इटहरी । झापाको कमल गाउँपालिका–३ रतुवामाई जङ्गलमा विद्युतप्रवाह चुहावट (करेन्ट) हुँदा जङ्गली हात्तीको मृत्यु भएको छ । डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार गए राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको हो ।उनले करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेको अवस्थामा भेटिएको जानकारी दिए । डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए ।
सन्जिप तिम्सिना भोजपुर | भोजपुरको हरियो डाँडामाथि बसेको एउटा सानो गाउँ। जहाँ बिहानको घामपहाड चुम्दै उदाउँथ्यो, अनि गाउँका बालबालिकाले "गुड मोर्निङ सर!" भन्दै खगेन्द्र चौलागाईंलाई अभिवादन गर्थे। उनी शिक्षक मात्र होइन, एउटा प्रेरणा थिए।टेम्केमैयुङ गाउँपालिका–३ स्थित अन्नपूर्ण वागधन रणदीपा राई माध्यमिक विद्यालयमा प्राथमिक तहका शिक्षक थिए खगेन्द्र। तर उनको मुटुमा बजिरहन्थ्यो — एक गहिरो सपना: निमावि तहको शिक्षक बन्ने। त्यो केवल पदको आकांक्षा थिएन, त्यो समाजप्रतिको प्रतिबद्धता थियो — उज्यालो भविष्यका निर्माणकर्ता बन्ने।केही दिनअघि मात्र उनी भोजपुरबाट इटहरी झरेका थिए। शिक्षा सेवा आयोगको निमावि त
सुन्दरहरैँचा | मोरङको सुन्दरहरैँचा नगरपालिकाको वडा नम्बर ४ मा उपभोक्ताहरूको हकहित र सचेतनाका लागि एक विशेष "उपभोक्ता सचेतना कार्यक्रम" आयोजना गरिएको छ। प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि सुन्दरहरैँचा र सुन्दरहरैँचा नगरपालिका कार्यालयको सहकार्यमा भएको हो।उक्त अवसरमा मानव अधिकार सञ्चाल सुनसरीका संयोजक रमेश भट्टराईले सहभागीहरूलाई उपभोक्ता अधिकार, कानुनी सुरक्षा, बजार अनुगमन प्रणाली, गलत तथा म्याद नाघेका वस्तुहरूको पहिचान तथा उजुरी दिने प्रक्रियाहरू सम्बन्धमा विस्तृत रूपमा प्रशिक्षण दिनुभयो। उहाँको प्रस्तुतीले विद्यार्थीहरूमा उपभोक्तावाद सम्बन्धी आधारभूत तथा व्यवहारिक जानकारी थपिएको सहभागीहरूको प्
सुनसरी | सुनसरीको रामधुनी नगरपालिकामा लागु औषध दुव्र्यसनी मुक्त बनाउन लागु औषध दुव्र्यसनी विरूद्ध सचेतना एवम् अन्तरक्रिया कार्यक्रम गरिएको छ ।प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि सुन्दरहरैँचाको आयोजना तथा रामधुनी नगरपालिका कार्यालयको सहकार्यमा रामधुनी नगरपालिकाकी उपमेयर तारा थापाको अध्यक्षता तथा रामधुनी नगरपालिकाका नगर प्रमुख शंखर लाल चौधरीको प्रमुख आथित्यतामा लागु औषध दुव्र्यसनी विरूद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।रामधुनी नगरपालिका उप प्रमुख तारा थापा,रामधुनी नगर प्याब्सन अध्यक्ष अच्युत ढकाल ,आदर्श माध्यमिक विद्यालयका प्रधानध्यापक रविन्द्र पौडेल ,उपभोक्त संरक्ष
इटहरी । अहमदिया संघ नेपालले मोरङको धनपाल गाउँपालिका–६, सौरगाछीमा अग्नी पीडितहरुलाई राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । ुसबैलाई माया गरौ, घृणा कसैलाई नगरौँु भन्ने मूल नाराका साथ अहमदिया संघ नेपालले विपतमा परेका सर्वसाधारणलाई विभिन्न राहत वितरण गरेको हो । सौरगाछीमा केही दिनअघि भएको आगलागीबाट प्रभावित परिवारहरूलाई विभिन्न आवश्यक राहत सामग्रीहरु वितरण गरिएको अहमदिया संघ नेपालका केन्द्रीय सदस्य हैदर मियाँले जानकारी दिनुभयो। चामल २५ केजी, नुन २ केजी, चना १ केजी, चिनी २ केजी, दाल २ केजी, खाने तेल २ लिटर, मटर १ केजी, चाउचाउ, भुजा, साबुन, मसला लगायतका १९ प्रकारका सामाग्रीहरु पन्ध्र परिवारलाई वितरण गर
