इटहरी– गणतन्त्र दिवसको अवसरमा नेकपा एमाले इटहरीले बुधबार बिहान एक विशेष रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम इटहरी उपमहानगरपालिका अगाडि बिहान ७ बजेदेखि सुरु हुने पार्टीका अतिरिक्त क्रियाकलाप संयोजक तथा नगर सचिवालय सदस्य उमेश दाहालले जानकारी दिएका छन्।उनका अनुसार नगरका विभिन्न टोलटोलबाट रक्तदाताहरू सहभागी हुने अपेक्षा गरिएको छ। दाहालले बताएअनुसार रक्तदाताहरूका लागि विभिन्न सुविधाहरूको व्यवस्था गरिएको छ। सहभागी हुने प्रत्येक रक्तदातालाई निःशुल्क स्वास्थ्य परीक्षण, विराट टिचिङ्ग अस्पतालमा उपचारमा विशेष छुट, रक्तदान प्रमाणपत्र तथा २ केजी चामलको प्याकेट उपहारस्वरूप प्रदान गरिनेछ।त्यस्तै
इटहरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनको काम सुरु गरेको छ । बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सामग्री उत्पादन गर्दै बजारीकरण गरेर नगरवासीको आयआर्जनमा वृद्धि गराउने योजनाका साथ नगरपालिकाले प्रवद्र्धनको काम सुरु गरेपछि उद्यमी उत्साहित बनेका छन् । बाँसजन्य सामग्री प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाको मुख्य आयोजनामा गत फागुनमा तीनदिने दिक्तेल बजारमा ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरिएको थियो । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा गत फागुन १५ देखि १७ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय सम्मेलनमा देशभरिका बाँस उद्यमी तथा बाँससँग सम्बन्
इटहरी । ट्राफिक व्यवस्थापनमा निरन्तर सक्रिय रहँदै आएका प्रहरी कर्मचारीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी सुनसरीको आयोजना तथा इटहरी मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक प्रा. लि., इटहरीको सहकार्यमा एक दिने अभिमुखीकरण तथा स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम ट्राफिक कार्यालय परिसरमै आयोजना गरिएको थियो, जसमा इटहरी आसपासका क्षेत्रका ट्राफिक प्रहरी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । दिनभर सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रहरी कर्मचारीहरूको नियमित स्वास्थ्य परीक्षण अन्तर्गत फोक्सो परीक्षण, उच्च रक्तचाप
इटहरी । आज जेष्ठ ११ गते अर्थात विश्व थाइराइड दिवस, नेपालका विभिन्न स्थानमा झैँ इटहरीमा पनि जनचेतनाका कार्यक्रम आयोजना गरिएको छ । दिवसको अवसर पारेर इटहरीमा पनि इटहरी जेसिजले बीपी मेडिको इटहरीको सहकार्यमा बीपी चौकमा निःशुल्क थाइराइड जाँच कार्यक्रम सम्पन्न गरेको छ । जनचेतनाका कार्यक्रमले सर्वसाधारणलाई स्वास्थ्य सचेत बनाउन सहयोग पुग्ने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको इटहरी जेसिजका महासचिव मिलन कार्कीले बताउनुभयो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि डा. गुन्जन त्रीतालले थाइराइड सम्बन्धी जनचेतना फैलाउन पर्ने वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै विश्वभर नै आज थाइराइड दिवस मनाइ राखिएको बताउनुभयो । बि
इटहरी / जेष्ठ ११ गते थाइराइड दिवसको अवसरमा विश्वभर विविध जनचेतनामूलक कार्यक्रम आयोजना भइरहेका छन्। थाइराइड रोगीहरूको संख्या बढ्दो अवस्थामा रहेकाले नेपालमा पनि यस विषयमा जनचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।यसै सन्दर्भमा इटहरी जेसिजले बीपी मेडिको इटहरीको सहकार्यमा इटहरीको बीपी चौकमा निःशुल्क थाइराइड जाँच कार्यक्रम सम्पन्न गरेको छ। जेष्ठ १० र ११ गते चल्ने कार्यक्रम पहिलो दिन बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन भएको कार्यक्रममा ३०० जना भन्दा बढीले लाभ लिएका र र ११ गते पनि यो सेवा उपलब्ध गराइने हुँदा ५०० भन्दा बढी यो सेवाबाट लाभान्वित हुने विपि मेडिकोका सञ्चालक
