इटहरी । विद्यार्थीलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिकाभित्रका उत्कृष्ट अङ्क ल्याउने बाह्र विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ‘गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम’अन्तर्गत पुरस्कृत गरिएको हो । कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका विद्यालयमा अध्ययनरत कक्षा ३, ५, ८ र १० का उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको हो । तिवारीभञ्याङ माध्यमिक विद्यालय, पञ्चकन्या मावि, मानेडाँडा मावि, सानोदुम्मा मावि, सूर्योदय मावि, सिंहबालसुधार आधारभूत विद्यालय र बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई छात्
इटहरी । धनकुटामा अवस्थित कोशी प्रदेशको एकमात्र निजामती आवासीय विद्यालयलाई प्रदेशकै उत्कृष्ट बनाउनुपर्ने सरकोकारवालाहरुले बताएका छन् । शिक्षा विकास निर्देशनालय कोशी प्रदेश धनकुटाको संयोजनमा र त्रिभुवन विश्वविद्यालय शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सिइआरआइडी) काठमाडौँले विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि मार्गचित्र ९डिपिआर०सहितको प्रतिवेद तयारी गर्ने सम्बन्धमा प्रारम्भिक प्रतिवेदन तथा छलफल कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् । छलफलका क्रममा कोशी प्रदेशमा एकमात्रै निजामती आवासीय विद्यालय रहेकाले प्रदेशकै एक उत्कृष्ट एवम् नमूना विद्यालय बनाउनु पर्नेमा जोड दिइएका थिए । विद्यालयको
इटहरी / इटहरी–५ स्थित मकालु इङ्लिस बोर्डिङ स्कुलकी मेधावी छात्रा मिसू प्रधानले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.० जिपिए ल्याउँदै विद्यालयमै उत्कृष्ट नतिजा हासिल गरेकी छन्। स्कुलका ३१ जना सहभागी विद्यार्थीमध्ये सबै उत्तीर्ण भएका छन् भने प्रधान सबैभन्दा उच्च नतिजा ल्याउने विद्यार्थी बनेकी हुन्।विद्यालयका प्रिन्सिपल थानेस्वर ढकालका अनुसार मिसू प्रधान एक अनुशासित, परिश्रमी र बहुप्रतिभाशाली विद्यार्थी हुन्। उनले शैक्षिक सफलता मात्र होइन, अतिरिक्त क्रियाकलापहरूमा समेत उल्लेखनीय उपलब्धि हासिल गर्दै विद्यालयको प्रतिष्ठा बढाएकी हुन्।यसअघि प्रधानले फक्तालुङ मिडिया प्रालिद्वारा आयोजित
इटहरी । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । नतिजा प्रकाशनको प्रक्रियाको अन्तिम तयारी गरिरहेको बोर्डले नतिजा प्रकाशनको मिति भने टुंग्याएको छैन । त्यसैका लागि बोर्डले आज बोर्ड बैठक बस्ने तयारी गरेको छ । नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक आज बस्ने भए पनि समय भने निर्धारण भैइसकेको छैन । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
इटहरी । पूर्वाञ्चल विश्वविद्यालयले एमएस्सी बायोस्टाटिक्टिक्सको शैक्षिक पाठ्यक्रम विकास गरेर पढाउने तयारी सुरु गरेको छ । यो शैक्षिक कार्यक्रम नेपालमै पहिलो रहेको दाबी गरिएको छ । पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र सङ्कायले एमएस्सी बायोस्टाटिक्टिक्स कार्यक्रम सञ्चालन गर्ने भएको हो । यो शैक्षिक कार्यक्रमको विषयमा विज्ञहरूसँग चिकित्साशास्त्र सङ्कायले बुधबार अन्तव्र्रिmया कार्यक्रम आयोजना गरेको थियो । विश्वविद्यालय चिकित्साशास्त्र सङ्कायका डिन डा। शैलेशमणि पोखरेलका अनुसार यसको महìवलाई अध्ययन गरेर पाठ्यक्रमका रूपमा विकास गर्ने तयारी गरिएको हो । विश्वविद्यालय रजिस्ट्रार प्राडा कल्याणी मिश्र त्रि
