स्वास्थ्य

    Showing १०१-११० of ६०१ items.
  • भोजपुर अस्पतालमा जनशक्ति अभाव : आइसियू पाँच वर्षदेखि अलपत्र

    भोजपुर | पर्याप्त जनशक्ति अभावका कारण भोजपुर अस्पतालमा रहेको विभिन्न अत्याधुनिक उपकरण प्रयोगमा आउन नसकेको जनाइएको छ। सदरमुकाम स्थित जिल्लाको एक मात्र सरकारी अस्पतालमा संघीय सरकारको करिब दुई करोड रुपैयाँ लागतमा सघन उपचार कक्ष (आइसियू) निर्माण गरिए पनि अझै सञ्चालनमा आउन सकेको छैन।अस्पतालका प्रमुख डा. पवित्रा श्रेष्ठका अनुसार पाँच वर्षअघि नै आइसियू कक्ष तयार भए पनि आवश्यक जनशक्ति अभावका कारण सेवा सुरू गर्न नसकिएको हो। उहाँले भनिन्, “पाँच वर्ष अगाडि नै आइसियू तयार भए पनि जनशक्ति अभावमा सञ्चालन गर्न सकिएको छैन, करारमै पनि कर्मचारी राख्न नसकिएको अवस्था छ।”नागरिक समाजका संयोजक पर्शुराम तिवारीले दुर्ग

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • ३२० पटक पढिएको
  • बराहक्षेत्र–१० प्रकासपुर स्वास्थ्य चौकीमा डिजिटल एक्स–रे सहितको सक्रिय क्षयरोग खोजपड्ताल

    सुनसरी | बराहक्षेत्र नगरपालिका–१० स्थित प्रकासपुर स्वास्थ्य चौकीमा क्षयरोगका जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायलाई लक्षित गर्दै डिजिटल एक्स–रे मेसिनमार्फत छाती परीक्षण (Digital X-Ray with AI Screening Camp) सहितको सक्रिय क्षयरोग खोजपड्ताल कार्यक्रम सम्पन्न गरिएको छ।यस स्वास्थ्य शिविरबाट स्थानीय स्तरमा उल्लेखनीय संख्यामा नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। शिविरमा नवीनतम प्रविधिसहितको एक्स–रे परीक्षणबाट प्रारम्भिक चरणमै क्षयरोग पत्ता लगाउन मद्दत पुर्‍याएको स्वास्थ्य शाखाले जनाएको छ।कार्यक्रम बराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाको कार्यालय स्वास्थ्य शाखाको आयोजनामा त

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • ५४४ पटक पढिएको
  • कोशी अस्पतालको पोषण पुनः स्थापना केन्द्र, कुपोषित बालबालिकाका लागि नयाँ आशा

    इटहरी ।  कुपोषित बालबालिकाको स्वास्थ्य पुनः स्थापना गर्दै उनीहरूलाई पुनः सामान्य जीवनमा फर्काउन सहयोग पुर्याउने उद्देश्यले विराटनगरस्थित कोशी अस्पतालमा सञ्चालित पोषण पुनः स्थापना केन्द्र बालबालिकाको जीवनमा नयाँ आशा बोकेको केन्द्र बनेको छ ।  दश शय्या क्षमताको यो केन्द्रबाट स्थापना भएको उक्त केन्द्रबाट सयौँ कुपोषित बालबालिकाले उपचार पाएर स्वस्थ जीवन फर्किएका छन् । यस केन्द्रले कोशी प्रदेशका विशेषगरी मोरङ, सुनसरी, झापा, सोलुखुम्बुलगायत जिल्लाबाट आएका कुपोषित बालबालिकालाई बर्सेनि सेवा दिँदै आएको छ । विसं २००४ मा सरकारले सञ्चालन गरेको यस कोशी अस्पताल पुनः स्थापना केन्द्रबाट एक हजार ८७२ कु

