समाज

    Showing १,८०१-१,८१० of ११,१५८ items.
  • विद्युत् सर्ट भएर आगलागी हुँदा चार लाख २२ हजार रुपैयाँ बराबरको क्षति

    इटहरी । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवास्थित शिवरात्री टोलमा सोमबार बिहान विद्युत् सर्ट भई आगलागी हुँदा एक घरमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बिहान करिब ४ बजे स्थानीय शिवकुमार तुम्बाको टिनको छानो तथा काठपातले बनेको दुईतले घरमा अचानक आगलागी हुँदा  घरको माथिल्लो तल्ला जलेर नष्ट भएको प्रहरीले जनाएको छ। उक्त घरमा डेरा गरी बस्दै आएकी सङ्खुवासभाको पाँचखपन नगरपालिका–७ घर भएकी मिना चापागाईको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, एक थान ल्यापटप, एक थान एलसीडी टेलिभिजन र एक थान मोबाइल जलेर करिब एक लाख ५२ हजार रुपैयाँ बराबरको क्षति भएको छ। यस्तै घरधनी तुम्बाको घरका काठपात

    • प्रकाशित मितिः असार ८, २०८३
    • १८६ पटक पढिएको
  • चालु पुँजी कर्जा साठी प्रतिशत बनाउन माग

    इटहरी ।  निजी क्षेत्रको मनोबल बढाउँदै आन्तरिक उत्पादन वृद्धि गर्न उद्योगको प्रकृति र नगद प्रवाहका आधारमा चालु पुँजीकर्जा कुल कारोबारको ६० प्रतिशतसम्म पाउने स्थायी व्यवस्थाको माग उद्योगीले गरेका छन् । नेपाल राष्ट्र बैङ्कले ल्याउने आगामी मौद्रिक नीतिमा उद्योगी व्यवसायीले छुट्टाछुट्टै लिखित सुझाव दिँदै चालु पुँजी कर्जा मार्गदर्शनलाई समयानुकूल सुधार गर्न माग गरेका हुन् ।  नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी, नेपाल उद्योग परिसङ्घ कोशी, मोरङ उद्योग व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङले अलग अलग लिखित सुझाव पठाएका हुन् । यी संस्थाले नेपाल राष्ट्र बैङ्क प्रादेशिक कार्यालय विराटनगरका निर्देशक सुमन

    • प्रकाशित मितिः असार ८, २०८३
    • १८६ पटक पढिएको
  • पहिरोका कारण तीन परिवार विस्थापित

    इटहरी ।  अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका तीन परिवार विस्थापित भएका छन् । शनिबार पहिरोले सभापोखरी–१ धुपुमा धनबहादुर विश्वकर्माका चार जनाको परिवार र शान्तिराम पोख्रलका चार जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो । पहिरो जोखिमकै कारण खाँदबारी नगरपालिका–६ खानीडाडाँमा यारबहादुर तामाङका ६ जनाको परिवार पनि विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो । उहाँका अनुसार पहिराले विश्वकर्माको दुईतले घर पछाडितिरको भाग भत्काएको छ ।  पहिरोकै कारण सोही ठाउँका शान्तिरामको घरसमेत

    • प्रकाशित मितिः असार ८, २०८३
    • १४२ पटक पढिएको
  • गोरखापत्रकर्मी पन्दाक सम्मानित

    इटहरी । गोरखापत्रकर्मी चन्द्र पन्दाक (प्रयास) सम्मानित हुनुभएको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले १९ औं गाउँसभा अधिवेशनबाट पन्दाकलाई पत्रकारिताको माध्यमबाट स्थानीय सरकारलाई थप प्रभावकारी बनाउन भूमिका खेलेको भन्दै पुरस्कृत गरेको हो । पन्दाकसँगै पत्रकार खगेन्द्र अधिकारीलाई पनि सम्मान गरिएको छ । पन्दाक र अधिकारीलाई जनही ५ हजार रुपियाँ नगदसहित प्रमाणपत्रका साथै पुरस्कृत गरिएको पालिका अध्यक्ष मानबहादुर राईले जानकारी दिनुभयो । उहाँका अनुसार पन्दाक र अधिकारीलाई गाउँपालिकाले गाउँपालिकाका आधिकांश गतिविधिलाई प्रकाशन तथा प्रसारण गरेर पालिकाको गौरव र सेवा प्रवाह अभिवृद्धिका लागि खोजमूलक तथा समीक्षात्म

    • प्रकाशित मितिः असार ८, २०८३
    • १५३ पटक पढिएको
  • मोनोरेलको सम्भाव्यता अध्ययन

    इटहरी ।  सुनसरीको वराहक्षेत्र–१ मा रहेको गुप्तवराह मन्दिर क्षेत्रमा मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन थालिएको छ । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३र८४ सालको बजेटमा मोनोरेलका लागि बजेट छुट्याइएपछि प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरिएको बताइएको छ । गुप्तवराह निर्माण समितिका संयोजक रवि श्रेष्ठका अनुसार प्रारम्भिक अध्ययन थालिएको बताउनुभयो । धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको यस क्षेत्रमा कोरियाबाट आएका मोनोरेल विज्ञको टोलीले मोनोरेल निर्माणको सम्भाव्यता अध्ययन सुरु गरिएको जनाइएको छ । साबिक वराहक्षेत्र मन्दिर जाने सडकबाट करिब चार सय मिटर तल रहेको गुप्तवराह म

    • प्रकाशित मितिः असार ८, २०८३
    • ८४ पटक पढिएको
  • झापामा सर्पदंशबाट एक वृद्धाको मृत्यु

