इलाम। इलामको माईजोगमाई गाउँपालिका–२ मा विद्यालयबाट घर फर्कने क्रममा खोलाले बगाउँदा ११ वर्षीय छोरा आहान खत्रीको मृत्यु भएको छ। छोराको मृत्यु भएपछि उहाँकी आमा ३५ वर्षीया अमृता लाप्चा खत्रीले पनि आत्महत्या गर्नुभएको छ। गुल्मी जिल्ला स्थायी घर भएका आहान पछिल्लो ८–९ वर्षदेखि माईजोगमाई गाउँपालिका–२ स्थित मामाघरमा आमासँग बस्दै आउनुभएको थियो। सोमबार विद्यालयबाट घर फर्कने क्रममा स्थानीय बजुर खोलाले आहानलाई बगाएको थियो। छोराको मृत्यु भएपछि आमा अमृताले आत्महत्या गरेको बताइएको छ । घरबाट करिब १०० मिटर पश्चिमतर्फ रहेको निवराको रुखको हाँगामा प्लास्टिकको डोरीको पासो लगाएको अवस्थामा अमृता मृत फेला
इटहरी । आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडको स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले निरीक्षण गर्नुभएको छ । सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा गोली काण्डपछि उत्पन्न विवाद र आन्दोलनका क्रममा भएको क्षति र अवस्थाका बारेमा मन्त्री मेहताले निरीक्षण गर्नुभएको हो । मन्त्री मेहताले सबैलाई न्याय र आवश्यक राहत, पुनस्र्थापना तथा क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आन्दोलनका व्रmममा भएको क्षति प्रभावित स्थानको स्थलगत अनुगमन गर्दै पीडित घरधनी, व्यवसायी, प्रत्यक्षदर्शी तथा स्थानीयसँग भेटघाट गर्नुभएको छ । अनुगमनका क्
पाँचथर। पाँचथरको फिदिम बजार क्षेत्रमा करिब एक घण्टाभित्र ४१ वटा जनावर र एक बालिकालाई टोक्दै आतङ्क मच्चाएको शङ्कास्पद भुस्याहा कुकुरमा रेविज सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा रेविजको जोखिम बढेको भन्दै स्थानीय तह र पशु स्वास्थ्यकर्मीले सतर्कता अपनाउन आग्रह गरेका छन्। उक्त कुकुरले शनिबार साँझ करिब एक घण्टाको अवधिमा बजारका विभिन्न स्थानमा ४० वटा कुकुर र एक बालिकालाई टोकेको थियो। त्यसपछि नगरपालिकाले आइतबार कुकुरलाई नियन्त्रणमा लिएर फिदिम–४ मा बनाइएको क्वारेन्टिनमा राखेको थियो। तर कुकुरले टिन काटेर बाहिर निस्कँदै स्थानीयको एउटा माउ भैँसीलाई समेत टोकेको थियो। त्यसपछि पुनः
इटहरी। जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा जारी रहेको निषेध आदेश पूर्ण रूपमा हटाएको छ। पछिल्ला दिनमा जिल्लाको शान्ति–सुरक्षा अवस्था उल्लेख्य रूपमा सुधार भएको निष्कर्षसहित प्रशासनले सोमबार साँझदेखि निषेध आदेश हटाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालद्वारा सोमबार साँझ जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम जिल्लाका विभिन्न क्षेत्रमा लागू गरिएको निषेध आदेश पूर्ण रूपमा हटाइएको हो। प्रशासनले जिल्लाको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दा अवस्था क्रमशः सामान्य बन्दै गएको छ । जनजीवन सहज रूपमा सञ्चालन हुन थालेको तथा शान्ति–सुरक्षाको
इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित द राइजिङ बोर्डिङ स्कुलको सभा हलमा एक दिने हिपहप नृत्य कार्यशाला सम्पन्न भएको छ। ’बथान’को आयोजना तथा ’बि एन्जल ग्रुप’को कार्यक्रम संयोजनमा सञ्चालित उक्त कार्यशालामा ७५ भन्दा बढी महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो। आयोजकका अनुसार सम्भवतः नेपालमै पहिलोपटक महिलाहरूका लागि मात्र भनेर यस्तो विशेष नृत्य कार्यशालाको आयोजना गरिएको हो। कुल चार घण्टासम्म सञ्चालन भएको कार्यशालामा काठमाडौँबाट आउनुभएकी मुख्य प्रशिक्षक प्रनिषा सुनारले सहभागीहरूलाई हिपहप नृत्यका आधारभूत ’फाउन्डेसन’ र विभिन्न टेक्निकहरूबारे प्रयोगात्मक प्रशिक्षण प्रदान गर्नुभएको थियो। नृत्य निर्
