समाज

    Showing १,८११-१,८२० of १०,३४२ items.
  • सोलुखुम्बु मालपोतका तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचार गरेको अभियोगमा केशवबहादुर कार्कीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । शुक्रबार अख्तियारले मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन कार्यालय प्रमुख स्वर्गीय केशबहादुर कार्की, खरिदार तेजनाथ पौडेल, खम्बु पासाङल्हामु मनमाया नेपालीविरुद्ध विशेष अदालत, काठमाडौँमा करिब २० लाख रुपियाँ बराबरको बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले प्रमुख कार्कीसहित तीन जनाविरुद्ध १९ लाख ९० हजार ५७५ बिगो दाबी गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । खुम्बु पासाङल्हामु गाउँपालिका वड

    • प्रकाशित मितिः चैत २०, २०८२
    • १४५ पटक पढिएको
  • ओखलढुङ्गामा नसर्ने रोगका बिरामी बढ्दो, ३ वर्षमा २ हजार २८ बाट ४ हजार ६१६ पुगे

    इटहरी । ओखलढुङ्गामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा छ । स्वास्थ्य कार्यालय रुम्जाटारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तीन आर्थिक वर्षलाई केलाउँदा जिल्लामा नसर्ने रोग बाट बिरामी भएकाको सङ्ख्या बढ्दो देखिन्छ ।आर्थिक वर्ष २०७९र०८० मा जिल्लाभर दुई हजार २८ जना नसर्ने रोगका बिरामी थिए । यो सङ्ख्या आर्थिक वर्ष २०८०र०८१ मा बढेर तीन हजार ७५५ पुगेको छ भने २०८१र०८२ मा चार हजार ६१६ पुगेको छ ।  स्थानीय तहगत विवरण हेर्दा पनि अधिकांश पालिकामा बिरामीको सङ्ख्या बढेको देखिन्छ । आर्थिक वर्ष २०७९र०८० मा सिद्धिचरण नगरपालिकामा २४७, मोलुङमा १२४, चिशङ्खुगढीमा १४३, खिजिदेम्बामा १४०, लिखुमा ४९९, चम्पाद

    • प्रकाशित मितिः चैत २०, २०८२
    • ११९ पटक पढिएको
  • ताप्लेजुङको मेरिङ्देन–४, लिङ्तेपमा ८२ ज्येष्ठ नागरिक सम्मानित

    इटहरी। ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४, लिङ्तेपका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । लिङ्तेपवासी ज्येष्ठ नागरिकलाई वडा कार्यालयले सम्मान गरेको हो ।लिङ्तेपका वडाध्यक्ष वेदप्रसाद हाङ्गाम लिम्बूका अनुसार वडाभित्रका ८२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा ६८ देखि ९० वर्षसम्म उमेर पुगेका ३८ महिला र ४४ जना पुरुष रहनुभएको वडाध्यक्ष हाङ्गामले जानकारी दिनुभयो ।उहाँका अनुसार ज्येष्ठ नागरिकलाई काँचको थाल र बटुकाको सेट वितरण गरी सम्मान गरिएको छ । वडाभित्र सामाजिक सुरक्षा भत्ता ९वृद्ध भत्ता० प्राप्त गर्ने लाभग्राही अर्थात ज्येष्ठ नागरिकको सङ्ख्या ८६ जना रहेकोमा चारजना भने गाउँ बाहिर

    • प्रकाशित मितिः चैत २०, २०८२
    • १७१ पटक पढिएको
  • सुनसरीको इनरुवा–३ मा स्व. उपेन्द्र बस्नेत ‘पागल’को स्मृतिमा भव्य साहित्यिक कार्यक्रम सम्पन्न

    इटहरी। सुनसरीको इनरुवा नगरपालिका ३ मा सप्तरङ्गी साहित्य समाज कोशी प्रदेशले वरिष्ठ समालोचक तथा साहित्यकार स्व।उपेन्द्र बस्नेत ‘पागल’को स्मृति सभा तथा रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ ।स्मृति सभा तथा रचना वाचन कार्यक्रममा साहित्यकारले पागलको योगदानको चर्चाका साथै आ आफ्नो समसामयिक रचना वाचन गर्नुभएको छ । कार्यक्रम सिर्जनामा इनरुवाका अध्यक्ष तथा सप्तरङ्गी साहित्य समाजका सचिव लिलानाथ सिलवालले बस्नेतको साहित्य क्षेत्रमा ठूलो योगदान भएको बताउनुभयो । उहाँले नेपाली साहित्य र सुनसरीको कला क्षेत्रमा निकै योगदान ताजै रहेको बताउनुभयो । साहित्य कार्यक्रममा साहित्यकार डम्मरुबल्लभ भण्डारी, भरत गुरागाँई

    • प्रकाशित मितिः चैत २०, २०८२
    • १७२ पटक पढिएको
  • दमकबाट मादक पदार्थ सेवन गरी होहल्ला गर्ने पाँच पक्राउ

    इटहरी। दमकमा रातिको समयमा मादक पदार्थ र लागु औषध सेवन गरेर होहल्ला गर्ने तथा अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार प्रहरीले बिहीबार बेलुका दमकमा सञ्चालन गरेको स्वीप अपरेसनमा पाँच जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ । प्रहरीले केही दिनयता दमक क्षेत्रमा रात्रिकालीन गस्तिलाई तिब्रता दिँदै आएको छ ।घटना विवरण अनुसार दमक नगरपालिका–६ क्षेत्रमा अनावश्यक रूपमा भेला भई मादक पदार्थ सेवन गरी होहल्ला गर्ने तथा लागु औषध सेवनमा संलग्न पाँच जनालाई एकैसाथ पक्राउ गरिएको हो । पक्राउ परेकाहरूलाई इला

