इटहरी / इटहरीमा रहेर सञ्चालन हुदै आएको सुष्मा गोदावरी कलेजले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ ।कलेजका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षता तथा राहुल रायको संयोजकत्वमा कक्षा १२ का विद्यार्थीले विभिन्न कार्यक्रमको आयोजना गरी कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका हुन ।स्वागत कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले सांस्कृतिक नृत्य , गित समेत प्रस्तुत गरेका थिए ।। त्यसै गरी कक्षा ११का विद्यार्थीको सहभागितामा मिस्टर एण्ड मिस सुषमा प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताका निर्णायकहरुमा रोनिश राउत , मेरिना तुम्सा लिम्बु , दिपक गिरी , आसिका रायमाझी , रोनक अग्रवाल रहेका थिए । मिस्
सुनसरी / बराहक्षेत्रको मुनबिम एकेडेमी हाजिरी जवाफ प्रतियोगितामा प्रथम बनेको छ। मुनबिम एकेडेमी १सय ३० अङ्क सहित प्रथम बनृको छ । ९५ नम्बर ल्याउँदै जय सप्तकोशी स्कुल दोस्रो र ८० नम्बरका साथ अक्सफोर्ड लाइफ स्कुल तेस्रो स्थान हासिल गरेको हो ।बराहक्षेत्रका सम्पूर्ण माध्यमिक सम्मका तेह्र १३ निजी तथा संस्थागत विद्यालयहरु सहभागि रहेका विद्यालयमा पहिलो छनौट राउण्डबाट जय सप्तकोशी,चिल्ड्रेन हार्ट,भरौल बाल मन्दिर,पिसफुल,अक्सफोर्ड लाइफ ,मुनबिम एकेडेमी छनोट भएका थिए।
काठमाडौं / सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच सहमति भएको छ ।सिंहदरबारमा शुक्रबार अपराह्न आन्दोलनरत शिक्षकका प्रतिनिधि र सरकारबीच वार्ता भएको थियो। दुई पक्षबीचको वार्तामा सहमति जुटेको सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी सहमति भएको उनले बताइन् । साथै उनले सरकारले पेश गरेको सहमतिको प्रस्तावमै केन्द्रीत रहेर सहमति भएको र शिक्षकहरूले आन्दोलन स्थगित गर्ने पनि बताइन् ।बिहीबारको वार्ता निष्कर्षविहीन भएपछि शुक्रबार पुनः वार्ता भएको हो । सरकारले संसदमा दर्ता गरेको विद्य
काठमाडौं / कक्षाकोठामा विद्यार्थीहरूमाझ हुनुपर्ने शिक्षक-शिक्षिकाहरू सडकमा उत्रिएका छन् । माइतीघर-वानेश्वर सडक ढपक्कै ढाकेर उनीहरुले गरेको विरोध प्रदर्शनले काठमाडौंको ट्राफिक अस्तव्यस्त बनिरहेको छ ।संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका हुन् । विभिन्न जिल्लाबाट शिक्षक-शिक्षिका गाडी रिजर्भ गरेर आन्दोलनका लागि काठमाडौं आएका छन् । सामुदायिक विद्यालयहरुको छाता संगठन नेपाल शिक्षक महासंघको आह्वानमा यो आन्दोलन सुरू भएको हो । महासंघले देशभरका सबै सामुदायिक विद्यालयहरु बन्द गराएको छ ।विधेयकमा विभिन्न १८ बुँदे असहमति राख्दै शिक्षकहरु आन्दोलित भएका हुन् । राहत, क
इटहरी / नेपालीहरूको महान चार्ड हरितालिका पर्व तीजको अवसरमा इटहरीको विश्व आदर्श एकेडेमीले ट्राफिक महिला प्रहरीहरुलाई सम्मान गरेको छ । विश्व आदर्श एकेडेमीले गरेको तीज विशेष कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी अन्तरगत कार्यरत विभिन्न दर्जाका दश जना महिला ट्राफिक प्रहरीहरुलाई सम्मान गरेको हो । सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उनीहरुलाई सम्मान गरेकी थिइन् ।कार्यक्रममा प्रहरी नायव निरीक्षक विनुमाया शिवाकोटी, प्रहरी वरिष्ठ हवल्दार गंगा भुजेल, तुलसा खड्का, प्रहरी सहायक हवल्दार चन्द्रकला भट्टराई, धनकुमारी बस्नेत, चन्द्रकला देवकोटा, प्रहरी ज
