समाज

    Showing १,८८१-१,८९० of १०,३४३ items.
  • ओली र लेखकलाई १० दिन थुनामा राख्न माग, बहस जारी

    काठमाडौं । भदौ २२ गते भएका घटनामा अनुसन्धान गर्न पक्राउ गरिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राख्न माग गरिएको छ। उनीहरूलाई म्याद थपको निम्ति आइतबार बिहान काठमाडौं जिल्ला अदालत पेस गरिएको थियो। न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा अहिले बहस जारी छ। स्वास्थ्य समस्याका कारण टिचिङ अस्पताल महाराजगन्ज भर्ना भएका ओलीलाई भर्चुअल रूपमा अदालतमा पेस गरिएको थियो भने लेखकलाई भौतिक रूपमै अदालतमा लगिएको थियो। सरकारी वकिलको कार्यालयले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागेको छ।

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १५७ पटक पढिएको
  • एमाले अध्यक्ष ओलीको रिहाइ गर्न माग

    इटहरी। नेपाल कम्युनिस्ट पार्टी ९एमाले० ताप्लेजुङले गिरफ्तार गरिएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहाइ गर्न माग गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै ओलीको रिहाइको माग गरिएको हो । एमाले ताप्लेजुङका कार्यबाहक अध्यक्ष दीपेन्द्र पोमु ९दीपेन० को नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँलाई ज्ञापनपत्र बुझाउँदै पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीको रिहाइको माग गरेको हो । पार्टी अध्यक्ष ओलीसहित पक्राउ गरिएका सबै नेताहरूको रिहाइको माग गरी प्रजिअ सेढाइँमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको एमाले जिल्ला कमिटी सचिव सन्तोष चाम्लि

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १३२ पटक पढिएको
  • ओली पक्राउविरुद्ध एमालेको देशव्यापी प्रदर्शन

    काठमाडौं । काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा नेकपा एमालेका कार्यकर्ताहरूले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गरेका छन्।एमालेका जनवर्गीय संगठनहरूले देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउँदै आन्दोलनलाई निरन्तरता दिएका छन्। हिजोदेखि सुरु भएको प्रदर्शन आज पनि जारी रहेको छ। ओलीसँगै कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि एमालेले देशव्यापी विरोध कार्यक्रम थालेको जनाएको छ।

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १५३ पटक पढिएको
  • उदयपुरमा १४ वर्षीय बालिकालाई जबरजस्ती करणी आरोपमा १९ वर्षीय किशोर पक्राउ

    इटहरी। १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १९ वर्षीय युवक पक्राउ परेका छन् ।उदयपुरको चौदण्डीगढी नगरपालिका– ७ डाँडावारी बस्ने १९ वर्षीय अनिल विश्वकर्मालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनले बालिकालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १६० पटक पढिएको
  • तेह्रथुममा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    इटहरी। तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । लोपोन्मुख सांस्कृतिक वस्तुहरूको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । फेदाप गाउँपालिकाको सेवा केन्द्र पोक्लाबाङ बजारदेखि करिब दुई किलोमिटर उत्तरमा सांस्कृतिक सङ्ग्रहालय निर्माण भइरहेको छ । झिङ्गटीको छानो लगाइएको छधुरे परम्परागत शैलीको सङ्ग्रहालय भवनको निर्माण गरिएको हो । पोक्लाबाङलाई माङ्गेन्ना यक मान्नेहरूको साझा संस्था पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ नामक संस्थाको अगुवाइमा सङ्ग्रहालय निर्माण भइरहेको हो । पोक्लाबाङलाई माङ्गेन्ना यक मान्ने याक्थुङ (लिम्बू)हरूस

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १४३ पटक पढिएको
  • पाथीभरा याङवरक गाउँपालिका जोडिने सडक कालो पत्रे गर्न सुरु

