बराहक्षेत्र | बराहक्षेत्र नगरपालिका–७ को आयोजनामा सञ्चालन गरिएको निःशुल्क कम्प्युटर तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।बराह इन्स्टिच्युट अफ टेक्नोलोजीको प्राविधिक सहयोग र वडा कार्यालयको आर्थिक सहकार्यमा वडा नं. ७ भित्रका ५० भन्दा बढी विद्यार्थीहरूले तालिम प्राप्त गरेका छन्। तालिम प्रभावकारी र उपलब्धिमूलक भएको वडा अध्यक्ष कपिल आचार्यले जानकारी दिनुभयो।समापन समारोहमा प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले यस्ता सीपमूलक तालिमहरू नगर क्षेत्रमा निरन्तर सञ्चालन भइरहने बताउनुभयो। उहाँका अनुसार आगामी दिनमा रो
भोजपुर | करिब पाँच करोड रुपैयाँको लागतमा निर्माण हुने बहुउद्देशीय आध्यात्मिक प्रतिष्ठानको शिलालेख अनावरण कार्यक्रम अरूण गाउँपालिकामा सम्पन्न भएको छ। उक्त परियोजनामा भारतीय दूतावास, काठमाडौंको ८० प्रतिशत तथा अरूण गाउँपालिकाको २० प्रतिशत आर्थिक सहयोग रहनेछ।शिलालेख अनावरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा अरूण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री तथा भारतीय दूतावास, काठमाडौंका काउन्सिलर अभिनाश कुमार सिंहको उपस्थिति रहेको थियो।कार्यक्रममा उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी, भारतीय दूतावासका एटेची उपेन्द्र सिंह नेघी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, संस्थाका पदाधिकारी, वडाध
दुहबी / दुहबीको सरस्वती मा.वि. विरुद्ध उच्च अदालतको अन्तरिम आदेश जारी । स्थानीय पार्वती कुमारी रौनियारले शनिबार दुहबीमा पत्रकार सम्मेलन मार्फत दुहबी ५ नम्बर वडा सदस्यको श्रीमतीलाई नियुक्ति गर्न चलखेल गरेर योग्य परिक्षार्थीललाइ पाखा लगाउने काम गरेकोआरोप लगाइन् । योग्यता पुगेका योग्य परिक्षार्थीकोलागी न्यायको अपिल गर्दै पत्रकार सम्मेलनमा पार्वती रौनियार भक्कानिदैं रोएकी थिइन । निश्पक्षरूपमा परिक्षा संचालन गर्नुपर्नेमा उनले जोड दिएकी छिन । सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा समेत उजुरी परेको छ ।
इटहरी | जनता बहुमुखी क्याम्पस, इटहरीले भारतका दुई प्रतिष्ठित विश्वविद्यालयहरूसँग पाँच वर्षे शैक्षिक सहकार्य सम्झौता गरेको छ। असार २४ र २५ गते सम्पन्न सम्झौतामार्फत शैक्षिक, अनुसन्धानात्मक, सांस्कृतिक तथा नवप्रवर्तनमूलक कार्यक्रमहरूमा आपसी सहकार्य गरिने भएको छ।क्याम्पसले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उक्त सम्झौताबारे जानकारी गराउँदै सहकार्यका विस्तृत पाटा सार्वजनिक गरेको हो। सम्झौताको मध्यस्थकर्ताका रूपमा सक्रिय भूमिका निर्वाह गरेका डा. वेणुप्रसाद सिटौलाले करिब एक वर्षअघि उक्त सहकार्यको प्रारम्भिक पहल गरेका थिए। उनका अनुसार भारतका सात प्रमुख विश्वविद्यालयलाई प्रस्ताव पठाइएकोमा पाँचल
मोरङ | केराबारी गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा वडा नं. १, २, ३ र ४ अन्तर्गत सञ्चालित ६ वटा विद्यालयमा रहेका बालविकास केन्द्रहरूलाई शैक्षिक, खेलकुद तथा कक्षा कोठा व्यवस्थापनका सामग्रीहरू वितरण गरिएको छ। साथै, अपांगता भएका व्यक्तिहरूलाई आवश्यक सहयोग सामग्रीहरू पनि प्रदान गरिएको छ।सो कार्यक्रम गाउँपालिका उपाध्यक्ष तथा स्थानीय बाल अधिकार समिति र अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिकी संयोजक मनमाया मगरको अध्यक्षता र प्रशासन शाखा प्रमुख नविनराज भट्टराईको आतिथ्यतामा सम्पन्न भएको थियो। उपाध्यक्ष मनमाया मगरले कार्यक्रममा बोल्दै पहाडी क्षेत्रमा रहेका विद्यालयहरू र त्यहाँका
