समाज

    Showing ३७१-३८० of ९,३३२ items.
  • भन्सार छली गरेर ल्याइएको कपडा तथा कस्मेटिक सामान सुनसरीको दुहबीबाट प्रहरीले बरामद

    इटहरी । सीमापारिबाट भन्सार छली गरेर ल्याइएको कपडा तथा कस्मेटिक सामान सुनसरीको दुहबीबाट प्रहरीले बरामद गरेको छ । प्रहरीले दुहबी नगरपालिका–५ स्थित कोशी राजमार्गमा विराटनगरबाट दुहबीतर्फ आउँदै गरेको यात्रुवाहक म्याजिक भ्यानबाट भन्सार छलीका सामान बरामद गरेको हो । इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले म्याजिक भ्यान जाँच गर्ने क्रममा बिलबिजक नभएका तीन लाख पाँच हजार ९०० रुपियाँ बराबरका लत्ताकपडा तथा कस्मेटिक सामान फेला पारेको जनाएको छ । बरामद गरिएका सामान नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको तथा आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने तयारी भइरहेको प

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • १२२ पटक पढिएको
  • मोरङको बेतना खोलामा डुबेर ८ वर्षीय बालकको मृत्यु

    इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका–११ बेलेपुरका ८ वर्षीय आयुस बिकको बेतना खोलामा डुबेर मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राजकुमार बिकका छोरा आयुस बेलबारी नगरपालिका–३ सिमपाने चोकस्थित काका घनबहादुर तामाङको घरमा पाहुना आएका थिए। शनिबार दिउँसो करिब २ः३० बजे उनी कसैलाई जानकारी नदिई नुहाउन भन्दै नजिकैको बेतना खोलातर्फ गएको प्रहरीले जनाएको छ।घर फर्केर नआएपछि परिवारले खोजी गर्ने क्रममा घरदेखि करिब १०० मिटर दक्षिण बेतना खोलाको पानीमा साँझ ५ः५५ बजे अचेत अवस्थामा फेला पारेका थिए। उनलाई तत्काल नोबेल अस्पताल बेलबारी पुर्‍याइएको थियो। अस्पतालमा उपचारका लागि लगिए पनि साँझ ६ः३० बजे चिकित्

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • ८८ पटक पढिएको
  • भारतबाट प्रत्येक रात हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    इटहरी । भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि मेचीनगरको बाहुनडाँगीलगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ । मेचीनगर नगरपालिकाको वडा नं १, ४ र ५ स्थित बाहुनडाँगी क्षेत्रमा एक सातायता दिनहुँ भारतीय जङ्गलबाट प्रवेश गर्ने ३० देखि ४० को सङ्ख्याका हात्तीको बथानले किसानको मकै, सुपारीलगायत बालीमा क्षति पुर्याउने गरेका छन् । प्रवेश नाकामा हात्ती रोक्न, स्थानीयलाई सुरक्षा प्रदान गर्न र खेतीबालीमा क्षति हुन नदिन सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरक्षाकर्मी, वन रक्षक, रेपिड रेस्पोन्स टिम लगायतको संयुक्त टोली परिचालन गरिएको मेचीनगर वडा नंं ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउ

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • ७५ पटक पढिएको
  • फुङ्लिङमा सञ्चालित आँखा शिविरमार्फत ७३ जनाको आँखाको शल्यक्रिया

    इटहरी ।  ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चालित आँखा शिविरमार्फत ७३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । शनिबार सम्पन्न भएको तीन दिने शिविरमा मोतिविन्दु भएकासमेत ७३ जनाको आँखाको शल्यक्रिया गरिएको हो । नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीका अनुसार ६० जना मोतिविन्दु भएका र १३ जनाको आँखाको साधारण शल्यक्रिया गरिएको छ । फुङ्लिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा मेची आँखा अस्पताल बिर्तामोडकी नेत्र विशेषज्ञ डा। विनिता थापा नेतृत्वको टोलीले विरामीहरुको आँखाको शल्यक्रिया गरेको उपसभापति अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • ९३ पटक पढिएको
  • “रक्त सञ्चार सेवा तत्काल सुरु गरिन्छ, अस्पतालको ढिलासुस्ती अन्त्य गरेर नागरिकलाई उच्चस्तरीय सेवा दिन पहल गर्छौँ” : मन्त्री पराजुली

    धनकुटा । जिल्ला अस्पताल धनकुटाको ११२औँ वार्षिक उत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नीरेन तामाङको अध्यक्षता तथा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका उपप्रमुख, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले दुर्गम तथा पहाडी क्षेत्रका नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • ७७ पटक पढिएको
  • गौरादहको स्कुलचौनमा बस र टिपर ठोक्किँदा १० जना घाइते, एकको अवस्था गम्भीर

