शिक्षा

    Showing ३१-४० of ७९१ items.
  • उत्कृष्ट १० विद्यार्थीलाई वेदनिधि–धनकुमारी कोइराला छात्रवृत्ति

    इटहरी ।  पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले आफूले अध्ययन गरेका विद्यालयमा आफ्ना आमाबुवाको नाममा स्थापित ‘वेदनिधि–धनकुमारी कोइराला छात्रवृत्ति कोष’ अन्तर्गत तीन विद्यालयका उत्कृष्ट १० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ । भोजपुर नगरपालिका–८ स्थित सरस्वती आधारभूत विद्यालय, भोजपुर नगरपालिका–७ स्थित भोजपुर बहुमुखी क्याम्पस र विद्योदय माध्यमिक विद्यालयका उत्कृष्ट १० जना विद्यार्थीलाई जनही १५ हजार रुपियाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो । भोजपुर बहुमुखी क्याम्पसबाट उत्कृष्ट विद्यार्थी रविना बुढाथोकी, युना म्हेन्दो तामाङ, खुसी बयलकोटी र स्नेह राईलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • २०५ पटक पढिएको
  • डिजिटल लाइफस्टाइल तथा महिला स्वास्थ्यसम्बन्धी विशेष सत्र सम्पन्न

    प्रेक्षा आचार्यच्याप्टर लिडलोला इटहरी च्याप्टरइटहरी । लेडिज अफ लिबर्टि अलायन्स इटहरी च्याप्टरले हिजो प्रभात किरण माध्यमिक विद्यालय, सलकपुरमा “डिजिटल लाइफस्टाइल तथा महिला स्वास्थ्य” विषयक विशेषसत्र सम्पन्न गरेको छ । कार्यक्रममा विशेषगरी किशोरी तथा युवतीहरूलाई लक्षित गर्दै डिजिटल लाइफस्टाइलले महिलाको शारीरिक र मानसिक स्वास्थ्यमा पार्ने प्रभावबारे छलफल गरिएको थियो। लामो समय स्क्रिन प्रयोग गर्दा हुने असर, निद्रामा पर्ने प्रभाव, मानसिक तनाव तथा दैनिक जीवनमा सन्तुलन कायम गर्ने उपायहरूबारे पनि जानकारी दिइएको थियो ।  साथै महिलाहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै आत्म–हेरचाह, सकारात्मक डिजिटल बानी,

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • ९६८ पटक पढिएको
  • विद्यार्थी अभावले कानेपोखरीका दुई सामुदायिक विद्यालय बन्द

    इटहरी । विद्यार्थी सङ्ख्या न्यून भएपछि मोरङको कानेपोखरी गाउँपालिकाले दुईवटा सामुदायिक विद्यालय बन्द गरेको छ भने तीनवटा विद्यालयमा कक्षा घटुवा गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवका अनुसार वडा नं। ४ को थानेश्वर आधारभूत विद्यालय र वडा नं। १ को सिद्धार्थ आधारभूत विद्यालय बन्द गरिएको हो । साथै वडा नं। ३ को लक्ष्मी आधारभूत विद्यालय, वडा नं। ४ को पञ्चकन्या आधारभूत विद्यालय र वडा नं। ६ को सुन्तोली आधारभूत विद्यालयबाट कक्षा ४ र ५ हटाइएको छ । थानेश्वर आधारभूत विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म जम्मा ६ जना विद्यार्थी रहेका थिए । एक शिक्षक दरबन्दी र एक बालविकास शिक्षक रहेको उक

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • २०९ पटक पढिएको
  • लागू पदार्थ दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम मन्त्री पराजुलीद्वारा उद्घाटन

    कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको आर्थिक सहयोगमा लागू पदार्थ दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम आज मिति २०८३ साल वैशाख १८ गते एक समारोहबीच उद्घाटन गरिएको छ।उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा वैशाख १८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने “प्रशिक्षक प्रशिक्षण (Training of Trainers)” तालिम माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको हो।कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री इन्द्रमणी पराजुलीको भन्नुभयो “लागू पदार्थ दुर्व्यसन आजको समाजका लागि गम्भीर चुनौती बनेको छ। यसबाट युवाहरूलाई जोगाउन

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • ४२८ पटक पढिएको
  • सुनसरीमा श्री प्रकाश माविका ६१ विद्यार्थीलाई श्रीवृद्धि कोषबाट छात्रवृत्ति वितरण

    इटहरी । सुनसरीको श्री प्रकाश माध्यमिक विद्यालयका पूर्वविद्यार्थीद्वारा स्थापित श्रीवृद्धि कोषबाट ६१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । सात वर्षअगाडि पूर्वविद्यार्थीद्वारा स्थापित गरिएको कोषबाट गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । पूर्वविद्यार्थीहरुले विद्यालयको श्रीवृद्धिको लागि सङ्कलन गरिएको १५ लाख रकमबाट वार्षिक रुपमा प्राप्त हुने ब्याजबाट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिदैँ आएको कोषको अभियान्ता अर्जुन बुढाथोकीले बताउनु भयो । विद्यालयकै स्वामितोमा रहनेगरी कोष स्थापना गरेर राखिएको रकमबाट प्राप्त हुने ब्याजबाट गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • १९५ पटक पढिएको
  • गढीमा शैक्षिक सुधारप्रति शिक्षक–अभिभावकको प्रतिबद्धता

