समाज

    Showing १,८०१-१,८१० of १०,३६० items.
  • महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

    इटहरी। ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि फुटबल प्रतियोगिताको उपाधि तेह्रथुमले चुमेको छ । मैवाखोला गाउँपालिका–३ साँघुमा शनिबार सम्पन्न भएको प्रतियोगितामा धनकुटालाई पराजित गर्दै तेह्रथुमले उपाधि चुमेका हो । फाइनल खेलमा धनकुटाको साँगुरीगढीलाई ३–२ गोल अन्तरले पराजित गर्दै तेह्रथुमको म्याङ्लुङ स्पोर्टिङ क्लबले उपाधि हात पारेको आयोजक संस्था जलजले क्लबले  जनाएको छ । जितका लागि तेह्रथुमका समीर राईले पहिलो गोल गर्दा धीरज लिम्बुले दोस्रो तथा डिम्पल भण्डारीले निर्णायक गोल गर्नु भएको थियो । विजेता बनेसँगै तेह्रथुमले नगद दुई लाख ६१ हजार १११ रुपियाँसहित ट्रफी प्राप्त गर्दा उपविजेता धनकुटाले न

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १४३ पटक पढिएको
  • खोटाङको दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    इटहरी । दिक्तेल बजारको भानुचोकमा रहेको राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि रु एक करोड बजेट उपलब्ध गराएपछि ठेक्का प्रक्रियामार्फत आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माणको काम सम्पन्न गरिएको हो । भानुभक्तको सालिकसँगै बजार क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका काम गरिएको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । आदिकवि भानुभक्तको सालिक पुनः निर्माण अन्तरगतकै योजनाबाट जिल्ला प्रहरी कार्यालयको प्रवेशद्धार अगाडिदेखि भानुचोक ह

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १२६ पटक पढिएको
  • प्रचारप्रसार नहुँदा भोजपुरको प्रसिद्ध ‘शिला सुत्केरी’ओझेलमा

    इटहरी । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिका(४ खैराङमा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ‘शिला सुत्केरी’ पर्याप्त प्रचारप्रसारको अभावमा ओझेल परेको छ । प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले उच्च सम्भावना बोकेको उक्त स्थल स्थानीयस्तरमा सीमित रहँदा यसको वास्तविक पहिचान स्थापित हुनसकेको छैन ।स्थानीय जनश्रुतिअनुसार परापूर्वकालमा एक महिला सुत्केरी हुने क्रममा सोही स्थानमा अलप भएपछि उक्त शिलाको उत्पत्ति भएको मानिन्छ । यही किंवदन्तीका आधारमा यस स्थानलाई ‘शिला सुत्केरी’ नाम दिइएको स्थानीय गङ्गाबहादुर खड्काले बताउनुभयो । हाल पनि उक्त ढुङ्गामा महिला सुत्केरी हुँदै गरेकोजस्तो

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १२४ पटक पढिएको
  • ताप्लेजुङको फक्ताङ्लुङ पूर्णखोप सुनिश्चित घोषणा

    इटहरी। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको छ । चालु आर्थिक वर्षभित्र सञ्चालित खोप अभियान सम्पन्न भएसँगै फक्ताङ्लुङ गाउँपालिकालाई शनिबार पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो । लक्षित बालबालिका अर्थात १५ महिनाभित्रका शिशु र १६ देखि ५९ महिनाका बालबालिकालाई आवश्यक खोपको सबै मात्रा लगाउने कार्य सम्पन्न भएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईका अनुसार पालिकाका सात वटै वडामा खोप अभियान पूरा भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा पालिकालाई पूर्

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १५३ पटक पढिएको
  • टाउको दुखाइ बन्दै धनकुटाको सल्लेरी वन

    इटहरी। धनकुटाको ऐतिहासिक सल्लेरी राष्ट्रिय वन अहिले स्थानीय बासिन्दा र त्यहाँ आवतजावत गर्ने यात्रुका लागि जोखिमका कारण बन्दै गएको छ। जीर्ण रुखहरू ढल्ने खतरा बढेसँगै दैनिक आवतजावत गर्नेहरूले त्रास महसुस गरिरहेका छन्। धनकुटा नगरपालिका वडा नं. ६ मा रहेको सल्लेरी वनमा डेढ सय वर्ष पुराना सल्लाका रुखहरू रहेका छन्। यो वन हिउँदमा आँधी–हुरी र डढेलो, बर्खामा जरासहित रुख ढल्ने भएकाले अहिले सल्लेरी वन क्षेत्र जोखिममा छ।वनभित्र सरस्वती मन्दिर, विद्यालय, आँखा अस्पताल, वडा कार्यालय सहित विभिन्न कार्यालयहरू रहेका छन्। त्यस्तै, कचिडे र अन्य गाउँ जाने सडकहरू पनि यही वनमार्फत गुज्रने भएकाले जोखिम बढेको स्थानीय य

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १०५ पटक पढिएको
  • झापाको बिर्तामोडमा तीन तलाबाट खसेकी बालिकाको मृत्यु

