इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ११ को नव निर्मित भवन उद्घाटन गरिएको छ । इटहरी वडा नम्बर ११ को वडा कार्यालयको दुई तले भवन १ करोड ३ लाख लागतमा बनेको हो । भवन उद्घाटन इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले गर्नुभयो । इटहरी ११ नम्बर वडाका वडा अध्यक्ष केशव प्रसाद कोइरालाको अध्यक्षता र इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलकोे प्रमुख आतिथ्यतामा तथा स्थानीयहरूको बाक्लो सहभागीतामा भवन उद्घाटन गरि सञ्चालनमा आएको छ । इटहरी उपमहानगरपालिका र वडा नम्बर ११ को महत्त्वपूर्ण जिम्मेवारीमा भवन निर्माण भएकोमा स्थानीयहरु खुसी भएका छन् । नयाँ भवन निर्माण भएपछि वडा नम्बर ११ का ज
इटहरी / सयपत्री गु्रप सुखःदुखको साथि द्वारा संकलित सहयोग हस्तान्तरण गर्नुका साथै इटहरीको माया घर नेपालका १४३ जना असहाय नागरिक लाई खाना खुवाइएको छ । इटहरी २ मा रहेको माया घरमा परिवार बिहिन तथा परिवार बाट पृथक रहेका १४३ जना बृद्ध, बालबालिका तथा युवा,युवती लाई सोमबार बेलुकाको १ छाक खाना सहित पाँच बोरा चामल ,दाल २५ केजी ,पाँच काटुन चाउचाउ ,१ काटुन विस्कुट , १ काटुन तेल ,३० केजी मटर ,५० केजी नुन ,५० केजी आलु ,२५ केजी प्याज , सोयाबिन ३ बोरा १५ केजी,सरफ १ बोरा ,लुगा धुने साबुन दुई काटुन ,भाडा माज्ने साबुन दुई काटुन वितरण गरिएको हो । सयपत्री गु्रप सुखःदुखको साथिले सामाजिक सञ्जाल
दमक /नेपाल खेलकुद महासंघ कोशी प्रदेश र झापा जिल्ला कमिटीको संयुक्त आयोजनामा आज बृहत रक्तदान र फलफूल बितरण कार्यक्रम सम्पन्न भएको छ।महासंघको कोशी प्रदेश कमिटीले आम्दा अस्पताल परिसरमा आयोजना गरेको कार्यक्रममा ४६ जनाले रक्तदान गरेको र आम्दा अस्पतालका बिमारीका लागि फलफूल बितरण गरिएको महासंघ कोशी प्रदेश कमिटी सचिव भिम लिवाङले जानकारी दिनुभयो।एमालेका लोकप्रिय नेता भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीले खेलकुद मात्र नभएर सामाजिक क्षेत्रमा समेत आफ्नो दायित्व पुरा गर्न रक्तदान र फलफूल बितरण कार्यक्रम गरिएको कोशी प्रदेश कमिटी अध्यक्ष राजकुमार थापाले बताउनुभयो ।&nbs
संखुवासभा / संखुवासभाको खाँदबारी नगरपालिकाद्वारा तुम्लिङटार विमानस्थलमा सूचना केन्द्र तथा काेशेली घर स्थापना गरि संचालनमा ल्याएकाे छ । जिल्लाकाे एक मात्रै खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा रहेकाे विमानस्थलमा सुचना केन्द्र तथा काेशेली घर संचालन गरेकाे हाे ।खाँदबारी नगरपालिकाले सुचना केन्द्र तथा काेशेली घर संचालन गर्ने जिम्मेवारी मिस यु रिसाेट पार्कका संचालक सञ्जय देवानलाई अार्थिक बर्ष २०८१ साउन देखि ०८२ असारसम्म एक बर्षका लागि जिम्मेवारी दिएकाे खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाका स्वकीय सचिव गाेकुल खनालले बताए । उनले खाँदबारी नगरपालिका र मिस यु हाेटलसँग एकबर्षका लागि संम्झाैता गरिएकाे
इटहरी / ५४औ नेपाल लायन्स स्थापना दिवसको अवसर पारेर लायन्स क्लब अफ इटहरी मनकामना लियो क्लब अफ इटहरी मनकामना र इप्रका इटहरी कार्यालय संयुक्त साझेदारी रूपमा इटहरी ४ स्थित रहेको मनकामना मन्दिर परिसरमा एक दिने “दुर्व्यसन विरुद्ध आमाहरु” जनचेतनामूलक भारती श्रेष्ठकि अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरीसमापन गरेको छ।कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी को नयाँ भ्वाइस मार्केटिङ संयोजक तथा लायन्स क्लब अफ इटहरी मनकामना पुर्व अध्यक्ष सुमि थापाले पानसमा दिप प्रज्वलन गरी “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको ब्यानर पढेर औपचारिकरुपमा र शुभारम्भ गर्नु भएककि थिईन।शुभारम्भ कार्यक्रमला