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • ३५९ पटक पढिएको
  • आधारभूत सेवा ठप्प हुँदा सर्वसाधारणलाई सास्ती

    इटहरी । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा स्वास्थ्य उपचारलगायतका आधारभूत सेवा ठप्प हुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । वडा नम्बर २ र ५ का ४ वटा स्वास्थ्य संस्था हप्तौंदेखि बन्द हुँदा सर्वसाधारणले उपचार र सिटामोलसमेत खान नपाएको स्थानीय कमला लिम्बूले बताउनुभयो । स्वास्थ्य चौकीमा रगत दिसापिसाब जाँच्ने प्रयोगशाला र बर्थिङ सेन्टरमा २४ घण्टे अनमीको अभाव छ । यसैगरी, पालिकामा सूचना प्रविधि, पञ्जीकरण, रोजगार, राजस्व, फोहोरमैला व्यवस्थापनलगायतका काम सुचारू हुन सकेको छैन । उल्लेखित वडाहरूमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । सरकारले सामुदायिक विद्यालयहरूका करार र ज्यालादारी, अस्थायी

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • ३१८ पटक पढिएको
  • ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि

    इटहरी ।  ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१ र ८२ देखि चालु आव २०८२र८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१र८२ मा ६५ पुरुष र ३०  महिलामा क्षयरोग पाइएको थियो । चालु आवको हालसम्म तीन पुरुष र दुई महिलामा क्षयरोग सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो । गत आवमा सबैभन्दा बढी सिद्धिचरण नगरपालिकामा ४० जनामा क्षयरोग सङ्क्रमण भएको पाइएको थियो । चिश्खुगढी गाउँपालिकामा एक जनामा, सुनकोशी गाउँपालिकामा १५, खिजीदेम्बामा १४, मानेभञ्ज्याङमा १३,

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • ३४८ पटक पढिएको
  • विपद् प्रभावित क्षेत्रका घरमै स्वास्थ्य सेवा

    इटहरी । असोज १८ मा आएको बाढीपहिरो प्रभावित क्षेत्रमा इलामको माईजोगमाई गाउँपालिकाले सर्वसाधारणको घर–घरमै स्वास्थ्य सेवा दिन थालेको छ । पहिरोका कारण स्वास्थ्य संस्थासम्म जान सक्ने अवस्था नभएपछि माईजोगाई(छ प्याङका स्थानीयको घरमै प्राथमिक स्वास्थ्य सेवा दिन थालिएको हो ।  स्वास्थ्य संस्था सम्म आउन नसक्ने भएपछि वृद्धवृद्धा, बालबालिकासहित अशक्तहरूलाई घरमै गएर उच्च रक्तचाप, ज्वरोलगायतका बिरामीलाई प्राथामिक सेवा प्रदान गरिएको प्राथमिक स्वास्थ्य केन्द्र प्याङ्गका प्रमुख डाक्टर अभिषेक देव ठकुरीले बताउनुुभयो । असोज १८ को पहिरोमा परी प्याङमा दुई परिवारका आठ जनाको मृत्यु भएको थियो । यस्तै, विपद्का कारण

    • प्रकाशित मितिः असोज २६, २०८२
    • ४०३ पटक पढिएको
  • गोगनेमा अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

    भोजपुर | “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता गोगनेमा आयोजना हुने भएको छ।युवाहरूमाझ खेलकुदप्रतिको रुचि बढाउँदै सामाजिक विकृति र विसंगतिलाई अन्त्य गरी आपसी सद्भाव र भाइचाराको भावना विकास गर्ने उद्देश्यले खेलकुद विकास समिति, गोगनेले यो प्रतियोगिता आयोजना गर्न लागेको हो।प्रतियोगिता आगामी  असोज ३०, ३१ र कात्तिक १ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ। प्रतियोगिता विद्येश्वर माध्यमिक विद्यालय, गोगनेको खेलमैदानमा बिहान ७ बजेदेखि प्रारम्भ हुनेछ।प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमले क्रमशः रु. ४१,

