इटहरी । प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट पछिल्लो एक महिनामा झण्डै २४ लाख रुपियाँ भेटी सङ्कलन भएको छ । जेठ महिनामा २३ लाख ९५ हजार रुपियाँ भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको मसान्तमा सार्वजनिक गर्दै आइरहेको विवरणअनुसार उक्त रकम सङ्कलन भएको छ । वैशाखमा करिब ६१ लाख भेटी सङ्कलन भएको पाथीभरामा जेठमा खटेको समितिले जनाएको छ । पाथीभरा दर्शनका लागि प्रमुख सिजन समाप्त भएसँगै दर्शनार्थीको सङ्ख्या क्रमशः कम हुँदै गएकाले भेटी रकम पनि कम सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीक
इटहरी । भौगोलिक रुपमा विकट मानिने भोजपुरको षडानन्द नगरपालिका– १० साम्पाङमा केन्द्रीय विद्युत् विस्तार भएको छ । विगतमा टुकी बत्तीको भरमा रात कटाउँदै आएका यहाँका ८५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् विस्तार भएको हो । केन्द्रीय विद्युत् विस्तार भएपछि यहाँका नागरिकको वषौँदेखीको टुकीको साहारामा रात कटाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । वषौँबाट टुकी तथा सोलारको उज्यालोमा जीवन गुजारा गरिरहेको अवस्थामा विद्युत्को केन्द्रीय लाइन विस्तार भएपछि दैनिकीमा परिवर्तन आएको स्थानीयवासी सिंहबहादुर तामाङले बताउनुभयो । विद्युत् विस्तारले उज्यालोसँगै कुटानी,पिसानी तथा दैनिक कामकाजमा सहज भएको उहाँको भनाइ छ ।
इटहरी । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८२र०८३ को बजेटमा झापाको लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पताललाई ‘प्रदेशस्तरीय आयुर्वेद शिक्षण अस्पताल’ को रूपमा स्तरोन्नति गर्ने भएको छ । आइतबार प्रस्तुत बजेटमा अस्पतालको व्यवस्थापन सुदृढीकरण गर्दै पूर्वी नेपालकै प्रमुख आयुर्वेदिक शिक्षण तथा सेवा केन्द्रको रूपमा विकास गरिने उल्लेख गरिएको छ । कोशी प्रदेश सरकारले प्रादेशिक आयुर्वेद प्रतिष्ठान र शिक्षण अस्पतालको सम्भाव्यता अध्ययनसहितको प्रतिवेदन पेस गर्नका लागि केही महिना अघि डा। खेम कार्कीको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलले यहाँ प्रतिष्ठान बनाउन र शिक्षण अस्पताल सञ्चालन गर्न उपयुक्त रहेको ठह
इटहरी । यहाँको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका स्थानीयलाई स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण गरिएको छ । गाउँमा पानीको सुविधा भएपनि मुहान दूषित हुँदा स्थानीयवासी दूषित पानी पिउनुपर्ने बाध्यतामा थिए । नगरपालिकाको आर्थिक सहयोग तथा वेष्ट पानी कम्पनी लिमिटेडको प्राविधिक सहयोगमा ‘एक घर, एक फिल्टर’ निर्माण गर्नेगरी फिल्टर निःशुल्क वितरण गरिएको सो वडाका वडाध्यक्ष भुपालसिं राईले जानकारी दिनुभयो । अब २६ घर सर्वसाधारणले प्रशोधन गरिएको स्वच्छ पानी पिउन पाउने भएका छन् । गाउँभन्दा करिब ८०० मिटर टाढा धामीखोलाबाट गाउँमा पाइपमार्फत ल्याइएको पानी दूषित भएपछि स्थानीयले नगरपा
मौसम कोइरालाइटहरी । जैविक विविधता, पर्यावरण र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसाथ ताप्लेजुङको मुक्कुलुङ क्षेत्रमा मुन्धुमी बिधिअनुसार वृक्षरोपण गरिएको छ । मुन्धुमी संस्कारअनुसार प्रकृति र प्रकृतिकी देवी ताम्भुङनासँग फेदाङमाले नागरिकको तर्फबाट माफ मागेपछि मात्र जमिन खनेर विरुवा रोप्ने परम्परा छ । बृक्षरोपणमा पूर्वी नेपालको नौ जिल्लाका प्रकृति प्रेमीहरुले केवलकार निर्माणका लागि रुख काटेको स्थानमा करिब ६ हजार विरुवा रोपेको मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिको संयोजक लिङखिमलेले जानकारी दिनुभयो । मुक्कुमलुङ क्षेत्रमा पाथिभरा केवलकार दर्शन प्रालिले केवलकार निर्माणका निम्ति करिव ५० हजार जति रु