मिलन अधिकारी इटहरी, सुनसरी । इटहरी स्थित जनता बहुमुखी क्याम्पसमा छात्रावास भवन निर्माणका लागि संघीय सरकारबाट १ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यो समाचार सार्वजनिक भएसँगै क्याम्पसका विद्यार्थी, शिक्षक र अभिभावक उत्साहित देखिएका छन् । तर, राजनीतिक नेताहरूको श्रेय लिने होड भने फेसबुकमा ’भवनको नक्शा’ भन्दा अगाडि पुगिसकेको छ ।“कसको पहलमा बजेट आयो?“ भन्ने प्रश्न अहिले इटहरीका डिजिटल गल्लीमा मूल बहसको विषय बनेको छ । कोही सांसदलाई श्रेय दिन्छन्, कोही नगर प्रमुखलाई धन्यवाद दिन्छन्, अनि कोही भन्छन्– ’म नै अगाडि लागेँ!’पहिलो पक्ष : सांसदको सिफारिस देखाउँदै दाबी सुनसरीबाट समानुप
भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिका सम्पूर्ण घरहरूलाई फुसको छानो हटाउने अभियानलाई प्राथमिकता राखेर बजेट ल्याएको छ ।मंगलबार बसेको गाउँपालिकाको १८ औँ गाउँसभामार्फत आर्थिक वर्ष २०८२/८३ को बजेटमा गाउँपालिका सम्पूर्ण घरहरूलाई फुसको छानो हटाएर जस्ता पाता वितरण गर्ने योजनाका साथ बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष रमादेवी राईले नीति तथा कार्यक्रमसहित आर्थिक वर्षका लागि कुल ५७ करोड ८ लाख ५१ हजार ११५ रुपैयाँ बराबरको बजेट ल्याएको हो ।गाउँपालिकाले चालु तथा पूँजीगत दुबै प्रकारका खर्चलाई सन्तुलित ढंगले समेट्दै आर्थिक विकास, पूर्वाधार सुदृढीकरण, कृषि उत्पादनमा
इटहरी | इटहरी उपमहानगरपालिका वडानं ५ वडा सदस्य हुन गोपाल गिरि।उनी गएको स्थानीय चुनावमा निर्वाचनमा जित हासिल गरेपछि स्थानीय तहको प्रतिनिधि भएका हुन् ।उनको जन्म मिति (२०३५/०४/११) गते आइतबार भएको हो। अहिले ऊनी जनताको आवश्यकता बुझेर सेवा प्रवाहमा सहजीकरण गर्छन्। सडक, पानी, विद्युत, सरसफाइ, शिक्षा, स्वास्थ्यजस्ता स्थानीय विकासका योजनामा संलग्न हुन्छन्। नागरिक गुनासो सुनिन्छ, समस्या समाधानमा भूमिका खेल्छन्। सामाजिक सुरक्षा, जन्म-मृत्यु दर्ता, राहत वितरण, शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी पनि उनी निर्वाह गर्न पछी पर्दैन । वडा सदस्य जनप्रतिनिधि र जनताको बीचको महत्वपूर्ण सेतु हुन् नै ,यही काम
भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५७ करोड ८ लाख ५१ हजार ११५ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १८औँ गाउँसभामार्फत उपाध्यक्ष रमादेवी राईले नीति तथा कार्यक्रमसहित बजेट पेश गर्नुभएको हो।गाउँपालिकाले चालु तथा पूँजीगत दुबै प्रकारका खर्चलाई सन्तुलित ढंगले समेट्दै आर्थिक विकास, पूर्वाधार सुदृढीकरण, कृषि उत्पादनमा आत्मनिर्भरता, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा सामाजिक समावेशीकरणलाई बजेटको प्रमुख आधार बनाएको छ।कृषिमा आत्मनिर्भरता र पकेट कार्यक्रमको प्राथमिकताटेम्केमैयुङ गाउँपालिकाले कृषि क्षेत्रलाई आर्थिक समृद्धिको मेरुदण्डका रूपमा लिँदै ब
केराबारी । मोरङको केराबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ९५ बुँदे व्यापक विकास नीति तथा कार्यक्रम घोषणा गर्दै ८४ करोड ८ लाख ५८ हजार बजेट सार्वजनिक गरेको छ ।गाउँपालिकाको १६ औँ गाउँसभा अधिवेशनको पहिलो बैठकमा अध्यक्ष सुमन मिरिङचिङको नेतृत्वमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियोे ।कार्यक्रममा कृषि क्षेत्रमा प्रविधिको प्रयोग, उत्पादन वृद्धिका लागि अनुदान र सहुलियत, कृषि सहकारीहरूको सशक्तीकरण तथा कृषक मैत्री कार्यक्रमहरू अघि सारिएको छ। पर्यटन क्षेत्रको सम्भावना पहिचान गरी प्रचार–प्रसार, पूर्वाधार निर्माण, तथा स्थानीय संस्कृति र प्रकृतिमा आधारित पर्यटन विकास योजना समेत
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.