    • प्रकाशित मितिः असोज २१, २०८२
    • ६१४ पटक पढिएको
  • सिदिङ्वा गाउँपालिकामा ज्येष्ठ नागरिकको घरदैलोबाटै स्वास्थ्य परीक्षण सेवा

    इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका ज्येष्ठ तथा अशक्त नागरिकले घरदैलोबाटै स्वास्थ्य परीक्षण सेवा प्राप्त गरेका छन् । गाउँपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रममार्फत घरदैलोमै ज्येष्ठ तथा अशक्त नागरिकले स्वास्थ्य सेवा प्राप्त गरेका हुन् । शुक्रबार सम्पन्न भएको कार्यक्रममार्फत ९६२ जनाले सेवा प्राप्त गरेका सिदिङ्वा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिपकुमार शाहले जानकारी दिनुभयो । शाखा प्रमुख शाहका अनुसार घर–घरमा पुगेर ६० वर्षमाथिका ज्येष्ठ नागरिक, अपाङ्गता र दीर्घरोगीहरुलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । गाउँपालिकाका सात वटा वडामध्ये सबैभन्दा बढी वडा ३ आङ्ख

    • प्रकाशित मितिः असोज ११, २०८२
    • ३४२ पटक पढिएको
  • अर्थिक अवस्था कम्जोर भएका राईको कोशी अस्पतालमा निशुल्क उपचार हुने

    इटहरी । मोरङमा आर्थिक अवस्था कम्जोर भएका एक बालकको बिराटनगरस्थित कोशी अस्पतालमा निशुल्क उपचार हुने भएको छ । कानेपोखरी गाउँपालिका वडा नम्बर ५ चिसाङ निवासी मणिराज राई र राधिका राईको जेठा छोरा १७ बर्षीय बिराज राईको  निशुल्क उपचार हुने व्यवस्था गरिएको हो । विगत ५ महिना देखि दिशाबाट रगत जाने कारण बिरामी परेर थलिएका बिराजको घरको आर्थिक अवस्था अत्यन्तै कम्जोर भएर उपचार हुन् बाट बन्चित भएका थिए । उनलाई राप्रपा कानेपोखरी गाउँपालिका महिला सगठनकी अध्यक्ष  देवि माया थापाको पहल तथा सामाजिक व्यक्तित्व सुन्दरहरैंचा निवासी मान बहादुर श्रेष्ठको समन्यवमा कोशी अस्पतालमा निशुल्क उपचारको व्यवस्था गरिएको

    • प्रकाशित मितिः असोज ८, २०८२
    • ३९७ पटक पढिएको
  • इनरुवामा बृहत निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न, ५४ जनामा मोतिया बिन्दु

    इटहरी । सुनसरीको इनरुवामा बृहत निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । इनरुवा ५ स्थित लाटीदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र नवदउष्टी आँखा अस्पताल इटहरीको प्राविधि सहयोगमा निःशुल्क आँखा जाच शिविर कार्यक्रम सम्पन्न भएको हो । सहकारीका अध्यक्ष कृष्णप्रसाद घिमिरेका अनुसार तीन सयभन्दा बढीको आँखा जाँच, चश्मा जाँच र औषधी वितरण गरिएको छ । शिविरमा ५४ जनामा मोतिया बिन्दुको समस्या देखिएको थियो । शिविरमा आएकाहरुलाई निःशुल्क सेवा दिएको र मोतिया बिन्दुको बिरामीका लागि  अप्रेसनमा समेत छुट गरिएको आयोजकले जनाएको छ । शिविरको उद्घाटन इनरुवा ५ का वडा अध्यक्ष अनिलकुमार पोखरेलले गर्नुभएको

    • प्रकाशित मितिः असोज ४, २०८२
    • ३१९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]