शिक्षा

    Showing २०१-२१० of ७९१ items.
  • पर्यटकीय हिसाबले कोसी प्रदेश अन्य प्रदेश भन्दा सम्पन्न’ सांसद योगेश भट्टराई

    काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अन्य प्रदेश भन्दा सम्पन्न रहेको सांसद योगेश भट्टराईले बताउनु भएको छ । प्राकृतिक, सांस्कृतिक, धार्मिक, भौगोलिक, ऐतिहासिक तथा साहसिक पर्यटनमा कोसी प्रदेश अन्य प्रदेशहरु भन्दा सम्पन्न रहेको बताउँदै अन्य प्रदेशहरु यत्तिको सम्पन्न नभएको जिकीर गर्नुभयो । काठमाडौंमा आजबाट सुरु भएको कोसी प्रोजेक्ट शो केसको फाइनल चरणको उद्घाटन गर्दै पूर्वसंस्कृति, पर्यटन तथा नागरिक मन्त्री समेत रहनु भएका सांसद भट्टराईले कोसी प्रदेशको विकास, विस्तार र संभावनाहरु पहिल्याउँदै पर्यटनबाटै आर्थिक संमृद्धि खोज्न सकिने बताउनु भयो । ‘कुनै प्रदेश प्राकृतिक सुन्दरता होला,

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • ४५८ पटक पढिएको
  • नेपाल प्रथम बनेकी निशा शेर्पालाई कस्तुरी कलेजद्वारा सम्मान

    इटहरी । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत सञ्चालित बीबीए कार्यक्रम अन्तर्गत इटहरीस्थित कस्तुरी कलेजकी छात्रा निशा शेर्पाले नेपालभर  पहिलो स्थान हासिल गर्नुभएको छ । सम्मान समारोहको प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख डा. उत्तम रेग्मी रहनुभएको थियो भने कलेजका अध्यक्ष प्रा. डा. केदार प्रसाद पौडेलले कार्यक्रमको अध्यक्षता गर्नुभएकोे थियोे । प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख डा. उत्तम रेग्मीले निशा शेर्पाको परिश्रम र सफलता प्रशंसा योग्य भएको भन्दै आगामी दिनमा अझ उच्च उपलब्धिको शुभकामना व्यक्त गर्नु भ

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • ३७८ पटक पढिएको
  • प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी झापाको बिर्तामोडमा जेठ २४ गतेदेखि २६ गतेसम्म हुने

    सुनसरी / नेकपा एमाले, विज्ञान तथा प्रविधि विभाग, कोशी प्रदेशको आयोजनामा आगामी जेठ २४ गतेदेखि २६ गतेसम्म झापाको बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना हुने भएको छ । कोशी प्रदेशका १४ वटै जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ । ज्ञान र प्रविधिमा विद्यार्थीहरूको चासो, अनुसन्धान र सिर्जनात्मक क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनीमा विविध वैज्ञानिक मोडेलहरू, आविष्कारहरू, नवप्रवर्तन तथा अनुसन्धानमूलक प्रोजेक्टहरू प्रस्तुत गरिने नेकपा एमाले क

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • ४२४ पटक पढिएको
  • इटहरीको मकालु इङ्लिस बोर्डिङमा क्याप्टेन लगायतका नेतृत्व चयनका लागी चुनाव

    इटहरीको मकालु इङ्लिस बोर्डिङ स्कुल इटहरी ५ सुनसरी को २०८२ को लागि स्कुल क्याप्टेन र स्कुल भी क्याप्टेन तथा होम क्याप्टेन लगायतका नेतृत्व चयनका लागी चुनाव भएको छ । कक्षा ४ देखि कक्षा १० सम्मै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको मकालु इङ्लिस बोर्डिङ स्कुल इटहरीमा अध्ययनरत विद्यार्थीहरुले शैक्षिकसत्र २०८२ का लागि स्कुल क्याप्टेन, कक्षा क्याप्टेन, सदन क्याप्टेन लगायतका नेतृत्व चयन गर्नका लागि चुनाव गरिएको छ । नेपालको लोकतान्त्रिक प्रणालीमा आधारित आफ्नो बहुमुल्य मतको सदुपयोग गरि विद्यार्थी परिषद सदस्य चुनावमा उत्साहजनक सहभागिता जनाए ।बिगत १४ बर्ष देखि  मकालु इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरु

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • ४२० पटक पढिएको
  • रुद्राक्ष समाज नेपाल द्वारा बिराटनगरको शिव आधारभूत बिद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण

    रुद्राक्ष समाज नेपाल काठमाडौको आयोजना तथा समाजसेवी निर्मल रिजालको आर्थिक सहयोगमा बिराटनगर-१ स्थित शिव आधारभूत बिद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ। नेपाली कांग्रेस बिराटनगर महानगर समितिका सचिब तेजिन्द्र भट्टराईको पहल एवं समन्वयमा भएको कार्यक्रम रुद्राक्ष समाज नेपालका संरक्षक तथा नेपाली कांग्रेस कोशी प्रदेश-काठमाडौ सम्पर्क समितिको संयोजक समेत रहेका रिजालको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा समाजसेवी एवं पूर्व शिक्षक शिवराज कोइराला, सुशील सिवाकोटी लगायतको उपस्थित रहेको थियो। विपन्न परिवारका विद्यार्थीका निम्ति देसका विभिन्न विद्यालयमा समाजले सहयोग गर्दै आएको प्रमुख अतिथि रिजा

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • ७९५ पटक पढिएको
  • ओखलढुङ्गाको एक विद्यालयमा शेर्पा भाषामा बौद्ध शिक्षा पठनपाठन सुरु

