इटहरी । नेपाली सेनाको आयोजनामा उदयपुरको बेलकामा सञ्चालन गरिएको एक दिवसीय स्वास्थ्य शिविरमा विभिन्न रोगका गरी चारसयभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । बेलका नगरपालिका–२ बानडाडाँमा बिहीबार सञ्चालित स्वास्थ्य शिविरमा चार सय २२ जना स्थानीयले प्रत्यक्ष स्वास्थ्य सेवाबाट लाभान्वित भएका हुन् । गाइघाटस्थित नेपाली सेनाको पशुपतिप्रसाद गण पिपलटार व्यारेक बोक्सेको आयोजनामा सम्पन्न शिविरमा स्थानीय बासिन्दाहरुलाई विशेषज्ञ सेवा प्रदान गर्नुको साथै विभिन्न किसिमको निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ । शिविरमा आँखा, रेडियोलोजी तथा सामान्य चिकित्सासम्बन्धी सेवा प्रदान गरिएको सो व्यारेकका गणपति प्रम
इटहरी । रोजगारीका क्रममा साउदी अरब पुगेका हिलिहाङ–७ निवासी चन्द्रबहादुर तामाङको २०७० सालमा दुर्घटनामा परी साउदी अरबमै ज्यान गयो । लामो समय बित्दासम्म उहाँका अभिभावक र आफन्तले साउदी अरब सरकारबाट प्राप्त गर्ने सामाजिक सुरक्षा बिमाबापतको रकम प्राप्त गरेका थिएनन् । यो वर्ष सुरक्षित आप्रवासन कार्यक्रम (सामी) मार्फत प्रक्रिया अघि बढाएसँगै उहाँका अभिभावक र हकवालाले ३३ लाख रुपियाँ बराबरकै रकम प्राप्त गरेका छन् । चन्द्रबहादुरकी आमा ठगीमाया तामाङले विदेशमा ज्यान गुमाएका छोराका नाममा सामाजिक सुरक्षा बिमा योजनामार्फत राहत र क्षतिपूर्ति पाइन्छ भन्ने जानकारी नहुँदा आफूहरूले प्रव्रिmया अघि नबढाएको बताउनुभयो
इटहरी । धनकुटा महालक्ष्मीका ६६ जना कृषकले व्यावसायिक बेसार खेती तथा प्रशोधनका लागि ५० प्रतिशत अनुदान पाएपछि बेसार खेती गरेका छन् । पछिल्लो समय पूर्वी पहाडी जिल्लाको बालीनालीमा बाँदरको रजाइँले हैरानी खेप्नु परेका कृषकले बेसार बालीलाई विकल्पमा रोजेका छन् । बेसार एक वर्ष नभई अर्को वर्षपछि खन्दासमेत नबिग्रिने हुँदा यो खेती गर्न सजिलो हुने कृषक सन्तोष बानिया बताउनु हुन्छ । बाँझो रहेको जमिन अनुदानले गर्दा व्यावसायिक खेतीले हराभरा हुँदै छ । यो अनुदान ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनामार्फत प्रदान गरिएको हो । सुदूरपूर्वदेखि सुदूरपश्चिम जिल्लाका पहाडी भू–भागमा विकासको मेरुदण्डका रूपमा रहेको म
इटहरी । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले उच्च शिक्षा अध्यक्ष गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाले साधारण तथा प्राविधिक धार अध्ययन गर्ने १२१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेका अनुसार चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार पालिकाभित्र स्थायी ठेगाना भई हाल जिल्ला भित्रका शिक्षण संस्थाहरुमा उच्च शिक्षा अध्ययन गर्दै आएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । साधारणतर्फ अध्ययनरत ११३ जना र प्राविधिक धारतर्फ अध्ययनरत आठ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत तेम्बेले
इटहरी | लायन्स साप्ताहिक कार्यक्रम अन्तर्गत तेस्रो कार्यक्रमको रूपमा लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडीले इटहरी–१, धरहरा चोकमा वृक्षारोपण कार्यक्रम गरेको छ।कार्यक्रमको अध्यक्षता क्लबकी अध्यक्ष लायन स्मृति सापकोटा भट्टराईले गर्नुभएको थियो भने प्रमुख अतिथि इटहरी वडा नम्बर १ का वडाध्यक्ष रतन कार्कीको उपस्थितिमा गरिएको थियो ।वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष रतन कार्कीले बिरुवाहरूको सौजन्य प्रदान गर्नुका साथै आवश्यक समन्वय र प्रोत्साहन प्रदान गर्नुभयो। वृक्षारोपणलाई वातावरणीय सन्तुलन कायम राख्ने एउटा महत्व