इटहरी । कोशी प्रदेशको मुख्यमन्त्रीका बिषयमा नेकपा एमालेभित्र विवाद भएपछि एमाले र नेकपाको सरकार गठनमा ढिलाई भएको छ । एमाले र नेकपाबीच भएको सहमतिपछि कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रयास भएको छ । तर मुख्यमन्त्रीका बिषयमा एमालेभित्र विवाद भएपनि सरकार गठनमा ढिलाई भएको हो । नेकपा एमाले र नेकपा बीच कोशी प्रदेशमा एमाले नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । वर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई नै निरन्तरता दिने वा अर्को अनुहार ल्याउने विषयमा एमालेभित्र विवाद छ । मुख्यमन्त्रीका बिषयमा विवाद देखिएपछि नेकपा एमाले कोशी प्रदेश समितिले प्रदेश सांसदहरुसंग छलफल थालेको छ । नेकपा एमाले कोशी प्रदे
इटहरी । साइप्रस स्थित नियोपोलिस विश्वविद्यालय पाफोसको ‘एजेन्ट मिट एन्ड ग्रिट’ कार्यक्रम इटहरीमा सम्पन्न भएको छ । नेपाल शैक्षिक परामर्श संघ इक्यान पूर्वाञ्चल शाखाको समन्वय तथा सहजीकरणमा विश्वविद्यालयका नेपालका लागि कन्ट्री म्यानेजर सुमन अधिकारीको निमन्त्रणामा कार्यक्रम आयोजना गरिएको हो। इटहरीस्थित स्काई लक्समा आयोजित कार्यक्रमको अध्यक्षता इक्यान पूर्वाञ्चल शाखाका अध्यक्ष रवि कुमार गुप्ताले गर्नुृभएको थियो । कार्यक्रममा नियोपोलिस विश्वविद्यालय पाफोसका नेपाल कन्ट्री म्यानेजर सुमन अधिकारीले विश्वविद्यालयमा सञ्चालन भइरहेका विभिन्न शैक्षिक कार्यक्रम, अन्तर्राष्ट्रिय मान्यता, विद्यार्थी भर्ना प्रक्रि
इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज गोली काण्डपछि उत्पन्न भएको अवस्थालाई नियन्त्रणमा लिन लगाइएको निषेधाज्ञा सिमित क्षेत्रमा लागू हुने गरी जारी गरिएको छ । जिल्लाको १० स्थानमा पाँच दिनसम्म सुनसरीको पूर्व–पश्चिम राजमार्गमा लगाएको कर्फ्यु आदेश शनिबारदेखि हटाएर विषेश आदेश जारी भएकोमा सोमबार देवानगञ्ज र हरिनगर गाउँपालिकामा मात्रै निषेधाज्ञा जारी गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सूचना जारी गर्नुहुँदै दिउँसो ५ बजेसम्मका लागि देवानगञ्ज र हरिनगर निषेध आदेश जारी गर्नुभएको छ । दुई स्थानीय तह बाहेकका क्षेत्रमा निषेधाज्ञा समेत हटाएको उहाँले जानका
इटहरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज गोलीकाण्डपछि उत्पन्न आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट प्रभावित क्षेत्रको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्थलगत निरीक्षण गर्नुभएको छ। चार दिनदेखि सुनसरीमा रहनुभएकी मन्त्री मेहताले पीडितलाई न्याय, आवश्यक राहत, पुनःस्थापना तथा क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धतासहित प्रभावित क्षेत्रको अनुगमन गर्नुभएको हो। मन्त्री मेहताले सुनसरी निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य इन्जिनियर दीपककुमार साह तथा राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरीका जिल्ला सभापति सागर दाहालसहित प्रभावित क्षेत्रक
इटहरी । झापामा पछिल्ला दिनहरूमा भारतबाट भन्सार छलेर सामान भित्र्याउने गतिविधि बढ्दै गएको देखिएको छ। प्रहरीले विभिन्न स्थानमा निगरानी बढाउँदै जाँदा दुई दिनको अवधिमा लाखौं रुपैयाँ बराबरका अवैध सामान र ती ओसारपसारमा प्रयोग भएका सवारीसाधन बरामद गरेको छ।आइतवार साँझ दमक–८ स्थित पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फको भित्री सडकमा इलाका प्रहरी कार्यालय दमकको टोलीले मे १ ह ७४०१ नम्बरको अटोलाई शंकाका आधारमा रोक्न खोज्दा चालक सवारी छाडेर फरार भएको प्रहरीले जनाएको छ। अटोको खानतलासीका क्रममा भन्सार प्रक्रिया पूरा नगरी भारतबाट ल्याइएका कपडा तथा साडी फेला परेका थिए। बरामद कपडाको अनुमानित मूल्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.