समाज

    Showing १,७६१-१,७७० of १०,३४० items.
  • उद्योग वाणिज्य महासंघ कोशीमा राजेन्द्र राउतको प्यानल निर्वाचित

    इटहरी । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको निर्वाचनबाट आगामी तीन वर्षका लागि राजेन्द्र राउतको प्यानल निर्वाचित भएको छ ।विराटनगरमा सम्पन्न महासंघको आठौं प्रदेश सभाबाट अध्यक्षमा राजेन्द्र राउत निर्वाचित हुनुभएको हो । राउतले आफ्ना निकटतम प्रतिस्पर्धी नविन रिजालको समूहलाई पछि पार्दै प्यानलसहित विजय हासिल र्नुभएको हो ।निर्वाचनको अन्तिम परिणाम अनुसार अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा राउतले १४२ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी नविन रिजालले ५८ मत ल्याउनुभएको थियो ।राउतले सबै क्षेत्रगत समूहमा रिजाललाई राम्रो मतान्तरले उछिन्नुभएको थियो । राउतले एशोसिएट तर्फ १०७ मत ल्याउँदा रिजालले

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १६१ पटक पढिएको
  • ३३ प्रतिशतले बढ्यो ताप्लेजुङको हवाई भाडा

    इटहरी। काठमाडौँ–ताप्लेजुङ–काठमाडौँको हवाई भाडादर ३३ प्रतिशतले वृद्धि भएको छ । सोमबारबाट लागू हुनेगरी काठमाडौँ–ताप्लेजुङ–काठमाडौँको हवाई भाडादर ३३।२६ प्रतिशतले वृद्धि भएको हो ।पश्चिम एसियाका देशमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उच्च वृद्धिसँगै हवाई इन्धनको मूल्य बढेकाले हवाई भाडा दर समेत बढेको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कार्कीले बताउनुभयो । उहाँका अनुसार साविकको मूल्यभन्दा काठमाडौँ–ताप्लेजुङ–काठमाडौँका लागि तीन हजार ७५ रुपियाँ भाडा वृद्धि भएको छ ।ताप्लेजुङबाट काठमाडौँका लागि १२ हजार १२० रुपियाँ र काठमाडौँबाट ताप्लेजुङका लागि १२ हजार ३२०

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १८४ पटक पढिएको
  • मुन्दुम पदमार्ग विकासका लागि मन्त्री भीम पराजुलीलाई टेम्केमैयुङ गाउँपालिकाको मागपत्र

    इटहरी । कोशी प्रदेश सरकारका बन, वातावरण तथा पर्यटन मन्त्री भीम पराजुलीलाई टेम्केमैयुङ गाउँपालिकाको तर्फबाट मुन्दुम पदमार्ग सहित विभिन्न विकास सम्बन्धी मागहरू प्रस्तुत गरिएको छ । भोजपुरमा आयोजना गरिएको प्रथम अल्ट्रा ट्रेल रेसको समापन कार्यक्रममा सहभागी हुन आउनुभएका मन्त्री पराजुलीलाई आइतबार गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले आधिकारिक रूपमा मागपत्र हस्तान्तरण गर्नुभएको हो। सो अवसरमा मुन्दुम पदमार्ग अन्तर्गत टेम्के क्षेत्रमा रहेको जीर्ण अवस्थामा पुगेको बेस क्याम्पको समेत मन्त्री पराजुलीलाई अवलोकन गराइएको थियो। उक्त बेस क्याम्पको पुनर्निर्माण तथा मर्मतका लागि करिब एक करोड रुपैयाँ बजेट विनियोजन गर्

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १७५ पटक पढिएको
  • धरान मन्टेस्वरी एकेडेमीको २१ औं वार्षिकोत्सव तथा १९ औं दिक्षित समारोह

    इटहरी । धरान मन्टेश्वरी एकेडेमीले सोमबार २१ औं वार्षिकोत्सव तथा १९ औं दिक्षित समारोह सुरू भएको छ । धरान मन्टेश्वरी एकेडेमीका प्रबन्ध निर्देशक दिपक अग्रवालको अध्यक्षता तथा आन्तरिक राजस्व कार्यलय धरानका प्रमुख मौसम डुङ्गेलको प्रमुख अतिथिमा कार्यक्रम गरिएको छ । धरानको सैनिक भवनमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले गायन, नृत्य, नाटक लगायतका विविध सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका छन् ।  कक्षा ग्पन देखि १ मा उत्तीर्ण भएका विद्यार्थीहरूलाई दिक्षित गरिने भएको छ ।विद्यालयकी प्रिन्सिपल मैया राई अग्रवालका  स्थापना कालमा विभिन्न समस्या झेल्दै आएपनि अभिभावकको साथ र सहयोगले विद्याल

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १३३ पटक पढिएको
  • कोशी प्रदेश आमसञ्चारसम्बन्धी विधेयक आज पारित गरिँदै

    इटहरी। कोशी प्रदेश सभाको सोमबार बस्ने बैठकबाट ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ आज पारित हुने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार चैत २३ गते दिउँसो १ बजे बस्ने १५ औँ बैठकमा उक्त विधेयक निर्णयार्थ पेश गर्ने कार्यसूची छ ।बैठकमा न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नालले विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची रहेको छ । त्यसलगत्तै आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले उक्त प्रतिवेदनसहितको विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्नुहुनेछ । छलफलको प्रक्रिया सकिएपछि मन्त्री पराजुलीले नै सो विधेयक पा