इटहरी / हलवाई सेवा समाज इटहरीले शुरु गरेको बोलबमले यो सोमबार पनि निरन्तरता पाउँदैछ। गत साता जस्तै यो सोमबार पनि बृद्धगंगा(बुढिखोला)बाट जल ल्याएर राधाकृष्ण शिव मन्दिर इटहरीमा चढाउने कार्यक्रमले यो साता पनि निरन्तरता पाउने भएको हो ।हलवाई सेवा समाज इटहरीले गएको तीनसाता यता बृद्धगंगा(बुढिखोला)बाट जल ल्याएर राधाकृष्ण शिव मन्दिर इटहरीमा चढाउनुका साथै बृहत् भण्डारा कार्यक्रम चलाईरहेको छ। समाजले यो साता पनि सो कार्यक्रमलाई निरन्तरता दिने समाजका संयोजक बिक्रम साह(बिक्की)ले जानकारी दिनुभयो।गत साता इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, वडाध्यक्षहरू साथै स्थानीयबासीले बोलबममा सहभागिता जनाएपछि इटहरीको
इटहरी / किरात राई सुम्नीमा संघ इटहरी ६ तथा किरात राई यायोख्खाको ३७ औ स्थापना दिवसको अवसरमा इटहरीमा आज गरीएको रक्तदान कार्यक्रम १२३ पिण्ट रगत संकलन भएको छ । यतिवेला सुनसरी जील्लामा नै रगतको अभाव भएको साथै जिवन मरणको अवस्थामा कसैको एक पाउण्ट रगतले कसैको ज्यान वचाउन सकिन्छ भन्ने उदेस्यले यो रक्तदान कार्यक्रम गरीएको किरात राई यायोख्खा इटहरीको अध्यक्ष चिराहाङ राईले जानकारी गराए ।रगत चाहि कुनै कलर,वर्ण,जात,धर्म,विभेद,पाटि नभनी समग्र मानव समुदायमा प्रयोग गर्न मिल्ने महत्वपुर्ण काम भएकोले प्रत्येक वर्ष स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको र आजको भएको रक्तदान कार्यक्रममा
सुनसरी / सुनसरीको वराहक्षेत्र नगरपालिकाको वडा नं १० प्रकाशपुर स्थित वडा कार्यालय परिसरको पुरानो भवनमा शारीरिक सुगठन केन्द्र (व्यायामशाला), वडा नं १० को कार्यालयले सञ्चालनमा ल्याएको ट्याक्टर तथा प्रकाशपुर स्वास्थ्य चौकीमा निर्माण भएको खोप केन्द्रको उद्घाटन गरिएको छ ।नगरपालिकाको १० लाख बजेटबाट युवाहरूलाई लक्षित गरी तयारी गरिएको शरिरिक सुगठन केन्द्र (व्यायामशाला), सरसफाइ लगायतका सेवा दिन वडाले खरिद गरेको ट्याक्टर र प्रकाशपुर दुग्ध सहकारी संस्थाको सामाजिक विकास कोषको रकमबाट निर्माण भएको खोप केन्द्रको बिहीबार औपचारिक रूपमा उद्घाटन गरिएको हो ।व्यायामशाला, ट्याक्टर र खोप केन्द्र भवनको नगर प्रमुख रमेश
इनरूवा / सुनसरीको सदरमुकाम इनरुवामा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति सुनसरीको आयोजना रक्तदान कार्यक्रम सम्पन्न भएको छ । इनरुवाको राष्ट्र सेवक भवनमा मंगलबार भएको रक्तदान कार्यक्रममा ११० जनाले रगत दान गरेका छन् । संगठनले कर्मचारीको रुपमा सेवारत्त अवस्था सहिद हुनुभएका मनोज, भुपेन्द्र ,सुरेन्द्रको स्मृति दिवसमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको नेपाल निजामती कर्मचारी संगठनका सुनसरी जिल्ला अध्यक्ष चिनेश्वर मेहताले जानकारी दिनुभयो । नेपाल रेड्क्रस सोसाइटी विराटनगरको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको अध्यक्ष मेहताले बताउनुभयो र सम्पन्न भएको रक्तदान कार्यक्रममा एक सय
संखुवासभा / विकासको मेरुदण्डको रूपमा लिइने शिक्षाको समयानुकुल विकास र विस्तारको लागि धक फुकाएर लगानी गर्न कञ्जुस्याइँ गरिनु हुन्न । शिक्षाको विकास भए मात्र सबैखाले विकासका गतिविधिमा प्रभावकारिता आउने वास्तविकता हो ।गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि मानवीय तथा भौतिक साधन स्रोत सम्पन्न शिक्षण संस्था पहिलो प्राथमिकता हो । साथै शिक्षामा गरिएको लगानीको प्रतिफलको औचित्य विद्यार्थीको उपलब्धिस्तरले पुष्टि गर्न सक्नुपर्छ । विभिन्न अध्ययन अनुसन्धानले राष्ट्रिय बजेटको कम्तीमा पनि २० प्रतिशत शिक्षामा लगानी गर्नुपर्ने पुष्टि गरेको छ । तर खै किन उपेक्षामा शिक्षा सर्वत्र गुनासोको विषय बनेको छ ।गुणस्तरीय
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.