समाज

    Showing ९३१-९४० of ९,३३६ items.
  • सुनसरीका किसान चैते धान रोपाइँमा व्यस्त

    इटहरी ।  सुनसरीका किसान यतिबेला चैते धान रोप्न व्यस्त छन् । पर्याप्त सिँचाइ सुविधा पुगेका र सिमसार क्षेत्रका किसानलाई हाल धान रोपाइँ गर्न भ्याइनभ्याइ छ । सुनसरी जिल्लामा चैते (हिउँदे) र बर्खे गरी दुईपटक धान उत्पादन हुने गरेको छ । मकैभन्दा धानबाट राम्रो उत्पादन हुने र दुईपटक धान लगाउँदा एक बाली बिक्री गरेर आम्दानी गर्न सकिने भएकाले यसतर्फ किसानको आकर्षण छ । सुनसरीको रामधुनी नगरपालिका–६ का किसान भावना माझीका अनुसार एउटै खेतमा वर्षमा तीनपटकसम्म बाली लगाउन सकिन्छ । चैते धान समयमा रोपाइँ गर्न सकियो भने उत्पादन पनि राम्रो हुन्छ । एउटै खेतबारीमा बर्खे धान, चैते धानका साथै फापर÷तोरी लगाइने गरेको

    • प्रकाशित मितिः चैत १२, २०८२
    • ९३ पटक पढिएको
  • पाथीभराको सुन लिलामीमा पाँचौँ प्रयास पनि असफल, आवेदन शून्य

    इटहरी । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका लागि पाँचौ पटक सूचना जारी गरिएपनि आवेदन परेको छैन । मन्दिरमा सङ्कलित सुन रिफाइन गरि पाथीभरा क्षेत्र विकास समितिले लिलामीका लागि सिलबन्दी बोलपत्र आह्वान गरि पटकपटक सूचना जारी गर्दा समेत कुनै आवेदन नपरेको हो । समितिसँग मौज्दात रहेको एक सय ७८ तोला ८२ लाल सुन लिलामीको लागि सूचना जारी गरिएको भए पनि आवेदन नपरेको समितिका सूचना अधिकारी नवीन निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले गत गत फागुन २१ गते १५ दिने सूचना जारी गरि प्रतितोला न्यनतम तीन लाख १५ हजार चार सय रुपियाँबाट बढेर सिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको थियो ।१५ दिने सूचना जारी

    • प्रकाशित मितिः चैत ११, २०८२
    • १९६ पटक पढिएको
  • उदयपुरको त्रियुगा–८ साहिखोलास्थित विद्यालय भवन नेपाली सेना द्वारा मर्मतपछि हस्तान्तरण

    इटहरी  । नेपाली सेनाले उदयपुरको त्रियुगा नगरपालिका वडा ८ साहिखोलास्थित खाटमन्दिर आधारभूत विद्यालयको पूरानो जीर्ण भवन मर्मत सम्हार तथा स्तरवृद्धि गरी स्थानीय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । नेपाली सेनाको कल्याणकारी निर्देशनालयको करिव पाँच लाख रुपियाँको आर्थिक सहयोगमा मर्मत सम्हार गरिएको उक्त विद्यालय सैनिक श्रीमती संघकी अध्यक्ष निता क्षेत्री सिग्देलले विद्यालयको प्राङ्गणमा आयोजित एक समारोहकाबिच बुधवार व्यवस्थापन समितिका अध्यक्ष रणवहादुर विकलाई हसतान्तरण गर्नुभएको हो । सैनिक श्रीमती संघकी अध्यक्ष सिग्देलल सो विद्यालयमा अध्ययनरत एकसय ३० जना बालबालिकाहरुलाई किताव बोक्ने झोला, डट

    • प्रकाशित मितिः चैत ११, २०८२
    • १४८ पटक पढिएको
  • ओखलढुङ्गा मानेभञ्ज्याङ–७ हर्कपुरमा जडीबुटी उद्योग सिल हुँदा ५० लाख बराबरको कच्चा पदार्थ नोक्सान

