काठमाण्डौ । सुनकोशी नदीमा पुल नहुँदा यात्रुहरूलाई सास्ती भएको छ । काठमाण्डौ लगायत तराईका विभिन्न ठाउँबाट उदयपुरको गाईघाट हुँदै सगरमाथा मार्ग भएर खोटाङ जाने यात्रु यात्राले सबैभन्दा बढी सास्ती खेप्नु परेको छ । गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशीमा पुल नहुँदा दसैँको समयमा सिद्धिचरण मार्ग हुँदै ओखलढुङ्गाको लामो यात्रा गरेर खोटाङ जानुपर्ने बाध्यता रहेको छ । गएको वर्षको असोजमा आएको बाढीले पुल भत्काएको थियो । त्यसको आठ महिनाअघि जडान गरिएको बेलिब्रिज समेत खोलिएपछि दसैँको समयमा पहाडी क्षेत्र खोटाङ जाने यात्रुले महँगो भाडा तिरेर लामो घुम्ती सडकमार्ग भएर जानुपर्ने बाध्यता रहेको यात्रुहरू गुनासो गरेका
इटहरी। सुनसरीको धरानस्थित शक्तिपीठ दन्तकालीमा नवरात्रीको अवसरमा भक्तजनको घुइँचो लागेको छ । दन्तकालीमा नेपाल बाहेक भुटान र भारतबाट समेत दर्शन गर्न भक्तालुहरू आएका छन् । मन्दिरका पुजारी विश्वराज खनालले नवरात्रीका बेला नेपालका अतिरिक्त भारत र भुटानबाट समेत तीर्थालु दन्तकाली आउने गरेको बताए । मन्दिरमा आउने भक्तालुको रेकर्ड राख्ने व्यवस्था नभएका ले कति तीर्थालु आए भन्ने तथ्याङ्क नभएको बताए । भगवान् शिवले सतीदेवीको मृत शरीर बोकेर हिँड्दा सतीदेवीको दन्त पतन भई दन्तकाली शक्तिपीठको रूपमा स्थापित भएको विश्वास गरिन्छ । दन्तकाली मन्दिरमा सतिदेवीका दाँतको प्रतीक स्वरूप एउटा कालो प्रस्तर राखिएको छ ।
इटहरी । हालै भएको जेन्जी आन्दोलनका क्रममा अराजक तत्वहरूले घुसपैठ गरी देशका विभिन्न संरचना, सार्वजनिक निकाय र निजी सम्पत्तिमाथि आगजनी र तोडफोड गरेका छन् । सुनसरी जिल्लामा मात्रै करोडौँ रुपैयाँ बराबरको ठूलो क्षति भएको छ । सो घटनापछि नेकपा (एमाले) स्थायी कमिटि सदस्य भीम आचार्य, केन्द्रीय सदस्य भगवती चौधरी, इटहरी उपमहानगर कमिटि अध्यक्ष रुपेस बस्नेत, इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता चौधरी, सचिव मदन कार्की, उपसचिव रन्जु सिग्देल लगायत स्थानीय नेताकार्यकर्ता र युवाहरूले क्षतिको स्थलगत अवलोकन गरेका छन् । निरीक्षण गरिएका स्थानहरूमा नेकपा एमाले इटहरी उपमहानगर कमिटिको कार्यालय, अख्तियार दुरुपयोग अनु
इटहरी । उत्तर–दक्षिण कोसी सडकअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथांका सडकखण्ड भदौ १५ गतेको भीषण पहिरोका कारण एक महिनादेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । मकालु गाउँपालिका–३ अल्फटे क्षेत्रमा आएको पहिरोले करिब २०० मिटर सडक बगाएपछि आवागमन ठप्प भएको हो । सडक अवरुद्ध हुँदा यातायातसँगै आसपासका गाउँबस्तीका स्थानीयको जनजीवन प्रभावित भएको छ । पहिरोका कारण सडक मात्र नभई निजी जग्गा, खेतबारी, बालीनाली र बोटबिरुवामा क्षति पुगेको स्थानीयले बताएका छन् । सडक योजना कार्यालयका प्रमुख रामबहादुर गुरुङका अनुसार भू–स्खलन प्रभावित क्षेत्रमा माटो दलदले भएको र भारी मेसिन परिचालन गर्न कठिन भएकाले तत्काल सडक सञ्चालन
इटहरी । पाथीभरा क्षेत्रमा मदिराको बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले आज एक सूचना जारी गर्दै मदिरा बिक्री र सेवनमा रोक लगाएको हो । समितिले फेदी, बलुडाँडा, काफ्लेपाटीलगायत स्थानमा रहेका होटल तथा व्यवसायीलाई मदिरा बिक्री नगर्न आग्रह गरेको छ । साथै समितिले मदिरा बिक्री वा सेवन गरेर धार्मिकस्थलको वातावरण प्रदूषित गर्नेहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
