समाज

    Showing ३,२०१-३,२१० of ११,१८५ items.
  • चतराधाममा बेद बिद्याश्रम गुरुकुलमको भवनको शिल्यनास

    इटहरी । वराहक्षेत्र नगरपालिका वडा नं १ चतराधाम स्थित राधाकृष्ण संस्कृत बेद बिद्याश्रम गुरुकुलमा माध्यमिक बिद्यालय भवनको शिल्यनास गरिएको छ । बिहिबार बिहान शुभ साइतमा नगर प्रमूख रमेश कार्कीको प्रमुख आतिथ्यतामा भवनको शिल्यनास कार्य सम्पन्न भएको हो । बिद्यालयको स्तरोन्नयनका लागि आयोजना गरिएको द्वादश दिवसिय विराट ज्ञान महायज्ञबाट संकलित रकमबाट भवन निर्माण हुनेछ । ३ तल्लामा २० वटा कोठा रहेने भवनका लागि २ करोड १८ लाख बजेट बिनियोजन गरिएको भवन निर्माण समितिका अध्यक्ष प्रल्लाद भट्टराईले जानकारी दिनुभयो । नेपाल राष्ट्रका प्रथम जगदगुरु वालसन्त मोहनशरमनले देवाचार्य महाराजश्रीको परिकल्पनामा २०५९ सालमा स्थाप

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • ५८१ पटक पढिएको
  • ज्योति माध्यमिक विद्यालय विद्यार्थीको ५७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाइयो

    इटहरी । सुनुसरीको इटहरी ५ मा रहेको ज्योति माध्यमिक विद्यालयले ५७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाइएको छ । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर विक्रम शाहको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे । कार्यक्रममा विद्यार्थीहरुले  सांस्कृतिक नृत्य र गायन समेत प्रस्तुति गरका थिए । विद्यालयको वार्षिक प्रतिवेदन विद्यालयका प्रधानध्यापक चिरञ्जीवी भट्टराईले प्रस्तुत गर्नुभएको थियो । विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिमा जोड, नेपाली र अंग्रेजी दुवै माध्यममा पठनपाठन गरी ,प्रविधि मैत्री शिक्षण सिकाइका लागि स्मार्टबोर्डयुक्त कक्षाकोठा बन

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • ३४३ पटक पढिएको
  • इलामबाट ७ पोका ब्राउन सुगर सहित एक जना पक्राउ

    इटहरी ।  इलामबाट ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सूर्योदय नगरपालिका १० फिक्कल बजारबाट ब्राउन सुगर सहित सूर्योदय ९ का २९ बर्षीय बुद्ध तामाङलाई ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । फिक्कल प्रहरी चौकीका प्रहरी नायब निरीक्षक बिष्णु प्रसाद सापकोटाको नेतृत्वमा खटिएको नेपाल प्रहरी र शसस्त्र प्रहरी बल आइतबारेको टोलीले ७ पोका ब्राउन सुगर सहित तामाङलाई पक्राउ गरेको हो । प्रहरी नायब निरीक्षक सापकोटाका अनुसार पक्राउ परेका ब्यक्तिको साथबाट बरामद भएको ब्राउन सुगरको मात्रा शुन्य दशमलब २०० मिलिग्राम रहेको छ । प्रहरीले पक्राउ गरिएका तामाङ लागु औषध कारोबारी हुन सक्ने जनाएको छ । तामाङल

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • २३६ पटक पढिएको
  • मोरङ–१ मा प्रतिनिधिसभा निर्वाचनअघि कडा सुरक्षा, सबै मतदानस्थल संवेदनशील सूचीमा

    इटहरी । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मोरङ–१ मा सुरक्षा व्यवस्था उच्च सतर्कताका साथ कडा पारिएको छ। क्षेत्रका सबै मतदानस्थललाई संवेदनशील सूचीमा राखेर बहुस्तरीय सुरक्षा रणनीति लागू गरिएको सुरक्षा निकायले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेतको समन्वयमा सुरक्षा परिचालन तीव्र बनाइएको हो। इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन केन्द्र–केन्द्रमा सुरक्षा घेराबन्दी गरिएको छ। मोरङ–१ मा कुल १ लाख २८ हजार मतदाता रहेका छन्, जसमा लेटाङ नगर क्षेत्रमा करिब २८ हजार मतदाता छन्। लेटाङ नगरपालिकाभित्र

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • २४४ पटक पढिएको
  • इटहरीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु, तीन घाइते

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ प्रगति टेक्स्टायल अगाडि कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते  भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्र खड्काका अनुसार गएराती  बेलुका करिब ९ः३० बजे विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १(००१(००१ च ७५०५ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय गिरिजानन्द शाह गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि कोशी अस्पताल लगिएकोमा उपचारकै क्रममा राति करिब ११स्२० बजे मृत्यु भएको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • २४८ पटक पढिएको
  • मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका एक जना कैदीको उपचारको क्रममा मृत्यु