    इटहरी । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा सञ्चालित जडीबुटी प्रशोधन उद्योग सिल गरिएको एक महिना बितिसक्दा पनि पुनः सञ्चालनमा आउन नसक्दा करिब ५० लाख रुपैयाँ बराबरको कच्चा पदार्थ नोक्सानी भएको छ । आवश्यक कानुनी प्रक्रिया तथा वातावरणीय मापदण्ड पूरा नगरेको भन्दै डिभिजन वन कार्यालयले एक महिना अघि उद्योग सिल गरेको थियो । सो उद्योग सञ्चालन गर्दै आएको चाइनीज होओचेङ बायोटेक्नोलोजी प्रालिले आवश्यक कागजात पूरा नगरेको निष्कर्षसहित उद्योग बन्द गरिएको जनाइएको छ । उद्योगका व्यवस्थापक हरि श्रेष्ठका अनुसार आवश्यक कागजात पेश गरिसकिएको र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्रारम्भिक वातावर

    • प्रकाशित मितिः चैत ११, २०८२
    • १४४ पटक पढिएको
  • इनरुवाको ग्रीन सिटीमा २१० फिट अग्लो राष्ट्रिय झण्डा फहराइयो

    इटहरी । देशभक्ति, एकता र राष्ट्रिय गौरवको प्रतीकका रूपमा सुनसरीको इनरुवा नगरपालिका–७ स्थित ग्रीन सिटी क्षेत्रमा मंगलबार २१० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । श्रीमद् भागवत महापुराण धन–धान्याञ्चल सप्ताह धार्मिक ज्ञान महायज्ञको छैटौं दिनको विशेष अवसर पारेर आयोजित कार्यक्रम आवास विकास संघ नेपालका अध्यक्ष विष्णु प्रसाद घिमिरेको प्रमुख आतिथ्यता तथा डीएन ग्रुप अफ कम्पनीका अध्यक्ष दीपक काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो । झण्डोत्तोलनको क्षणमा राष्ट्रिय गीतको धुनसँगै उपस्थित जनसमुदाय भावुक बनेका थिए भने ग्रीन सिटी क्षेत्र देशप्रेमको उत्साहले भरिएको देखिन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर

    • प्रकाशित मितिः चैत ११, २०८२
    • ७८ पटक पढिएको
  • सभापोखरी, पाख्रिवास र कन्काइ विजयी

    इटहरी । धनकुटाको हिलेमा जारी १८ औ संस्करणको कोशी प्रदेशस्तरीय अन्तरपालिका रामनवमी कप भलिबल प्रतियोगिता सभापोखरी, पाख्रिवास र कन्काइ विजयी भएका छन् । हिले भलिवल क्लवको आयोजना मंगलबार सुरु भएको प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो खेलमा संखुवासभाको सभापोखरी गाउँपालिकाले धनकुटाको महालक्ष्मी नगरपालिकालाई २५–१५, २५–१७ र २५–२३ को सोझो सेटले हराएको हो । त्यस्तै दोस्रो खेलमा धनकुटाको पाख्रिवास नगरपालिकाले भोजपुरको अरुण गाउँपालिकालाई २५–१८, २५–१९ र २५–१३ को सोझो सेटले हराउन सफल भयो । त्यस्तै, तेस्रो खेलमा झापाको कन्काइ नगरपालिकाले भोजपुरको आमचोक गाउँपालिकालाई २१–२५, २५–२१ र २५–२० र २६–२४ को सेटल

    • प्रकाशित मितिः चैत ११, २०८२
    • १३९ पटक पढिएको
  • इटहरीमा ‘इस्टर्न ट्राभल मार्ट २०२६’ आयोजना हुने

    इटहरी । कोशी प्रदेशको पर्यटन प्रवद्र्धन र विकासलाई लक्ष्य गर्दै इस्र्टन ट्राभल मार्ट २०२६ को छैटौं संस्करण आगामी चैत १४ देखि १६ गतेसम्म इटहरीमा आयोजना हुने भएको छ । आयोजक समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मार्च २८, २९ र ३० (२०२६) मा कार्यक्रम सम्पन्न हुने जानकारी दिएको हो । कोशी प्रदेशको पर्यटन क्षेत्रलाई एकीकृत रूपमा प्रवद्र्धन गर्ने तथा भारतीय पर्यटक र स्थानीय पर्यटन व्यवसायीबीच व्यवसायिक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको कार्यकमका संयोजक पुण्य प्रसाद भट्टराईले बताउनु भयो । कार्यक्रममा भारतका बंगाल, बिहार र सिक्किम तथा भुटानबाट करिब १०० भन्दा बढी पर्यट

