समाज

    Showing २,४८१-२,४९० of ९,३५८ items.
  • खैरो हिरोइनसहित एक पक्राउ

    इटहरी । धनकुटाको छथरजोरपाटी गाउँपालिका –२, स्थित जोरपाटी बजारबाट खैरो हिरोइनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका –९ घर भएका २२ वर्षीय अर्जुन कार्की रहनुभएको छ । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी नायब निरीक्षक चिरञ्जीवी खण्डाको प्रहरी टोलीले शङ्का लागी चेकजाँच गर्दा तीन वटा प्लास्टिकका पोकामा ३१० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटा प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्की धनकुटा नगरपालिका –१ स्थित त्रिसुलेस्थित अस्पताल प्लान्टमा काम गर्ने कामदार गर्ने रहेको खुलेको छ । लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा उह

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • २५९ पटक पढिएको
  • अन्तर्राष्ट्रिय आमन्त्रण ANNE प्रथम गछिया गोल्डकप मंसिर १५ गतेदेखि सुरु हुने

    मोरङ | मोरङको  सुन्दरहरैचा गछियामा गछिया युवा समाजको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रण ANNE प्रथम गछिया गोल्डकप–२०८२ मंसिर १५ गतेदेखि सुरु हुने भएको छ। कुल ८ टिमको सहभागितामा हुने प्रतियोगिताले स्थानीय खेलकुद विकाससँगै युवामाझ सकारात्मक सन्देश प्रवाह गर्ने आयोजकहरूले बताएका छन्।“लागुऔषधले लिन्छ ज्यान, गछिया समाजको आह्वान— स्वस्थ रहन खेलमा ध्यान” भन्ने मुख्य नाराका साथ सुरु गर्न लागिएको यो प्रतियोगिताबाट समाजमा सकारात्मक ऊर्जा फैलाउने, युवाहरूलाई अनुशासन तथा स्वास्थ्यप्रति सचेत बनाउने र स्थानीय प्रतिभालाई मंच प्रदान गर्ने उद्देश्य रहेको मुल आयोजक समितिका संयोजक प्रलाद थोप्रा लिम्बुले जानका

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • ३३५ पटक पढिएको
  • ताप्लेजुङमा सञ्चालन भएको निशुल्क आँखा शिविरबाट दुई सय ६ जनाको फर्कियो गुमेको ज्योति

    इटहरी । ताप्लेजुङमा सञ्चालन भएको निशुल्क आँखा शिविरबाट २ सय ६ जनाले आँखाको ज्योति पाएका छन् । नेपाल नत्र ज्योति सङ्घको आयोजनामा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा तीन दिन सञ्चालन भएको निशुल्क शिविरबाट २ सय ६ जनाले आँखाको ज्योति पाएका हुन् । शिविरमा २ सय ६ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज तथा वरिष्ठ नेत्र अधिकृत काजी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार शिविर मार्फत १ हजार ६ सय बढीले परीक्षण तथा उपचार सेवा पाएका छन् । ति मध्ये २ सय ६ जनाको मोतियाबिन्दुको र ३ जनाको साधारण शल्यक्रिया गरिएको छ । विश्व विख्यात नेत्र विशेषज्ञ

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • २४० पटक पढिएको
  • झापाको दमकबाट लुटिएको हतियार पाँचथरको ओडारमा फेला

    इटहरी । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका दुई थान बन्दुक सहित गोली प्रहरीले बरामद गरेको छ । झापाको दमकमा हतियार लुटेर पाँचथरको मिक्लाजुङको एक ओडारमा लुकाईएको अवस्थामा बन्दुक सहित त्यसमा लाग्ने केही गोली फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पाँचथरको मिक्लाजुङ(३ आरुबोटेमा रहेको ओडारबाट प्रहरीले म्यागेजिनसहितको ३०३ मार्क(३ राइफल, जलेको अवस्थामा रहेको एक थान इन्सासको बट र ह्यान्ड(ग्रिप, इन्सासको एक थान जंगी राउण्ड, र एसएलआरका तीन थान जंगी राउण्ड बरामद गरेको हो । प्रहरी कार्यालय आगजनी र लुट

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • १७९ पटक पढिएको
  • तोडफोड, आगजनीमा संलग्न २९ जना पक्राउ

    इटहरी। जेनजी आन्दोलनका क्रममा विभिन्न प्रहरी कार्यालय तोडफोड, आगजनी र सुरक्षा निकायमाथि आक्रमणका घटनामा संलग्न भएको आरोपमा झापामा एक महिनाको अवधिमा प्रहरीले २९ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । बिर्तामोड र दमक क्षेत्रमा प्रहरीले यस प्रकारको घटनामा संलग्नको निगरानी र नियन्त्रण कार्य तिब्र बनाएको प्रहरी श्रोतको भनाइ छ । यस क्रममा प्रहरीले लुटिएका हतियार तथा गोलीहरू पनि नियण्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार अस्थायी प्रहरी चौकी गरामनीमा गरिएको तोडफोड तथा आगजनीमा संलग्न गरामनीका ३६ वर्षीय गङ्गाराम लिम्बू र मुसहरडाँडाका १९ वर्षीय सेशेहाङ

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • १९५ पटक पढिएको
  • भोजपुरका किसान कोदो थन्क्याउन व्यस्त

