काठमाडौं । विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुर मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार झापा गौरादह नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–४ सुकेधारामा बस्दै आएका ४३ वर्षीय रविरत्न चुडाल पक्राउ परेका हुन्।प्रहरीका अनुसार “साङ्केतिक नाम ०८२ धरान–३८” को जाहेरीका आधारमा नेपाल सरकार वादी र रविरत्न चुडाल प्रतिवादी रहेको विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुर मुद्दामा फरार रहेका उनलाई काठमाडौँको सुकेधाराबाट नियन्त्रणमा लिइएको हो।पक्राउ परेका चुडाललाई थप अनुसन्धान तथा आवश्यक
इटहरी । ताप्लेजुङको भानु जन माध्यमिक विद्यालय अम्बिटारमा अध्यक्ष कोष स्थापना गरिएको छ । नेपाली सेनाको दुर्गादल गुल्म ताप्लेजुङमा कार्यरत एक सैनिक कर्मचारीले आफ्नो जन्मदिनको अवसरमा उक्त विद्यालयमा ५५ हजार ५५५ रुपियाँ अक्षय कोष स्थापना गरिदिनुभएको हो ।सङ्खुवासभाको खाँदबारी नगरपालिका ८ पिप्ले घर भई अहिले दुर्गादल गुल्ममा कार्यरत पवन बजगाईँले विद्यालयमा अक्षयकोष स्थापना गरिदिनुभएको विद्यालयका सहायक प्रधानाध्यापक राजमणि प्याकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार यसको व्याजबाट हरेक वर्ष एक जना विद्यार्थीलाई कम्तीमा पाँच हजार रुपियाँ बराबरको शैक्षिक सामग्री वा नगदै रकम प्रदान गरिने छ ।पेन्सन ह
इटहरी । सुख्खा पहिरोका कारण भेडेटार–राजारानी–रविराके सडक अवरुद्ध भएको छ। भेडेटार थुम्की खण्डमा पर्ने लभडाँडामा शुक्रबार बिहानदेखि निरन्तर सुख्खा पहिरो झर्न थालेपछि सडक अवरुद्ध भएको हो। सो स्थानको करिब १०० मिटर क्षेत्रमा पहिरो लगातार झरीरहेको जनाइएको छ। सडक अवरुद्ध भएपछि धनकुटाको चौबिसे गाउँपालिका माथिल्लो क्षेत्र र पाँचथरको पश्चिमी भागका तर्फको यातायात पूर्ण रूपमा प्रभावित भएको छ।यो स्थान भेडेटारबाट करिब २.५ किलोमिटर दुरीमा रहेको छ। पहिरो हटाउन पहल भइरहे पनि निरन्तर पहिरो झरेका कारण समस्या भइरहेको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनुभयो। उहाँका अनुसार आवश्यक उपकरण तयारी अवस्था
सुनसरी / सुनसरीको बराहक्षेत्र ५ मा रहेको मुनबिम एकेडेमीले विद्यालयको २१ औ वार्षिकोत्सव तथा अभिभावको दिवसको पहिलो दिन भव्य रुपमा सम्पन्न गरेको छ।विद्यालयका फाउण्डर तथा शिक्षक यज्ञ बहादुर सुब्वाको सभाध्यक्षता र सुनसरी प्याब्सनका वरिष्ट उपाध्यक्ष रमेश कार्कीको प्रमुख आतिथ्यमा पहिलो दिनको कार्यक्रम राखिएको थियो।कार्यक्रमका प्रमुख अतिथि रमेश कार्कीले विद्यार्थीले तयार पारेको रोबटिकद्वारा कार्यक्रमको उदघाटन गरेका थिए। पहिलो दिनको कार्यक्रम कक्षा नर्सरीदेखि कक्षा ३ सम्मको कार्यक्रम राखिएको विद्यालयका सहायक प्रिन्सिपल विदुर चौलागाई बताए। कार्यक्रममा विद्यार्थीहरुले राष्ट्रभाव ,संस्कार संस्कृति झ
इटहरी । सुनसरी स्थित सेतो बंगला एकेडेमीले १९ औँ अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ। विद्यार्थीहरूको प्रतिभा खोज, पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा अभिभावक, विद्यार्थी, अतिथि तथा पूर्व विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालय परिसरमा आयोजित उक्त समारोहमा करिब ७ सय जना अभिभावक, विद्यार्थी, अतिथि तथा पूर्व विद्यार्थीहरू सहभागी भएका थिए । कार्यक्रमको सभापतित्व विद्यालयका अध्यक्ष खड्ग कुमार बिष्ट (ईश्वर बिष्ट) ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा पत्रकार, साहित्यकार तथा समाजसेवी कृष्ण विनोद लम्साल उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी व
इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा नगरपालिकास्तरीय विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम –२०८२ सुरु भएको छ । शुक्रबार पञ्चायत माध्यमिक विद्यालयको संयोजनमा आगामी ३ दिन (फागुन २९ गतेदेखि चैत –१ गते) सम्म त्रि–दिवसीय कार्यक्रम सुरु भएको हो । पथरी शनिश्चरे नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा द्वारा आयोजित उक्त कार्यक्रममा शैक्षिक वर्ष २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन, आधारभूत तथा माध्यमिक तहसम्मको लागि एकल गायन, नृत्य , चित्रकला, हस्तलेखन जस्ता विधाहरूमा प्रतियोगिताको आयोजना गरिएको छ
इटहरी । इटहरीमा कार्यरत सञ्चारकर्मीहरू भेला भई सञ्चारमाध्यमको समस्या, सम्भावना र गर्नुपर्ने कामबारे छलफल गरिएको छ । शुक्रबार इटहरीको त्रियुगा होटलमा सञ्चारकर्मीहरूसँग मिडियाका चुनौती, अवसर, र विभिन्न क्षेत्रले गर्नुपर्ने कामहरूमा विचार मन्थन गरेका थिए । कार्यक्रममा भोलिका दिनमा मिडियालाई कसरी अघि बढाउने र सञ्चारकर्मीहरूको विकास कसरी गर्ने भन्ने विषयमा सहयोग र सहकार्यको सम्भावना समेत केलाइएको थियो । साथै, स्थानीय तह, सरकार र संघसंस्थासँग सहकार्य गर्दै इटहरीको दिगो विकासमा मिडियाले योगदान दिन सक्ने उपायहरूमा पनि योजना बनाइएको छ । विकास पत्रकारिता तालिम देखि प्राविधिक सीप साटासाट सम्म
इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको पर्फेक्ट एकेडेमीले आफ्नो एघारौं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सुस्मा गिरीको अध्यक्षता तथा कोशी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी निरीक्षक दीपक गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न जातजातिका मौलिक भेषभूषामा सजिएर आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए ।आफ्ना छोराछोरीको प्रस्तुति हेर्दै अभिभावकहरू निकै उत्साहित र खुसी देखिन्थे। सो अवसरमा प्रमुख अतिथी गिरी, विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थी,
इटहरी । किण्डरपिलर एकेडेमी इटहरीको १० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिहिबार सम्पन्न भएको छ । विद्यालयकी प्रिन्सिपल देबी आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, अभिनय र रोल–प्ले जस्ता विविध सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा बालबालिकाको आत्मविश्वास, प्रतिभा र सिर्जनशीलता झल्किने प्रस्तुति देखेर अभिभावक तथा अतिथिहरू उत्साहित बनेका थिए । कार्यक्रममा बोल्दै विद्यालयकी प्रिन्सिपल देवी आचार्यले यस्ता गतिविधिले बालबालिकाको प्रतिभा उजागर गर्न, आत्मविश्वास बढाउन तथा समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । विद्यालयले पढाइसँगै अतिरिक्त क्रिय
इटहरी । नेपाली कांग्रेसका नेता तथा मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट कांग्रेस उमेदवार डा। शेखर कोइरालाले चुनाव खर्च विवरण सार्वजनिक गरेका छन् ।निर्वाचन कार्यालय मोरङमा बुझाइएको विवरणअनुसार कोइरालाको चुनाव खर्च २२ लाख ३१ हजार ८८ रुपैयाँ ६९ पैसा खर्च भएको छ । प्रचारप्रसार सामग्री छपाइमा १६ लाख ४६ हजार ६०९, स्टेशनरीमा १ लाख ४ हजार ५००, प्रचार प्रसारमा १ लाख १३ हजार, टेन्टमा ४० हजार, यातायातमा ७९ हजार, इन्धनमा १ लाख १६ हजार ३१९, खाजामा ९६ हजार ६६० र मसलवन्दमा ३५ हजार खर्च भएको विवरणमाजनाइएको छ । कुल २२ लाख ३१ हजार ८८ रुपैयाँ ६९ पैसा खर्च भएको विवरणमा उल्लेख छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.