इटहरी । माइती नेपालको संरक्षणमा रही बुवा(आमाको पहिचान हुन नसकेकी सुकुमाया गुरुङलाई जिल्ला प्रशासन कार्यालयले नागरिकता उपलब्ध गराएको छ । भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जिल्ला प्रशासन कार्यालयमा गुरुङलाई नागरिकता प्रदान गर्नुभएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार सकुमायालाई ०९–०१–८२–०३५५९ नम्बरको नागरिकताको प्रमाणपत्र दिइएको हो । भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ उनको स्थायी बासस्थान रहेको छ । नागरिकता नहुदाँ समस्यामा रहेकी सुकमायालाई नागरिकता प्रदान गरेपछि राज्यले दिने सेवा सुविधा लिन सहज भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
धरान : सुनसरी क्षेत्र १ मा नेकपा एमालेका उम्मेदवार टिकाराम लिम्बु माङलेनलाई सघाउन पार्टीले केन्द्रीय सदस्य तथा धरानकी पूर्व उपमेयर मञ्जु भण्डारीको संयोजकत्वमा ७०७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । कोशी प्रदेश पूर्व सभामुख प्रदीप भण्डारी सहसंयोजक रहेको समितिको हाई कमाण्डमा विजय राई, रमेश बस्नेत, मोतीराज सुनुवार, जयकुमार राई, प्रकाश राई, योग्य राज खड्का, लहरुमाया जिमी, सूर्यप्रकाश पन्धाक, सुशीला पहाडी ढकाल प्रदेश कमिटीका नेताहरू छन् । 'उम्मेदवार माङ्लेनको प्रतिबद्धताधरान–१० सैनिक भवनमा मङ्गलवार भएको उम्मेदवार घोषणा कार्यक्रममा उम्मेदवार माङलेनले फागुन २१ को चुनाव देशको विकास
धरान — बिपी प्रतिष्ठानमा आज बिहीबार ६४औँ नेपाल नर्सिङ दिवस मनाइएको छ। प्रतिष्ठानकी नर्स हरि कुमारी राई यस अवसरमा सम्मानित भएकी छन्। उनलाई नेपाल नर्सिङ सङ्घ, बिपी प्रतिष्ठानले विशेष रूपमा सम्मान गरेको हो।कार्यक्रममा उपकुलपति विक्रम प्रसाद श्रेष्ठले नर्सहरूको अनुशासन, दक्षता र सेवाभाव जनताले अनुभव गर्न सक्ने भएकाले नर्सिङ दिवसको महत्व बढ्ने बताए। उनले भने, “नर्सिङ दिवस मनाएर मात्र पर्याप्त हुँदैन, पेशाको मर्म व्यवहारमा अपनाउन जरुरी छ।”“सुरक्षित र मर्यादित नर्सिङ पेशा, जनतालाई गुणस्तरीय सेवा” नारासहित कार्यक्रम आयोजना भएको थियो। नेपाल नर्सिङ सङ्घका अध्यक्ष तथा बिपी प्रतिष्ठानकी मेट्रोन कला थापाको
सुनसरी । कोशी प्रदेशमा निर्वाचन प्रक्रियामा महिलाको सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यले संवाद कार्यक्रम आयोजना गरिएको छ। लोकतन्त्रको सबलता नागरिकको सक्रिय सहभागितासँग जोडिएको हुन्छ । तर निर्वाचन प्रक्रियामा महिलाको सहभागिता अझै पनि अपेक्षित स्तरमा पुग्न सकेको छैन । यही यथार्थलाई मध्यनजर गर्दै कोशी प्रदेशमा निर्वाचन प्रक्रियामा महिलाको सहभागिता प्रवर्द्धनका लागि संवाद कार्यक्रम आयोजना गरिएको हो । दलित महिला केन्द्र नेपालले इटहरीमा बिहीबार आयोजित उक्त संवाद कार्यक्रममा निर्वाचन प्रक्रियामा महिलाको पहुँच, सहभागिता र नेतृत्व अभिवृद्धिका विषयमा गहन छलफल गरिएको छ । कार्यक्रममा महिलाले
मोरङ — नेवा: देय् दबु मोरङ जिल्ला समितिको वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम नेपाल संवत् ११४६ सिल्लाथ्व: दशमी अर्थात् २०८२ माघ १४ गते बुधबार सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम नेवा: देय् दबु लेटाङ नगर समितिको कार्यालय प्राङ्गणमा आयोजना गरिएको थियो।कार्यक्रम मोरङ जिल्ला अध्यक्ष थर्कमान श्रेष्ठको अध्यक्षता तथा नेवा: देय् दबु केन्द्रीय उपाध्यक्ष अनिल मास्केको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा केन्द्रीय सदस्य बिमला श्रेष्ठ तथा सल्लाहकार देवेन्द्र कुमार मास्के, रविन्द्र कृष्ण श्रेष्ठलगायत विभिन्न समिति तथा उपसमितिका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय सहभागित
