारले काम गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले बताउनुभएको छ । सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा रहेको बर्जुताल भ्रमण अवलोकनका क्रममा  मन्त्री पौडेलले तालको संरक्षण, विकास तथा पर्यटकीय प्रवर्धन सरकारको प्राथमिकतामा रहने बताउनुभयो । उहाँले तालको विकासमा स्थानीय र प्रदेश सरकारले गरेको प्रयासको प्रशंसा गर्दै यहाँको वन, संरचना र अन्य पर्यटन विकासका लागि थप काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।सो व्रmममा सुनसरी निर्वाचन क्षेत्र नं। ३ का सांसद अशोक चौधरीले ताल

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १५७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]