    • प्रकाशित मितिः चैत ११, २०८२
    • १७१ पटक पढिएको
  • झापामा मंगलबार विहान र साँझ आएको हावाहुरी तथा असिना पानीले बिभिन्न पालिकाहरुमा क्षति

    इटहरी। झापामा मंगलबार विहान र साँझ आएको हावाहुरी तथा असिना पानीले बिभिन्न पालिकाहरुमा क्षति गरेको छ । एक साताअघि आएको हावाहुरी र असिना पानीले सो क्षति गरेको हो । एक साता नबित्दै झापामा पुनः हावाहुरी र असिनाले गरेको क्षतिको विवरण संकलन कार्य भइरहेको जिल्ला प्र्रहरी कार्यालय झापाले जनाएको छ । हावाहुरी र असिनापानी दमक –४ स्थित कृष्ण मन्दिर नजिकै पूर्व–पश्चिम लोकमार्गको छेउमा रहेका पाँचवटा विद्युत पोल ढालेर क्षति गरेको छ । पोल ढल्दा ६५ वर्षीय टंक कटुवालको जस्ताको छानो भएको दुई तले घरमाथि खस्दा क्षति पुगेको छ । तत्काल बिद्युत प्राधिकरणले उक्त पोल हटाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता क

    • प्रकाशित मितिः चैत ११, २०८२
    • ११५ पटक पढिएको
  • ताप्लेजुङमा एसइईको तयारी पूरा, भानुजन माविद्वारा विद्यार्थीको बिदाइ

    इटहरी। ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा सहभागी हुने विद्यार्थीलाई बिदाइ गरेको छ। विद्यालयले मङ्गलबार एक कार्यक्रमको आयोजना गरी यस वर्षको परीक्षामा सामेल हुने विद्यार्थीलाई शुभकामनासहित बिदाइ गरेको हो ।विद्यालयका सहायक प्रधानाध्यापक राजमणि प्याकुरेलका अनुसार विद्यार्थीको मनोबल उच्च बनाउन र परीक्षामा सफलताको कामना गर्न बिदाइ कार्यक्रम आयोजना गरिएको हो। यस कार्यक्रमले विद्यार्थीको पढाइ र परीक्षाको तयारीमा थप उर्जा प्रदान गर्ने विश्वास विद्यालयले लिएको छ । भानुजन माविबाट यस वर्ष साधारणतर्फ १४८, प्राविधिक धारतर्फ ४५ र खुलातर्फ सात गरी कु

    • प्रकाशित मितिः चैत ११, २०८२
    • १४६ पटक पढिएको
  • पथरीमा पारुहाङ सरस्वती टोल विकास समितिद्वारा सार्वजनिक चौतारा र धारा निर्माण

    इटहरी । पुर्वी मोरङको पथरी शनिश्चरे वडा नं २ को पारुहाङ  सरस्वती टोल विकास समितिले सार्वजनिक बिसौनी चौतारा र धारा निर्माण गरेको छ । यात्रीहरू तथा बुढापाकाहरुलाई आफ्नो साथी संगीसँग मनको भावना साटासाट गर्न र तिर्खा लाग्दा पानी पिउन  सजिलो होस् भन्ने उद्देश्यले  सार्वजनिक फलैचा र धारा निर्माण गरिएको हो । नयाँ शुद्ध पिउने पानीका सार्वजनिक धाराहरू र फलैचाहरुको औपचारिक रुपमा सोमबार पथरी शनिश्चरे वडा नं २ का वडाध्यक्ष नैना साम्पाङ राईले उद्घाटन गर्नुभएको थियो । पारुहाङ सरस्वती टोल विकास समितिको संयुक्त पहलमा सार्वजनिक चौतारा, धारा र अफिसको निर्माणका लागि १ लाख १५ हजार रुपैयाँ बराब

    • प्रकाशित मितिः चैत ११, २०८२
    • १०७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]