तेह्रथुम / लालिगुराँस नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका वनाउन नगरपालिका र एक्सन एड नेपालको सहयोगमा दलित सचेता समाजको प्राङगारिक कृषि उत्पादनको सहभागितामूलक गुणस्तर निर्धारण प्रणाली सम्वन्धि ३ दिने कार्यशाला सम्पन्न भएको छ । कार्यशाला लालिगुराँसन गरपालिका ७ फिर्केमा सम्पन्न भएको हो । कार्यशालामा स्थानीय वासीहरुले उत्पादन गरेका प्राङगारिक कृषि बालीहरुलाई कसरी प्रमाणित गरि बजार सम्म पुर्याउने भन्ने बारेमा जानकारी गराईएको हसेरा कृषि अनुसन्धान तथा तालिम केन्द्रका विवेक धितालले बताउनुभयो ।कार्यशालामा लालिगुराँस नगरपालिका वडा नम्वर १ को डोपकिले, वडा नम्वर ७ को फिर्के र तीनजुरे वस्ती, वडा न
इटहरी /इटहरीमा सञ्चालित स्किल क्याम्पसले हस्पिटालिटी अवार्ड २०७९ वितरणका साथै विभिन्न विधाको अध्ययन पूरा गरेका विद्यार्थीहरुको बिदाइ तथा नयाँ विद्यार्थीको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश नम्बर १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेको प्रमुख अथिथ्यतामा इटहरीको रोयल रिसोर्टमा आयोजित कार्यक्रममा क्याम्पसले पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा सँस्थालाई सम्मानसमेत गरेको प्रबन्ध निर्देशक प्रज्वल पराजुलीले जानकारी दिनुभयो । स्कुलले होटल तथा पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत सास्तम कलेज विराटनगर, युएन कलेज धरान, से
सुन्दरहरैंचा / विदेश पढ्न जानेहरुका लागि मोरङको सुन्दरहरैंचा-९ मा ग्रो मोर कन्सलटेन्सी सञ्चालनमा आएको छ । पछिल्लो समय विदेशमा पढ्न जाने युवाको सङ्ख्या वढ्न थालेकाले यस क्षेत्रका विद्यार्थीहरुका लागि ग्रो मोर सञ्चालनमा ल्याइएको सञ्चालक युवा व्यवसायी जेनिश ढकालले बताए ।अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, फिडल्याण्डलगायत देशहरुमा पढ्न जानेहरुका लागि आइएलटीएस र पिटिइका कक्षाहरु शुरु भएका छन् ।बिहीबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजालले सो कन्सल्टेन्सी उद्घाटन गर्दै दक्ष जनशक्ति निर्माण गर्न विदेशसम्म पुग्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताउँदै सिप&n
इटहरी । इटहरीका सामुदायिक विद्यालयको अनुगमन गर्दै शिक्षा सुधार अभियान नामक समुह विभिन्न सामुदायिक विद्यालयहरुमा पुगिरहेको छ । त्यहाँ शिक्षक नियुक्ति, शिक्षक हाजिरी, छात्रवृत्ती, खाजा खर्च, व्यवस्थापन समिति गठन जस्ता विषयमा तथ्यांक माग गरिरहेको छ । समुहले इटहरीका विभिन्न सामुदायिक विद्यालयहरुको तथ्यांक माग्न थालेपछि सामुदायिक विद्यालयहरुले भने शैक्षिक वातावरणमा खलल पुगेको भन्दै आपत्ती जनाएको छ । इटहरीका ७ वटा सामुदायिक विद्यालयहरुले विद्यालय तथा विद्यालयका प्रधानाध्यापकहरुलाई अनावश्यक तनाव दिँदै आएको भन्दै अभियानको वैधतामा प्रश्न गरेको छ । साथै वार्ताको वातावरण मिलाउन उपमहानगरपालिकालाई निव
इटहरी । इटहरी स्थित आकाश इन्स्टिच्युटले आकाश फारवेल कार्यक्रम गरेको छ । ४५० जना विद्यार्थीहरु सहभागि गराएर कार्यक्रम गरेको हो ।कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, रोटरी क्लब अफ इटहरीका अध्यक्ष सञ्जोग पराजुली लगायत विभिन्न क्याम्पसका प्रमुखहरु र विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । एब्रोड स्टडीका साथै टेस्ट तथा इन्ट्रान्स प्रिपेरेसन कक्षाहरु, भाषा तथा कम्प्युटर कक्षाहरु सञ्चालन गरिरहेको इन्स्टिच्युटले विद्यार्थीहरुसँग पहिलो पटक कार्यक्रम गरेको सञ्चालक कमल तिम्सिनाले जानकारी दिए । उनले आगामी दिनमा पनि कार्यक्रमले निरन्तरता पाउने बताए ।