    इटहरी ।  सिद्धिचरण नगरपालिका–७ स्थित संयुक्त आधारभूत विद्यालय घुन्सामा शेर्पा भाषामा पठनपाठन सुरु गरिएको छ । सम्भोट लिपिमा पठनपाठन हुने शेर्पा भाषामा बौद्ध शिक्षा पढाइने विद्यालयले जनाएको छ । स्थानीय पाठ्यक्रमका रुपमा विकास गरी सम्भोट लिपिमा शेर्पा तथा भोट भाषाबाट बौद्ध शिक्षा पठनपाठन सुरु गरिएको हो । गत मङ्गलबार २५६९औँ बुद्धजयन्तीका अवसरमा विद्यालयमा औपचारिक कार्यक्रम गरी पठनपाठन सुरु गरिएको छ । पाठ्यक्रम विकास केन्द्रले शेर्पा भाषाको सम्भोट लिपिमा तयार पारेको किताब विद्यार्थीलाई वितरण गरिएको प्रधानाध्यापक चुडामणि भट्टराईले बताउनुभयो ।  बालकक्षाका विद्यार्थीलाई छुट्टै र सम्भोट

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • ५१० पटक पढिएको
  • इलामको घुम्ती स्वास्थ्य शिविरमा ४२ परीक्षणमध्ये ९ महिलामा पाठेघर मुखको क्यान्सर पुष्टि

    इटहरी । आफ्ना वडाका नागरिकहरुलाई वडा तहमै सेवा दिने उद्देश्यले इलाम नगरपालिकाले सुुरु गरेको एकीकृत घुम्ति शिविरबाट नौं महिलामा पाठेघर मुखको क्यान्सर पोजेटिभ रहेको पाइएको छ । ४२ महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गर्दा नौ जनामा क्यान्सर पोजेटिभ देखिएको इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुुलालले बताउनुभयो ।  नगरपालिकाले वडा –४ बाट शिविर सुुरु गरेको हो । नगरपालिकाको नीति तथा कार्यक्रम अन्तर्गत सुुरु गरिएको शिविरमा नागरिकको निःशुल्क स्वास्थ्य जाँच र औषधी वितरण, कृषि सेवा अन्तर्गत माटोको नमुना संकलन, मकैमा लाग्ने फौजी किरा नियन्त्रणका लागि जैविक औषधी वितरण, अन्य बालीहरुसम्बन्धी परामर्श, प

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • ४१५ पटक पढिएको
  • बराहक्षेत्र–९ मा निःशुल्क चित्रकला तालिमको समापन, ४१ विद्यार्थीलाई प्रमाणपत्र वितरण

    बराहक्षेत्र | सुनसरीको बराहक्षेत्र नगरपालिका–९ को आयोजना तथा आर्थिक सहयोगमा, र समिर चन्द्रवंशीको संयोजनमा सञ्चालित ‘निःशुल्क चित्रकला सम्बन्धी तालिम’ प्रभावकारी रुपमा सम्पन्न भएको छ।आज आयोजित समापन समारोह तथा प्रमाणपत्र वितरण कार्यक्रममा बराहक्षेत्र नगरपालिका–९ का वडा अध्यक्ष निरञ्जन चन्द्रवंशी सभापतिको रूपमा रहनु भयो भने नगर प्रमुख रमेश कार्की प्रमुख अतिथि हुनुहुन्थ्यो।कार्यक्रममा वडा सदस्य भगवती खड्का, चतुरलाल चौधरी, सन्जु साफी, वडा सचिव होम प्रसाद लिम्बू, प्रशिक्षक दिपेन्द्र मेहता, समाजसेवी असिस राई, पालुवा एकेडेमीका संचालक जीवन कार्की लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।बराहक्षे

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • ७१० पटक पढिएको
  • स्थायी शिक्षकहरुलाई नपर्खिकनै जनता माविमा पठनपाठन सुरु

    इटहरी । इटहरीस्थित जनता माविमा पठन पाठन सुरु भएको छ । २८ जना स्थायी शिक्षकहरु आन्दोलनमा गएपनि निजी स्रोतबाट तलब लिने १४८ शिक्षक शिक्षिकाहरुबाट अध्यापन सुरु गरिएको इटहरी ९ का वडाध्यक्ष जितेन थापाले जानकारी दिए । शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा झैं जनता माविमा पनि पठन पाठन सुरु हुन सकेको छैन । पठनपाठन सुरु नहुँदा निजी विद्यालयसँग प्रतिष्पर्धा गरिरहेको जनता माविमा त्यसको असर देखिइसकेकोले कक्षा सुरु गर्न लागिएको उनले बताए । उनका अनुसार भौतिक उपस्थितीमै पढाउने, त्यो सम्भव नभए अनलाइन भएपनि कक्षा सुरु गरिनेछ ।अझै केही दिन विद्यालय अवरुद्ध हुने हो भने विद्यार्थीहरु निजीतिर जाने

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • ३७४ पटक पढिएको
  • सुन्दहरैंचाको सुकुना क्याम्पस बहुमुखी क्याम्पसमा भएको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न

    सुन्दरहरैंचा | मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित सुकुना बहुमुखी क्याम्पसको आयोजनामा शनिबारदेखि सुरु भएको दुईदिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन विविध कार्यक्रमसहित सम्पन्न भएको छ। विभिन्न देशका शिक्षा विज्ञ, विश्वविद्यालयका उपकुलपति, डिन, प्राध्यापक तथा विद्यार्थीहरूको सहभागिता रहेको यस सम्मेलनलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय शैक्षिक जमघटका रूपमा लिइएको छ।सम्मेलनको औपचारिक उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले गरेका थिए। उद्घाटन समारोहमा विशेष अतिथिका रूपमा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्र

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • ५५२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]