इटहरी । भारतबाट झोलामा बोकेर ल्याएको कुखुरा सीमाक्षेत्रका फ्रेस हाउसमा जम्मा गरेर पोल्ट्रीसम्म पु¥याउने गरेको खुलेको छ । कुखुरापालन गरेर पोल्ट्रीले फ्रेस हाउससम्म वितरण गर्नुपर्नेमा उल्टै फ्रेस हाउसबाट पोल्ट्रीमा कुखुरा पु¥याउने गरेको पाइएको हो । सशस्त्र प्रहरी बल नेपाल सीमासुरक्षा बल रानीले शनिबार विराटनगर–१७ स्थित अप्सरा फ्रेस हाउसबाट कुखुरा लोड गरिरहेको अवस्थामा सुन्दरहरैँचा–११ का सञ्जीव श्रेष्ठलाई नियन्त्रणमा लिइएको थियो । फ्रेस हाउसबाट झोलामा राखिएको कुखुरा ल्याउँदै प्रदेश १–०२–००२ च ३६३७ नम्बरको बलेरो जिपमा लोड भइरहेको अवस्थामा सशस्त्रले नियन्त्रणमा लिएको थियो । चालक र तीन सय थान कुखुरा
इटहरी । रामप्रसाद राई गाउँपालिकाले युवालाई सरकारी सेवामा प्रवेश गर्न प्रोत्साहन गर्ने उद्देश्यले लोक सेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाभित्र रहेका लोक सेवा तथा शिक्षक सेवा आयोग तयारी गर्न इच्छुक युवालाई लक्षित गरी ४५ दिनको निःशुल्क विशेष तयारी कक्षा सुरु गरेको हो । स्थानीय तहबाटै लोक सेवा तथा शिक्षक सेवासम्बन्धी जागरण फैलाएर सक्षम र राष्ट्रप्रति उत्तरदायी कर्मचारी उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले जानकारी दिनुभयो । उहाँका अनुसार युवापुस्तामा बढ्दो बेरोजगारी समस्या न्यूनीकरण गर्दै उनीहरूलाई सक्षम, सब
मोरङ | सुतार कार्की सेवा समिति भाउन्ने, मोरङद्वारा निर्मित गौरीशंकर शिवालय मन्दिरको प्राण–प्रतिष्ठा तथा सम्मान कार्यक्रम धार्मिक श्रद्धा र सामाजिक सद्भावका साथ भव्य रूपमा सम्पन्न भएको छ।सेवा समितिका जग्गादाता तथा पूर्वमन्त्री उपेन्द्र बहादुर कार्कीले करिब साढे ९ कठ्ठा जग्गा दान गरेपछि मन्दिर निर्माण कार्य सुरु गरिएको हो। दातृजनहरूको सहयोगमा करिब ३० लाख रुपैयाँको लागतमा मन्दिर निर्माणाधीन रहेको छ भने मन्दिर परिसरको भवन निर्माण कार्य समेत तीव्र गतिमा अघि बढिरहेको र करिब ४० लाख रुपैयाँ खर्चमा सम्पन्न हुने अपेक्षा गरिएको सेवा समितिले जनाएको छ।सेवा समितिका संस्थापक तथा वर्तमान अध्यक्ष १०० वर्षका ज्
इटहरी । मोरङको विराटनगर –५ पुलचोकमा आइतबार राति भएको सवारी दुर्घटनाले लागुऔषध तस्करी सञ्जाल सक्रिय रहेको भेटिएको छ । बा ८ च ६५०८ नम्बरको स्कोरपिओ अनियन्त्रित भइ सडक छेउको खाल्डोमा खसेपछि प्रहरीले गाडीभित्र लुकाइछिपाइ राखिएको ४२० किलो गाँजा बरामद गरेको हो । चालक दुर्घटनालगत्तै फरार छन् । प्रहरीका अनुसार राति करिब १ बजेतिर भित्री सडक खण्ड हुँदै तीव्र गतिमा गुडिरहेको स्कोरपिओ अचानक नियन्त्रण गुमाएर खाल्डोमा खसेको थियो । सूचना पाएपछि सीआरभी बरगाछी र वडा प्रहरी कार्यालयको टोली घटनास्थल पुग्दा गाडी खाल्डोमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । गाडी नियन्त्रणमा लिएर गरिएको खानतलास
इटहरी । कृषि ज्ञान केन्द्र सुनसरीले कृषकलाई व्यावसायिक र दक्ष कृषक बनाउन कृषि पाठशाला सञ्चालन गर्दै आएको छ । जिल्लाका विभिन्न स्थानमा कृषक पाठशाला सञ्चालन गरेर कृषकलाई दक्ष र व्यावसायिक बनाउन थालिएको हो । किसानकै खेतबारीमा किसानलाई नै अग्रसर बनाएर बाली उत्पादन अवधिभर सामूहिक रूपमा सिकाइने कृषक पाठशाला किसानमाझ प्रभावकारी बन्दै गएको छ । किसानलाई तरकारी र अन्न उत्पादनमा आत्मनिर्भर बनाउन ज्ञान केन्द्र सुनसरीले कृषक पाठशाला सञ्चालन गर्दै आएको कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार कृषक पाठशालामा कृषकलाई माटो तयारी, बिउबिजन राख्न, बेर्ना सार्न,