इटहरी । सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि इटहरीस्थित सवारी परीक्षण कार्यालयका प्रमुख मेकानिकल इन्जिनियर रोशन कुमार देव र लेखापाल चन्द्र बहादुर बस्नेतलाई जिम्मेवारीबाट हटाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उनीहरूलाई मन्त्रालयमै तानेको हो। सेवाग्राहीसँग घुस असुली, मोलमोलाहिजा गर्ने मात्र नभई राजस्व हिनामिनासमेत भएको आशंका गरिएको मन्त्रालय स्रोतले जनाएको छ। अनियमितताको प्रमाणसहितको गुनासो मन्त्री कुलमान घिसिङसमक्ष पुगेपछि उनले तत्काल दुवैलाई हटाएर छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए। कार्यालय प्रमुख देव र लेखापाल बस्नेतको मिलेमतोमा राजश्वसमेत हिनामिना भएको उजुरी परेको जनाइएक
इटहरी । धरान उपमहानगरपालिका–४ बुद्ध विहार नजिकै प्रहरीले दुई सय ७५ किलो गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो। भेडेटारबाट धरानतर्फ आउँदै गरेका धनकुटा साँगुरीगढी गाउँपालिका–८ बस्ने १९ वर्षीय विवशन राईलाई पक्राउ गरिएको हो। चेकजाँच गर्दा उनको साथमा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो। बरामद गरिएको गाँजासहित पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
इटहरी | स्टुडेन्ट्स फर लिबर्टीले इटहरीस्थित लुनार आईटी सोलुसन्समा ‘मानव सम्मान’ सम्बन्धी विशेष कार्यक्रम सम्पन्न गरेको छ।१६ देखि ३० वर्ष उमेर समूहका २२ जना युवाको सहभागिता रहेको कार्यक्रममा बलजफ्तिभन्दा प्रेरणा र राजीखुसीलाई प्रवर्द्धन गरेर सम्मानपूर्वक जीवन जिउने कला तथा खुसी समाज निर्माणका उपायबारे विस्तृत छलफल गरिएको थियो।सत्रलाई रोचक बनाउन स्वतन्त्रता बिङ्गो खेल, मानव सम्मानका सिद्धान्तबारे प्रस्तुति, पुरस्कारसहितका गतिविधि र “मानव सम्मानको शक्ति : राजीखुसीको रोजाइ, बलजफ्तिको अस्वीकार” शीर्षकमा समूह छलफल गरियो।कार्यक्रमअघि र पछि गरिएको मूल्याङ्कन (प्रि–पोष्ट टेस्ट) मा प्राप्त सकारात्मक नति
इटहरी । जेनजी आन्दोलनका क्रममा प्रशासनिक भवन ध्वस्त भएपछि विराटनगर महानगरपालिकाको कार्यपालिका बैठक टेन्टमुनि बसेको छ । आइतबार मेयर नागेश कोइरालाको अध्यक्षतामा तथा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलाल सहित कार्यपालिका सदस्यहरुको उपस्थितिमा बैठक बसेको हो । बैठकले प्रशासनिक भवन सहित आगजनी र तोडफोड भएका वडा कार्यालयहरुको पुनर्निर्माणलाई तीव्रता दिने, महानगरबाट प्रवाह हुने अत्यावश्यक सेवालाई थप प्रभावकारी बनाउने लगायतका निर्णय गरेको छ । बैठकमा मेयर कोइरालाले हतोत्साहित नभई भएका स्रोतसाधनबाट जनताका सेवामा लाग्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्नुभएको थियो । कोइरालाल
इटहरी । नेपालीहरुको महान चाड बडा दशैँको सातौ दिन धनकुटामा भव्यताका साथ फूलपाती बढाई गरिएको छ । धनकुटाको प्रशिद्ध धार्मिकस्थलका रुपमा चिनिने निशान भगवति मन्दिरबाट डोलीमा निशानलाई बोकेर बजार परिक्रमा गरि तल्लो टुँडिखेलमा पु¥याई विधिवत रुपमा पूजा आजा गरी फूलपाति बढाइँ गरीएको हो । धनकुटा नगरपालिका–६, स्थित विच बजारमा रहेको निशान भगवति मन्दिरमा वि.स. १८३१ साल देखि फूलपाती बढाई गरीदै आएको छ । मन्दिरबाट डोलिमा निशान बोकेर बजारका विभिन्न भाग परिक्रमा गरीएको थियो । डोलिमा बोकेर निकालिएको निशान भिमषेन थान, भिमनारायण चोक, माथिल्लो कोप्चे तल्लो केप्चे हुँदै तल्लो टुँढिखेलमा ल्याएर विधिवत रुपमा पूजाआरधना ग
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.