    इटहरी ।  भोजपुरका किसान यो समयमा कोदो थन्क्याउने काममा व्यस्त छन्। धान भण्डारणको काम सकिएलगत्तै किसानहरू कोदो भण्डारणमा कार्यमा जुटेका हुन्। कोदो भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ । कोदो खेती भोजपुर नगरपालिकाको भँगेरी, बोखिम, दुम्सीका, दावासँगै जिल्लाका सबै स्थानीय तहमा गरिन्छ। व्यावसायिक रूपमा खेती गर्ने किसान कम भए पनि घरायसी प्रयोजनका लागि अधिकांश किसान वर्षेनी कोदो रोप्ने गर्छन्। हाल स्थानीय बजारमा कोदो प्रतिकेजी ५० देखि ६० रुपियाँमा बिक्री भइरहेको छ । पुरानो रैथाने बाली भएकाले वर्षेनी कोदो लगाइरहेको किसान धनबहादुर थापाले बताउनुभयो । गाउँघरका किसान यो समयमा कोदो पिप्ने, को

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • २७० पटक पढिएको
  • मकालु बेस क्याम्पमा दोलखाका पदयात्री अरुण कार्कीको लेक लागी मृत्यु

    इटहरी ।  मकालु बेस क्याम्प क्षेत्र पदयात्राका क्रममा दोलखा जिल्ला मेलुङ गाउँपालिका–७ का ४३ वर्षीय अरुण कार्कीको बेस क्याम्प नजिकै पुगेपछि स्वास्थ्यमा अचानक समस्या भएपछि निधन भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । जिल्ला प्रहरीका प्रमुख डिएसपी कुमारप्रसाद मैनालीका अनुसार घटनाबारे जानकारी पाएपछि प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा टोली खटिएको थियो । उक्त टोलीले बुधबार हेली एभरेष्टको सहयोगमा बेस क्याम्प नजिकैबाट कार्कीको शव उद्धार गरेको थियो । प्रारम्भिक अनुमान अनुसार कार्कीलाई लेक लागेर स्वास्थ्य जटिलता उत्पन्न भएको हुनसक्ने प्रहरीले जनाएको छ । उद्धारपछि कार्कीको शव पोष्ट

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • २४१ पटक पढिएको
  • योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला नियुक्त

    इटहरी ।  कोशी प्रदेश सरकारको प्रदेश योजना आयोगको उपाध्यक्षमा विराटनगर महानगरपालिकाका तारानाथ निरौला नियुक्त हुनुभएको छ । बुधबार बसेको कोशी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले उहाँलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघिका  उपाध्यक्ष डा। राजेन्द्र अधिकारीले गत कात्तिक २० गतेदेखि लागु हुने गरी दिएको राजीनामा स्वीकृत गर्दै बुधबार बसेको बैठकले निरौलालाई नियुक्त गर्ने निर्णय गरेको‌ हो । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर र खाद्य प्रविधिमा स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएका निरौलाले स्थानीय तहको योजना तर्जुमा, क्षमता विकास र मापदण्ड निर्धारणमा प्रदेश तथा सङ

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • २८९ पटक पढिएको
  • विराटनगर विमानस्थलको नयाँ टर्मिनल निर्माण ७५५ सम्पन्न

    इटहरी । आगामी नयाँ वर्ष २०८३ साल वैैशाखमा विराटनगरले नयाँ टर्मिनल भवनबाट सेवा प्रारम्भ गर्ने विश्वास गरिएको छ । निर्माण कम्पनीसँगको सम्झौता अनुसार विमानस्थलको नयाँ टर्मिनलको पूर्वाधारतर्फको काम सम्पन्न पुस मसान्तसम्ममा नै सम्पन्न गर्नुपर्ने भए पनि वैशाखअगावै सम्पन्न हुन सक्ने स्थिति देखिएको छैन ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर सञ्जीव खड्काका अनुसार अहिले भौतिक प्रगति ७५ प्रतिशत रहेको छ । उहाँले उपकरण जडान गरिसक्दा आर्किटेक्टतर्फका कामसमेत सकिने बताउनुभयो ।  टर्मिनल भवन निर्माण सम्झौता २०७९ मङ्सिरमा केसी÷डाँफे जेभीसँग भएको थियो । यसको शिलान्यास  २०७९ फागुन १ गते भएको

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • २१० पटक पढिएको
  • दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मङ्सिर १३ गतेदेखि सञ्चालन हुने

    इटहरी ।  दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ यही मङ्सिर १३ गतेदेखि सञ्चालन हुने भएको छ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ५ थुकिमामा दोस्रो साङ्धुङ्गे माङ्गेना कप वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको हो । चासोक तङ्नाम मूल सञ्चालक समितिको आयोजनामा हुने खेल प्रतियोगितामा आयोजकको तर्फबाट ३ टिमसहित जम्मा १५ वटा टिमको सहभागिता रहने बुधबार पत्रकार सम्मेलन मार्फत समितका अध्यक्ष विशाल लङ्वा लिम्बुले जानकारी दिनुभयो । प्रतियोगिताको प्रवेश शुल्क पाँच हजार पाँच सय ५५ रुपियाँ रहेको छ भने टिम दर्ता मंसिर ११ गते अपराह्न ४ बजेसम्ममा गरिसक्नु पर्ने खेल संय

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • २२८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]