समाज

    Showing ६८१-६९० of ११,१४१ items.
  • ताप्लेजुङको मैवाखोलामा ट्याक्टर खस्यो, दुई जना बेपत्ता

    इटहरी स्  ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर खस्दा दुई जना बेपत्ता भएका छन्।आठराई त्रिवेणी गाउँपालिका–हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर आज बिहान पुलको छेउबाट करिब १५ मिटर तल खसेर खोलाले बगाएको हो। दुर्घटनापछि ट्याक्टरमा सवार मेरिङदेन–६ नाल्बोका १४ वर्षीय समीर नाल्बो इलाका प्रहरी कार्यालय दोभान पुगेपछि घटनाबारे जानकारी दिएका थिए। प्रहरीका अनुसार ट्याक्टर पुलबाट करिब २० मिटर तल मैवाखोलाको बगरमा भेटिएको छ। तर चालक समीर बराइली र ट्याक्टरमा सवार अनिल नाल्बोलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्र

    • प्रकाशित मितिः भदौ २२, २०८३
    • ६७ पटक पढिएको
  • दशैँमा घर फर्किने तयारीमा थिइन् सुनसरी बराहक्षेत्रकी रुबिना, रसुवा बाढीपछि १२ दिनदेखि बेपत्ता

    इटहरी स् दशैँ आउन अब धेरै समय बाँकी थिएन। घरमा चाडपर्वको तयारी सुरु हुँदै थियो। परिवारका सदस्यहरूबीच भेटघाट र कुराकानीका योजना बन्दै थिए।सुनसरीको बराहक्षेत्र नगरपालिका–३ की २२ वर्षीया रुबिना धामी पनि यसपालि दशैँमा घर आउने तयारीमा थिइन्। रसुवाको होटेलमा काम गर्दै आएकी रुबिनाले परिवारलाई काम सकेर दशैँमा घर आउने र त्यसपछि विदेश जाने तयारी गर्ने बताएकी थिइन्। तर अहिले दशैँ आउनुअघि नै उनको घरमा सन्नाटा छाएको छ। रसुवामा आएको विनाशकारी बाढीपछि रुबिनासहित बराहक्षेत्रका पाँच जना स्थानीय १२ दिनदेखि परिवारको सम्पर्कमा छैनन्। बाढी आउनुभन्दा एक दिनअघि मात्र रुबिनाले आमाबुवासँग फोनमा कुराकानी गरेकी थिइन्। त

    • प्रकाशित मितिः भदौ २२, २०८३
    • ४५ पटक पढिएको
  • तरल अक्सिजन आयातले उद्योग मारमा

    इटहरी । सुनसरी–मोरङ औद्योगिक कोरिडोरका छ अक्सिजन उद्योग बन्द भएका छन् । ती उद्योग बन्द हुँदा स्वास्थ्य संस्था र अन्य औद्योगिक उपभोक्ता प्रभावित भएका छन् ।कोरोना सङ्क्रमणले मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेका बेला सुनसरी–मोरङ औद्योगिक कोरिडोरका छ वटा अक्सिजन उद्योग पूर्ण क्षमतामा सञ्चालन भएका थिए । देशभरमा अक्सिजनको माग बढ्दा उत्पादन क्षमता वृद्धि गरेर आपूर्ति प्रणाली सहज बनाइएको थियो । तर कोरिडोरमा सबैभन्दा ठुलो क्षमताको विनायक अक्सिजन उद्योग सञ्चालन गर्दै आएका पवन शारडाका अनुसार अभावको व्यवस्थापन गर्न सक्ने क्षमता भएका कोरिडोरका उद्योग अहिले नराम्रोसँग असजिलोमा परिरहेका छन् । जसका कारण

    • प्रकाशित मितिः भदौ २२, २०८३
    • ३९ पटक पढिएको
  • सुन्दरहरैँचास्थित हिमालय इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनाल ’इन्टरनेशनल एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

    इटहरी । मोरङको सुन्दरहरैँचा–१० स्थित हिमालय इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड–२०२६’बाट सम्मानित हुनुभएको छ । स्थानीय परिवेशबाट सुरु भएको विद्यालयलाई गुणस्तरीय, संस्कारयुक्त र विद्यार्थीकेन्द्रित शिक्षाका माध्यमबाट अघि बढाउँदै अन्तर्राष्ट्रिय पहिचान दिलाउन सफल उहाँलाई ‘बेस्ट कन्ट्रीब्युसन इन एजुकेसन फिल्ड’ विधामा सम्मान गरिएको हो। काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२६  नेपाल एन्ड इन्टरनेशनल समिट’ समारोहमा पूर्वउपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले खनाललाई सम्मानपत्र प्र

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • १८२ पटक पढिएको
  • नेशनल प्याब्सन कोशी प्रदेशस्तरीय हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न

    इटहरी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेश कार्यसमितिको आयोजनामा इनरुवा–३ स्थित ॐसाई पार्टी प्यालेसमा हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रदेशका ३० विद्यालयका १५० विद्यार्थी सहभागी प्रतियोगिताका विजेताहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगिता अन्तर्गत माध्यमिक तह अंग्रेजी हस्तलेखनतर्फ अभा इंगलिस स्कुल प्रथम, ग्रीन पीस एकेडेमी द्वितीय र हिमालय इंगलिस स्कुल तृतीय भए । प्राथमिकतर्फ रेस्नल एकेडेमी प्रथम, हरित तारा स्कुल द्वितीय र अभा इंगलिस तृतीय बने। यस्तै, नेपाली हस्तलेखन माध्यमिकतर्फ अरिहन्त इंगलिस बोर्डिङ स्कु