    इटहरी । पाथीभरा याङवरक गाउँपालिकाको केन्द्रसम्म जोडिने सडकको कालो पत्रे गर्न सुरु गरिएको छ । मेची राजमार्गस्थित काबेलीदेखि पुर्णेडाँडासम्मको १० किलोमिटर सडक कालोपत्रे गर्न सुरु गरिएको हो । १० किलोमिटर सडकमध्ये चालु आर्थिक वर्षमा चार किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्ने गरि निर्माणको कार्य धमाधम भइरहेको गाउँपालिका अध्यक्ष केशर कुमार सुब्बाले जानकारी दिनुभयो । उहाँका अनुसार संघीय सरकारको पाँच करोड र गाउँपालिकाको पाँच करोड रुपियाँको साझेदारीमा कालोपत्रे गर्ने कार्य सुरु गरिएको हो ।निर्माणको कार्य दुई स्थानमा छुट्टाछुट्टै कम्पनीले गरिरहेका छन् । श्याम श्री जय सम्भु चक्र जेभी इलाम र श्याम श्री जय स

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १३८ पटक पढिएको
  • विराटनगरमा पहिलो अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटेल

    इटहरी। विराटनगरमा पहिलो अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटेल ‘लेमन ट्री प्रिमियर’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । शुभम् इन्टरनेसनल हस्पिटालिटी प्रालिका चार जना युवा साझेदारको दुई अर्ब लगानीमा होटेल स्थापना भएको हो । विराटनगरका चार युवाले लगानी गरेको यो होटेलको सम्पूर्ण व्यवस्थापन भने भारतको दिल्लीस्थित अन्तर्राष्ट्रिय ब्रान्डको ‘लेमन ट्री प्रिमियर’ ले गर्ने छ । लेमन ट्री ब्रान्डमा नेपालको यो दोस्रो होटेल विराटनगरमा स्थापना भएको हो । लगानी साझेदारमध्येका मनोजविक्रम शाहका अनुसार यसको सफ्ट ओपनिङसँगै अहिले ८० कामदारका लागि ‘लेमन ट्री प्रिमियर’ ले तालिम आयोजना गरिरहेको छ । आगामी वैशाखमा यसक

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १२२ पटक पढिएको
  • भोजपुरका किसान चैतेधान रोप्नमा व्यस्त

    इटहरी ।  भोजपुरका ग्रामीण भेगका किसान यतिबेला चैतेधान रोप्नमा व्यस्त छन् । हिउँदयाम सकिएसँगै तापक्रम बढ्न थालेपछि किसानहरू धान रोपाइँमा जुटेका हुन् । भोजपुरको हतुवागढी, अरुण, षडानन्द नगरपालिकालगायतका स्थानीय तहमा रहेका सिँचाइ सुविधा भएका फाँटमा अहिले रोपाइँको चटारो देखिएको छ । समयमै रोपाइँ गर्न सके उत्पादन राम्रो हुने विश्वासका साथ किसान बिहानदेखि बेलुकासम्म खेतमा खटिएका छन् । हतुवागढी गाउँपालिका–२ का जयबहादुर थापाका अनुसार चैतेधान बाली छोटो अवधिमा पाक्ने भएकाले यसबाट वर्षे धानभन्दा छिट्टै आम्दानी लिन सकिन्छ । यसले घरायसी उपभोगसँगै अतिरिक्त आम्दानीको स्रोतसमेत बढाएको उहाँको भनाइ छ । कावाख

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १०१ पटक पढिएको
  • उच्च हिमाली क्षेत्र लोनाकमा एक कर्मचारीको मृत्यु

    इटहरी। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित लोनाकमा एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा जुम्लाको कनकासुन्दरी गाउँपालिका ५ का ३३ वर्षीय चन्द्र जङग हमाल रहनुभएको छ । हमाल गत चैत ८ गतेमात्रै समृद्ध पहाड संस्थामा नियुक्त हुनु भएको थियो । संस्थामा नियुक्त भई कञ्चनजङ्घा संरक्षण क्षेत्रको सपोर्ट कर्मचारीको रुपमा काम गर्न जाने क्रममा लोनाकमा अचानक बिरामी भई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार हमालको शनिबार बिहान करिब २ः३० मा मृत्यु भए पनि प्रहरीसमक्ष साँझमात्रै जानकारी प्राप्त भएको थियो ।उच

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १२३ पटक पढिएको
  • यस्तो छ पूर्वमन्त्री दीपक खड्काको पक्राउ पूर्जी

    काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पूर्वमन्त्री खड्कालाई आज बिहान पक्राउ गरेको हो ।

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १५१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]