इटहरी । स्वस्थ जीवनशैली र साइकल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले ५० जना युवाले झापाको १२ स्थानीय तहमा तीन दिवसीय साइकलयात्रा पूरा गरेका छन् ।झापा साइकल क्लबको आयोजना र पर्यटन कार्यालय काँकडभिट्टाको सहयोगमा फागुन ३० गते प्रारम्भ भएको यात्रा आज सम्पन्न भएको हो । पर्यटन कार्यालय काँकडभिट्टाका सूचना अधिकृत निरोज कट्टेलका अनुसार ‘घुमौँ झापा–२०८२’ अन्तर्गत नेपाल र भारतका साइकलयात्रीले १२ वटा स्थानीय तहको १८५ किलोमिटर दूरी साइकलबाट पार गरेका छन् । साइकलयात्रीले घुम्ने क्रममा हरेक स्थानीय तहमा रहेका पर्यटकीयस्थल र धार्मिकस्थलको अवलोकन गरेका थिए । विभिन्न जातजातिका संस्कार र संस्कृतिका बारेमा
इटहरी । उदयपुरको कटरी नगरपालिका वडा ५ मा सोमबार साँझ आएको हुावाहुरीले ढालेको रुखले पसलसहितको एउटा घर किच्दा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । कटारी बजार नजिकैको तिनकुनेचौक स्थित राधाकृष्ण मन्दिर नजिक वीरेन्द्र चौधरीको घरमा नजिकैको सुकेको सालको रुख ढलेर उक्त घटना भएको हो । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार घरधनी ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको हो । घाइते हुनेहरूमा उहाँको नातिनी अन्दाजी ५ वर्षीया बिनिषा चौधरी, कटारी नपा ३ आहालडाँडाका २७ वर्षीय युवराज कार्की, वडा ५ बलाहाका ४६ वर्षीय लीलाबहादुर दनुवार, स
इटहरी। सोमबार रातिको हावाहुरीको कारण धनकुटा सदरमुकामसहित विभिन्न स्थानमा क्षति पुगेको छ । सोमबार राती ८ बजे देखि ९ बजे सम्म करिब एक घण्टा आएको हावाहुरीका कारण सदरमुकामका केही घरमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै विभिन्न स्थानमा रुख ढलेका छन । रुख ढलेको कारण धेरै स्थानमा क्षती पुगेको जनाइएको छ । त्यस्तै केही घरका छाना उडाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोले जानकारी दिनु भयो । धनकुटा नगरपालिकाको निगाले, कागते, सुकेपोखरी लगायतको स्थानमा समेत क्षती पुगेको छ । स्थानीय खेम थापाका अनुसार केहि घरका छाना उडाएको, बिजुलीक
इटहरी। खोलामा डुबिरहेको अवस्थामा खोटाङमा एक व्यक्ति मृत भेटिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा प्रगती टोलका करिब ५० वर्षीय काला सार्की दिखुवा खोलामा मृत भेटिएका हुन् ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क र सोही नगरपालिका ४ खाल्लेको सिमानामा रहेको दिखुवा खोलामा सार्की डुबिरहेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । दिखुवा खोलास्थित निर्वुजे दहमा पुरै कपडासहित घोप्टिरहेको अवस्थामा सार्की मृत भेटिएका हुन् ।चैत १ गते मृत भेटिएका सार्कीको पहिचान पश्चात चैत २ गते जिल्ला अस्पतालमा पोष्टमार्टम गरेर परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय खोट
इटहरी । कोशी प्रदेश सरकारले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७९’ लाई संशोधन गर्ने भएको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद्को कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित सो ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो ।आन्तरिक मामिला तथा कानुन मन्त्री तथा सरकारका प्रवक्ता इन्द्रमणि पराजुलीले बैठकका निर्णयको बारेमा जानकारी गराउँदै उक्त विधेयकलाई प्रदेश सभामा लैजान स्वीकृति प्रदान गरिएको बताउनुभयो । बैठकले कानुन, न्याय तथा प्रदेश मामिला समितिबाटै परिमार्जित ‘कोशी प्रदेश निजी तथा साझेदारी फर्म दर्ता ९दोस्रो संसोधन० नियमावली, २०८२’ लाई समेत