आज (बिहीबार) नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारी र कान्तिपुर टेलिभिजनका विजनेश प्रमुख सागर केसी र मार्केटिङ मेनेजर अनुपम अधिकारी बिच कोशी एक्सिलेन्स अवार्ड वितरण कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको हो । आउँदो फागुन ७ गते इटहरीको सोल्टी वेस्ट्रन होटेलमा कोशी प्रदेशको पर्यटन, व्यापार र सामाजिक सांस्कृतिक पहिचान प्रवर्धनका लागि योगदान गर्ने उद्देश्यले कोशी एक्सिलेन्स अवार्ड – २०२६ आयोजना हुँदै छ ।कोशी प्रदेशकै सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्डका रूपमा स्थापित यस कार्यक्रमले कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउ
इटहरी । प्रदेशसभाको आगामी हिउँदे अधिवेशन यही माघ २५ गतेका लागि आह्वान गर्न कोशी प्रदेश सरकारले प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । आगामी माघ २५ गते दिउँसो २ बजेदेखि प्रदेशसभाको बैठक बोलाउने गरी आज बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गर्ने निर्णय गरिएको आन्तरिक मामला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो। बैठकका निर्णयहरूबारे जानकारी दिँदै मन्त्री पराजुलीले हाल प्रदेशसभाको आफ्नै भवन र सचिवालय निर्माणको क्रममा रहेकाले वैकल्पिक व्यवस्थास्वरूप विराटनगरमा रहेको वीरेन्द्र सभागृहमा अधिवेशन सञ्चालन गरिने जानकारी समेत दिनुभयो। मासिक आठ लाख रुपैयाँ भाडा दिने गरी बैठक सञ्च
इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिका र विराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पताल तथा काठमाण्डौस्थित काठमाण्डौ मेडिकल कलेज ( KMC ) बीच उपचार सेवामा छुट उपलब्ध गराउने सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार आज मिति २०८२ माघ १५ गतेदेखि एक वर्षको अवधिका लागि मिक्लाजुङ गाउँपालिका–मधुमल्ला, मोरङमा बसोबास गर्ने नागरिकहरूले स्वास्थ्य बीमा गरी उक्त अस्पतालहरूमा उपचार गराउँदा नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य उपचार सेवाअन्तर्गतका सम्पूर्ण सुविधा—स्वास्थ्य बीमा, आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कोष लगायत अन्य सबै सेवा—पूर्ण रूपमा उपभोग गरिसकेपछि थप उपचारका क्रममा
इटहरी । सुनसरी क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लिएर मुख्य राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएसँगै यो क्षेत्र चौकोणात्मक प्रतिस्पर्धाको केन्द्र बनेको छ। यस क्षेत्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, नेकपा (एमाले) को युवा संघका कोशी अध्यक्ष सुजन लामा, नेकपाकी केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री रामकुमारी चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश महामन्त्री लालबिक्रम थापा बीच मुख्य प्रतिस्पर्धा हुने भएको छ। २०७९ को निर्वाच
इटहरी । इटहरी नगर बाल सञ्जालले निर्वाचनको प्रचार–प्रसारका क्रममा बालबालिकाको प्रयोग गरिएको भन्ने सार्वजनिक समाचार तथा गुनासोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। २०८२ साल फाल्गुन २१ गते धरान नगरपालिकामा आयोजित चुनावी प्रचार–प्रसारका क्रममा बालबालिकालाई प्रयोग गरिएको विषय विभिन्न सञ्चार माध्यम र जनगुनासामार्फत सार्वजनिक भएपछि नगर बाल सञ्जालले प्रेस विज्ञप्ति जारी गर्दै चिन्ता व्यक्त गरेको हो। विज्ञप्तिमा बालबालिकालाई राजनीतिक गतिविधिमा संलग्न गराउनु नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन २०७५ तथा अन्तर्राष्ट्रिय बाल अधिकार महासन्धिको स्पष्ट उल्लङ्घन भएको उल्लेख गरिएको छ। साथै निर्वाचन आयोगद्वारा ज
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.