इटहरी । सप्तकोशीको कटानबाट सिङ्गो बस्ती नै जोखिममा परेको भन्दै उदयपुरको बेलका नगरपालिकाका विभिन्न वडाका स्थानीयले तत्काल तटबाँध निर्माण गर्न माग गरेका छन् । बेलका नगरपालिका–२, ३, ८ र ९ मा पर्ने प्रभावित क्षेत्रका बासिन्दाले स्थानीय टेकबहादुर भट्टराईको संयोजकमा सप्तकोशी कटान नियन्त्रण तथा स्रोत सङ्कलन समिति नै बनाएर उदयपुरका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारसमक्ष ज्ञापनपत्र बुझाएर कोशी कटान नियन्त्रणका लागि तत्काल तटबाँध निर्माणको काम सुरु गर्न माग गरेका हुन् । सप्तकोशी नदीले धार परिवर्तन गरी बेलका नगरपालिका–८, सोमबारेस्थित लाहुरेखोँचमा तीव्र रूपमा कटान गरिरहेको छ । यसअघि नै पटक पटक कोशीक
मानिस हराएको सूचना इटहरी उपमहानगरपालिका–२, महेन्द्र मावि छेउबाट ३४ वर्षीय डेकेन्द्र धमला मिति २०८२ साल असार ८ गते बिहान ४ः०० बजे अफिस जान्छु भनी निस्कनु भएको थियो। त्यसपछि हालसम्म उहाँ परिवार वा आफन्तजनहरूसँग सम्पर्कविहीन हुनु भएकोले खोजी कार्य जारी रहेको छ।तलको फोटोमा देखिएका व्यक्तिलाई कतै देख्नु भएको वा उहाँसम्बन्धी कुनै जानकारी प्राप्त भएको खण्डमा, कृपया नजिकको प्रहरी कार्यालयमा जानकारी गराईदिनुहुन वा तल उल्लेखित नम्बरमा तुरुन्त सम्पर्क गरीदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।सम्पर्क:किशोर धमला – ९८४२५८८३८७
भोजपुर – भोजपुरको रामप्रसादराई गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४६ करोड ८१ लाख ९४ हजार ४०७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न गाउँपालिकाको १४ औं गाउँसभाबाट नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो।गाउँपालिका उपाध्यक्ष विरेन्द्र राईले सभा समक्ष चालु तथा पुँजीगत खर्च सहितको बजेट प्रस्तुत गर्नुभयो। प्रस्तुत बजेटमा कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिइएको छ भने शिक्षा, स्वास्थ्य, पूर्वाधार,पर्यटन र सामाजिक समावेशितालाई समेत बजेटमा समेटिएको छ।उपाध्यक्ष राईका अनुसार गाउँपालिकाको मुख्य लक्ष्य स्थानीय उत्पादनमा वृद्धि गर्दै किसानलाई आत्मनिर्भर बनाउने हो। त्यसका लाग
भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५७ करोड ८ लाख ५१ हजार ११५ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १८औँ गाउँसभामार्फत उपाध्यक्ष रमादेवी राईले नीति तथा कार्यक्रमसहित बजेट पेश गर्नुभएको हो।गाउँपालिकाले चालु तथा पूँजीगत दुबै प्रकारका खर्चलाई सन्तुलित ढंगले समेट्दै आर्थिक विकास, पूर्वाधार सुदृढीकरण, कृषि उत्पादनमा आत्मनिर्भरता, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा सामाजिक समावेशीकरणलाई बजेटको प्रमुख आधार बनाएको छ।कृषिमा आत्मनिर्भरता र पकेट कार्यक्रमको प्राथमिकताटेम्केमैयुङ गाउँपालिकाले कृषि क्षेत्रलाई आर्थिक समृद्धिको मेरुदण्डका रूपमा लिँदै ब
भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि करिब ४८ करोड ८९ लाख ३६ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १५औँ गाउँसभाबाट उपाध्यक्ष विनिता ढकालले प्रस्तुत गर्नुभएको बजेटमा सामाजिक, न्यायिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, खानेपानी, खेलकुद, कृषि, विद्युत् लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ ।उपाध्यक्ष ढकालले सभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०८२, र विनियोजन विधेयक २०८२ समेत पेश गर्नुभएको हो। ती विधेयकमाथि विस्तृत छलफल गरी आगामी असार २० गतेभित्र पारित गर्ने सहमति समेत सभाबाट प्राप्त भएको छ। प्रस्तुत नीति तथा कार्यक्रमहर