तरहरा | इटहरी वडा नम्बर २० मा रहेको जनसहयोग कलेजको २०५० सालमा अध्ययनरत विद्यार्थीहरूको समुहको आयोजनामा राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा देश–विदेशमा रहेका इच्छुक कविहरूले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ।समूहका अनुसार प्रतियोगिताका लागि कविता वि.सं. २०८२ चैत मसान्तसम्म इमेलमार्फत पठाउन सकिनेछ। प्रतियोगितामा सहभागी हुन चाहने कविहरूले नेपाली भाषामा लेखिएको, सामाजिक विषयवस्तुमा आधारित तथा कम्प्युटर टाइप गरिएको कविता पठाउनुपर्ने नियम राखिएको छ।आयोजकले कविता गद्य वा पद्य दुवै शैलीमा पठाउन सकिने तर २०० शब्दभित्र हुनुपर्ने जनाएको छ। कविता पूर्ण
इटहरी। जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को आयोजनामा इटहरीको जनता बहुमुखी क्याम्पस इटहरीमा (स्ववियु कप) हुने भएको छ ।क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूबीच खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। प्रतियोगिता यही चैत ९ गतेदेखि सुरु हुने जनाइएको छ।प्रतियोगितामा क्याम्पसमा अध्ययनरत +२, स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरू सहभागी हुन सक्नेछन्। प्रतियोगिताअन्तर्गत फुटबल, JMC रन, भलिबल, कब्बडी, डोरी तान, बुद्धिचाल (चेस) र ब्याडमिन्टन लगायतका खेलहरू समावेश गरिएका छन्।सहभागिता जनाउन इच्छुक विद्यार्थीहरूले सम्बन्धित ख
इटहरी । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।गाउँपालिकाले ५० देखि ८५ प्रतिशतसम्मको अनुदानमा ६२ लाख रुपियाँ बराबरको कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको हो । पालिकाका पाँच वटै वडामा अलैँची बाली नयाँ पकेट विकास कार्यक्रम सञ्चालन गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर प्रधानले जानकारी दिनुभएको छ । राष्ट्रिय कृषि आधुनिकीकारण परियोजना, परियोजना कार्यान्वयन इकाईको मापदण्डमा आधारित रहेर सञ्चालन हुने १२ लाख रुपियाँ बजेटको यो कार्यक्रममा ५० देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था भएको पालिकाले जनाएको छ । वडा नं।१,२ र ३ मा सञ्चालन हुन
इटहरी । सुनसरीमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले सरोकारवालाहरू र उद्योग व्यवसायीलाई आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेले व्यवसायीलाई ग्यास र पेट्रोलियम वितरण प्रणालीलाई व्यवस्थित बनाउन, अनावश्यक भण्डारण नगर्न, र एउटाले अर्को कम्पनीको खाली सिलिण्डर भण्डार नगर्न निर्देशन दिनुभएको छ। उहाँले निजी क्षेत्रलाई निरुत्साहित गर्ने नीति नरहेको भन्दै सहकार्यका लागि समेत आग्रह गर्नुभयो। जिल्लामा रहेका ग्यास उद्योग तथा विक्रेताले दैनिक रूपमा प्राप्त र वितरण गरिएको ग्यासको अभिलेख
इटहरी । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालू आर्थिक वर्ष २०८२र८३ को साउनदेखि फागुनसम्ममा पूर्वी नाकाबाट अमेरिका, बेलायत, भूटानलगायतका मुलुकबाट पर्यटकहरु नेपाल भित्रिएका हुन् । उहाँले साउनमा २८४, भदौमा २१९, असोजमा ५४१, कात्तिकमा ६२४, मङ्सिरमा ८७३, पुसमा एक हजार ८५०, माघमा एक हजार ३९५ र फागुनमा एक हजार पाँच जना पर्यटक भित्रिएको जानकारी दिनुभयो । सोही अवधिमा अध्ययनलगायतका कामले विदेशमा रहेका तीन हजार १३३ नेपालीहरु सोही नाका भएर नेपाल फर्किएको समेत उहाँले बता
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.