समाज

    Showing ९६१-९७० of १०,२९० items.
  • प्रथम १० नवोदय खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि दाजुभाई फुटबल क्लबलाई

    इटहरी । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा आयोजित ‘प्रथम १० नवोदय खुल्ला नकआउट फुटबल प्रतियोगिता–२०८३’ को उपाधि दाजुभाई फुटबल क्लबले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा टाडीँ फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै दाजुभाई फुटबल क्लब च्याम्पियन बनेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दाजुभाईले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गरेको थियो । दाजुभाईका जर्सी नम्बर १६ का अप्सन गुरुङले ३५ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि जर्सी नम्बर १४ का सनम तामाङले ४० औँ मिनेटमा दोस्रो गोल थपे । खेलको ५२ औँ मिनेटमा जर्सी नम्बर १० का ओसन राईले गोल गर्दै टोलीको

    • प्रकाशित मितिः असार ५, २०८३
    • १४३ पटक पढिएको
  • इटहरी–३ मा त्रिवेणी बुढासुब्बा मल्टिपर्पोजको बालुवा प्लान्ट स्थापनाप्रति स्थानीयको तीव्र विरोध

    इटहरी । इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी चोक क्षेत्रमा त्रिवेणी बुढासुब्बा मल्टिपर्पोज प्राइभेट लिमिटेडले बालुवा प्रशोधन (बालुवा चाल्ने) प्लान्ट स्थापना गर्ने अनुमति पाएपछि स्थानीयवासीले विरोध जनाएका छन् । सो प्लान्ट बस्ती, विद्यालय तथा मन्दिरको नजिकै पर्ने भन्दै उनीहरूले कानुनी तथा वातावरणीय मापदण्ड पूरा नभएको बताएका छन् । इटहरी उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख पुष्प नारायण चौधरीका अनुसार आवश्यक सबै प्रक्रिया पूरा भइसकेको र नगर प्रमुखको स्वीकृतिमा प्लान्ट सञ्चालनको अनुमति दिइएको हो । उहाँका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन समेत स्वीकृत भइसकेको छ । सञ्चालक पक्ष त्रि

    • प्रकाशित मितिः असार ५, २०८३
    • २०३ पटक पढिएको
  • इटहरीका दुई पसलमा छापा, अनुसन्धानमा लापरवाहीको आशंका

    इटहरी । इलाका प्रहरी कार्यालय इटहरीको टोलीले भन्सार छलीको सामान भित्र्याएको सूचनाका आधारमा इटहरी–६ स्थित मारुती किराना र नवदुर्गा स्टोरमा सिलबन्दी गरेको छ । जिल्ला प्रशासन, भन्सार कार्यालय, राजस्व र उद्योग वाणिज्य संघ लगायतको उपस्थितिमा गरिएको गोदाम खानतलासीका क्रममा बिल–बिजक नभएका भारतीय पेय पदार्थ, तेल, बिस्कुट, चिनी लगायतका सामग्री बरामद गरिएको थियो । बरामद सामानको मूल्याङ्कन करिब ७० हजार रुपैयाँ मात्र देखिए पनि सतही अनुसन्धानका कारण थप सामान लुकाइएको आशंका गरिएको छ । अनुसन्धान टोलीले गर्मीको बहाना बनाउँदै सामान र कागजातको विस्तृत जाँच गर्न आनाकानी गरेको र मौज्दात प्रमाणित नगरेको पाइएको छ ।

    • प्रकाशित मितिः असार ५, २०८३
    • २३१ पटक पढिएको
  • ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मामा र भान्जीको घटनास्थलमै मृत्यु

    इटहरी ।  झापाको कन्काई नगरपालिका–५ स्थित चप्रामारी भन्ने स्थानमा जोत्न निकालेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ५ वर्षीया बालिकासहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार बिहान साढे ११ बजेको समयमा कन्काई–५ स्थित अमरपथ सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ४ प ५४५६ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकतर्फ आउँदै गरेको मे १ त ७४०४ नम्बरको ट्र्याक्टर एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–३ कामाटोलीका २० वर्षीय समिर अली र मोटरसाइकलमै सवार उनकी भान्जी ५ वर्षीया हाजिरा खातुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घट

    • प्रकाशित मितिः असार ५, २०८३
    • १७८ पटक पढिएको
  • सुन्दरहरैंचाको नयाँ वृन्दावन गौशालालाई समाजसेवी देबराज तामाङद्वारा ट्रस सहयोग

    इटहरी । मोरङको सुन्दरहरैंचा–५ स्थित नयाँ वृन्दावन गौशालामा आश्रित ब्राह्मणहरूका लागि सुरक्षित आश्रयस्थल निर्माण गर्न सामाजिक व्यक्तित्व देबराज तामाङले ट्रस सहयोग गर्नभएको छ । बुधबार आयोजित कार्यक्रमका बीच तामाङले गौशाला व्यवस्थापन समितिलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो। गौशालाका संरक्षक दीनबन्धु शास्त्रीले तामाङ प्रति आभार प्रकट गर्दै भौतिक संरचनाको अभाव झेलिरहेको अवस्थामा प्राप्त यो सहयोगले आश्रयस्थल व्यवस्थापनमा ठूलो राहत पुग्ने बताउनुभयो। उहाँले यस्ता निस्वार्थ सहयोगी हातहरूका कारण नै धार्मिक तथा सामाजिक कार्यलाई निरन्तरता दिन हौसला मिल्ने उल्लेख गर्नुभयो। सहयोग हस्तान्तरण गर्दै समाजसेवी

