इटहरी । ताप्लेजुङको फुङ्लिङ नगरपालिका र जिल्ला अदालतले सेवा अनिश्चित कालका लागि बन्द गरेका छन् । जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक भई तोडफोड र आगजनीको घटनासँगै देशभरको परिस्थिति प्रतिकूल भएपछि फुङ्लिङ नगर र ताप्लेजुङ जिल्ला अदालतले सेवा बन्द गरेका छन् । जेनजी समूहले मङ्गलबार राति गरेको तोडफोड र आगजनीबाट फुङ्लिङ नगरपालिकाको प्रशासकीय भवन ध्वस्त भएको छ । प्रशासकीय भवन तहसनहस भएपछि नगर प्रमुख अमिर मादेनले बुधबार विज्ञप्ति प्रकाशित गर्नुहुँदै नगरपालिकाले प्रवाह गर्दै आएको सेवा अनिश्चित काल ९समय० का लागि बन्द गरिएको उल्लेख गर्नुभएको छ । तोडफोड र आगजनीका कारण प्रशासकीय भवन क्षतिग्रस्त भएर काम
इटहरी । देशव्यापी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै यहाँको खाँदबारी नगरपालिकाले मातहतका कार्यालय दुई दिनसम्म बन्द रहने जनाएको छ । नगरपालिकाले बुधबार प्रकाशित गरेको सूचनामा अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय तथा मातहतका निकायहरू बिहीबार र शुक्रबारसम्म बन्द रहने जनाएको छ । सेवाग्राहीलाई यस अवधिमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै नगरप्रमुख महेश थपलियाले संयमित र धैर्य रहन नगरवासीलाई अपिलसमेत गर्नुभएको छ । आन्दोलनका कारण उत्पन्न चुनौतीपूर्ण अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेकाले अवस्था सहज भएसँगै आइतबारदेखि सेवा दिइने उहाँले बताउनुभयो ।
इटहरी । ताप्लेजुङमा बिहीबार साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जेनजी पुस्ता ९समूह० ले गरेको प्रदर्शन हिंसात्मक भई देशमा विषम परिस्थितिको सिर्जना भएको अवस्थालाई दृष्टिगत गरी प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले निषेधाज्ञा जारी गर्नुभएको हो । देशभरको शान्ति सुरक्षाको अवस्थालाई मध्यजनर गर्दै ताप्लेजुङमा निषेधाज्ञा जारी गरिएको प्रजिअ सेढाइँले सूचनामा उल्लेख गर्नुभएको छ । जुलुस, प्रदर्शन, घेराउलगायत विरोधका गतिविधिका कारण सार्वजनिक सम्पत्ति तोडफोड, आगजनीसहित उच्छृङ्खल र अवाच्छित क्रियाकलापबाट शान्ति सुरक्षामा प्रतिकूल असर पुग्ने अवस्था कायमै रहेकाले निषेधाज्ञा जारी गर्नुपरेको सूचनामा
इटहरी। झापामा एक व्याक्तिको धारिलो हतियार प्रयोग गरेर हत्या भएको छ । बुधबार राति करिब ८ बजे मेचीनगर नगरपालिका– ७ गैरीगाउँमा ५० वर्षीय नारायण ज्ञवालीले आफ्नै घरको कोठामा दुवागढीका ४० वर्षीय मोहम्मद फौमोदिनलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चक्कु प्रहारबाट फौमोदिनको पेट, ढाड र शरीरका विभिन्न भागमा गम्भीर चोट लागि घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । चक्कु प्रहार गरेको अभियोगमा ज्ञवाली र साथमा रहेकी श्रीमती सुजता ज्ञवालीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन
इटहरी । भोजपुर जिल्लामा यस वर्ष धानखेतीको क्षेत्र घटेको छ । गत वर्ष बाह्र हजार १५४ हेक्टर क्षेत्रमा धानखेती भएकामा यस वर्ष ११ हजार पाँच सय हेक्टरमा मात्र धानखेती विस्तार भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । यस वर्ष समयमा बर्सात नहुुनु तथा गाउँघरमा बसाइँसराइको दर बढेको कारण धानखेतीको क्षेत्र घटेको कृषि ज्ञानका सूचना अधिकारी घनश्याम बरालले बताउनुभयो । यो वर्ष भोजपुरमा करिब ९६ प्रतिशत मात्र रोपाइँ भएको उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्ष भोजपुरमा ३७ हजार ७०० मेट्रिक टन धान उत्पादन भएको थियो । धानखेतीको विस्तारको क्षेत्र घटेकाले यस वर्ष उत्पादनमा पनि कमी आउने सम्भावना रहेको देखिएक