    इटहरी । सुनसरीको गढी गाउँपालिका–२ छप्कीस्थित गोरखनाथ आधारभूत विद्यालयले चालु शैक्षिक सत्रदेखि शैक्षिक सुधार अभियान सुरु गरेको छ। विद्यालयमा सञ्चालन गरिएको उक्त अभियान र अङ्ग्रेजी माध्यममा पठनपाठनका लागि अभिभावकदेखि शिक्षक तथा सरोकारवालासम्मले प्रतिबद्धता जनाएका छन्।विद्यालय व्यवस्थापन समिति, शैक्षिक सुधार अभियान समिति, शिक्षक तथा अभिभावकसहित सरोकारवालाहरूको सर्वपक्षीय बैठकले युवाहरूले थालेको शैक्षिक सुधार अभियानलाई सबैले साथ र सहयोग गर्ने निर्णय गरेको छ। गरिब, विपन्न तथा दलित–मुसहर समुदायका बालबालिकाका लागि पनि सामुदायिक विद्यालयमै अङ्ग्रेजी माध्यमको निःशुल्क शिक्षा प्रदान गर्ने उद्देश्यसहित अ

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • २०४ पटक पढिएको
  • हतुवागढीमा “सयवृक्ष” रुखको अध्ययनका लागि स्थलगत अवलोकन

    इटहरी । भोजपुरको हतुवागढी गाउँपालिकामा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको “सयवृक्ष” रुखको अध्ययनका लागि स्थलगत अवलोकन गरिएको छ । गाउँपालिकाको पहलमा वन मन्त्रालय अन्तर्गत वनस्पति विभागबाट खटिएको वनस्पति विज्ञसहितको टोलीले शुक्रबार उक्त स्थानमा पुगेर अवलोकन गर्नुका साथै आवश्यक नमुना संकलन गरेको हो । अवलोकनको क्रममा रुखको वैज्ञानिक नाम र उमेर पत्ता लगाउने उद्देश्यले काठको नमुना लगायत आवश्यक सामग्री संकलन गरिएको छ । संकलित नमुनाको प्रयोगशाला परीक्षणपछि विस्तृत जानकारी सार्वजनिक गरिने राष्ट्रिय हार्वेरियम तथा  वनस्पति प्रयोगशालाका अनुसन्धान अधिकृत तिर्थराज पाण्डेले जानकारी दिनुभयो । गा

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • २७६ पटक पढिएको
  • धनकुटामा जिल्ला स्तरीय सोह्रौँ राष्ट्रपति रनिङशील प्रतियोगिता सुरु, मन्त्री इन्द्रमणि पराजुली द्वारा कार्यक्रम उद्घाटन

    धनकुटा । जिल्ला स्तरीय सोह्रौँ राष्ट्रपति रनिङशील प्रतियोगिता धनकुटामा भव्य रुपमा सुरु भएको छ। खेलकुद विकास समिति धनकुटाको आयोजनामा, साँघुरीगढी गाउँपालिकाको व्यवस्थापन तथा भानु माध्यमिक विद्यालय डाँडागाउँको संयोजनमा सञ्चालन भएको दुई दिने प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री पराजुलीले खेलकुद राष्ट्रको गौरवसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै युवाहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो। उहाँले यस्ता प्रतियोग

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • ४१४ पटक पढिएको
  • दिक्तेलमा ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव

    इटहरी । खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव बिहीबारदेखि सुरु भएको छ । विद्यार्थी तथा युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउँदै आगामी दिनमा वैज्ञानिक उत्पादन गर्ने उद्देश्यका साथ जिल्लामा पहिलोपटक वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी महोत्सवको आयोजना गरिएको हो । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, शुभम् फाउन्डेसन र हिमालयन माध्यमिक विद्यालय सोल्माले संयुक्त रूपमा आयोजना गरेको महोत्सवमा ८२ वटा स्टल राखिएको छ । यही वैशाख ७ गतेसम्म सञ्चालन हुने मह

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • १९८ पटक पढिएको
  • पर्फेक्ट एकेडेमीको शैक्षिक फड्को : योगासन, प्राणायाम, ध्यान र उत्कृष्ट नतिजासँगै अब कक्षा ९ सञ्चालन हुने

    इटहरी । सुनसरीको इटहरी–९ मा अवस्थित पर्फेक्ट एकेडेमीले शैक्षिक गुणस्तर, अनुशासन र अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्दै नयाँ उचाइ चुम्न सफल भएको छ। वि.सं. २०७१ सालमा स्थापना भएको यस विद्यालयले हालसम्म कक्षा ८ सम्म अध्यापन गराउँदै आएकोमा २०८३ शैक्षिक सत्रदेखि कक्षा ९ सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।अभिभावकहरूको बढ्दो विश्वास र मागलाई मध्यनजर गर्दै विद्यालयले माथिल्लो कक्षा सञ्चालनको तयारी थालेको हो। विद्यालयले परम्परागत शिक्षासँगै योग, प्राणायाम र ध्यानलाई विशेष प्राथमिकता दिँदै आएको छ। मान्यता प्राप्त प्रशिक्षकहरूबाट दैनिक रूपमा योग तथा प्राणायाम गराइने व्यवस्था मिलाइएकाले विद्यार्थी

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • १,४५७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]