इटहरी । भोजपुरको ग्रामीण क्षेत्रहरुमा संचालन गरिएका निशुल्क शिविरहरु प्रभावकारी बनेका छन् । पालिकासँगको समन्यवयमा नेपाल नेत्र ज्योति संघ भोजपुरले जिल्लाको तीन पालिकामा संचालन गरेको शिविरमा १ सय बढीको आँखाको शल्यक्रिया भएको छ भने करिव ७ सयको उपचार भएको छ । ग्रामीण क्षेत्रका नागरिकलाई बिशेष प्राथमिकता दिएर गरिएको शिविर जिल्लाको दक्षिण हतुवागढी गाउँपालिका र उत्तरको साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा संचालन गरिएको नेपाल नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङले जानकारी दिनुभयो । तीन पालिकामा भएको शिविरमा १ सय २७ जनाको शल्यक्रिया र ६ सय ८५ जनाको आँखा परीक्ष
इटहरी । संखुवासभाको मादी नगरपालिकामा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर सुरु भएको छ । मादी नगरपालिका तथा नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदवारीको संयुक्त आयोजनामा मोतियाबिन्दु भएका बिरामीहरूका लागि निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गरिएको हो । नगर प्रमुख जिवन लिङ्थेपले मादी नगर अस्पतालमा बिहिबार र शुक्रबार हुने शिविरको उद्धघाटन गर्नु भएको थियो । मादी नगरपालिकाका ९ वटै वडा कार्यलय सँग समन्वय गरेर सञ्चालन गरिएको शिविरमा मेची आँखा अस्पताल, बिर्तामोडका निर्देशक तथा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. पुरुषोत्तम जोशीको नेतृत्वमा रहेको प्राविधिक टोलीद्वारा शल्यक्रिया सेवा प्रदान
इटहरी | इटहरीको रात्री जीवन, सांस्कृतिक वातावरण र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने लक्ष्य सहित फ्लेयर बारटेन्डिङको दोस्रो संस्करण इस्टर्न क्राफ्ट एन्ड फ्लेयर सिरिज आगामी असार ५ र ६ गते इटहरीस्थित रोयल रिसोर्टमा आयोजना हुने भएको छ । इलाइट बारटेन्डिङ एकेडेमी इटहरी र स्ट्रिक्ट्ली फ्लेयर प्रा.लि.काठमाडौंको सहकार्यमा आयोजना हुने प्रतियोगितामा नेपालभरिका फ्लेयर बारटेन्डरहरूले आफ्नो सीप, सृजनशीलता र प्रस्तुतीकरण प्रदर्शन गर्नेछन् । प्रतियोगितामा अडिसन, प्रिलिमिनरी र फाइनल चरण रहनेछन्, जसको मुल्याङ्कन अन्तर्राष्ट्रिय स्तरका निर्णायकहरूले गर्नेछन् ।प्रतियोगितामा उत्कृष्ट बारटेन्डरलाई प्रथम पुरस्
इटहरी । दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यले भोजपुरको सिक्रेटारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कानका रोगीको सङ्ख्या बढ्दै गएपछि त्यहाँ कान तथा अपाङ्गतासम्बन्धी शिविर सञ्चालन भएको हो । शिविरमा बिरामीको पहिचानसँगै निःशुल्क उपचारका साथै औषधि पनि वितरण गरिएको छ । अरुण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रुपक मगरका अनुसार गाउँपालिकाको अन्य वडामा पनि शिविर सञ्चालन भएका छन् । निःशुल्क सेवा पाउँदा खुसी लागेको अरुण गाउँपालिका–७ का स्थानीय जगत श्रेष्ठले बताउनुभयो । वडाकोको समन्वयमा गोर्खा वायलफेर ट्रष्टले शिविर सञ्चालन गरेको हो । वडाले नागरिकको स्वास
इटहरी । संखुवासभाको मादी नगरपालिकामा निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर हुने भएको छ । मादी नगरपालिका तथा नेत्र जोति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदवारीको संयुक्त आयोजनामा मोति बिन्दु भएका बिरामीहरूका लागि निःशुल्क मोतिबिन्दु शल्यक्रिया सेवा सञ्चालन हुने भएको हो । मादी नगर अस्पतालमा जेष्ठ ८ र ९ गते मेची आँखा अस्पताल, बिर्तामोडका निर्देशक तथा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. पुरुषोत्तम जोशीको नेतृत्वमा रहेको प्राविधिक टोलीद्वारा शल्यक्रिया सेवा सञ्चालन गर्ने मादी नगरपालिकाका नगरप्रमुख जिवन लिङ्थेपले बताउदै, आँखाको समस्याबाट पीडित नगरवासीलाई मध्यनजर गर्दै निःशुल्क मोतिबिन्दु शल्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.