    इटहरी । झापाको गौरीगञ्ज गाउँपालिका–४ बाइसेटोलमा विषालु सर्पले डस्दा वृद्धाको मृत्यु भएको छ । गौरीगञ्ज–४ बाइसेटोलकी ८८ वर्षीया पञ्चमाया शेर्माक आइतबार साँझ विषालु सर्पले डस्दा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।कुखुराको खोरको ढोका लगाउने क्रममा खोर नजिकै रहेको इँटाको थुप्रोबाट निस्किएको सर्पले पञ्चमायाको दाहिने हातको माझी औँलामा डसेको थियो । सर्पदंशबाट गम्भीर घाइते भएकी शेर्मालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो । उपचारका क्रममा गएराती उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । शव हाल बिएण्डसी अस्पतालमा र

    • प्रकाशित मितिः असार ८, २०८३
    • ११६ पटक पढिएको
  • झापा बिर्तामोडको बीवाईडी गाडी सर्भिस सेन्टरमा विद्युत सर्ट हुँदा ६० लाखको क्षति, दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रण

    इटहरी । झापाको  बिर्तामोड नगरपालिका–१ स्थित एक बिवाइडी गाडीको सर्भिस सेन्टरमा विद्युत सर्ट भई आगलागी हुँदा लाखौको क्षति भएको छ । बिर्तामोडको पश्चिम बस स्टेन्ड छेउमा विकास बस्नेतले सञ्चालन गर्दैआएको सर्भिस सेन्टरमा आइतवार बिहान ४ बजेतिर विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट विभिन्न मोटर पार्टस्‌हरू जल्दा अन्दाजी ६० लाखको क्षति भएको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सर्भिस सेन्टरमा रहेका गाडीहरू भने जोगिएका छन् । बिर्तामोड नगरपालिकाको  दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ५।१० बजे आगो नियन्त्रणमा आएको थियो । यसैगरी वर्षासँगै परेको चट्याङले लागेर बिर्तामोडम

    • प्रकाशित मितिः असार ७, २०८३
    • १७१ पटक पढिएको
  • भारी वर्षाका कारण झापा बिर्तामोडको एक सुकुमवासी बस्तीमा तीन तले पक्की घर भासियो, मानवीय क्षति हुनबाट जोगियो

    इटहरी। झापामा भारी वर्षा भएको छ । वर्षाका कारण झापाको बिर्तामोड–५ स्थित नयाँ बसपार्कको सुकुमवासी बस्तीमा रहेको तीन तले घर भासिएको छ । ७० वर्षीय पहलमान ठाकुरको सो घर आइतबार बिहानको राति २ बजेतिर जमिनमा भासिएको हो । घर ढल्किँदै गएपछि त्यहाँ रहेका मानिस र केही सामानहरू बाहिर निकालिएको छ । त्यस घरमा दुई जना मात्र बस्ने गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घर भासिएर अन्दाजी २०–२५ डिग्रीमा ढल्किएको प्रहरीले जनाएको छ । सो घर पुरै खाली गराउने तयारी भइरहेको प्रहरीले जनाइएको छ ।

    • प्रकाशित मितिः असार ७, २०८३
    • १६५ पटक पढिएको
  • भारतको बागडोग्रामा भएको कार दुर्घटनामा परी झापा बिर्तामोडका एक युवकको मृत्यु

    इटहरी । भारतको बागडोग्रामा भएको कार दुर्घटनामा परी झापा  बिर्तामोडका एक युवकको मृत्यु भएको छ । भारतको सिलिगुडीबाट फर्किंदै गर्दा बाग्मती प्रदेश ०१०३२ च। १६८० नम्बरको कार शनिबार दिउसो करिब ५ बजे बागडोग्राको सन्यासी स्थानको चिया बगानमा अनियन्त्रण भई रुखमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा अलैची व्यवसायी बिर्तामोड(५ निवासी भरत चौधरीका छोरा अन्दाजी वर्ष २३ का अमित चौधरीको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । घाइते चौधरीको बागडोग्रा ग्यालेक्सीस्थित अस्पतालमा उपचारको क्रममा शनिबार साँझ ८ बजे मृत्यु भएको थियो । कारमा उहाँ मात्र एक्लै रहेको बताइएको छ । तीब्र गतिका कारण कार रुखमा ठोक

    • प्रकाशित मितिः असार ७, २०८३
    • २१५ पटक पढिएको
  • ओखलढुङ्गामा बाढी–पहिरोको कहर , ६ चौपाया बेपत्ता

    इटहरी। अविरल वर्षापछि आएको बाढी र पहिरोले चिशङ्खुगढी गाउँपालिकामा भौतिक संरचना तथा चौपायाको क्षति गरेको छ । शनिबार अपरान्हदेखि परेको वर्षाका कारण गाउँपालिकाको वडा ३ र ५ जोड्ने खानी खोला माथिको पक्की पुल बाढीले आंशिक रूपमा बगाएको छ । पुलमा क्षति पुगेपछि स्थानीय आवत–जावत प्रभावित भएको छ । यस्तै, वडा १ र २ को सिमानामा रहेको बाङ्गे खोलामा आएको बाढीले स्थानीय टीका भुजेल, मननारायण श्रेष्ठ र मनबहादुर सार्कीका गोठ पूर्ण रूपमा बगाएको छ । घटनामा १ भैँसी र ५ गोरु बेपत्ता भएका छन् । पहिरोका कारण स्थानीय रामकुमार राई र जनकबहादुर मगरको घरमा आंशिक क्षति पुगेको छ । घर जोखिममा परेपछि दुवै परिवार आफन्तको घ

    • प्रकाशित मितिः असार ७, २०८३
    • २१६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]