इटहरी । तपाईं विद्यार्थी हुनुहुन्छ वा विद्यार्थी हुँदा कहिलेकाहीँ कक्षा छाडेर साथीभाइसँग कुनै रमाइलो गर्नका लागि भाग्नुभयो कि वा आक्कलझुक्कल समाचारमा देखिने हाजिरी गरेर जागिर पचाउने शिक्षक त हुनुहुन्न कतिपय अवस्थामा रमाइला लाग्ने यस्ता घटना ओखलढुङ्गा सुनकोशी गाउँपालिकाका विद्यार्थी तथा शिक्षकले अब अनुभव गर्न नपाउने भएका छन् । विद्यार्थीले विद्यालयमा हाजिर गर्दा घरमा अविभावकलाई जानकारी दिने स्मार्ट हाजिरी प्रविधि सुरुवात गरिएपछि सुनकोशी गाउँपालिका–९ मा रहेको कटुन्जे माध्यमिक विद्यालयका विद्यार्थीले अब यस्तो अनुभव सँगाल्न पाउने छैनन् । किनकि घरबाट अध्ययनका लागि विद्यालय हिँडेपछि उनीहरू साँ
इटहरी । ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित साङ्क देछ्योलिङ गोन्पा विद्यालयले एसइईमा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान सार्थ बधाई ज्ञापन गरिएको छ । यसवर्ष अर्थात २०८१ को एसइईमा जिल्लाकै सर्वोकृष्ट नतिजा ल्याउन सफल भएको गोन्पा विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीलाई सम्मान गरिएको हो ।आइतबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी एसइई उत्तीर्ण विद्यार्थीलाई कदरपत्र र नगद पुरस्कारद्वारा सम्मान गरिएको प्रधानाध्यापक पासाङ रिता शेर्पाले जानकारी दिनुभयो । प्रधानाध्यापक शेर्पाका अनुसार गोन्पा विद्यालयबाट एसइईमा सहभागी भई ३।९१ जिपिएसहित जिल्लाकै उत्कृष्ट बन्न सफल लाके शेर्पा, ३।८६ जिपिए प्राप्त गरेर जिल्
इटहरी | लायन्स साप्ताहिक कार्यक्रम अन्तर्गत छैठौं कार्यक्रमको रुपमा लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडीले इटहरी-५ स्थित ज्योति माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत छात्रा सिम्रन चौधरीलाई छात्रवृत्ति वितरण गरेको छ ।कार्यक्रम अन्तर्गत क्लबले छात्रा चौधरीलाई कक्षा १२ सम्म अध्ययन गर्न आवश्यक सम्पूर्ण सामग्री — पाठ्यपुस्तक, कपी, लेखन सामग्री, विद्यालय पोशाक, जुत्ता, मोजा, झोला लगायत अन्य आवश्यक सामग्री — को व्यवस्थापन तथा परिपूर्ति गर्ने भएको छ ।क्लबकी अध्यक्ष लायन स्मृति सापकोटा भट्टराईका अनुसार सिम्रनलाई निरन्तर शिक्षामा प्रोत्साहित गर्न क्लबले आवश्यक सम्पूर्ण सामग्रीको व्यवस्थापन तथा परि
इटहरी । कोशी प्रदेशमा उच्च माध्यमिक तहको शिक्षाको गुणस्तरमा उल्लेखनीय सुधार भइरहँदा विराटनगर, इटहरी, धरान, बिर्तामोडलगायतका सहर शैक्षिक केन्द्रका रूपमा तीव्र गतिमा विकास हुँदै गएका छन् । विशेष गरी एसइई उत्तीर्ण गरेर कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने विद्यार्थीको आकर्षणसँगै यी सहरले शिक्षाको ‘हब’ बन्ने सङ्केत देखाएका छन् । एसइई २०८१ मा कोशी प्रदेशका ७५ हजार ४६६ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ४७ हजार ८३५ जना उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्कले देखाउँछ । उत्तीर्णमध्ये करिब छ हजार २५८ विद्यार्थीले ३।६ देखि ४।० जिपिए हासिल गरेका छन् । यसले कोशीका विद्यार्थीमा अब स्थानीय तहमै ग
भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५१ करोड ६६ लाख ५६ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। असार १० गते सम्पन्न १५औँ गाउँसभामा उपाध्यक्ष विनिता ढकालले आर्थिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो। गाउँसभाबाट उक्त बजेट बहुमतले पारित भएको गाउँपालिका उपाध्यक्ष ढकालले जानकारी दिनुभयो।उपाध्यक्ष ढकालका अनुसार आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक २०८२ समेत पारित भइसकेको छ। प्रस्तुत बजेटमा गाउँपालिकाको समग्र विकासलाई ध्यानमा राख्दै विभिन्न क्षेत्रका कार्यक्रमहरू समावेश गरिएका छन्।सभामा गाउँपालिकाका सभाध्यक्ष शालिकराम खत्रीले बजेटसँगै सङ्घीय सरकारबाट करिब
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.