धरान / धरानस्थित प्राइम भिजन अन्तर्राष्ट्रिय कलेजले ‘नेपालका शीर्ष १० होटल व्यवस्थापन कलेज’ को सूचीमा स्थान सुरक्षित गर्न सफल भएको छ।भारतको बेंगलोरस्थित एशियन एजुकेशन रिभ्यूले हालै सार्वजनिक गरेको सर्वेक्षणमा प्राइम भिजन कलेजले उत्कृष्ट स्थान हासिल गरेको हो।शैक्षिक गुणस्तर, पूर्वाधार, उद्योगसँगको समन्वय, व्यावहारिक तालिम तथा विद्यार्थी सीप विकास कार्यक्रमहरूलाई मूल्यांकन गर्दै उक्त सूची तयार गरिएको हो। यसमा प्राइम भिजन कलेजसहित सुदूरपश्चिमाञ्चल एकाडेमी पनि छनोट भएका छन्।कलेजका निर्देशक अनिल श्रेष्ठले भने, “हाम्रो आठ वर्षको छोटो यात्रामा यस्तो उपलब्धि पाउनु हाम्रो लागि अत्यन्त गर्वको कुरा हो। स
पाँचथर | विनाशकारी बाढीले मध्यपहाडी राजमार्ग अन्तर्गत ठाडो खोलामा रहेको पक्की पुल बगाएपछि ओयाम क्षेत्रका सर्वसाधारण तथा विद्यार्थीहरू आवतजावतमा समस्यामा परेका छन्। यही समस्यालाई मध्यनजर गर्दै नेपाल तरुण दल याङवरक गाउँपालिका–३ कार्य समितिले अस्थायी काठे पुल निर्माण गरेको छ।नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री ‘युगपुरुष’ गिरिजाप्रसाद कोइरालाको १०१औं जन्मजयन्तीको अवसर पारेर आयोजित श्रमदान कार्यक्रमअन्तर्गत करिब २५ फिट लामो र करिब १ लाख १८ हजार रुपैयाँ बराबरको काठे पुल निर्माण गरिएको हो। उक्त पुल निर्माण कार्यमा ओयामका सक्रिय युवा तथा अग्रजहरूको उल्लेख्य सहभागिता रहेको थियो।नेपाल त
इटहरी | "जहाँ आवश्यकता, त्यहाँ लायन्स" भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै लायन्स क्लब अफ ईटहरी क्रिएटिभ लेडीले लायन्स वर्ष २०२५–२६ को दोस्रो दिन ऐतिहासिक कार्यको सुरुवात गरेको छ। समाजमा बालबालिकाको स्वास्थ्य र व्यक्तिगत सरसफाइप्रति जागरूकता अभिवृद्धि गर्ने उद्देश्यले क्लबले मोरङको सुन्दरहरैंचा नगरपालिका–१ मा अवस्थित जनता माध्यमिक विद्यालयमा छात्र र छात्राहरूको लागि छुट्टाछुट्टै शौचालय तथा स्वच्छ खानेपानीको सुविधा सम्पन्न संरचना निर्माण गर्ने कार्यको शिलान्यास गरेको हो।उक्त शिलान्यास कार्यक्रम भव्यता पूर्वक सम्पन्न गरिएको थियो, जसको प्रमुख आतिथ्य लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५C का गभर्नर
इटहरी । ज्यानसम्बन्धी मुद्दामा २४ वर्षभन्दा बढी कैद सजाय तोकिएका सुनसरीका फरार प्रतिवादी २५ वर्षीय पप्पु यादव पक्राउ परेका छन् । पक्राउ परेको करिब ९ महिनापछि प्रहरीले उनलाई इनरुवा नगरपालिका–३ बाट हिँड्दै गरेको अवस्थामा पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार यादव भोक्राहा नरसिंह गाउँपालिका–७ निवासी हुन् । अदालतको फैसला अनुसार सजाय तोकिएपछि उनी लुकीछिपी बस्दै आएका थिए । गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि उनलाई अदालतको आदेशअनुसार कैद भुक्तानीका लागि क्षेत्रीय कारागार झुम्का पठाइएको छ। सुनसरी जिल्ला अदालतले २०८१ साल भदौ २५ गतेको फैसलामार्फत यादवल
इटहरी । ताप्लेजुङमा ठोस फोहोर व्यवस्थापन तथा वातावरणीय सरसफाइसम्बन्धी क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । सुरक्षा निकायसहितका सरोकारवालालाई सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ९फेकोफन० ताप्लेजुङले तालिम प्रदान गरेको हो । स्वच्छ तथा सफा वातावरण निर्माणमा टेवा दिने उद्देश्यसहित महासङ्घले सरोकारलालाई तीन दिने तालिम प्रदान गरेको हो । डिभिजन वन कार्यालय ताप्लेजुङको सहयोगमा सुरक्षाकर्मीसहितलाई ठोस फोहोर व्यवस्थापन तथा वातावरण सरसफाइसम्बन्धी तालिम प्रदान गरिएको महासङ्घका जिल्ला अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो । अध्यक्ष ओझाका अनुसार सुरक्षा निकायतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी, फुङ्लिङ नगरप
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.