    • प्रकाशित मितिः असार ५, २०८३
    • १५५ पटक पढिएको
  • थप चिया उद्योग बन्द

    इटहरी ।  नेपाली चिया भारतीय बजारमा जान कडाइ भएसँगै बन्द भएका इलामका उद्योगलाई साथ दिँदै बिहीबारदेखि थप उद्योग बन्द भएका छन् । यसरी बन्द हुने उद्योगमा अर्गानिक प्रमाणीकरण भएर तेस्रो मुलुकमा चिया निर्यात गर्दै आएका उद्योग छन् ।  टी एलाइन्स अफ नेपालमा ९टान० आबद्ध इलाम, पाँचथर, कास्की र भोजपुरका समेत गरेर १६ उद्योग बन्द भएको टानका जीवन न्यौपानेले जानकारी दिनुभयो । इलाममा मात्र  ७९ वटा चिया उद्योग बन्द भएका छन् । यस्तै बिहीबारदेखि झापाका ३० उद्योगसमेत बन्द भएका छन् ।  सरकारले चियाको सहज निकासी र वैदेशिक बजारको पहल नगरेसम्म उद्योग सञ्चालनमा नल्याउने चिया व्यवसायीले बताएका छन् । ग

    • प्रकाशित मितिः असार ५, २०८३
    • १४३ पटक पढिएको
  • माइखोला बाढीले मेची राजमार्ग मर्मतका सामग्री बगायो

    इटहरी । बिहीबार राति माइखोलामा आएको बाढीले मेची राजमार्गको इलाम नगरपालिका ९, राजदुवालीमा सडक मर्मतका सामग्री बगाएको छ। बाढीले तारजारी, पाइपलगायत केही मेसिनसमेत बगाएको सडक डिभिजन कार्यालयले जनाएको छ । राजदुवालीको मेची राजमार्ग गत असोजको पहिरोले क्षति गरेपछि मर्मत हुँदैथियो। खोलाबाटै पर्खाल उठाएर बाटो बनाउनुपर्ने भएकाले मर्मतका सामग्री खोलाकै सतहमा थिए। नजिकै रहेको राजदुवाली खण्डमा हिलो भएका कारण ठूला गाडी चल्न सकेका छैनन्। साना गाडी निकै समस्या झेलेर चलिरहेको डिभिजनले जनाएको छ। यस्तै, इलाम–झापा द्रुतमार्गको बेलासे माइखोलामा निर्माणाधीन बेलिब्रिजको काममा पनि बाढीले क्षति गरेको छ। त्यही सडकको पुव

    • प्रकाशित मितिः असार ५, २०८३
    • १६२ पटक पढिएको
  • वर्षा नहुँदा धनकुटाका विभिन्न स्थानमा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझै

    इटहरी । लामो समयदेखि वर्षा नहुँदा धनकुटाका विभिन्न स्थानमा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझै रहेका छन्। असारको पहिलो साता बित्न लाग्दासमेत पर्याप्त वर्षा नहुँदा किसानले अन्नबाली लगाउन नपाएका हुन्।बारीमा बोकेको मलसमेत सुक्न थालेपछी किसान थप चिन्तित बनेका छन्।पाख्रिबास नगरपालिका–५ भैसेका किसानले प्रत्येक वर्ष मकै, कोदो तथा अन्य नगदेबाली लगाउने गरेका छन्। सामान्यतया यस समयमा मकै गोडमेल गर्ने बेला हुने भए पनि यस वर्ष खडेरीका कारण अधिकांश बारी खाली रहेको स्थानीय बताउँछन्।स्थानीय किसान सन्तोष भुजेलले फागुनको अन्तिम सातातिर परेको सामान्य वर्षापछि बारीमा मल बोकेको भए पनि त्यसयता पानी नपरेकाले खेती गर्न

    • प्रकाशित मितिः असार ५, २०८३
    • ११३ पटक पढिएको
  • स्वास्तिक ओयल इण्डष्ट्रिज प्रालिमा आगलागी,२५ लाख रुपैयाँ बराबरको क्षति

    इटहरी ।  मोरङको बूढीगंगा गाउँपालिका–५ मा सञ्चालित स्वास्तिक ओयल इण्डष्ट्रिज प्रालिमा आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । बुधबार साँझ भएको आगलागीबाट उद्योगमा जडान गरिएका विभिन्न उपकरण तथा संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ करिब ५ बजेतिर उद्योगको माथिल्लो तलाबाट आगो देखिएको थियो । तेल उत्पादन प्लान्टमा अत्यधिक तापक्रम बढेपछि आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, आगलागीको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी नायब निरीक्षक खड्ग राईको

    • प्रकाशित मितिः असार ४, २०८३
    • १६९ पटक पढिएको
  • सुनसरीबाट २०.१७ ग्राम ब्राउन सुगरसहित चार पक्राउ

    इटहरी ।  सुनसरीको कोशी गाउँपालिका क्षेत्रबाट २० दशमलव १७ ग्राम ब्राउन सुगर सहित चार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले जिल्लाको कोशी गाउँपालिका वडा नं।–१ स्थित भन्सार गेटबाट २० दशमलव १७ ग्राम ब्राउन सुगर सहित चारजनालाई पक्राउ गरेको जनाएको छ । शङ्कास्पद मानिसहरु र सवारीसाधनलाई चेकजाँच गर्दा लागुऔषध ब्राउनसुगर सहित चारजनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिनुभयो । खड्काका अनुसार पक्राउ पर्नेमा प्रदेश १–०२–०४७ प २०३४ नम्बरको स्कुटर चालक इटहरी उपमहानगरपाल

    • प्रकाशित मितिः असार ४, २०८३
    • १७४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]