इटहरी । भोजपुरको षडानन्द नगरपालिकाले कृषकहरूको उत्पादन वृद्धि र आधुनिकीकरणलाई प्रोत्साहित गर्ने उद्देश्यले ७२ जना किसानलाई मिनि टेलर वितरण गरेको छ । प्रदेश सरकार र षडानन्द नगरपालिकाको साझेदारीमा सञ्चालन भएको कार्यक्रममा बीच कृषकहरूलाई कृषि सामाग्री हस्तान्तरण गरिएको कृषि शाखा प्रमुख रक्षा रोकाले जानकारी दिनुभएको छ । नगरपालिकाका वडा नं. ९ र १० मा चिराइतो खेती प्रवद्र्धन अन्तर्गत २ जना र कफी खेती प्रवद्र्धन अन्तर्गत २ जना सहित अन्य कृषकलाई समेत यसपटक मिनि टेलर उपलब्ध गराइएको हो । कृषकहरूको जीवनस्तर उकास्न र कृषि पेसालाई व्यवसायिक बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ । षडानन्द नग
इटहरी । युनिसेक्स पार्लर सम्बन्धी सेवा उपलब्ध गराउने उद्धेश्यले फेसियल हाउसले आफ्नो १० औ शाखा इटहरीमा स्थापना गरेको छ । इटहरीको सेन्ट्रल प्लाजामा आज एक कार्यक्रमका बिच इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीले रिबन काटेर शाखा उद्घाटन गर्नुभएको हो । कपाल र छाला सम्बन्धी सौन्दर्य सेवा ,हेयर कलर, स्ट्रेट, कर्ली, हेयर ट्रीटमेन्ट, मेडीकेयर, जेल नेल, माइक्रो ब्लेडिङ, पिम्पल तथा चायापोताको उपचार समेत प्रदान गरिने फेसियल हाउसकी प्रबन्ध निर्देशक, उद्योग वाणीज्य संघ काठमान्डौकी सचिव सुस्मा महराले जानकारी दिनुभयो । हालको आर्थिक मन्दीका बाबजुद पनि कम्पनीले छोटो समयको नाफा भन्दा व्यवसाय दीर्घका
इटहरी । मोरङको पथरी शनिश्चरेमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गराउँदै आएको पथरी ११ फुटबल क्लबले आफ्नो प्रधान कार्यालय खोलेको छ । श्निबार बिहान एक कार्यक्रमका बीच पथरी शनिश्चरे वडा नं १ शिखर चोकमा संघीय सांसद डिग बहादुर लिम्बु , कोशी प्रदेश सांसद मानबहादुर लिम्बु र पथरी शनिश्चरे नगरपालिका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले संयुक्त रूपमा दिप प्रज्वलन गर्दै उद्घाटन गर्नुभएको हो । कार्यालय उद्घाटन पछि मोरङ निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद तथा पूर्व संघीय खेलकुद मन्त्री डिग बहादुर लिम्बुले खेलाडीहरूले खेल क्षेत्रको विकासका लागि अनुशासन, गतिशीलता र प्रतिबद्धता जरुरी रहने
इटहरी । नेपाल तरुण दल दुहबीको आयोजनामा दुहबी नगरपालिका–१२ मा बृहत् सडक सफाइ अभियान सञ्चालन गरिएको छ । जनसहभागिता सहित सम्पन्न अभियानले सडकको सरसफाइ मात्र नभई ट्राफिक सुरक्षा समेतमा सन्देश दिएको छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय महासमिति सदस्य तथा दुहबी नगरपालिकाका नगरप्रमुख वेद नारायण गच्छदार, नगर उपप्रमुख मेनुका खतिवडा, पूर्व वडा अध्यक्षहरू, वडा सदस्यहरू, नेपाली काँग्रेस दुहबी–१२ का सभापति, नेपाल तरुण दल दुहबीका सभापति मो. नासरुद्दिन, सचिव बोधराज खतिवडा, तरुण दल क्षेत्र नं. ३ का उपसभापति मो. नाजिम हुसेन, तरुण नेता अब्दुल हसिफ लगायत दर्जनौं कांग्रेस कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता
इटहरी । खड्गपुरिया लेखी थारु संस्थाको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले सरोज लेखीको अध्यक्षतामा नयाँ कर्यसमिती चयन गरेको छ । सो अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । शनिबार इटहरी–४ स्थित प्रिया पार्टी प्यालेसमा सुरु गरिएको साधारणसभा तथा प्रथम अधिवेशनमा सस्थाका अध्यक्ष मोहिन नारायण लेखीको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि लेखी थारु समुदायका जेष्ठ नागरिक सप्तरी इनरलाल लेखीको रहनुभएकोे थियो । कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटी धरानको प्राविधिक सहयोग रहेको थियो । सस्थाका कोषाध्यक्ष सोनालाल लेखीले आर
