समाज

    Showing ३,३३१-३,३४० of ९,३६८ items.
  • फुरुम्वो–पालुङवा वंश प्रतिष्ठानले क्यान्सर पीडितलाई आर्थिक सहयोग

    इटहरी । फुरुम्वो–पालुङवा वंश प्रतिष्ठानले क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । प्रतिष्ठानले फुङलिङ नगरपालिका ७ दोखुकी क्यान्सर पीडित मिना नाल्बो पालुङवालाई एक लाख ७५ हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको हो । पीडित मिनालाई युके र प्रतिष्ठानको दोखु शाखाबाट सङ्कलन गरेर उपलब्ध गराइएको प्रतिष्ठानका दोखु शाखा सचिव रविन्द्र पालुङवाले जानकारी दिनुभयो । प्रतिष्ठानले बिरामीकी श्रीमान लोकमान पालुङवा नगद हस्तान्तरण गरेको छ । यस अघि पनि प्रतिष्ठानले आफ्नो वंशबाट करिब चार लाख रुपियाँ नगद सङ्कलन गरी उपलब्ध गराएको बताइएको छ । केन्द्रीय अध्यक्ष काजीमान पालुङवा, सङकलन कर्ता अमर पालुङवा र दोखु शाखाका अध्यक

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • १८८ पटक पढिएको
  • लम्पी स्किनको सङ्क्रमण बढ्दै

    इटहरी ।  भोजपुर जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको छ । हालसम्म ६ सय २९ गाईगोरु र राँगाभैँसीमा यो रोग देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार हालसम्म दुई सय २१ पशु निको भएका छन् भने चार सय आठ पशु अझै सङ्क्रमित छन् । उक्त रोगबाट तीन पशु चौपाया मरेका छन् ।  तीन सय ९३ गाईगोरु र १५ राँगाभैँसी अहिले पनि बिरामी रहेका प्रमुख दाहालले बताउनुभयो । भोजपुरमा पशुमा लम्पी स्किन रोगको सङ्क्रमण बढेको छ । यो रोग महामारीका रूपमा फैलिने खतरा छ । रोग नियन्त्रणका लागि नौ हजार ३५ पशुमा खोप लगाइएको कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • १७१ पटक पढिएको
  • हाइड्रोपावरमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु

    इटहरी । संखुवासभाको चैनपुर नगरपालिका–४ स्थित सुपरहेवा हाइड्रोपावरमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । शनिबार दिउँसो हाइड्रोपावरमा विद्युत् लाइन नजिक रहेको रुखको हाँगा हटाउने क्रममा करेन्ट लागेर काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१ घर भएका २९ वर्षीय क्रान्ति तामाङ गम्भीर घाइते भएका थिए । घाइते तामाङलाई उपचारका लागि तत्कालै चैनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिए पनि उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • १५२ पटक पढिएको
  • इटहरीमा विश्वप्रसिद्ध Triumph Motorcycles को भव्य शो–रुम उद्घाटन

    इटहरी | पूर्वाञ्चलमा विश्वप्रसिद्ध मोटरसाइकल ब्राण्ड ट्रायम्फ (Triumph Motorcycles) को आधिकारिक डिलरशिप इटहरीमा सुरु भएको छ। यातायात कार्यालय नजिकै रहेको अटो सिटी, इटहरी मा नयाँ शो–रुमको भव्य उद्घाटन गरिएको हो।उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले इटहरीस्थित नयाँ ट्रायम्फ शो–रुमलाई नेपालमै अहिलेसम्मकै उत्कृष्ट शो–रुम भएको उल्लेख गर्नुभयो। उहाँले शो–रुमको विशाल संरचना, आकर्षक डिजाइन तथा विश्वस्तरीय सुविधा प्रशंसा गर्नुभयो।गोल्छाका अनुसार, प्रदीप संथालिया र जयन्त संथालिया साथै अटो सिटी इटहरीको निरन्तर मेहनतकै कारण यस किसिमको भव्य शो–रुम पूर्वाञ्चलमा सम्भव भएक

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • ३७२ पटक पढिएको
  • इटहरीमा बिनाभाँडो खाना पकाउने प्रतियोगिता सम्पन्न

    इटहरी | इटहरी युथ ओपन क्र्युको आयोजनामा स्काउट विद्यार्थीहरूको शारीरिक, मानसिक, बौद्धिक तथा व्यवहारिक ज्ञान विकास गर्ने उद्देश्यले बिनाभाँडो खाना पकाउने प्रतियोगिता गरिएको थियोे ।कार्यक्रममा इटहरी उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका लगायतका स्काउट ट्रुपहरूको सहभागिता रहेको थियो। प्रतियोगिताको सभापतित्व श्री सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखनाथ भट्टराईले गर्नुभएको थियो भने प्रमुख अतिथि सुनसरीका पूर्व जिल्ला समन्वय आयुक्त तथा धरान स्थानीय परिषद सदस्य एवं सहायक राष्ट्रिय प्रशिक्षक लक्ष्मण राई रहनुभएको थियो।प्रतियोगिताको निर्णायकमा धरानका हरिकृष्ण श्रेष्ठ, मोरङका प

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • ९४६ पटक पढिएको
  • ओखलढुंगाको सिद्धिचरण नगरपालिकाद्वारा इटहरीमा एकीकृत सेवा प्रवाह शिविर

