धनकुटा । कोशी प्रदेश सरकारका इन्द्रमणि पराजुली ले सीमित स्रोत, साधन र जनशक्तिका बीच पनि जिल्ला प्रहरी कार्यालय धनकुटाले उल्लेखनीय कार्य गरिरहेको भन्दै प्रशंसा गर्नुभएको छ।जिल्ला प्रहरी कार्यालय धनकुटाको कार्यालय भवन तथा समग्र कार्यालयले सञ्चालन गरेका गतिविधिहरूको अनुगमन, निरीक्षण र मातहतका प्रहरी कार्यालयहरूको अवस्थाबारे जानकारी लिँदै मन्त्री पराजुलीले शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।उहाँले प्रहरी प्रशासनले नागरिकसँगको सम्बन्धलाई अझ विश्वासिलो बनाउनुपर्ने उल्लेख गर्दै सेवा प्रवाहमा प्रभावकारिता, अनुशासन र उत्तरदायित्वलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो।“
इटहरी। सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा ५५० भन्दा बढी उद्योग सञ्चालन छन् तर अधिकांशले वातावरणीय मापदण्ड उल्लङ्घन गर्दा कोरिडोर क्षेत्रमा वायुप्रदूषण अत्यधिक बढेको पाइएको छ । विराटनगरदेखि इटहरी र विराटनगरदेखि रङ्गेलीसम्मको सडकखण्डमा यात्रा गर्दा कतिपय ठाउँमा यात्रुले नाक थुन्नुपर्ने र सास फेर्नै गाह्रो हुने अवस्था छ । उद्योगहरूले बिनाकुनै प्रशोधन उत्सर्जन गरिरहेको दूषित धुवाँ र ढलका कारण स्थानीय बासिन्दा मात्र होइन, उद्योगमै कार्यरत कर्मचारी र मजदुरको स्वास्थ्यमा समेत गम्भीर असर परिरहेको छ । वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले हरेक उद्योगले अनिवार्य रूपमा छ÷छ महिनामा वायु
इटहरी । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा समयसापेक्ष प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले ईश्वर मन्दिर काठमाडौँले इ–लर्निङ कक्षा सञ्चालन अभियानअन्तर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेर्खकस्थित सिंहदेवी माध्यमिक विद्यालयलाई कम्प्युटर तथा स्मार्ट टिभीलगायतका सामग्री हस्तान्तरण गरेको छ ।पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइराला संरक्षक रहेको उक्त संस्थाले सामुदायिक विद्यालयहरूमा प्रविधिमैत्री सिकाइ अभियानअन्तर्गत २० थान कम्प्युटर र एक थान स्मार्ट टिभी प्रदान गरेको हो । शिक्षालाई प्रविधिमैत्री र समयसापेक्ष बनाउन आफ्नो टोलीले सामुदायिक विद्यालयमा इ–लर्निङ कक्षा स्थापनाका ला
इटहरी। सप्तकोशी नदीको पूर्वी तटबन्ध क्षेत्रको नदी किनारभित्र ‘प्रोकोपाइनको पिल्लर’ लगाउन थालिएको छ । कटान हुने सम्भावित स्थानमा प्रोकोपाइनमा झिक्रासहितको बाँस बाँधेर गत वर्ष पानीको चाप परेको ठाउँमा प्रोकोपाइन हाल्न थालिएको छ । पूर्वी तटबन्धको राजावास क्षेत्रका स्परहरूमा बढी पानीको चाप नदी किनारमा पर्ने हुँदा बाँसको झिक्रासहित प्रोकोपाइन बाँधेर हाल्न थालिएको राजावास सबडिभिजनले जनाएको छ । उच्चस्तरीय प्राविधिकको स्थलगत अनुगमनपछि कटानको सम्भावित क्षेत्रमा मर्मत तथा रोकथामका काम गरिँदै आएको बताइएको छ । कोशी प्रोजेक्ट अन्तर्गत भारतको जलसंसाधन विभागले पानीको चाप पर्ने स्थानको हिउँदमै पहिचान
इटहरी । धनकुटाको हिले मा सम्पन्न जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगितामा ए डिभिजनतर्फ नारायण विश्वकर्मा र विशाल पराजुली तथा बी डिभिजनतर्फ रमेश श्रेष्ठ र उत्सव कट्टेलको जोडीले उपाधि जितेका छन् ।सिर्जनशील सांस्कृतिक समूह हिले को आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा ए डिभिजनतर्फ नारायण–विशालको जोडीले विमल श्रेष्ठ र रोहित कट्टेलको जोडीलाई २१–९ र २१–१५ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।त्यस्तै बी डिभिजनतर्फ रमेश श्रेष्ठ र उत्सव कट्टेलको जोडीले पेम्बा लामा र पवन लिम्बूको जोडीलाई २१–१६ र २१–१२ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका छन् ।ए डिभिजनतर्फ विजेताले ११ हजार रुपिया