    • प्रकाशित मितिः चैत २०, २०८२
    • १८० पटक पढिएको
  • पाँचथरमा अरिङ्गालले टोकेर एक घाइते

    इटहरी। पाँचथरमा अरिङ्गालको समूहले टोक्दा एकजना घाइते हुनुभएको छ । कुम्मायक गाउँपालिका–१ का ५८ वर्षीय सानवहादुर लावती अरिङ्गालले टोकेर घाइते हुनुभएको हो ।जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उहाँलाई आज दिउँसो करिब १ बजे घरनजिकैको खेतमा रहेको वडहरको रुखमा घाँस काट्ने क्रममा अरिङ्गालको समूह शरिरमा खनिएको थियो । रुखको टोड्को भागभित्र रहेको अरिङ्गालले उहाँलाई बाँया खुट्टा, बाँया हात र ढाडमा टोकेर घाइते बनाएको प्रहरीले जनाएको छ । घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय यासोकबाट खटिएको टोली सँगै स्थानीयले घाइतेलाई सामान्य उपचार पश्चात थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य वि

    • प्रकाशित मितिः चैत २०, २०८२
    • १७१ पटक पढिएको
  • खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा

    इटहरी। पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’जहाँ नर्सरीदेखि कक्षा ७ सम्म पढ्ने ३०–३५ जना बालबालिका दिनहुँ बिहान ७ः०० बजे किताब, कापी र कलम च्यापेर ट्युसन पढ्न आइपुग्छन् । चन्द्र सर अर्थात् चन्द्र भण्डारीले ती बालबालिकालाई लेखपढमा सहायता गर्नुहुन्छ । उहाँ विद्यालयमा पढ्दा नबुझेका पाठ बुझाउनुहुन्छ । गृहकार्य गर्न सहजीकरण गर्नुहुन्छ । यो दृश्य हो– इटहरीको व्यस्त सडक पूर्वपश्चिम राजमार्ग पर्ने इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको गल्ली । नामजस्तै यस खुला आकाशमुनि पठनपाठन सञ्चालन हुन थालेको तीन दशक बढी भइस

    • प्रकाशित मितिः चैत २०, २०८२
    • १५७ पटक पढिएको
  • कलाकार सागर लम्सालमाथि बलात्कारको आरोप, युवती भन्छिन् दाइ मान्थेँ तर राक्षस रहेछ

    सुनसरी । कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप लागेको छ । अमेरिकामा रहँदै आएकी एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाएकी छन् ।   युवतीले एक वर्ष अगाडी कार्यक्रमको सिलसिलामा अमेरिका आएका लम्सालले आफूमाथि बलात्कार गरेको बताएकी छिन् । युवतीले लम्साल र उनिबीच १० वर्षभन्दा बढी समयको चिनजान रहेको र लम्साललाई आफूले दाइ मानेको समेत बताएकी छिन् । घटनाबारे प्रस्ट पार्दै उनले उनिहरुबीच कुराकानी हुँदै जाँदा सागर लम्सालले “तिमी बसेको ठाउँ हेरौँ न त” भनेकाले दाइ मानेको मान्छेलाई विश्वास गरेर आफ्नो अपार्टमेन्ट देखाउन लगेको बताएकी छिन् । कुराकानीको क्रममा युवतीको स्वास्थ्यको कुरा निस्कि

    • प्रकाशित मितिः चैत २०, २०८२
    • २३४ पटक पढिएको
  • झापामा दुई कैदी सहित १७ हजार ६६३ जना विद्यार्थी एसइई परीक्षामा सहभागी

    इटहरी । बिहिबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा झापाका दुई जना कैदी बन्दीले परीक्षा दिएकाछन् ।झापा कारागारमा रहेका दुई कैदी बन्दीले चन्द्रगढीस्थित वीरेन्द्र माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट परीक्षा दिन शुरु गरेको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ । झापामा कुल १७ हजार ६६३ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख कुमार बस्नेतले बताउनुभयो । उहाँका अनुसार पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सञ्चालन भएको छ ।उहाँका अनुसार १५ हजार ४०१ नियमित, ५७४ प्राविधिक धारतर्फ र बाँकी ग्रेडवृद्धि परीक्षार्थी रहेकाछन् । जिल्लामा

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १९२ पटक पढिएको
  • झापाको अर्जुनधारामा मन्दिरभित्र ग्रीलको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    इटहरी । झापाको अर्जुनधारामा मन्दिरभित्र ग्रीलको काम गर्ने क्रममा करेन्ट लागेर एक युवाको ज्यान गएको छ । बिहीबार दिउसो १२ बजतिरको समयमा अर्जुनधारा –४ भाङबारीस्थित विन्दाबासिनी मन्दिर परिसरमा ग्रीलको काम गरिरहेका २३ वर्षीय गोविन्द मण्डलको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।प्रहरीकाअनुसार भारत धुपगढी स्थायी घर भई हाल बिर्तामोडमा सञ्चालित पूजा ग्रील उद्योगमा कार्यरत मण्डल करेन्ट लागेर घाइते भएपछि उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो ।  अस्पताल लग्नासाथ चिकित्सकहरुले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १८६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]