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • १४३ पटक पढिएको
  • मिस्टर एण्ड मिस थारू हेरिटेज २६४९ को फाइनल सम्पन्न

    इटहरी । थारू समुदायको कला, संस्कृति, पहिचान र प्रतिभाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मिस्टर एण्ड मिस थारू हेरिटेज २६४९ को फाइनल कार्यक्रम सम्पन्न भएको छ । दुहबी नगरपालिकाका नगर प्रमुख बेदनारायण गच्छदारको प्रमुख आतिथ्यता तथा ंसदस्य सचिव एवम् प्रमुख कार्यकारी अधिकृत गीतनारायण चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। प्रतियोगिताको निर्णायक मण्डलमा मिस नेपाल इन्टरनेसनल २०१८ की मुख्य निर्णायक रोनाली अमात्य, मिस्टर थारू नेपाल २०१८ का विजेता रविन चौधरी तथा म्यान अफ द वल्र्ड २०२५ प्रकाश चौहान रहनुभएको थियो । महिला विधातर्फ शृष्टि चौधरी विजेता बन्न सफल भएकी छन् भने न

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • १९३ पटक पढिएको
  • रथयात्राका भक्तजनलाई १८ डी पाथिभरा इन्टरटेनमेन्टको निःशुल्क पानी

    इटहरी । कृष्ण जन्माष्टमीको अवसरमा इटहरीमा निकालिएको राधाकृष्ण रथयात्रामा सहभागी भक्तजनलाई १८ डी पाथिभरा इन्टरटेनमेन्ट इटहरीले निःशुल्क पानी वितरण गरेको छ । इटहरीको सेन्टर प्लाजाको पहिलो तलामा सञ्चालनमा आएको ‘१८ डी पाथिभरा इन्टरटेनमेन्ट’ले धार्मिक तथा सामाजिक उत्तरदायित्वअन्तर्गत रथयात्रामा सहभागी हजारौँ भक्तजनलाई पानी वितरण गरेको छ। लायन्स तथा लियो क्लब इटहरी एक्टिभको आयोजना र १८ डी पाथिभराको सहयोगमा उक्त पानी वितरण कार्यक्रम सम्पन्न भएको हो। उक्त मनोरञ्जन केन्द्रमा मोसन सिट, ३ डी भिजुअल, हावा, कम्पन र पानीको छिटा जस्ता आधुनिक प्रविधि मार्फत डाइनोसर वल्र्ड, हरर एक्सपेरियन्स र रोलर कोस्टर सहित

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • १९४ पटक पढिएको
  • इन्टर जिम फुटसल टुर्नामेन्टमा ओएसिस फिटनेस च्याम्पियन

    इटहरी । इटहरीमा आयोजित इन्टर जिम ५ ए साइड फुटसल टुर्नामेन्टको उपाधि आयोजक ओएसिस फिटनेसले जितेको छ । शनिबार एसडी फुटसलमा सम्पन्न एकदिने प्रतियोगिताको फाइनलमा ओएसिस फिटनेसले तरहरा फिटनेसलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। प्रतियोगितामा न्युट्री हब फिटनेस तेस्रो भएको छ । ओएसिस फिटनेसको आयोजनामा भएको प्रतियोगितामा विभिन्न जिम तथा फिटनेस सेन्टरका १२ टोलीको सहभागिता रहेको थियो। उपाधि विजेता ओएसिस फिटनेसले नगद २५ हजार रुपैयाँ तथा उपविजेता तरहरा फिटनेसले १५ हजार रुपैयाँ प्राप्त गरेका छन्। दुवै टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र समेत प्रदान गरिएको थियो। व्यक्तिगत विधातर्फ ओएसिस फिटनेसका

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • १४२ पटक पढिएको
  • कोशी कटानमा मूर्ति सेलाउनेको भीड

    इटहरी। सुनसरीको कोसी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा विभिन्न स्थानमा निर्माण गरिएका मूर्ति सेलाउन आइतबार भक्तजन तथा श्रद्धालुको भीड लागेको छ।श्रीकृष्ण जन्माष्टमीका अवसरमा निर्माण गरिएका माटोका कलात्मक भगवान् श्रीकृष्णका प्रतिमासहित अन्य देवीदेवताका मूर्ति सेलाउन श्रद्धालुहरू कोशी कटान क्षेत्रमा पुगेका स्थानीय अरुण मण्डलले बताए। जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएका माटोका कलात्मक प्रतिमासहित अन्य देवीदेवताका मूर्तिलाई धार्मिक विधिअनुसार पूजाआजा गरी कोशी कटान क्षेत्रमा रहेको जलाशयमा विसर्जन गर्न भक्तजनहरू पुगेका हुन्।मूर्ति सेलाउन आउनेको चहलपहल बढेसँगै कोश

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • १७२ पटक पढिएको
  • ब्राउन सुगरसहित उर्लाबारीबाट दुई युवा पक्राउ

    इटहरी स् मोरङको उर्लाबारीबाट प्रहरीले ब्राउन सुगर ९खैरो हेरोइन०सहित दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–२ बल्लु चोकका ३१ वर्षीय सुकराज दर्जी र २२ वर्षीय सुदीप धिमाल रहेका छन्।प्रहरीका अनुसार दर्जीको घरमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले आइतबार घरमा छापा हानेको थियो। कोठा खानतलासी गर्दा सिरानीमुनि १९ वटा पोका बनाएर राखिएको अवस्थामा १ ग्राम ८० मिलिग्राम ब्राउन सुगर बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए।ब्राउन सुगर बरामद भएपछि दर्जीलाई प्रहरीले पक्राउ गरेको हो। यस्तै, धिमालको शरीर खानतलासी

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • ९५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]