केराबारी । मोरङको केराबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ९५ बुँदे व्यापक विकास नीति तथा कार्यक्रम घोषणा गर्दै ८४ करोड ८ लाख ५८ हजार बजेट सार्वजनिक गरेको छ ।गाउँपालिकाको १६ औँ गाउँसभा अधिवेशनको पहिलो बैठकमा अध्यक्ष सुमन मिरिङचिङको नेतृत्वमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियोे ।कार्यक्रममा कृषि क्षेत्रमा प्रविधिको प्रयोग, उत्पादन वृद्धिका लागि अनुदान र सहुलियत, कृषि सहकारीहरूको सशक्तीकरण तथा कृषक मैत्री कार्यक्रमहरू अघि सारिएको छ। पर्यटन क्षेत्रको सम्भावना पहिचान गरी प्रचार–प्रसार, पूर्वाधार निर्माण, तथा स्थानीय संस्कृति र प्रकृतिमा आधारित पर्यटन विकास योजना समेत
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ७ गोठगाउँमा अवस्थित पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा औपचारिक रूपमा शल्यक्रिया (अपरेसन) सेवा सुरु गरिएको छ। नव-निर्मित शल्यकक्ष र शल्यक्रिया वार्डको स्थापना पछि अस्पतालले पहिलोपटक सफल शल्यक्रिया सम्पन्न गर्दै सेवा प्रारम्भ गरेको हो।मंगलवार २८ वर्षीय पुरुष बिरामीको कुमको सफल हाडजोर्नी शल्यक्रिया सम्पन्न भएको अस्पतालले जानकारी दिएको छ। अपरेसन हाडजोर्नी विशेषज्ञ तथा उप–प्राध्यापक डा. रोबिन श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको थियो।शल्यक्रिया टोलीमा हाडजोर्नी सर्जन डा. धीरज सिंह, एनेस्थेसियोलोजिस्ट डा. विकास अधिकारी लगायतको सक्रिय सहभागिता र
इटहरी / किशोर–किशोरीहरूमा सूचना प्रविधिको ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले इटहरीका सामुदायिक विद्यालयहरूमा सूचना प्रविधिसम्बन्धी तालिम सुरु गरिएको छ। काफल्स मल्टिप्रपाेज कम्पनीको आयोजनामा तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा सञ्चालित तालिम कार्यक्रमको पहिलो दिन शारदा माध्यमिक विद्यालय, खनारबाट सुरु गरिएको हो।इटहरी उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष भुवनराज पोखरेलको प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रममा करिब ७० जना विद्यार्थीहरू सहभागी थिए। उनीहरूसँगै विद्यालयका शिक्षकहरू समेतले सूचना प्रविधि र यसको प्रयोगबारे जानकारी लिएका थिए।कार्यक्रममा सूचना प्रविधिको दुरुपयोगका सम्भावना, जोखिम तथा सचेत प्र
इटहरी / सडक सुरक्षामा सक्रियता, कर्तव्यनिष्ठा र अनुशासनको उदाहरण बनेका प्रहरी सहायक हवल्दार मनोज बास्तोला नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीबाट २०७९ साल जेठ महिनाको “उत्कृष्ट ट्राफिक प्रहरी” उपाधिमा सम्मानित भएका छन्।QRT ड्युटी अन्तर्गत इटहरीका मुख्य चोक, राजमार्ग र जोखिमयुक्त क्षेत्रहरूमा खटिएका बास्तोलाले विभिन्न ट्राफिक समस्याहरूलाई व्यवस्थित गर्न कुशलता देखाएका थिए। उनले मोटरसाइकलमा स्वरूप परिवर्तन गरी चलाउने तथा साइलेंसर हटाएर ध्वनि प्रदूषण फैलाउने सवारी चालकहरूलाई नियन्त्रणमा ल्याएर कानुनी कारबाही गरेका थिए।त्यसैगरी सार्वजनिक यातायातमा क्षमता नाघी यात्रु
इटहरी । भोजपुर नगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ का लागि ६५ करोड ११ लाख ८० हजार ४ सय ६९ रुपियाँको बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाको १० औँ नगरसभाका सभाध्यक्ष कैलाश कुमार आलेले प्रस्तुत गरेको बजेटमा सामाजिक, न्यायिक, सांस्कृति, शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद, कृषि, विद्युत् लगायत विकास योजनाका लागि रकम विनियोजन गर्नुभएको छ। यसैगरी, सभाध्यक्षले १२ वटा वडाका सबै वडाध्यक्षलाई अहिलेसम्म राम्रो काम गर्दै आएको बताउँदै जनताको सेवामा निरन्तर लागि पर्न थप प्रोत्साहन गर्नुभयो। सभाध्यक्ष आलेले कृषि क्षेत्रको विकासका लागि कृषिलाई व्यवसायीकरण, होमस्टे सञ्चालन तथा मल, बिउ मा अनुदान लगायत कार्य गर्ने उल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.