इटहरी । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले उत्कृष्ट कृषक देखि विद्यार्थीसम्मलाई सम्मान गरेको छ । पालिकाको आर्थिक बर्ष २०८१÷०८२ को सार्वजनिक सुनुवाई सहित बिभिन्न क्षेत्रमा उत्कृष्ट हुनेहरुलाई सम्मानपत्र तथा नगदबाट सम्मान गरेको हो । पालिकाले उत्कृष्ट पशुपालक विरेन्द्र राई, उत्कृष्ट सुन्तला कृषक वडा नम्वर ६ का मुकेश राई, उत्कृष्ट शिक्षकहरुमा प्रावि तर्फ सिंहेश्वरी मावि बासिखोराका सुरेश राई, निमावि तर्फ कालिका मावि ओख्रेका इन्द्र राई, मावि तर्फ सुमन उप्रेतीलाई सम्मान गरेको छ । यस्तै, यस बर्षको माध्यामिक विद्यालय परीक्षा (एसईई) मा पालिकामा उत्कृष्ट हुने पञ्चकन्या मावि भुल्केका तीन दशमलव ३९ जिपिए ल
इटहरी । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका छन् । दुई दिनसम्म झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका छन् । शनिबार बिहान ११ बजे उनलाई चन्द्रगढी विमानस्थलमा नेपाल कम्युनिष्ट पार्टी एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत नेताले स्वागत गरेका छन् । प्रधानमन्त्री ओली आज र भोलि झापा र इलाम जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने नेकपा एमाले जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री ओलीले आजै बुद्धशान्ति गाउँपालिका–३ स्थित भागीरथा न्यौपाने बुद्
इटहरी । पौवादुङमा गाउँपालिका.३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी ट्याङ्की निर्माण आयोजना सम्पन्न भएको छ । स्थानीयलाई सहज रूपमा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले आयोजना निर्माण गरिएको हो । उक्त आयोजना सम्पन्न भएसँगै यहाँका ५० परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुनुका साथै च्याङ्ग्रे बजारवासीलाई राहत पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष भूपध्वज कोइरालाले बताउनुभयो । यहाँका स्थानीयसँगै गाउँपालिकाको केन्द्र च्याङ्ग्रे बजारका नागरिकले विकल्पका रूपमा पानी उपयोग गर्ने उहाँको भनाइ छ । घरघरमा धारा वितरण नभए पनि मुहानको संरक्षणसँगै २० घनमिटरको ट्याङ्की निर्माण गरेर मुहानमा तीन वटा धारा जड
इटहरी । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदै हुनुहुन्छ । प्रधानमन्त्री झापा आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । झापासँग सिमा जोडिएको ईलामको माई नगरपालिकामा आयोजना हुने कार्यक्रम बाहेक दुई दिन झापामा विभिन्न कार्यक्रमहरु राखिएको छ ।नेकपा एमाले झापाका सचिव एवम् प्रधानमन्त्री ओलीका उपस्वकीय सचिव तुलसी कार्कीका अनुसार शनिबार बिहान ११ः३० बजे झापाको भद्रपुर विमानस्थल भएर ओली झापा आउनुहुनेछ । उहाँका अनुसार शनिबार र आइतबार झापामा विभिन्न कार्यक्रमहरु तय भएको छ । बुद्धशान्ति गाँउपालिकामा अस्पतालका उद्घाटन, कन्काई नगरपालिकामा धनीपुर्जा वितरण कार्यक्रम शनिबारका लागि तय भएको
इटहरी । पहाडी जिल्ला इलामसहित पाँचथर र ताप्लेजुङको भाग्य र भविष्यसँग जोडिएको मेची राजमार्गको वैकल्पिक सडकको रूपमा हेरिएको इलाम भञ्ज्याङ्ग–बेलासे–बिदाबारी सडक यो वर्ष पनि कालोपत्रे हुन सकेन । मेची कोरिडोरअन्तर्गत काम भइरहेको सडक निर्माण ठेकेदार कम्पनीको चरम लापरबाही र ढिलासुस्तीको कोप भाजनमा परेको हो । माई नगरपालिकाको लोदिया खोला माथिबाट सोक्तिमसम्मको सडक खण्ड,सोक्तिमदेखि बेलासे–माईखोला खण्ड र बेलासी, राकसे हुँदै इलाम भञ्ज्याङ्गसम्मको सडक खण्ड छुट्टाछुट्टै कालोपत्रे निर्माण गर्न ठेक्का लागेको थियो । तर, निर्माण कम्पनीको लापरबाहीका कारण कामले गति लिन नसकेको हो । तीनै खण्डको करिब १६ किलोमिटर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.