इटहरी । भोजपुर नगरपालिका–४, दावाँमा अवस्थित कृष्णलक्ष्मी–लक्ष्मी स्पोट्र्स कम्प्लेक्सलाई भलिबल तथा अन्य इन्डोर्स खेलको लागि प्रशिक्षण केन्द्रका रूपमा विकास गरिने भएको छ । करिब १२ वर्षअघि निर्माण सुरु गरिएको उक्त कम्प्लेक्सलाई राष्ट्रियस्तरको भलिबल प्रशिक्षण केन्द्रका रूपमा अघि बढाउने तयारी गरिएको हो । करिब रु दुई करोडको लागतमा निर्माण गरिएको यस कम्प्लेक्सलाई व्यवस्थित रूपमा सञ्चालन गरी भलिबल प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने योजना रहेको नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार राज्यको ठूलो लगानीमा निर्माण भएको संरचनालाई प्रभावकारी रूपमा उपयोग गर्दै राष्ट्रि
इटहरी । इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित १६औँ संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि दारिम्बा फुटबल क्लब पाँचथरले जितेको छ । शनिबार माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन जनता सेभेन स्पोट्र्स क्लब इलामलाई ४–२ गोलअन्तरले पराजित गर्दै दारिम्बाले उपाधि हात पारेको हो । दारिम्बाका लागि स्मिता लिम्बूले दुई तथा सलिना कोइराला र सुजिता तामाङले एक–एक गोल गरिन् । जनता सेभेनका तर्फबाट रेखा विष्ट र कल्पना जिम्बाले समान एक–एक गोल फर्काइन् । खेलको दोस्रो मिनेटमै जनता सेभेनकी रेखा विष्टले पेनाल्टी क्षेत्रबाट गोल गर्दै
इटहरी । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) ले आलोपालो जित्दै आएको मोरङको निर्वाचन क्षेत्र नं। १ मा यस पटक विभिन्न राजनीतिक दलका उम्मेदवारबिच रोचक प्रतिस्पर्धा हुने भएको छ । २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा यहाँ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र्र) बिच गठबन्धन थियो । प्रदेश सभाका दुवै निर्वाचन क्षेत्र गुमाएको गठबन्धनले प्रतिनिधि सभामा भने कांग्रेसका मोरङ सभापति डिगबहादुर लिम्बूलाई विजयी गराएको थियो । लिम्बूले एमालेका घनश्याम खतिवडालाई ४३० मतले पछाडि पार्नुभएको थियो । यद्यपि मोरङ १ मा समानुपातिक मत कांग्रेसभन्दा एमालेले करिब १० हजार बढी प्राप्त गरेको थिय
सुनसरी । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको समय नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा नेकपा (एमाले) की उम्मेदवार भगबती चौधरीले आफ्नो सक्रियता बढाउनु भएको छ । निवर्तमान सांसद समेत रहनु भएकी भगबती चौधरीका पक्षमा जनलहर बढेसँगै उहाँ यतिबेला आफ्नो निर्वाचन क्षेत्रका जनताविच सल्लाह सुझाबहरु संकलनमा ब्यस्त हुनुहुन्छ । शनिबार मात्रै चौधरीको सक्रियतामा दुहवी नगरपालिका वडा नं. ९ मा ५२ जना महिलाहरुले एकसाथ नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशीहरुलाई संवोधन गर्दै उम्मेदवार चौधरीले समाज रुपान्तरण र महिला सशक्तिकरणका लागि र
इटहरी | सुनसरीको इटहरी उपमहानगरपालिका–१६ स्थित बालग्राममा रहेको एसओएस हर्मन माइनर माध्यमिक विद्यालयले आफ्नो २९औँ अभिभावक दिवस भव्य रूपमा मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं एसओएस बालग्राम इटहरीका परियोजना निर्देशक देवचरण चौधरीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख अतिथिका रूपमा कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोको उपस्थिति रहेको थियो । त्यसैगरी, विशिष्ट अतिथिका रूपमा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख श्री सङ्गीताकुमारी चौधरी सहभागी थिइन् । कार्यक्रममा इटहरी–१६ का वडाध्यक्ष तेजनारायण चौधरी, राष्ट्रिय परीक्षा बोर्ड क्षेत्रीय कार्यालय विराटन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.