सुन्दरहरैँचा / नगर बाल सञ्जालकाे आयाेजना तथा सुन्दरहरैँचा नगरपालिकाकाे आर्थिक सहयाेगमा भएको नगरस्तरीय अन्तरमाध्यमिक विद्यालय वक्तृत्वकला प्रतियाेगितामा सुविजीमुर मेमाेरीयल माविकी छात्रा साेनिमा थापा प्रथम भएकी छन् । त्यसैगरि, प्रतियाेगितामा दाेस्राे सिद्धार्थ माध्यमिक विद्यालयका छात्र साैगात सुवेदी,तेस्रो शिक्षा निकेतन माविकी छात्रा विपश्वी पाेख्रेल भएका थिए । यसैगरी सान्त्वना क्वेष्ट माविकी छात्रा दीपांशु न्याैपानेले हात पारिन् । प्रथम, दाेस्राे, तेस्रो र सान्त्वना हुने विद्यार्थीलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियाे । बाल दिवसकाे अवसरमा
महोत्तरी, / एकिकृत ग्रामिण विकास समाज, महोत्तरीले वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा संचालन गरिरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत सहयोग गरिएका ६२ अति विपन्न घरधुरीलाई एक कार्यक्रमका बीच सम्मान गरी ग्राजुएसन गरिएको छ ।सो कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि एकडारा गाउँपालिकाका अध्यक्ष दिप नारायण मण्डलले परियोजनाले सहयोग गरी ब्यवसाय संचालन गरिरहेका अति विपन्न घरधुरीहरुमा आएको परिवर्तन महत्वपूर्ण रहेको बताउनुभयो ।यसैगरी एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुनले ग्रामिण महिलाहरुलाई परियोजनाले सहयोग गरेपछि उत्साहजनक उपलब्धी आएको बताउनुभयो ।परियोजना अन्तर्गत एकडा
सिताराम चन्द्रवंशी ( समीर ) सुनसरीको बराहक्षेत्र नगरपालीका वाड न. १० प्रकासपुरको डाेवर इङलिस एकेडेमीले बिबिध कार्यक्रम गरी बालदिवस मनाएको छ । बालदिवसको अवसरमा भएको कार्यक्रममा बिध्यालय द्वारा एस इ इ सुनसरी उतकृष्ठ दिक्षित तिम्सिनालाई सम्मान गरि प्रसंशा पत्र र नगद रु ५००० प्रदान गरेको छ। यश बर्ष प्रकासपुर डाेवर इङलिस एकेडेमी बाट एस .इ.इ. परिक्षा मा ३.९५ जि .पि.ए ल्याउन सफल भएका तिम्सिना सुनसरी जिल्लामै उत्कृष्ट बिध्यार्थी भएको प्राध्यानध्यापक टंक बिष्टले बताउनुभयो । २०६७ साल मा स्थापन भएको यस बिध्यालयमा ८ सय भन्दा बढी बिध्यार्थी नर्सरी देखी १० सम्म अध्यनरत छन् । अनु
सुनसरी / दुहबीमा ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा अन्तरविद्यालयमा वक्तृत्वकला प्रतियोगिता“बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ ५९ औँ बाल दिवस २०८० को अवसरमा दुहबीमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता भएको छ । भदौ २९ गते देशैभर मनाइने ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा, दुहबी नगरपालिका –५ स्थित सरस्वती माध्यमिक विद्यालयमा संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभवृद्धि एटुजेड परियोजना –२ को सहयोगमा एक्टिभ नेपाल विराटनगर र दुहबी नगरपालिका सुनसरीको सङ्युक्त आयोजनामा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । कार्यक्रममा दुहबी नगरपालिकाका उप–प्
सुनसरी / आज राष्ट्रिय बाल दिवस बिभिन्न कार्यक्रम आयोजना गरी मनाइदैछ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो ।त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ । यस वर्षको बाल दिवस ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ मनाइँदैछ ।बालबालिकाको हक, हित र बाल अधिकारको शंरक्षण तथा सम्बर्धनका लागि संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धीका प्रावधान, राष्ट्रिय एबं अन्तर्राष्ट्रिय प्रतिबध्दता र नेपालको संबिधान र कानूनले प्रत्याभुत गरेका बालबालिकाको हक हितको कार्यान्वयन नेपाल सरकारको सर्बो
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.