    इटहरी । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले तराईमा बसोबास गरिरहेका आफ्ना नागरिकलाई सहज सेवा उपलब्ध गराउन शनिबार इटहरीमा विशेष एकीकृत सेवा प्रवाह शिविर  गरेको छ ।शिविरमा नागरिकता सम्बन्धी समस्या समाधान, बसाइँसराइ दर्ता, जन्म दर्ता, वृद्धा भत्ता, सामाजिक सुरक्षा भत्ता नवीकरण, राष्ट्रिय परिचय पत्र लगायतका सरकारी सेवाहरू एकै स्थानबाट प्रदान गरिएको थियो । शिविरमार्फत १ सय ५० भन्दा बढी सेवाग्राहीले प्रत्यक्ष लाभ लिएका  छन् ।सिद्धिचरण नगरपालिका–१ का वडा अध्यक्ष तिर्थ बहादुर घिमिरेका अनुसार पहाडी भेगसम्म पुग्न अप्ठ्यारो हुने भएकाले तराईमा बसोबास गरिरहेका नगरवासीलाई लक्षित गर्दै इटहरीमै सेवा पुर

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • ३९७ पटक पढिएको
  • कोशीका आर्थिक मामिला मन्त्री चढेको गाडीले बालिकालाई ठक्कर दियो

    काठमाण्डौ । नेकपा एमालेको दोश्रो विधान महाधिवेशनको आज दोश्रो दिनको बन्दसत्रमा पुग्ने क्रममा प्रतिनिधिको गाडीले एक बालिकालाई ठक्कर दिएको छ । ललितपुरको हरिसिद्धि घुम्तीमा बिहान कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई जेब्राक्रसिङमा ठक्कर दिएको थियो । लगत्तै स्थानीयबासिन्दाले गोदावरी जाने हरिसिद्धि सडक अवरुद्ध गरेका थिए । गाडीको ठक्करबाट घाइते भएकी बालिकाको बीएण्डबी अस्पतालमा  उपचारपछि डिस्र्चाज भएको सातदोबाटोमा रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ठक्करपछि बाटो अबरुद्ध हुँदा विधान महाधिवेशन एक घण्टा ढिलो गरी शुरू भएको छ । बालिकाको सम्पूर्ण उप

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • २२८ पटक पढिएको
  • भीपीएनको प्रयोग नगर्न साइबर ब्युरोको आग्रह

    काठमाण्डौ । नेपाल प्रहरीको साइबर ब्युरोले भीपीएन प्रयोग नगर्न सेवाग्राहीलाई आग्रह गरेको छ ।  सरकारले सूचीकृत नभएका फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्नुअघि गएको बुधबार सूचना निकालेर ब्युरोले भीपीएन प्रयोग नगर्न भनेको हो । भीपीएन प्रयोग गर्दा व्यक्तिगत विवरण चुहावट हुन सक्ने, बैंकिङ एप ह्याक भई आर्थिक क्षतिसमेत हुन सक्ने र भाइरस लाग्ने, जसले थप जोखिम निम्त्याउन सक्ने भएकाले त्यसो नगर्न ब्युरोले सचेत गराएको छ ।सरकारले सामाजिक सञ्जाल बन्द गरे पनि नेपाल बाहिरको लोकेसन प्रयोग गरेर भीपीएनमार्फत प्रयोगकर्ताहरू सक्रिय हुने देखेपछि ब्युरोले सचेत गराएको हो । 

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • ३९२ पटक पढिएको
  • धरानमा टिपरले ओभरटेक गर्ने क्रममा स्कुटरलाई ठक्कर दियो, छोरीको मृत्यु, आमा गम्भीर घाइते

    इटहरी ।  धरान–६ पानमारास्थित भित्री पक्की सडकखण्डमा शुक्रवार दिउँसो टिपले स्कुटरलाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र–१–०२–००१ ख ८७४५ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको को ३९ प २७४ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटरमै सवार ११ वर्षीया सुहास्ना बुढाथोकीको घटनास्थलमै मृत्यु भएको छ । स्कुटर चालक धरान–६ की ३३ वर्षीया बिना बुढाथोकी गम्भीर घाइते भएकी छन् । उनीहरू आमाछोरी हुन् । त्यसैगरी बुढाथोकीकै ७ वर्षीया छोरी नुना बुढाथोकी र धरान–६ की चन्द्रमाया श्रेष्ठकी ६ वर्षीया छोरी सुस्मिता श्रेष्ठ सामान्य घाइते भएका छन् । घाइते

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • १९४ पटक पढिएको
  • कोशी बाँध नजिकै सुतेका पुरुषको हात्तीले किच्दा ज्यान गयो

    इटहरी । सुनसरीको कोशी गाउँपालिका–८, कोशी बाँध ३ नम्बर नोज नजिक जंगली हात्तीको आक्रमणमा परेर एक व्यक्तिको मृत्यु भएको छ । शनिवार बिहानको राति करिब १ः१५ बजेतिर कोशी ७ बस्ने ४५ वर्षीय सराचन सदा सुतिरहेको अवस्थामा हात्तीले ढाडमा टेकेर जंगलतर्फ गएको प्रहरीले जनाएको छ । सदा माछा मार्न र दाउरा झिक्न गएको समयमा बाँध नजिकै सुतेका थिए । गम्भीर घाइते भएका सदालाई सुरुमा कोशी हेल्थ केयर भाण्टावारीमा उपचार गरिएको थियो । अवस्था जटिल भएपछि थप उपचारका लागि भोक्राहास्थित ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पतालमा लगिएकोमा चिकित्सकले बिहान ३ः२४ बजेतिर मृत घोषणा गरेका हुन् । सँगै गएका ४४ वर्षीय गणु सदा र ३८ वर्षीय सैन

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • २१८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]