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १४४ पटक पढिएको
  • सुकेटारमा तीन सातापछि उडान सुचारु

    इटहरी । मौसम प्रतिकूलताका कारण ताप्लेजुङको सुकेटार विमानस्थलमा अवरुद्ध हुँदै आएको उडान तीन सातापछि सुचारु भएको छ । मौसम अनुकूल भएसँगै सुकेटार विमानस्थलमा सोमबारदेखि उडान सुचारु भएको हो ।ताप्लेजुङको सुकेटारीमा नेपाल वायु सेवा निगमले उडान सञ्चालन गर्दै आएको छ । ताप्लेजुङस्थित नेपाल वायु सेवा निगमका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार सुकेटारमा गत चैत ४ गतेदेखि अवरुद्ध बनेको उडान सोमबारदेखि सुचारु भएको हो । सोमबार काठमाडौँदेखि १३ जना यात्रु बोकेर आएको जहाज यहाँदेखि ११ जना यात्रु लिएर फर्किएको स्टेसन इन्चार्ज कार्कीले जानकारी दिनुभयो । मौसमले साथ दिएमा अर्थात मौसम बाधक नबनेमा अब तालिकाअनुस

    • प्रकाशित मितिः चैत २३, २०८२
    • ९४ पटक पढिएको
  • निजी क्षेत्रप्रतिको दृष्टिकोणमा परिवर्तन आवश्यक

    इटहरी। नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ सरकारले निजी क्षेत्रलाई हेर्ने र परिभाषित गर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको आठौँ प्रदेश सभाको उद्घाटन गर्दै उहाँले नयाँ सरकारले निजी क्षेत्रलाई प्रवर्धन गर्ने कार्यक्रम लागु गरेकोमा स्वागत पनि गर्नुभयो । उहाँले अब सरकारबाट पहिले थुन्ने अनि सुन्ने क्रम बन्द हुने आश्वासन पाएको बताउनुभयो हो । उहाँले महासङ्घकै सुझाव अनुसार वर्तमान सरकारले निजी क्षेत्रलाई संरक्षण र प्रवर्धन गर्न पिएसपी कार्यक्रम लागु गरेको दाबी गर्नुभयो । प्रदेशको समग्र आर्थिक अवस्था, निजी

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १२१ पटक पढिएको
  • हलेसी तुवाचुङका ९४ परिवारलाई निःशुल्क जस्तापाता

    इटहरी। हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका हलेसी तुवाचुङ नगरपालिकाका ९४ पीडित परिवारलाई नगरपालिकाले जस्तापाता उपलब्ध गराएको छ । यही चैत २ गते राति वर्षासँगै चलेको हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका नगरवासीलाई पुनः सोही ठाउँमा स्थापित गराउन नगरपालिकाले रु ५० लाख बराबरको जस्तापाता खरिद गरेर निःशुल्क उपलब्ध गराएको हो । हावाहुरीले छाना उडाएपछि बिचल्लीमा परेका नगरवासीलाई प्राविधिक मूल्याङ्कनको आधारमा जस्तापाता खरिद गरेर निःशुल्क उपलब्ध गराइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो । बाँकी पीडित परिवारलाई नगरपालिकाको तर्फबाट त्रिपाललगायतका राहत सामग्री खरिद गरेर उपलब्ध गराएको उहाँ

    • प्रकाशित मितिः चैत २३, २०८२
    • ११० पटक पढिएको
  • पछिल्लो १० दिनको अवधिमा १५ हजार भक्तजनले गरे पाथीभरा दर्शन

    इटहरी । चैते दसैँको अवधिमा करिव पन्ध्र हजार भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । चैते दसैँको समय अर्थात पछिल्लो १० दिनमा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार चैते दसैँ तथा रामनवमीको समय गत चैत १२ गतेदेखि शनिबार सम्ममा १४ हजार ७९६ भक्तजनले पाथीभराको दर्शन गरेका छन् । दसैँ तिहारको अवधिपछि पाथीभरा दर्शन गर्ने अर्को मुख्य सिजन ९मौसम०का रुपमा रामनवमी अर्थात चैते दसैँको समयलाई लिइने गरिएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार चैते दसैँको समयसँगै पाथीभरा दर्शन गर्ने मौसम सुरु भएकाले भक्तजनको उपस्थि

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १०३ पटक पढिएको
  • तीनजुरे क्षेत्रमा फुल्न थाल्यो गुराँस

    इटहरी। ताप्लेजुङ, तेह्रथम र सङ्खुवासभा जिल्लाको सिमानास्थित तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा गुरास फुल्न थालेको छ । नयाँ वर्षको आगमनसँगै गुराँस फुल्ने समय भएको र अहिले टिएमजे क्षेत्रमा वनै ढकमक्क हुनेगरी गुराँस फुल्न थालेको हो । गुराँसको राजधानीका रुपमा परिचित पूर्वी नेपालकै एक प्रमुख पर्यटकीय गन्तव्य टिएमजे क्षेत्रमा गुराँस फुल्न थालेको छ । गुराँस फुल्न थालेसँगै अहिले टिएमजे क्षेत्रको वन गुराँसले ढकमक्क हुन थालेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाले बताउनुभयो । अध्यक्ष ओझाका अनुसार टिएमजे क्षेत्रको सबैतिर गुराँस फूल्न aथालेको छ । गुराँस फुलेर अहिले नै वन

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १३४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]