     इटहरी । जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका एक जना कैदीको उपचारका क्रममा मृत्यु भएको छ । कारागार प्रशासनका अनुसार मोरङको उर्लाबारी नगरपालिका–३ घर भएका ३७ वर्षीय सनम तामाङको बुधबार राति ज्यान गएको हो । कारागार प्रशासक गौरव ढुंगेलका अनुसार तामाङलाई अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति करिब १० बजेतिर विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बुधबार राति पौने ११ बजेतिर उनको मृत्यु भएको जानकारी कारागार प्रशासनले दिएको छ । ढुंगेलका अनुसार स्वास्थ्य सम्बन्धी पुरानै समस्या रहेका तामाङले यसअघिदेखि नै नियमित औषधि सेवन गरिरहेका थिए । तर, पछिल्लो पटक अचानक

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • २६१ पटक पढिएको
  • भोजपुरको अरुणमा त्रि–धार्मिकस्थल निर्माण स् विविधताबीच एकता र सहअस्तित्वको सन्देश

    इटहरी । धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम गर्ने उद्देश्यले भोजपुर जिल्लाको अरुण गाउँपालिकास्थित म(याङडाँडामा त्रि–धार्मिकस्थल निर्माण गरिएको छ । यहाँ एउटै परिसरमा हिन्दू, बौद्ध र किरात धर्मसँग सम्बन्धित संरचनाहरू निर्माण गरिएका हुन् ।  धर्मका नाममा विभाजन होइन, एकता र सहिष्णुताको सन्देश प्रवाह गर्ने लक्ष्यसहित अरुण आध्यात्मिक प्रतिष्ठानले करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको यस स्थानमा योजनाबद्ध रूपमा संरचना निर्माण गरेको हो । प्रतिष्ठानका सचिव सोमनाथ शर्माले तीन वटै धर्मावलम्बीले एकैस्थानमा आफ्ना धार्मिक परम्परा, संस्कार र अभ्यासलाई निरन्तरता दिन संरचना निर्माण गरिएको ब

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • १९२ पटक पढिएको
  • धनकुटामा मतदाता शिक्षा अभियान तीव्र, बदर मत घटाउने लक्ष्य

    इटहरी ।  आगामी २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार मतदातालाई आफ्नो पक्षमा पार्न  व्यस्त भइरहँदा मतदाता स्वयंसेवक भने मतदाता शिक्षा दिन व्यस्त छन् । मतदान प्रव्रिmयालाई सहज, सरल बनाउन, बदर हुने मत घटाउनका लागि आयोगले गत ३ गतेदेखि सुरु गरेको स्वयंसेवक १७ गतेसम्म  परिचालन  हुने छ । स्वयंसेवक टोल टोल÷घर घर पुगेर मतपत्रमा सही चिह्न कसरी लगाउने, समानुपातिक र प्रत्यक्ष प्रणालीको भिन्नता, मतदान केन्द्रमा पालना गर्नुपर्ने आचारसंहिता तथा मतदानको गोपनीयतासम्बन्धी जानकारी दिइरहेका धनकुटा नगरपालिका–१ को स्वयंसेवक रोजिना राई बताउनुहुन्छ । विशेष गरी न

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • २१७ पटक पढिएको
  • सुनसरी–२ मा स्वतन्त्र उम्मेदवार देवेन्द्र पौडेलको दाबी : अपाङ्गता शिक्षा र सुशासन मुख्य एजेण्डा

    सुनसरी । प्रतिनिधिसभा सदस्यका लागि सुनसरी क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका देवेन्द्र पौडेल ले आफू विजयी हुने दाबी गरेका छन्। लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनले देशमा राजनीतिक अस्थिरताकै कारण सामाजिक, आर्थिक, भौतिक तथा राजनीतिक क्षेत्र कमजोर भएको बताएका छन्।सुनसरी–२ मा उनको चुनाव चिन्ह ‘ह्विलचेयर’ रहेको छ। फरक क्षमता भएका व्यक्ति स्वयं पौडेलले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, शिक्षा र अवसर सुनिश्चित गर्नु आफ्नो प्रमुख एजेण्डा रहेको बताएका छन्। उनले छात्रावास सुविधासहित अपाङ्ग विद्यालय स्थापना गरी त्यसलाई क्रमशः विश्वविद्यालयसम्म विस्तार गर्ने अवधारणा अघि सारेका

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • ७३६ पटक पढिएको
  • जिल्ला प्रशासन कार्यालय पाँचथरले जथाभावी ड्रोन नउडाउन आग्रह

    इटहरी ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा हुनसक्ने सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पाँचथरले जथाभावी ड्रोन नउडाउन आग्रह गरेको छ । अनुमति लिएका ड्रोन समेत यो समयमा उडाउन नपाइने जिल्ला प्रशासन कार्यालय पाँचथरले सार्वजनिक सूचना जारी गरेर जानकारी गराएको हो । प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले विज्ञप्ति मार्फत फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सुरक्षाको दृष्टि संवेदनशीलतालाई ख्याल गर्दै यस्तो निर्णय गरिएको बताउनुभयो । उहाँका अनुसार प्रशासनबाट सञ्चालन अनुमति लिएका ड्रोनहरू फागुन १८ गतेदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नभएसम्

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • २९१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]