    इटहरी ।  झापाको बिर्तामोडमा घरको तीन तलामाथिबाट झरेर सख्त घाईते हुनुभएकी  एक  बालिकाको  उपचारका क्रममा मृत्यु भएको  छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा दमक ४ बस्ने मनोज आचार्यकी छोरी पाँच वर्षीया मानस्वी आचार्य रहनुभएको छ  । शनिवार  बिहान बिर्तामोड–५ बस्ने मञ्जु उप्रेतीको घरमा डेरा गरी बस्ने ताप्लेजुङ फुङलिङ–३ घर भएका हेमसागर भट्टराईकहाँ पाहुना आउनुभएकी वालिका  आचार्यको मृत्यु भएको हो ।भट्टराई परिवार आचार्यको बुढो मामली रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   घरको तीन तलामाथि कोठामा खेल्ने क्रममा झ्यालबाट लडेर बालिका

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १३१ पटक पढिएको
  • ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले कृषि योजनामा साढे एक करोड खर्चिँदै

    इटहरी । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले अलैँची, कफी र सुन्तला लगायतका विभिन्न कृषिजन्य योजनामा करोडौँ बजेट कार्यान्वयन गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षभित्रै सम्बन्धित किसानको ५० प्रतिशत लागत साझेदारीमा डेढ करोड रुपियाँभन्दा बढीको कृषि योजना अघि बढाउन लागेको हो ।गाउँपालिकाका अनुसार किसानको साझेदारी रकमसहित कृषिजन्य योजनामा कुल एक करोड ५८ लाख ३५ हजार रुपियाँ खर्च गरिने छ । उक्त बजेटमध्ये अलैँची खेती प्रवर्द्धन तथा क्षेत्र विस्तार कार्यक्रममा मात्रै सबैभन्दा बढी एक करोड रुपियाँ कार्यान्वयन हुने छ । जसमा गाउँपालिकाको ५० लाख र किसानको ५० लाख रुपियाँ लागत साझेदारी रहने छ ।त्यस्तै कफ

    • प्रकाशित मितिः चैत २१, २०८२
    • १५५ पटक पढिएको
  • पाँचथरको फाल्गुनन्द गाउँपालिकामा हजार दिनका आमालाई पोषण सामग्री वितरण

    इटहरी । पाँचथरको फाल्गुनन्द गाउँपालिका –१ मा हजार दिनको आमालाई पोषण सामग्री वितरण गरिएको छ । गर्भावस्थादेखि सुत्केरीपछिको एक हजार दिनसम्मका आमाहरूलाई वडा कार्यालयले पोषणयुक्त खाद्य सामग्री उपलब्ध गराएको हो । वितरण गरिएका सामग्रीमा अण्डा, चना, मटर दाल र आयोडिनयुक्त नुनलगायत रहेका छन् । पोषण अभाव न्यूनीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ । यसैबिच, वडामा निर्माण सम्पन्न स्वास्थ्य चौकी भवन उदघाटनको अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो । नवनिर्मित भवनको उदघाटन गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्वे र उपाध्यक्ष ठाकुरसिंह नेम्वाङले गर्नुभयो । उक्त कार्यक्

    • प्रकाशित मितिः चैत २१, २०८२
    • १८४ पटक पढिएको
  • ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका स्थितआम्बेगुदिन माध्यमिक विद्यालयमा अक्षयकोषबाट ५६ विद्यार्थी सम्मानित

    इटहरी । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–२ आम्बेगुदिनस्थित एक विद्यालयमा स्थापना गरिएको अक्षयकोषको रकमबाट ५६ जना विद्यार्थीलाई सम्मान गरिएको छ । यहाँको आम्बेगुदिन माध्यमिक विद्यालयमा रहेको अक्षयकोषबाट सो सङ्ख्यामा विद्यार्थीलाई पुरस्कृत तथा सम्मान गरिएको हो ।विद्यालयको ७५ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रमका बीच सोही विद्यालयमा अध्ययनरत ५६ जना विद्यार्थीलाई अक्षयकोषको रकमबाट सम्मान गरिएको हो । विद्यालयका प्रधानाध्यापक दीपक भट्टराईका अनुसार विद्यालयमा रहेका १३ वटा अक्षयकोषको रकमले विभिन्न विधामा छनोट भएका ५६ जना विद्यार्थीलाई एकैसाथ सम्मान गरिएको हो ।अक्षयकोषबाट सम्मानित विद्यार

    • प्रकाशित मितिः चैत २१, २०८२
    • १३९ पटक पढिएको
  • विराटनगरमा ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८ औँ संस्करण चैत २८ गतेदेखि सुरु हुने

     इटहरी ।  कोशी प्रदेशको राजधानी विराटनगरमा ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८औँ संस्करण चैत २८ गतेदेखि सुरु हुने भएको छ। सहिद रंगशालामा आयोजना हुने प्रतियोगिता वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक विराट गोल्डकप ट्रष्टका महासचिव बिनेश बस्नेतले बताए। उनका अनुसार रंगशालामा पूर्वाधार सुधार, सुरक्षा प्रबन्ध, खेल तालिका निर्माण तथा दर्शक व्यवस्थापनलाई व्यवस्थित बनाउने काम तीव्र रूपमा भइरहेको छ। स्थायी संरचनासहितको फ्लड लाइट प्रयोग हुने भएकाले रात्रिकालीन प्रतिस्पर्धा थप व्यवस्थित र आकर्षक हुने अपेक्षा गरिएको छ।प्रतियोगितामा नेपालका वि

    • प्रकाशित मितिः चैत २१, २०८२
    • १५८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]