इटहरी । जेनजी आन्दोलको क्रममा आन्दोलनकारीहरुले झापाको प्रहरी कार्यालयहरुलाई नियन्त्रणमा लिएर बिभिन्न इलाका प्रहरी कार्यालयहरुमा रहेका ९२ जना थुनुवाहरुलाई भगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आन्दोलनकारीहरूले गम्भीर, जघन्य प्रकृतिका साथै अन्य अपराधमा संलग्न रही अनुसन्धानमा रहेका थुनुवाहरूलाई भगाएको उल्लेख गरेको छ । विहीबार जिल्ला प्रहरी कार्यालय झापाले पत्रकारलाई उपलब्ध गराएको विवरणअनुसार इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, अनारमनीबाट ३६ जना र झिलझिलेबाट ५ जना गरी ९२ जना फरार भएको उल्लेख गरिएको छ । फरार भएकाहरु हत्या, डकैती, लागुऔषध कारोबारजस्ता
काठमाडौं — हालै जेन्जी पुस्ताले आयोजना गरेको आन्दोलनमा घुसपैठका कारण विद्यार्थी, युवाहरू र सुरक्षाकर्मीको ज्यान गएका घटनाप्रति नेपाल तरुण दलले गहिरो दुख व्यक्त गरेको छ। दलले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते पत्रकार, प्रहरी तथा विद्यार्थी–युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।प्रेस विज्ञप्तिमा दलले भदौ २४ गते नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र डा. आरजु राणा देउवाको निवासमा भएको आक्रमणलाई ‘नियोजित हत्या प्रयास’ भन्दै कडा आपत्ति जनाएको छ। विज्ञप्तिमा आक्रमणको बेला देउवा दम्पतीलाई सुरक्षित स्थानमा पुर्याई सहयोग गर्नेहरूलाई ‘हृदयदेखि आभारी’ रहेको उल्लेख गरिएको छ।दलका अध्यक्ष व
काठमाडौं | Gen Z पुस्ताको आन्दोलनको नाममा देशभरका विभिन्न स्थानमा लुटेरा समूहले भाटभटेनी सुपरमार्केटका शाखाहरूमा आगजनी र लुटपाट गरेका छन्। सोमबार राति भएका ती घटनाले सम्पूर्ण समाजलाई स्तब्ध तुल्याएको छ।यस क्रममा हजारौं श्रमिक–मजदुर दशैंको मुखमै रोजगारी गुमाउँदै सडकमा पर्ने अवस्था आएको छ। घटनाले न त आम नागरिकलाई राहत दियो, न त युवाको आवाजलाई बलियो बनायो। बरु श्रमिक र व्यवसायी दुबैलाई पीडित बनाएको छ।भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले विगत लामो समयदेखि देशमै लगानी गर्दै आएका थिए। जब धेरै व्यापारीहरूले पूँजी विदेश लगानी गर्ने बाटो रोजे, उनले भने मातृभूमिमै लगानी गरेर हजारौं युवालाई रोजगारी सिर्ज
इटहरी । जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको छ । कैदीबन्दी छुटाउने योजना सहित एउटा समूह पुगेपछि प्रहरीले हवाई फायर गरेको हो । कैदीबन्दी छुटाउनु पर्ने माग सहित एउटा समूह पुगेपछि कारागारबाट कैदीबन्दीहरूले पनि भाग्ने प्रयास गरेका थिए । भीडलाई तितरबितर बनाउन प्रहरीले १५ राउन्ड हवाई फायर गरेको हो । हवाई फायरपछि कैदीबन्दी छुटाउन पुगेको भीड तितरबितर भएको छ । कारागारमा नेपाली सेनाको टोली पनि पुगेको छ । सेनाको टोली पुगेपछि अवस्था सामान्य छ । मोरङ कारागारमा एक हजार १ सय बढी कैदीबन्दी रहेका छन् ।
इटहरी । कोशी प्रदेशसभा भवन ध्वस्त भएको छ । जेनजी युवा समूहको आन्दोलनको क्रममा मंगलबार निशानामा परेको प्रदेश सभा जलेर ध्वस्त भएको हो । आन्दोलनकारीले मंगलबार दिउँसो प्रदेश सभा भवन र सचिवालयमा आगजनी गरेका थिए । प्रदेश सभाको सबै सामग्री जलेर नष्ट भएको छ । बुधबार बिहान प्रदेश सभामा खरानी मात्रै बाँकी थियो । प्रदेश सभा सचिवालयमा अझै आगो बलिरहेको छ । सचिवालयका कर्मचारीका अनुसार आगोले नभेटेको स्थानका सबै सामान चोरी भएको छ । प्रदेश सभाको बैठक कक्ष जलेर सबै खरानी भएको छ । फर्निचर, एसी,कम्युटर, प्रिन्टर, क्यामेरा लगायत उपकरण चोरी भएको हो । अराजक समूहले मुख्यमन्त्री कार्यालयमा आगोले नभेटेका सबै सामान लुटे
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.