इटहरी / इटहरी वडा नम्बर २ स्थित उपकार मेडिसिन एण्ड स्वास्थ्य उपचार क्लिनिकले आयोजना गरेको निःशुल्क थाइराइड , सुगर र प्रेसर जाँचमा ८ सय ७० जना बढीले सेवा लिएका छन् ।विश्व थाइराड दिवसको अवसर पारेर इटहरी २ बरगाछि स्थित उपकार मेडिसिन एण्ड स्वास्थ्य उपचार क्लिनिकको आयोजना र NOVATECH Superspeciality Diagnostic Service को प्राविधिक सहयोगमा निःशुल्क थाइराइड , सुगर र प्रेसर जाँचमा ८ सय ७० जना बढीले सेवा लिएका छन् ।नागरिकलाई स्वास्थ्यबारे सचेत बनाउँदै सामाजिक उत्तरदायित्व वहन गर्न शिविर आयोजना गरिएको उपकार मेडिसिन सेन्टरका सञ्चालक कूलबहादुर कार्कीले बताए । रोग लाग्नुभन्दा अगावै आफ
महोत्तरी / एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालन भइरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत स्वास्थ्य संस्थाको क्षमता सुदृढिकरणका लागि भिडियो एक्सरे मेसिन आज जेष्ठ ८ गते एक कार्यक्रम बीच एकडारा गा.पा.लाई हस्तान्तरण गरिएको छ ।उक्त भिडियो एक्सरे मेसिन हस्तान्तरण कार्यक्रममा बोल्नु हुँदै एकडारा गाउँपालिका अध्यक्ष दिपनारायण मण्डलले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन भिडियो एक्सरे मेसिनले अझ मद्दत गर्ने र भिडियो एक्सरेको सेवा शुरु भएपछि गर्भावस्थाको बारेमा जाँच गर्न अब जलेश्वर, जनकपुर पुग्नु पर्ने बाध्यता अन्त
इटहरी / सुनसरीको इटहरी उप महानगरपालिका २० नम्बर वडा कार्यालय तरहरामा छाती तथा क्षयरोग सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।इटहरी उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना र २० नम्बर वडा कार्यालय आधारभूत स्वास्थ्य केन्द्र इटहरी २० को समन्वयमा तरहराको वडा कार्यालय अगाडि छाती तथा क्षयरोग सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविरमा १ सय १० जना बढीले सेवा लिएका थिए । निःशुल्क डाक्टर सहितको स्वास्थ्य शिबिर संचालनमा खोकी लागेका ज्वरो आएका तथा छाती सम्बन्धी समस्या भएका र सम्पूर्ण बृद्धबद्धा दीर्घरोगी तथा १५ वर्ष भन्दा माथिका सबै उमेर समुहका व्यक्तिहरूले सेवा लिएका थिए ।सम
नेकपा एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा इटहरीमा रक्तदान कार्यक्रम गरिने भएको छ ।नेकपा एमाले सुनसरीको आगामी जेठ ५, ६ र ७ गते हुने आठौँ जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा इटहरीमा रक्तदान कार्यक्रम गरिने भएको हो ।जेष्ठ ४ गते इटहरी उपमहानगरपालिका अगाडि मितेरी होटल प्राङ्गणमा बिहान ६:३० बजे देखि ९ बजे सम्म नेपाल रेडक्रस सोसाइटी रक्त सन्चार केन्द्र धरान घोपाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम हुने नेकपा एमाले इटहरी नगर कमिटी अध्यक्ष याम कुमार सुब्बाले बताउनु भयो।
इटहरी / इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कूलमा निःशुल्क आँखा जाँच तथा शिविर कार्यक्रमको आयोजना गरिएको छ ।विहिवार विद्यालय प्राङ्गणमा विद्यार्थी, अभिभावक, शिक्षक तथा समुदायबाट आएका मानिसहरूको निःशुल्क आँखा जाँच तथा शिविर गरिएको हो । नवदृष्टि आँखा अस्पताल इटहरीसँगको सहकार्यमा विद्यालयले आँखा जाँच गरेको हो ।विद्यार्थीहरुमा आँखामा समस्याहरु बढेको पाइएपछि विद्यार्थीहरुलाई लक्षित गरि निःशुल्क शिविर गरिएको विद्यालयका सह–प्रधानाध्यापक रमेश निरौलाले जानकारी दिए ।उनका अनुसार स्कूले विद्यार्थीमा फरक कारक प्रकृतिका आँखाका समस्या देखिएकाले अध्ययन, अध्यापनमा समस्या हुन नदिन र बेलैमा उप