इटहरी । ताप्लेजुङमा आप्रवासी स्रोत केन्द्र सहायता कक्ष सुरु भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश र फुङलिङ नगरपालिका साथै स्विट्जरल्याण्ड सरकारको समन्वयमा उक्त केन्द्रको सुरुवात गरिएको हो । सोमबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको हाता भित्र नवनिर्मित स्रोत केन्द्रको फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले उद्घाटन गर्नुभएको छ । साथै केन्द्रमा दुई जना सुरक्षित आप्रवासन सहजकर्ता रहनेछन् । वैदेशिक रोजगारीमा जानुपूर्व पासपोर्ट बनाउनु अघि र बनाइसकिए पछि वैदेशिक रोजगारीमा जानको लागि अपनाउनु पर्ने प्रकिया, हुन सक्ने ठगी, मेनपावर कम्पनीको बारेमा
इटहरी। सशस्त्र प्रहरी बल नम्बर एक गुल्म हेडक्वार्टर कञ्चनजङ्घाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । गुल्मको परिसरभित्र निर्मित सिनियर अधिकृतको मेस तथा गुल्मपति कार्यकक्षको उद्घाटन गरिएको हो । मजकुर सशस्त्र प्रहरी बल नेपाल नम्बर एक वराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार गुल्मपतिको एउटा कार्यकक्ष, मेसका लागि एकएक ओटा किचन तथा डाइनिङ रुम सहितको भवन निर्माण गरी उद्घाटन गरिएको छ । बाहिनीपति प्रहरी नायब महानिरीक्षक न्यौपाने र प्रमु
इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ तेरआडीस्थित आफ्नै घरमा खेलिरहेको अवस्थामा सर्पदंशमा परेका १० महिनाका बालक अनीश थापाको उपचारका क्रममा मृत्यु भएको छ। बालकलाई शुक्रवार दिउसो विषालु सर्पले टोकेको बताइएको छ। गम्भीर अवस्थामा रहेकाले उनलाई तत्कालै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उपचारका क्रममा बालकको शनिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
इटहरी । कोसी प्रदेशका सबै जिल्लामा पुर्वाधार विकास कार्यालय स्थापना हुने भएको छ। कोसी प्रदेश सरकारको सोमबार बिहान बसेको बैठकले कोसीका १४ वटै जिल्लामा कार्यालय स्थापना गर्ने निर्णय गरेको हो। भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले मन्त्री स्तरिय निर्णय गर्दै मन्त्रिपरिषद् बैठकमा पुर्वाधार विकास कार्यालय र शहरी विकास तथा भवन निर्माण कार्यालयहरुलाई एकिकृत गरी १४ वटै जिल्लामा राख्ने प्रस्ताव पेश गरेका थिए। मन्त्री राईको प्रस्ताव अनुसार मन्त्रिपरिषद्को बैठकले पनि निर्णय गरे सँगै अब भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहने गरी पुर्वाधार विकास कार्यलय स्थापना हुने निश्चित भएको मन्त्री राईल
इटहरी । किसानले समयमा मल र बिउ नपाउँदा र उत्पादन भएको कृषि उपजको मूल्यसमेत गिरावट भएपछि आन्दोलन सुरु गरेका छन् । झापाको गौरादहका किसान हलोजुवा, कुटोकोदालो र आफ्ना उपज सडकमा तेस्र्याएर आन्दोलनमा उत्रेका हुन् । आइतबार विभिन्न माग राख्दै झापाको गौरादहमा कृषकले गौरादह–८, चन्दन चोकमा केही समय सडक जाम गरे । एक साताअघि पनि उनीहरूले यसरी नै सडक जाम गरेका थिए । स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले किसानका समस्या नसुनेकाले ध्यानाकर्षण गराउन बन्दमा आउनु परेको किसानको भनाइ छ । गौरादह–८, चन्दन चोकस्थित पाडाजुँगी–गौरीगन्ज सडकखण्डमा कृषकले दुई घण्टा चक्काजाम गरेका थिए ।जोरपल उच्च कृषक समूहक अध्यक्ष इ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.