    इटहरी। गौरादह नगरपालिका(५ स्थित स्कुलचौन बजारमा आज यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान दमकबाट चप्रामारीतर्फ जाँदै गरेको मे१ख २४९९ नम्बरको बस र मधुमल्लाबाट दामुनातर्फ आउँदै गरेको प्र(न(२(०३(००१ ख ७१५३ नम्बरको टिपर भित्री सडकखण्डमा एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।दुर्घटनामा बस चालक कृष्णप्रसाद राजवंशीसहित योगमाया निरौला, कल्पनाप्रसाद उराउ, शारदादेवी पौडेल, सलिना खत्री र उहाँकी छ वर्षीया छोरी संरचना खत्री, सरोज राम, कल्पना सिक्देल, सृजना पराजुली र किस्मत खड्का घाइते भएका

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • १४६ पटक पढिएको
  • खोटाङमा पुल नहुँदा वर्षायाममा विद्यार्थी सधैँ अलपत्र

    इटहरी । बर्खा सुरु भएसँगै खोटाङको ऐसेलुखर्क गाउँपालिका–४, जलेश्वरी देम्लिटारका बालबालिकाले सास्ती भोग्नुपर्ने अवस्था दोहोरिने गरेको छ । विद्यालय जाँदा–आउँदा खोला तर्न नसकेर उनीहरू कहिले बाटोमै अलपत्र पर्छन् भने कहिले विद्यालय नै जानबाट वञ्चित हुने गरेका छन् । देम्लिटारका बालबालिका सिम्ले माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका छन् । विद्यालय आवतजावत गर्ने बाटोमा पर्ने सिम्ले खोलामा बाढी आएपछि विद्यार्थी पटक–पटक समस्यामा पर्ने गरेका छन् ।यस वर्ष पनि मनसुन सुरु हुनुअघि नै लगातारको वर्षाले वैशाखमै सिम्ले खोलामा बाढी आएपछि विद्यार्थी अलपत्र परेको स्थानीय प्रकाश घिमिरेले बताउनुभयो । उहाँका अनुसार वैश

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • १२९ पटक पढिएको
  • उत्कृष्ट १० विद्यार्थीलाई वेदनिधि–धनकुमारी कोइराला छात्रवृत्ति

    इटहरी ।  पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले आफूले अध्ययन गरेका विद्यालयमा आफ्ना आमाबुवाको नाममा स्थापित ‘वेदनिधि–धनकुमारी कोइराला छात्रवृत्ति कोष’ अन्तर्गत तीन विद्यालयका उत्कृष्ट १० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ । भोजपुर नगरपालिका–८ स्थित सरस्वती आधारभूत विद्यालय, भोजपुर नगरपालिका–७ स्थित भोजपुर बहुमुखी क्याम्पस र विद्योदय माध्यमिक विद्यालयका उत्कृष्ट १० जना विद्यार्थीलाई जनही १५ हजार रुपियाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो । भोजपुर बहुमुखी क्याम्पसबाट उत्कृष्ट विद्यार्थी रविना बुढाथोकी, युना म्हेन्दो तामाङ, खुसी बयलकोटी र स्नेह राईलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • १३५ पटक पढिएको
  • झापामा रक्तदातामै एचआईभी संक्रमण फेला

    इटहरी । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रमा गरिएको परीक्षणका क्रममा पछिल्ला पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको रगतमा एचआईभी संक्रमण (रिएक्टिभ) फेला परेको छ । सुरक्षित रगत आपूर्तिका लागि सोसाइटीले झापाको भद्रपुर, बिर्तामोड र दमकमा रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । सङ्कलित रगत बिरामीलाई चढाउनुअघि एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी र सिफिलिसजस्ता सरुवा रोगहरूको अनिवार्य प्रयोगशाला परीक्षण गर्ने क्रममा यी तथ्य बाहिर आएका हुन् । रगत परीक्षणका क्रममा आर्थिक वर्ष २०७८र७९ मा एक जना, आव २०७९र८० मा दुई जना, आव २०८०र८१ मा छ जना, आव २०८१र८२ मा १४ जना

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • १३६ पटक पढिएको
  • कोशीमा एक करोड ८३ लाख क्युबिक फिट काठ उत्पादन, ११ करोड राजस्व संकलन

    इटहरी ।  कोशी प्रदेशमा वन व्यवस्थापन र काठ उत्पादनबाट यस वर्ष उल्लेख्य आम्दानी भएको छ । प्रदेशका विभिन्न वन क्षेत्रबाट संकलित काठ, गैरकाष्ठ वन पैदावार तथा वन क्षेत्रको जग्गा विकास निर्माणका लागि प्रयोग गर्न दिएबापत प्रदेश सरकारले करोडौं रुपैयाँ राजस्व संकलन गरेको हो । प्राप्त तथ्याङ्कअनुसार कोशी प्रदेशमा सरकारी व्यवस्थापनमा रहेका वन, सामुदायिक, कबुलियत, निजी तथा साझेदारी वनमार्फत कुल १ करोड ८३ लाख ९३ हजार ८५६ क्युबिक फिट काठ संकलन तथा व्यवस्थापन गरिएको छ । यसमध्ये सबैभन्दा ठूलो हिस्सा निजी तथा नम्बरी वनको रहेको छ । निजी वनबाट मात्रै १ करोड ७७ लाख ८२ हजार क्युबिक फिट काठ तथा २ हजार ५०० चट्

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • ६७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]