इटहरी । ६० औँ इन्जिनियरस् दिवसको अवसरमा इटहरीमा निर्माण व्यवसायीहरूलाई घर निर्माण सम्बन्धी तालिम आयोजना गरिएको छ ।लायन्स क्लब अफ इटहरी प्रोफेसनल र लियो क्लब अफ इटहरी प्रोफेसनलको आयोजना तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा एक दिने तालिम आयोजना गरिएको हो । तालिममा ३५ जना निर्माण व्यवसायीहरुको सहभागिता थियो । घर निर्माण गर्दा अपनाउनु पर्ने सावधानी तथा मापदण्डको विषयमा स्ट्रक्चर इन्जिनियर सुशील चौधरी र सुमन भटटराईले निर्माण व्यवसायीहरूलाई जानकारी र तालिम दिनुभयो ।घर निर्माण गर्दा कमसल सामाग्री, आवश्यक परामर्श तथा भुकम्प प्रति
इटहरी । कक्षा १२को परिक्षा दिएका विद्यार्थीहरुलाई विदाई तथा कक्षा ११मा अध्ययनका लागि आउने विद्यार्थीहरुलाई इटहरीको सिवी कलेजले स्वागत तथा विदाई कार्यक्रम गरेको छ ।कलेजका सञ्चालक समितिका अध्यक्ष देशवन्धु कार्कीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा स्वागत तथा विदाई कार्यक्रम आयोजना गरिएको हो ।सो कार्यक्रमा कक्षा १२का दुई सय ५० जना विद्यार्थीहरुलाई मायाको चिनो सहित कार्यक्रममा कलेजका प्राचार्य सागर भट्टराई लगायतले विदाई गरे । त्यसै गरी कक्षा ११मा अध्ययनका लागि आएका एक सय २० जना विद्यार्थीलाई स्वागत गरिएको थियो । कार्यक्रममा कलेजका सहा
इटहरी । राष्ट्र निर्माणमा युवाको भुमिका विषयक वक्तृत्वकला प्रतियोगितामा अविनभ बस्नेत प्रथम भएका छन ।आकास इन्स्टिच्युट इटहरीले विभिन्न विषयको व्रिज कोर्ष गरिरहेका विद्यार्थीहरुको सहभागितामा आयोजना गरेका प्रतियोगितामा बस्नेतले प्रथम भएर ५ हजार नगद पुरस्कार जित्न सफल भएका हुन । त्यसै गरी रिमा कटुवाल द्धितिय र शिक्षा निरौला तृतिय हुन भए । द्धितिय र तृतियले क्रमशः नगद ३हजार र २हजार पुरस्कृत गरियो । आकास इन्स्टिच्युटका प्रवन्ध निर्देशक कमल तिम्सिनाको अध्यक्षता तथा सुनिल तिम्सिसना राम घिमीरे ,इश्वरी भट्टराई र शितल तिम्सिना प्रतियोगिताको निर्णायक रहेका थि
इटहरी : सामाजिक कार्य विषय समेत पठनपाठन गर्दैै आएको इटहरीे नमुना कलेजले एक कार्यक्रमका विच कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरेको छ ।कक्षा १२को परिक्षा सकेका विद्यार्थीहरुलाई विदाई तथा थप उच्च शिक्षाका लागि शुभकामना दिन इटहरी नमुना कलेजले कार्यक्रमको आयोजना गरेको हो ।कलेजका अध्यक्ष केशव खड्काको अध्यक्षता तथा हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा उल्लेखिय संख्यामा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
भोजपुर / पौवादुङमा गाउँपालिकाले उत्कृष्ट अंक ल्याएर विज्ञान तथा एम.वी.वी एस पढ्न चाहने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययन खर्च दिने नीति ल्याएको छ ।शिक्षा क्षेत्रको विकासमा योगदान गरेर दक्ष नागरिक उत्पादन गर्न गाउपालिकाले यस्तो नीति अघि सारेको हो । त्यसरी पढ्ने विद्यार्थीले शिक्षा पुरा गरी सकेपछि गाउँपालिकामा सेवा गर्ने प्रतिवद्धता जनाउनु पर्नेछ ।‘खानेपानी, सडक, विद्युत्, कृषि, पर्यटन, सञ्चार, खेलकुद, स्वास्थ्य, शान्ति सुरक्षा र शिक्षा पौवादुङमाबासीहरुलाई उपलब्ध गराउने गाउँपालिकाको इच्छा’ भन्ने मुल नाराका साथ शुक्रबार सम्पन्न भएको दोश्रो गाउँसभा तथा प्रथम अधिबेशनले यस्तो नीति सार्वज
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.