इटहरी । रतुवामाई नगरपालिका–२, घररुचोक सीमा इलाकाबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपियाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल का अनुसार ५०० दरका ४० बण्डल बराबरको भारतीय रुपियाँ सीमा सुरक्षा गुल्म बरडंगा र बिओपी डोरियाले बरामद गरेको हो ।भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शङ्का लागेपछि जाँच गर्ने क्रममा पछाडि सवार व्यक्तिले बोकेको झोला सोही स्थानमा फालेर फरार भएको प्रहरीले जनाएको छ ।बरामद रकम आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
इटहरी। मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका सिमखेतहरूको गरागरामा टिलपिल पानीमाथि यतिबेला चैते धानका बाला होइन, कमल फूलका जस्तै फराकिला र काँडेदार हरिया पातहरू तैरिइरहेका छन् । यो दृश्य हो–कोशी प्रदेशमै पहिलोपटक व्यावसायिक रूपमा सुरु गरिएको ‘मखना’अर्थात् ‘सेतो सुन’ खेतीको ।कचनकबल गाउँपालिका–४ का ६३ वर्षीय जेलेल मियाको जीवनका धेरै वसन्तहरू यही सिमखेतमा धान रोप्दै र काट्दै बिते । तर, यसपालि उहाँले आफ्नो सात बिघा जग्गामा चैते धानखेती गर्नुभएन । वर्षको प्रतिबिघा ३० मन धान पाउने शर्तमा उहाँले आफ्नो जग्गा भाडामा दिनुभयो । जेलेल मात्र होइन, सोही वडाका बाहिल आलमले पनि आफ्नो १५ कट
इटहरी। प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगिताअन्तर्गत सुनसरीको इनरुवामा जारी पाँचौँ खेलमा कोशी प्रदेश कबड्डी टोली विजयी भएको छ ।कोशी प्रदेशले बागमती प्रदेश कबड्डी टोलीलाई ४०–२५ अंकले पराजित गरेको हो । खेलको ‘म्यान अफ द म्याच’ रोमान्स कर्ण घोषित हुनुभएको आयोजकले जनाएको छ । त्यसैगरी सोमबार भएको छैटौँ खेलमा एपीएफ क्लब विजयी भएको छ । एपीएफले मधेश प्रदेश कबड्डी टोली लाई ३६–१८ अंकले हराएको हो । उक्त खेलको ‘म्यान अफ द म्याच’ मनिषा जोशी घोषित हुनुभयो ।यसअघि भएको खेलमा सुदूरपश्चिम प्रदेश कबड्डी टोलीले मधेश प्रदेशलाई ५१–२१ अंकले पराजित गरेको थियो भने त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशल
इटहरी । मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित मुसहर बस्तीमा केही दिनअघि भएको भीषण आगलागीबाट घरबारविहीन बनेका पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । हर्ड नेपालले अमेरिकी संस्था एल.डी.एस च्यारिटिज सँग सहकार्य गरी बुढीगंगा गाउँपालिकाको समन्वयमा आगलागी पीडित परिवारलाई आवश्यक राहत सहयोग उपलब्ध गराएको हो । आगलागीबाट प्रभावित १३ घरपरिवारलाई गाउँपालिकाले खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्री वितरण गरेको छ । गाउँपालिकाका अनुसार पीडित परिवारको तत्कालको आवश्यकतालाई मध्यनजर गर्दै प्रतिपरिवार ५० केजी चामल र खाने तेल सहितको खाद्यान्न, लत्ताकपडा एवं सरसफाइ र घरायसी प्रयोजनका लागि आवश्यक दै
इटहरी । ताप्लेजुङमा सेवा निवृत शिक्षकलाई सम्मानसहित बिदाइ गरिएको छ । शिक्षण पेसामा आबद्ध भएर सेवा निवृत हुनुभएका शिक्षकलाई शिक्षा विकास तथा समन्वय एकाइले सम्मानसहित बिदाइ गरेको हो । उमेर हदका कारण सेवा निवृत भएका तथा स्वेच्छिक अवकास हुन चाहेका शिक्षकहरूलाई एकाइले आइतबार सम्मानसहित बिदाइ गरेको हो । शैक्षिक सत्र २०८२ मा सेवा निवृत अर्थात अनिवार्य अवकास हुने र स्वेच्छिक अवकासमा जानेसमेत विभिन्न तहका ३२ जना शिक्षकको बिदाइ भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार माध्यमिक तहका एक जना राहतसमेत छ जना शिक्षकलाई बिदाइ गरिएको छ । बिदाइ हुने मावि तहका शिक्ष
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.