इटहरी / जनप्रतिनिधिको रुपमा हेमकर्ण पौडेलले इटहरी उपमहानगरपालिकाको नेतृत्व सम्हालेको आगामी जेठ ९ गते २ बर्ष पुरा हुँदैछ ।निर्वाचन मार्फत लामो समय पछि नेतृत्व परिवर्तन भएको इटहरीमा पछिल्लो २ बर्षमा धेरै परिवर्तनको महसुस भएको छ । निर्वाचित भए सकरात्मक कामको सुरुवात गरेका मेयर हेमकर्ण पौडेलले दोस्रो बर्ष भने ठुला र इटहरीको लागि महत्वपुर्ण कामले चर्चा पाएको छ ।बाढिको डुबानबाट इटहरीबासीलाई जोगाउने मूल मुद्धा लिएर चुनाव जितेका पौडेल यहिले मुल मुद्दामा प्रवेश गर्दैछन् ।कामको सुरुवातसँगै जनप्रतिनिधि बीच विवाद पनि सुरु भएको छ । यस्तो छ २४ महिने कार्यकालमा २८ वटा महत्वपुर्ण काम ।१ निशुल्क सार्वजनिक शौचा
सुनसरी | सुनसरी र मोरंङका केही भागमा आँखै पोल्ने गरी धुँवा फैलिएको छ । मध्यरातीदेखि धुँवा र तुवाँलो फैलिएपछि चिसोसमेत बढेको छ ।पुर्वमा सुन्दरहरैंचा र पश्चिममा रामधुनी नगर क्षेत्रभरी धुँवा फैलिएको छ । इटहरी–धरान सडकखण्डमा रहेको चारकोसे झाडीमा मध्यरातिदेखि डढेलो लागेका कारण त्यहीँबाट फैलिएको धुवाँले समग्र इटहरी क्षेत्रसहित रामधुनीको केही भागमासमेत समस्या भइरहेको छ ।यस क्षेत्रमा धरान हुँदै पहाडी जिल्ला जाने सयौँ यात्रुहरू आवतजावत गर्छन् । तर, जताततै धुवाँ फैलिएका कारण बाटो हिँड्ने यात्रुहरूलाईसमेत समस्या भइरहेको छ ।मध्यरातिदेखि डढेलो लागेका कारण त्यहीँबाट फैलिएको धुवाँले समग्र इटहरी क्षेत्रसहित र
काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अबको बजेटले जोखिममा परेका, द्वन्द्वमा परेका महिला, बालबालिका, अपांगता भएका व्यक्तिहरूलाई समेट्ने बताउनुभएको छ । अस्ट्रेलियन एडको सहयोग तथा युएन वुमनको सहकार्यमा द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालले आयोजना गरेको ‘संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्य योजनाको प्रभावकारी कार्यान्वयनमा सामूहिक भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । सञ्जालका अध्यक्ष सृजना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै मन्त्री चौध
इटहरी । सुनसरीको इटहरीमा रहेको महिला जागरण नेपालले स्थापना दिवसको अवसरमा बृहत् आँखा शिविरको आयोजना गरेको छ ।इटहरी ५ मा ८ वर्ष अघि स्थापना भएको जागरण नेपालले सामाजिक सेवा रहेर कामहरू गर्दे आएको छ । इटहरी स्थित नवदृष्टि आँखा अस्पताल सँगको सहकार्यमा आयोजित शिविरमा १ सय ५८ जना सर्बसधारणको आँखा परीक्षण गरिएको संस्थाकी अध्यक्ष कमला अधिकारीले बताइन ।नवदृष्टि आँखा अस्पतालका दृष्टि विशेषज्ञ राकेश थापाको संयोजनमा गरिएको परीक्षणमा १२ जना मोतिया बिन्दुका रोगी फेला परेको थिए । यस्तै ४ जना सर्बसधारणको आँखामा परीक्षणका क्रममा मासु पलाएको भेटिएको अस्पतालले जनाएको छ ।शिबिरमा २५ जना आँखाका बिरामीहरूलाई सौलियत र
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका - ५ स्थित पूर्वान्चल पब्लिक स्कुलले विराट मेडिकल हस्पिटलकाे प्राविधिक सहयोगमा नि:शुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविरमा जेनेरल फिजीसियन, आँखा विशेषज्ञ, बाल राेग विशेषज्ञ , स्त्री तथा प्रसुती विशेषज्ञ , रेडियाेलाेजिष्ट , नाक, कान घाँटी , स्त्री तथा प्रसुती विशेषज्ञ , हाड जाेर्नी तथा नसा लगायतकाे विशेषज्ञ सेवा उपलब्ध गराइएकाे थियाे । विद्यालयले पढाइसँगै सामाजिक उतरदायित्व वहन गर्दै विगत वर्ष झैं नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेकाे विद्यालयका प्रिन्सिपल सन्तोष राईले जानकारी दिए । उनले शिविरबाट ४ सय भन्दा बढी विरा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.