इटहरी । नेपालबाट भारततर्फ लैजाँदै गरेको ३२ लाख मूल्य बराबरको चाँदी र सुन जस्तो पहेँलो देखिने साढे पाँच किलो पहेँलो धातु प्रहरीले इलामको पशुुपतिनगर चारमाईलबाट बरामद गरेको छ । आइतबार राति करिब १२ः३० बजे गस्तीमा खटिएको प्रहरी टोलीले सूूर्योदय नगरपालिका–२ चारमाइलबाट भारत हिमाचल प्रदेशको कुल्लुु परगानुका २८ वर्षीय अभिनाश बोध, सोही स्थानमा ३५ वर्षीय रवि कुुमारको झोला चेकजाँच गर्दा चाँदी २८ किलो र पहेँलो धातुु समेत बरामद गरिएको इलामस्थित सशस्त्र प्रहरीले जनाएको छ । सेतो धातुपरिक्षण गर्दा १७ हजार चार सय ग्राम चाँदीसहित अन्य गरगहना गरेर ३२ लाख ६९ हजार ५५७ रुपियाँ कायम भएको र पशुुपतिनगरस्थित भन्सार कार्
इटहरी । नेपालको चारकोशे झाडीको रुपमा परिचित झापाको जलथलस्थित चारकोशे वनमा पहेँलो कुछुवा फेला परेको छ । हल्दिबारी गाउँपालिका–४ स्थित श्री पाथिभरा कालिका सामुदायिक वनमा पहेँलो कछुवा फेला परेको हो । स्थानीय विवेक बास्तोलाले आइतबार विहान सामुदायिक वनमा रहेको चिसो पानी रसाइरहने क्षेत्रमा अनौठो प्रकारको उक्त कछुवा फेला पारेर सामुदायिक वनका कर्मचारीहरुलाई खबर गर्नुभएको थियो । अन्य समयमा देखेको भन्दा फरक कछुवा देखिपछि सामुदायिक वनका पदाधिकारीहरुलाई जानकारी गराउनुभएको जनाइएको छ । जलथल जङ्गलको विषयमा अध्यनअनुसन्धानमा लामो समयदेखि क्रियाशिल रहनु भएको लिलनाथ शर्माका अनुसार यो कछुवा विरलैमात्र पाइन्छ । रङ्
इटहरी । सुनसरीको वराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ । वराहक्षेत्र नगरपालिका वडा नं २ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा उक्त हात्ती आज बिहान मृत अवस्थामा फेला परेको वराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । आज बिहान स्थानीयवासीले हात्ती मृत भेटिएको खबर गरेको उहाँले बताउनुभयो । कार्कीका अनुसार झण्डै ५ देखि ७ वर्ष उमेरको भाले हात्ती छ । हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन । जिल्ला वन कार्यलय सुनसरी, कोशीटप्पु वन्यजन्तु आरक्षसहितको टोलीले हात्तीको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको नगरप्रमुख कार्कीले बताउनुभयो ।
इटहरी । करिब एक दशकअघिदेखि साङ्लोमा बाँधिँदै आउनुभएका पविन्द्र मगरको शनिबार उद्धार गरिएको छ । चौदण्डीगढी नगरपालिकाको पहलमा विराटनगरस्थित मानवसेवा आश्रमले उहाँको उद्धार गरेको नगरप्रमुख कालुमान लामाले बताउनुभयो । उदयपुरको चौदण्डीगढी नगरपालिका–३, भोर्लेनीका पविन्द्र मगर करिब १० वर्षअघि बिरामी परेपछि उहाँको मानसिक अवस्था बिग्रियो । परिवारले सक्दो उपचार गर्दा पनि केही सुधार नभएपछि उहाँलाई घरमै साङ्गोले बाँधेर राख्ने गरेको उहाँकी ८१ वर्षीय आमा एकमाया मगरले बताउनुभयो । चार दाजुभाइमध्येका साइँला छोरा पविन्द्रको हेरचाह बुढी आमा एकमाया मगरले गर्दै आउनुभएको थियो । यसअघि पनि चौदण्डीगढी नगरपालि
इटहरी । धनकुटा महालक्ष्मी नगरपालिका – ७ धरधरेस्थित जितपुर–लेगुवा सडक खण्ड छेउमा गाडिएको अवस्थामा एक युवकको शव फेला परेको छ । निर्माणाधीन सडक छेउमा आइतबार ग्राभेल सम्याउने क्रममा स्थानीयहरूले मानव खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यलय जितपुरको टोलिले सो स्थानबाट पुरुषको शव निकालेको थियो । मृतक महालक्ष्मी नगरपालिका–१ कटहरे निवासी २५ वर्षीय दिपेश कटवाल रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रवक्ता डिएसपी ओम प्रकास खनालले जानकारी दिनुभयो । परिवारका अनुसार कटवाल गत जेठ ३० गते घरबाट निस्किएको थियो । शव पुरिएर राखिएको अवस्थामा फेला परेकाले घटना शङ्कास्पद देखिएको थप अनुसन्धान भ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.